Happy mothers day - Rk Adipta Giri
कविता
आमाको दु:ख
छातीमा असह्य व्यथा थुनेर
आमा रातभरि रुँगिरहनुहुन्छ ।
छोराहरु कहाँ कहाँ पुगिसके
आमाको आशीर्वाद डोर्याउँदै
कुन कुन महासागरहरु तरिसके
जीवनको स्वर्ण आभा टिप्न
अनुहारमा कत्रो कत्रो खुसी टाँगिसके
सहस्राब्दीको
तर, आमाको परिवेश उस्तै छ ।
आमा , संशयको कालो आकासमुनि
आफ्ना सन्ततिहरुको
अीस्तत्व तोपेर बसिरहनु भएको छ
कस्ले सुन्न सक्छ ?
आमाका वीभत्स कथाहरु
कस्ले बुझ्न सक्छ ?
निर्ममतासित आमा कसरी बाँच्नु भएको छ,
कस्ले नाप्न सक्छ ?
आमाको आवाजमा कति अट्टाहास छ,
कस्ले पश्चाताप गर्छ ?
आमाको सल्किएको रुपको अड्चन ।
सबै आ–आफ्नो
आकार, रुप बदल्न नित सजग छन्
बेकम्मा कस्ले गर्छ आमाको सुरक्षा ?
यिनै आर्तनादबीच आमा बाँचिरहनु भएको छ
तर, कस्ले बुझ्न सक्छ ?
आमाको दु:ख ।
basant chaudhary - A Poetic Journey
विशाल चौतारी समाचार
काठमाडौं १५ बैशाख । युवा पिँढीका चर्चित कवि तथा गीतकार बसन्त चौधरी आफ्ना थप काव्यात्मक सिर्जनाका साथ पुन: आफ्नो एकल विश्व काव्य यात्रामा निस्कने तरखरमा रहेका छन् । पूर्व घोषित कार्यक्रम अनुसार यही बैशाख २१ गते आइतबार हङ्गकङ्ग नेपाली फाउण्डेशनद्वारा आयोजित उनको विशेष काव्यात्मक समारोहमा हङ्गकङ्गको ‘पाकिस्तान क्लब’मा आफ्ना केही पुराना र केही नवीनतम् काव्य सिर्जनाहरू सहित कवि चौधरी उपस्थित हुनेछन् । .jpg)
.jpg)

हङ्गकङ्ग नेपाली फाउण्डेशनका अध्यक्ष किशन राईका अनुसार कवि/गीतकार चौधरीले हालै सिर्जना गरेका थप काव्यात्मक वान्कीहरू सहितको कोसेली (काव्य सङ्ग्रह) ‘मेरा कविताहरू’को तेस्रो संस्करण उक्त समारोहमा हङ्गकङ्गबासी नेपाली साहित्य प्रेमीहरूबीच लोकार्पण गर्नेछन् । विश्वकाव्य यात्राको १० औं श्रृङ्खला अर्थात् हङ्गकङ्गको कार्यक्रम समाप्ति पश्चात् नेपाल श्रृङ्खला अन्तर्गत कवि/गीतकार चौधरीले क्रमश: विराटनगर, पोखरा, विर्तामोड, चितवन र बुटवल लगायतका प्रमुख स्थानहरूमा समेत आफ्ना साहित्यिक कोसेलीहरू पस्कने कार्यक्रम तय गरिसकिएका छन् । कवि/गीतकार चौधरीको स्वघोषित कार्यक्रमअनुसार सन् २०१४ भित्र विश्वका कम्तिमा २० प्रमुख शहरहरूमा उनले आफ्नो एकल विश्वकाव्य यात्रा सम्बन्धित साहित्यिक कार्यक्रमहरू गर्नेछन्; जसअनुसार, जुलाई १३, २०१४ मा बेल्जियमको ब्रसेल्स र तत्पश्चात् जापानको टोकियोमा कार्यक्रमहरू तय भइसकेका छन् ।
पछिल्लो समयमा कवि/गीतकार चौधरीका बहुचर्चित गीत/सङ्गीत तथा काव्यात्मक रचनाहरू मोबाइलबाटै पनि पढ्न र सुन्न सकिने गरी तयार पारिएको मोवाइल एप्स् लोकार्पणको छोटो समयमै ५,००० भन्दा बढी दर्शकहरूले डाउनलोड गरिसकेका छन् भने उनको कविताको फ्यान क्लबमा ३१,००० भन्दा बढी फ्यानहरू एकत्रित भइसकेका छन् ।
कवि/गीतकार चौधरीले यसपूर्व अमेरिकी शहर न्यूयोर्क, बेलायतको लण्डन, युनाइटेड अरब इमिरेट्सको दुबई, सिक्क्मिको गान्तोक, मेरिल्याण्डको बाल्टिमोर, अमेरिकाको डालस, अमेरिकाकै डेनवर शहर, न्यूयोर्क शहर र अमेरिकी जर्जिया राज्यको एट्लान्टा शहरमा उनले आफ्नो एकल विश्व काव्या यात्रा अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरिसकेका छन् ।

