• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • डलरको भाउ, १०५ रुपैया ३१ पैसा पुग्यो, ११० पुग्ने आसंका

    १२ भाद्र, काठमाडौं । भारतीय मुद्धा कमजोर भएपछि नेपालका बाणिज्य बैंकहरुले मंगलबार डलरको कारोबार अघिल्लो दिनको भन्दा महँगोमा गरेका छन् ।  अमेरिकी डलरको मूल्य मंगलबार एकैदिन दुई रुपैयाँ ३० पैसाले बढेको थियो । राष्ट्र बैंकले बुधबारका लागि एक डलरको मूल्य १०५ रुपैयाँ ३१ पैसा तोकेको छ ।
    अघिल्लो दिन डलर एक रुपैयाँ ६० पैसाले बढेको थियो । दिनभर बैंकहरुले कारोबार गरेको मूल्यका आधारमा राष्ट्र बैंकले बुधबारका लागि डलरको मूल्य दुई रुपैयाँ ३० पैसाले बढाएर तोकेको हो। यो मूल्य अहिलेसम्मकै महँगो हो। विश्लेषकहरुका अनुसार डलरको मूल्य एक सय १० रुपैयाँसम्म पुग्ने छ ।
    गत बर्षको असार ९ गते एक डलरको मूल्य अहिलेसम्मकै महँगो ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो । त्यसपछि घट्न थालेको डलरको मूल्य चार महिनायता निरन्तर बढिरहेको छ । दुई महिनायता डलरले हरेक साताजस्तो नयाँ कितिर्मान राख्दै आएको थियो । अघिल्लो सोमबार डलर पहिलो पटक एक सय रुपैयाँ माथि पुगेको हो।
    भारतीय मुद्धा कमजोर भएपछि डलरको भाउ बढेको हो । भारतीय रुपैयाँसँग नेपाली मुद्धाको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्धा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.