Abiswas ko taranga
कठमाडौं, २८ चैत । इजरायल प्रवासी साहित्यकार कृष्णकला वनेमकृत अविश्वासको ‘तरङ्ग’ नामक पुस्तक केही दिन अगाडी काठमाडौंमा एक कार्यक्रमबीच विमोचित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् आयमेली कवि श्रद्धेय श्री बैरागी काइालाज्यूको प्रमुख आतिथ्यमा विमोचित भएको उक्त कृति माथि बानेश्वर क्याम्पसका डा। विष्णु राई, कवि प्राज्ञ श्रवण मुकारुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, नेपाली वाङ्मय परिषदका अध्यक्ष शशि लुमुम्वु, मिलाप मासिकका प्रधानसम्पादक कृष्णप्रसाद भुसाल लगायतले विमोचन गरेका थिए ।
विमोचन गर्ने अतिथीहरुले नै पुस्तकमाथी टिपणीपनि गरेका थिए । विभिन्न क्षेत्रहरुका व्यक्तित्वहरुको उपस्थितिमा विमोचित भएको अविश्वासको तरङ्ग कथासङ्ग्रमा लालच, साइबर प्रेम, सत्यको जित, अविश्वासको तरङ्ग, भाग्यको खोजी, चोखो प्रेमको अन्नत पीडा, कर्तय, प्यारी सङ्गिनीको अन्तिम जीवनयात्रा र समर्पण गरी ९ ओटा कथाहरु रहेका छन् ।
मिलाप मासिक र नेपाली वाङ्मय परिषदले विमोचन कार्यक्रमको आयोजना गरेको थियो ।
Kiran T. Limbu
विशाल समाचार
काठमाडौं, १८ चैत । गीतकार तथा गजलकार किरण टी. लिम्बूका दुई कृतिको घुम्टो शनिबार खोलिएको छ । राजधानीमा केही दिन अगाडी एक समारोहकाबीच प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइालाले ‘भावनाका आाकुरा’ गजल संग्रह र ‘भावनाका फूलहरू’ गीति एल्बमको घुम्टो खोलिदिएका हुन् ।.jpg)
प्रेम र विछोड समिश्रण गजल संग्रहमा ८१ गजल समावेश भएका छन् । रोजगारीको शिलशिलामा बेलायतमा बस्दै आएका लिम्बू नेपाली वाङ्मय प्रतिष्ठानका उपाध्यक्षसमेत हुन् । यसैगरी लिम्बूका ‘भावनाका फुलहरू’ गीति एल्बममा आठ गीत समावेश भएका छन् । एल्बममा चर्चित भर्सटायल गायक राजेशपायल राई, दीपक लिम्बू, मिलन अमात्य, रजिना रिमाल, उत्तमजंग लिम्बू र चन्द्र चौधरीले स्वर दिएका छन् । सबै गीतमा ताराप्रकाश लिम्बूले संगीत भरेका छन् ।.jpg)
सो समारोहमा प्रा.डा. कृष्णहरि बराल, कवि उषा शेरचन, सन्ध्या रेग्मी शर्मा, युवराज राईलगायतको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा. सुष्मा आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।.jpg)
काठमाडौं, १८ चैत । गीतकार तथा गजलकार किरण टी. लिम्बूका दुई कृतिको घुम्टो शनिबार खोलिएको छ । राजधानीमा केही दिन अगाडी एक समारोहकाबीच प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइालाले ‘भावनाका आाकुरा’ गजल संग्रह र ‘भावनाका फूलहरू’ गीति एल्बमको घुम्टो खोलिदिएका हुन् ।
.jpg)
प्रेम र विछोड समिश्रण गजल संग्रहमा ८१ गजल समावेश भएका छन् । रोजगारीको शिलशिलामा बेलायतमा बस्दै आएका लिम्बू नेपाली वाङ्मय प्रतिष्ठानका उपाध्यक्षसमेत हुन् । यसैगरी लिम्बूका ‘भावनाका फुलहरू’ गीति एल्बममा आठ गीत समावेश भएका छन् । एल्बममा चर्चित भर्सटायल गायक राजेशपायल राई, दीपक लिम्बू, मिलन अमात्य, रजिना रिमाल, उत्तमजंग लिम्बू र चन्द्र चौधरीले स्वर दिएका छन् । सबै गीतमा ताराप्रकाश लिम्बूले संगीत भरेका छन् ।
.jpg)
सो समारोहमा प्रा.डा. कृष्णहरि बराल, कवि उषा शेरचन, सन्ध्या रेग्मी शर्मा, युवराज राईलगायतको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा. सुष्मा आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
.jpg)
विशाल चौतारी समाचार
काठमाडौं, ७ चैत । नेपाली नाटक तथा रंगमञ्चको क्षेत्रमा साढे दुई दशकदेखि निरन्तर सक्रिय रहदै आएका रंगकर्मी एवं प्राज्ञ कृष्ण शाह यात्री अमेरिकामा सम्मानित भएका छन् ।
यात्रीलाई २ मार्चमा अमेरिकाको न्युयोर्कमा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनमा पुगेका यात्रीलाई अन्तर्राष्ट्रिय साहित्य समाज ‘अनेसास’ ले नाट्य–सम्मान गरेको हो । यात्रीले नाटकमार्फत समाजमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।
साथै, यात्रीलाई अमेरिकाको वासिंगटन डिसीमा सक्रिय चारवटा विभिन्न कला र साहित्यिक संघसंस्थाले पनि संयुक्त रूपमा सम्मान गरेको छ । ८ मार्चमा मेरिल्यान्डको सिल्भर स्प्रिङमा आयोजित कार्यक्रममा नेपाली साहित्य प्रतिष्ठान, अमेरिका नेपाली साहित्य प्रतिष्ठान, अन्तर्राष्ट्रिय कलाकार मञ्च र अनेसास डिसी म्याट्रो च्याप्टरले उनलाई रंगमञ्चीय क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । यात्रीलाई अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत ऋषि घिमिरेले सम्मान–पत्र प्रदान गरेका थिए ।
५ मार्चमा अमेरिकाको बोस्टनमा आयोजित ‘सर्जकसाग एक सााझ’ कार्यक्रममा यात्री अतिथिका रूपमा सहभागी थिए । उनले कार्यक्रममा नाटकले विश्व रंगमञ्च खोजिरहेको चर्चा गर्दै बोस्टनका साहित्य सर्जकसागको विचार आदान–प्रदान भएको बताए । ‘सिर्जना उत्सव बोस्टन’ले समर्भिलमा आयोजना गरेको कार्यक्रममा यात्रीले नेपाली रंगमञ्चका फराकिलो बन्दै गएको पाटोको चर्चा गर्दै भाषा र साहित्यलाई भौगोलिक सिमानाले छेक्न नसक्ने बताएका थिए ।
तीनहप्ते अमेरिकी भ्रमणका क्रममा नाटककार यात्रीले अमेरिकाका सातवटा स्टेटका विभिन्न स्थान भ्रमण गरी त्यहााको वस्तुस्थिति र नेपाली डायोस्पोरिक जीवनलाई नजिकबाट अध्ययन गर्ने अवसर पाएको बताए । उनले अमेरिकामा साधनारत एवं कार्यरत सयौा नेपाली लेखक र कलाकारसाग कार्यक्रमको सन्दर्भमा भेटघाट भएको जानकारी गराए । यात्रीले भने, ‘अमेरिकाबाट नाटकका लागि नयाा कथा र पात्र लिएर फर्किएको छु ।’

Albert-Einstein
एजेन्सी
विश्वकै महान् भौतिकशास्त्री अल्बर्ट आइन्सटाइनले १७ अप्रिल १९४५ मा आफ्ना साथिहरुलाई लेखेको एक चिठ्ठी अहिले ४० लाख रुपैयाँमा बिक्री भएको छ । उनले सो चिठ्ठी सार्जेन्ट फ्रेंक के फ्लीगोर र उनका साथीहरुलाई लेखेका थिए ।.jpg)
द्वीतीय विश्वयुद्धको दौरान अमेरिकी सार्जेन्ट र उनका साथीहरुलाई एक लेखमा भ्रम पैदा भएको थियो । उनीहरुलाई उक्त लेख बुझ्न निकै गाह्रो परेको थियो । यसैकारण उनीहरुले आइन्सटाइनलाई चिठ्ठी लेखेका थिए ।
यही पत्र फ्लीगोरका परिवारले ‘दि रब कलेक्शन’ को माध्यमबाट करिब ४० लाख रुपैयाँमा बिक्री गरेका हुन् । पेन्सिलवेनियामा प्राचिन दस्तावेजहरु संकलन गर्न चचिर्त ‘दि रब कलेक्शन’ का अनुसार उक्त चिठ्ठी विज्ञानको इतिहासमा महत्वपूर्ण सामग्री हो ।
एजेन्सी
विश्वकै महान् भौतिकशास्त्री अल्बर्ट आइन्सटाइनले १७ अप्रिल १९४५ मा आफ्ना साथिहरुलाई लेखेको एक चिठ्ठी अहिले ४० लाख रुपैयाँमा बिक्री भएको छ । उनले सो चिठ्ठी सार्जेन्ट फ्रेंक के फ्लीगोर र उनका साथीहरुलाई लेखेका थिए ।
.jpg)
द्वीतीय विश्वयुद्धको दौरान अमेरिकी सार्जेन्ट र उनका साथीहरुलाई एक लेखमा भ्रम पैदा भएको थियो । उनीहरुलाई उक्त लेख बुझ्न निकै गाह्रो परेको थियो । यसैकारण उनीहरुले आइन्सटाइनलाई चिठ्ठी लेखेका थिए ।
यही पत्र फ्लीगोरका परिवारले ‘दि रब कलेक्शन’ को माध्यमबाट करिब ४० लाख रुपैयाँमा बिक्री गरेका हुन् । पेन्सिलवेनियामा प्राचिन दस्तावेजहरु संकलन गर्न चचिर्त ‘दि रब कलेक्शन’ का अनुसार उक्त चिठ्ठी विज्ञानको इतिहासमा महत्वपूर्ण सामग्री हो ।
Mahesh Singh Kathayat book
विशाल चौतारी समाचार
कठमाडौं, २६ फागुन । नेपाल प्रहरीका डिआइजी महेश सिंह कठायतले नेपालको पश्चिम क्षेत्रमा रहेको डोटी राज्यको इतिहास लेखेका छन् । उनले करिब ९ सय वर्षअघिको इतिहास लेखेर इतिहासकारका रुपमा नयाा पहिचान प्रस्तुत गरेका छन् । ‘कठेर (रोहिलखण्ड), कुमाउ र डोटी राज्यको सम्बन्ध’ विषयमा उनले अलिखित इतिहास सप्रमाण लिपिबद्ध गरेका हुन् ।
कठेर अर्थात् रोहिलखण्डमा राज्य गरेका उनका पुर्खाले जोगाएर राखेका कागजात र लिपीहरुलाई आधार बनाएर लामो समयको अध्ययन पनि उनले पुस्तक तयार पारेका छन् ।
हाल भारतमा रहेको रोहिलखण्ड, कुमाउ र नेपालको डोटी राज्यबिच रहेको कुटनीतिक तथा राजनीतिक सम्बन्धका आयामहरु खोतलिएका छन् । किताबमा उनले धेरैलाई जानकारी नभएका विषयलाई सप्रमाण प्रस्तुत गरेका छन् । तत्कालिन अवस्थामा डोटी, कुमाउ र कठेर राज्यले एक अर्कालाई सहयोग गर्ने तथा बिस्थापित हुादा शरण लिने गरेका कुराहरुको तथ्य खोजेर प्रकाशमा ल्याएका छन् । कठेर राज्यका राजा उनको पुस्ताले हस्तान्तरण गर्दै आएको ज्ञानले उनलाई इतिहासप्रति रुची जगाइदिएको बताएका छन् । दश वर्षकै उमेरमा उनले हजुरबुबाट प्राप्त इतिहासको ज्ञान र पछि अध्यन गर्दा मिलेका कुराले उनलाई हालसम्म अलिखित इतिहास लेख्न उक्साएको बताउछन् । करिब ४० वर्षको अध्यनपश्चात उनले यो पुस्तक सार्वजनिक गरेका हुन् ।कठमाडौं, २६ फागुन । नेपाल प्रहरीका डिआइजी महेश सिंह कठायतले नेपालको पश्चिम क्षेत्रमा रहेको डोटी राज्यको इतिहास लेखेका छन् । उनले करिब ९ सय वर्षअघिको इतिहास लेखेर इतिहासकारका रुपमा नयाा पहिचान प्रस्तुत गरेका छन् । ‘कठेर (रोहिलखण्ड), कुमाउ र डोटी राज्यको सम्बन्ध’ विषयमा उनले अलिखित इतिहास सप्रमाण लिपिबद्ध गरेका हुन् ।

कठेर अर्थात् रोहिलखण्डमा राज्य गरेका उनका पुर्खाले जोगाएर राखेका कागजात र लिपीहरुलाई आधार बनाएर लामो समयको अध्ययन पनि उनले पुस्तक तयार पारेका छन् ।
डोटी जिल्लामा जन्मेका उनले जन्मभूमिको इतिहासलाई सार्वजनिक गर्ने क्रमको यो पहिलो खुड्कीलो हो । यसपश्चात् उनी ‘क्षेत्रीय कठेरियार राजपुत र कठायत वंशजको सम्बन्ध’, ‘जातीय रोहिल राजपुत र कठेरिया राजपुतको सम्बन्ध’ र ‘अ लस्ट रेस’ (हराएको जाती) नामक तीन इतिहास सम्बन्धि पुस्तक प्रकाशन गर्ने तयारी गरेका छन् । नेपाल प्रहरीको कम्प्युटर शाखाको प्रमुखको जिम्मेवारीबाट बचत समय इतिहास अध्ययन र लेखनका लागि लगाएको बताउछन् ।
विशाल चौतारी समाचार काठमाडौं, २० फागुन । ग्ल्यामर जीवन रुचाउने युवापुस्ताका गाउँले प्रेमबारे गजेन्द्र मोक्तानले लेखेको उपन्यास ‘क्रेजी लभ’ बजारमा आएको छ । प्रेम, रोमान्स र यौनका भोका दुई क्रेजी प्रेमीकामाथि लेखिएको उपन्यासमा लेखकले विदेश बस्नेका कथा व्यथालाई पनि उनेका छन् ।
उपन्यासको विमोचन केही दिन अगाडी काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी लेखकद्वय हरि अधिकारी र धु्रव सापकोटाले गरेका थिए । विमोचनपछि हरि अधिकारीले भने, ‘अहिले बजारमा चलनचल्तिको फास्टफुड पुस्तालाई सोचेर उपन्यास लेख्ने क्रम बढ्दै छ । यस्तै फेसनमा नयाँ अर्को उपन्यास थपेकोमा उपन्यासकारलाई बधाई ।’ कथाकार धु्रव सापकोटाले उपन्यासबारे भने, ‘प्रेम र त्यसले निम्त्याउने दुखद परिणतीबारे उपन्यास लेखिएको छ । विदेशमा बस्ने नेपालीलाई यो आफ्नै कथाझैं लाग्न सक्छ ।’
त्यस्तै कार्यक्रममा पत्रकार/निबन्धकार दीपक सापकोटाले प्रेम–पीडा, विदेशमा बस्ने श्रीमानले दु:खसाथ पठाएको पैसामा श्रीमतिहरुले अरु प्रेमिसँग गरेको मस्ती र त्यसले समाजमा ल्याएको सामाजिक विचलनमाथि उपन्यास लेखिएको सुनाए । झमककुमारी घिमिरेको आत्मकथा ‘जीवन काँडा की फूल’ पढेपछि आफू पनि लेखक बन्न सक्छु भन्ने प्रेरणामा ‘क्रेजी लभ’ लेखिएको लेखक गजेन्द्र मोक्तानले बताए । ‘विदेश बस्ने मान्छेको भावना, रेमिटेन्सले समाजमा ल्याएका तरंगबारे उपन्यास लेख्ने प्रयास गरेको छु’ उपन्यासकार मोक्तानले भने । कार्यक्रममा लेखक बिष्णुकुमार पौडेलले पनि बोलेका थिए । ‘क्रेजी लभ’ बीएन पुस्तक संसारले प्रकाशन गरेको हो ।
विशाल चौतारी समाचार
काठमाडौं, २९ माघ । लामो समयदेखी पत्रकारीतामा कलम चलाउदै आएका युवा पत्रकार तथा रामकुमार एलनको उपन्यास ‘स्याउली सिम्फोनी’ विमोचित भएको छ । बुधवार काठमाडौमा भएको एक कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले बिमोचन गरेका छन् ।.jpg)
विमोचन समारोहमा बोल्दै वरिष्ठ नेता नेपालले जनयुद्धका घटनाहरुलाई केलाएर साहित्यिक पुस्तक प्रकाशन गरिँदा सर्वसाधारणले पाएको पीडा बाहिर आउने टिप्पणी गरे । भने–‘राजनीतिका विषयमा लेखिने साहित्यले समाजलाई नयाँ बाटोका लागि सहयोग पुग्ने मैले बिस्वास लिएको छु ।’ वरिष्ठ नेता नेपालले दन्द्धका विषयमा साहित्य लेखिन बाँकी रहेको र अझै लेखिनु पर्ने पनि साहित्य प्रेमीहरुलाई आग्रहपनि गरेका थिए । राजनीतिक पुस्ताले पनि दन्द्धका विषयमा लेखिएका साहित्यिक कृति अध्ययन गर्नु पर्ने धारणा नेपालले राखेका थिए ।.jpg)
कार्यक्रममा वरिष्ठ साहित्यकार श्यामलले दन्द्धका विषयमा आख्यान लेखिएको र यसले समाजको ओझेलमा परेको पाटो बाहिर आएको विश्लेशण गरे । यस्तै कार्यक्रममा बोल्दै यस पुस्तकका उपन्यासकार रामकुमार एलनले जनयुद्धका पेरिफेरिमा निम्छराले पाएको सास्ती उपन्यासमा समेटिएको बताए ।
पुस्तकलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो भने कार्यक्रम बिएन पुस्तक संसार प्रालिकै अध्यक्ष विष्ण्ुाकुमार पौडेलको अध्यक्षतामा भएको थियो ।
काठमाडौं, २९ माघ । लामो समयदेखी पत्रकारीतामा कलम चलाउदै आएका युवा पत्रकार तथा रामकुमार एलनको उपन्यास ‘स्याउली सिम्फोनी’ विमोचित भएको छ । बुधवार काठमाडौमा भएको एक कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले बिमोचन गरेका छन् ।
.jpg)
विमोचन समारोहमा बोल्दै वरिष्ठ नेता नेपालले जनयुद्धका घटनाहरुलाई केलाएर साहित्यिक पुस्तक प्रकाशन गरिँदा सर्वसाधारणले पाएको पीडा बाहिर आउने टिप्पणी गरे । भने–‘राजनीतिका विषयमा लेखिने साहित्यले समाजलाई नयाँ बाटोका लागि सहयोग पुग्ने मैले बिस्वास लिएको छु ।’ वरिष्ठ नेता नेपालले दन्द्धका विषयमा साहित्य लेखिन बाँकी रहेको र अझै लेखिनु पर्ने पनि साहित्य प्रेमीहरुलाई आग्रहपनि गरेका थिए । राजनीतिक पुस्ताले पनि दन्द्धका विषयमा लेखिएका साहित्यिक कृति अध्ययन गर्नु पर्ने धारणा नेपालले राखेका थिए ।
.jpg)
कार्यक्रममा वरिष्ठ साहित्यकार श्यामलले दन्द्धका विषयमा आख्यान लेखिएको र यसले समाजको ओझेलमा परेको पाटो बाहिर आएको विश्लेशण गरे । यस्तै कार्यक्रममा बोल्दै यस पुस्तकका उपन्यासकार रामकुमार एलनले जनयुद्धका पेरिफेरिमा निम्छराले पाएको सास्ती उपन्यासमा समेटिएको बताए ।
पुस्तकलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो भने कार्यक्रम बिएन पुस्तक संसार प्रालिकै अध्यक्ष विष्ण्ुाकुमार पौडेलको अध्यक्षतामा भएको थियो ।

पहिले दिनमा पच्चीस–छब्बीस खिलीसम्म चुरोट खाएँ, अहिले छोडें । चिया धेरै खान्थेँ, कम गर्दै छु । अहिले मदिरापान गर्छु, त्यो पनि कुलत हो ।खगेन्द्र संग्रौला, साहित्यकार
...
सँगै बसेर मदिरा पिउने मेरा केही मित्र मात्र छन् । मेरो उपस्थितिले उनीहरूलाई अभिभावकत्व महसुस गराउँछ रे । यो बूढो आफू पनि गति छाड्दैन, हामीलाई पनि नियन्त्रण गर्छ भन्छन् । म आफूचाहिँ झगडा गर्दिनँ । बरु अरूको झगडा हेरेको छु । कतिपय बेला झगडा मिलाउन सफल भएको छु, कहिले असफल पनि ।
– मेरो लागि प्रशंसकभन्दा आलोचक ठूलो शक्ति हो ।
– अरूसँग नभएको विशिष्ट कुरा मसँग छैन ।
– लेख्नुबाहेक अरू कुनै काम जान्दिनँ ।
– मैले चुरोट छोडेको यो चौथो पटक हो ।
– लत र सिर्जनाको सम्बन्ध हुँदैन ।
– एक सर्को तानेपछि कसैलाई फुरेजस्तो चाहिँ हुन सक्छ ।
– मलाई पनि बालेजस्तै तमाखु खाने र ठुलो हुने भूत चढ्यो ।
– अहिले हप्तामा दुई–तीन पटक पिउँछु ।
– साँझपछि एकान्तमा पिउन मन लाग्छ ।
– एक बसाइमा तीन पेगसम्म खान्छु ।
– रक्सीले जिब्रो मात्र भिजाउँदा आनन्द लाग्छ ।
– रक्सी छोड्ने संकल्पै गर्दिनँ ।
खगेन्द्र संग्रौला के हो ?
– एउटा सामान्य नागरिक, सामान्य मान्छेभन्दा बढी नामअगाडि लेखक जोडिएको छ, त्यति मात्र हुँ ।
साहित्य तपाईंको पेसा कि आत्मसन्तुष्टिको माध्यम ?
–साहित्य मेरो निष्ठा हो । जिवन र जगत्सँग मेरो सम्पर्क जोड्ने सूत्र हो । अहिले साहित्य मेरो नसा र अभिन्न अंग भएको छ ।
तपाईंलाई कलम र कम्प्युटरबाट अलग गरिदिए जीवन कस्तो होला ?
–कलम र कम्प्युटरबिनाको मेरो जीवन मरेतुल्य हुन्छ ।
आफूसँगको बहुमूल्य चिज के हो जस्तो लाग्छ ?
–किताब हुन् । मेरा निम्ति किताब प्रेरणा र जीवनको स्रोत हो, साथी हो, सबै कुरा हो ।
तपार्इंका लेख पढेर मान्छेले गाली गर्दा कस्तो लाग्छ ?
–सुरुसुरुमा पाठकहरुको गाली सुन्दा असजिलो लाग्थ्यो । अब बानी परिसक्यो । मलाई कसैको आलोचना गरेर लेख्ने अधिकार छ भने पाठकलाई मेरो लेख मन नपरेर आलोचना गर्ने अधिकार पनि छ । त्यसैले सामान्य लाग्छ । नेपाली समाज विभाजित छ । कसैले कसैका बारेका लेख्यो वा बोल्यो कि पोल्यो हुन्छ । मेरो लेख कसैको घाउमा मलम लगाएजस्तो हुन्छ त कसैमाथि आक्रमण गरेजस्तो पनि हुन सक्छ । मेरो लागि प्रशंसकभन्दा आलोचक ठूलो शक्ति हो ।
सिर्जना गर्न तपार्इंलाई केले घचघच्याउँछ ?
–सिर्जना भनेको लेख्ने अभ्याससँगै निष्ठा, लत र आर्जनको स्रोत पनि हो । लेख्नुबाहेक म सँग अरू केही काम छैन । अरू जान्दिनँ पनि ।
कस्तो वातावरणमा सिर्जना गर्न मन पर्छ, घरभित्र वा बाहिर ?
मेरो आफ्नो कोठा, कम्प्युटर र एकान्त । यी तिन कुरा नभए लेख्नै सक्दिनँ । मेरो घरको वातावरण पनि त्यस्तै छ । लेख्नकै लागि भनेर घर छोड्दिनँ । मान्छेसँगको भेटघाट वा फोन आएकै कारणलाई अवरोध मान्दिनँ । संकटकालमा एक महिना धुलीखेलको होटलमा बसेर ‘आमा र यमदूत’ लेखेँ । अरू सबै घरमै लेखेको हुँ ।
तपाईंसँग सिर्जनाको विशेष पक्ष के छ, जो अरूसँग छैन ?
त्यस्तो होइन । हरेक जिउँदो मान्छे संघर्षमा हुन्छ । अनुभव र अनुभूति सबैसँग हुन्छ । अभिव्यक्त गर्ने भाषा र शैली कहाँ कसरी फरक हुने भन्ने मात्र हो । अरूसँग नभएको विशिष्ट कुरा मसँग छैन । लामो समयको अभ्यास र साधनाले आफ्नो कुरा म राम्ररी अभिव्यक्त गर्छु होला, त्यति मात्र हो ।
साहित्य सिर्जनाका क्रममा चुरोट आवश्यक पर्छ भन्छन्, तपाईंको हकमा पनि यो लागू हुन्छ ?
–देवकोटा चुरोट खान्थे तर सम र लेखनाथ खाँदैनथे । सिर्जनालाई लतसँग जोडिन्छ, लेखक चुरोट खान्छ, कविले जाँड खान्छ, अरू कसैले गाँजा खान्छ भनेर । सबैलाई सामान्यीकरण गरेर एउटै डालोमा राख्न मिल्दैन । कसैको लत हुन्छ कसैको हुँदैन । लामो समयदेखि चुरोट खाँदै आएकाहरुलाई त्यो लेखनको अंगजस्तो लाग्छ । अहिले मैले चुरोट खान छोडेको छु, चुरोट छोडेको यो चौथो पटक हो । अमेरिकामा एक नामुद चुरोटेले साथीसँग सोधेछ– जीवनमा छोड्न सजिलो लत के हो ? साथीले जवाफ दिन सकेन । सँगैका अमेरिकी व्यंग्यकार माकटोनीले भनेछन्– ‘चुरोट †’ चुरोटेले दंग पर्दै सोध्यो ‘कसरी ?’ उनले भने– ‘मैले त चार पटक छोडिसकें †’ चुरोटको लत भएको मान्छेलाई कहिलेकाहीँ लेख्दै जाँदा मनमा बाँझो पल्टन्छ । केही पनि नआएर छिद्रहरु सबै बन्द भएजस्तो लाग्छ । अनुभूति हुँदैन, भाषाहरू मिल्दैन । त्यतिबेला एक सर्को लगाएपछि कताकताबाट फुरे जस्तो लाग्छ ।
तपाईंका कुलत के–के हुन् ?
पहिले दिनमा पच्चीस–छब्बिस खिलीसम्म चुरोट खाएँ,
अहिले छोडें । चिया धेरै खान्थेँ, कम गर्दै छु । मदिरापान गर्छु, त्यो पनि कुलत हो ।
चुरोट खान कसरी सिक्नुभयो ?
मेरो बुबा तमाखु खानुहुन्थ्यो । उहाँको तमाखु मैले भरिदिनुपर्ने । तमाखु मगमग बास्ना आउने, तान्दा सुनिने आवाज पनि राम्रो लाग्थ्यो । बुवा मकैको खोस्टामा सुर्ती बेरेर पनि खानुहुन्थ्यो । परिवारको मुलीले मात्र त्यो खान पाउने, महिला–केटाकेटीले नपाउने । गाउँमा त्यसरी खानेलाई ठूलोबडो मान्छे भन्थे । मलाई पनि बालेजस्तै तमाखु खाने र ठुलो हुने भूत चड्यो । बिस्तारै सिके ।
पहिलो पटक रक्सी कहिले खानुभयो ?
एघार–बाह्र वर्षको थिएँ । मेरा मितबुबा लिम्बु थिए, बाले मितबाकोमा एउटा काम अह्राएर पठाउनुभयो । जाडो महिना थियो । मितबा घाममा बसेर कचौरामा केही खाँदै थिए । उनको आँखा, कान र मुख रातो थियो । म जाडोले सुकसुक गर्दै थिएँ । उनले भने– ‘हाउ काइँला, कान रातो पारौं हाउ ।’ मैले बुझिनँ । मितआमाले एउटा कचौराका के हो ल्याइदिनुभयो । बाफ आउँदै थियो, अलिअलि गन्ध पनि । खाँदा टर्रो लाग्यो, खाइसकेपछि न्यानो पनि लाग्यो । त्यहीँ सुतेछु । पछि मितबुबाले घर पुर्याउनुभएछ । व्रतबन्ध नगरेकाले बुबाले केहि भन्नुभएन ।
खाऊँ–खाउँ लागेरचाहिँ कहिलेदेखि खानुभयो ?
काठमाडौंमा आएपछि नेवार साथी पनि भए । उनीहरूको भोजमा मुखमा हालियो । शिक्षक भएर लमजुङ गएपछि एक्लो महसुस गर्न थालेँ । गोरखापत्र पनि दुईचार महिनामा पुग्थ्यो । सूचनासम्पर्क, बौद्धिक साथीभाइ थिएनन् । एकान्तको साथीको बहानामा साँझतिर कहिलेकाहीँ पिउन थाले । अहिले हप्तामा दुई तिन पटक खान्छु ।.jpg)
कस्तो माहोलमा पुग्दा रक्सी खाउँ लाग्छ ?
दिउँसो पिकनिक र साथीसँग घुम्न गएको बेलाबाहेक खान्नँ । साँझपछिचाहिँ एकान्तमा, मन मिल्ने र रक्सी खाएर ट्राफिक जाम नगर्ने, महिलाको अपमान नगर्ने साथीहरूसँग हुँदा खान मन लाग्छ ।
कुन ब्रान्ड खानुहुन्छ ?
लामो समयसम्म रोयल स्ट्याग खाएँ । अहिले सिग्नेचर खान्छु । नेपाली ह्विस्की राम्रो र सस्तो लाग्छ ।
एक बसाइमा कति पेगसम्म खानुहुन्छ ?
अनुशासित र संयमित रूपमा खान्छु । अहिलेसम्म रक्सी खाएर लट्ठिएको छैन । तीन पेगसम्म खान्छु, साहै्र रमाइलो भए चार पेगसम्म पुग्ला ।
मातेर जथाभाबी बोल्ने, साथीभाइसँग झगडा गर्ने कत्तिको भएको छ ?
छैन । सँगै बसेर मदिरा पिउने मेरा केही मित्र मात्र छन् । मेरो उपस्थितिले उनीहरूलाई अभिभावकत्व महसुस गराउँछ रे । यो बूढो आफू पनि गति छाड्दैन, हामीलाई पनि नियन्त्रण गर्छ भन्छन् । म आफूचाहिँ झगडा गर्दिनँ । बरु अरूको झगडा हेरेको छु । कतिपय बेला झगडा मिलाउन सफल भएको छु, कहिले असफल पनि ।
मदिरा पिउने बेलाका साथी को–को हुन् ?
झलक सुवेदी, युग पाठक, विमल अर्याल । यिनीहरूसँगै खान्छु प्राय ।
रक्सीले साहित्य सिर्जनालाई उत्प्रेरित गर्छ कि अवरोध ?
रक्सीले साहित्य सिर्जना गर्ने कुरा बेकार हो । रक्सीले सिर्जना फुर्ने भए रक्सी नखानेले लेख्नै सक्थेनन् । धेरै ठूला लेखक पनि छन्, जो रक्सी खाँदैनथे । लत र सिर्जनाको सम्बन्ध हुँदैन । लतमा अभ्यस्त नै भइसकेपछि थोरै सम्बन्ध भएजस्तो लाग्ला कसैलाई । तर, आम रूपमा यी दुईको सम्बन्ध छैन ।
तपाईंचाहिँ लेख्ने बेलामा कत्तिको पिउनुहुन्छ ?
अहिलेसम्म पाँच–छ पटक त्यस्तो भएको होला । कहिलेकाहीँ पत्रिकाका लागि लेख दिनुपर्छ । विषय हुँदैन, जाँगर हुदैन । भाषा, ताल, सुर केही पनि मिल्दैन । त्यस्तो बेलामा एक पेग खाँदा कताकता फुरेजस्तो लाग्छ ।
रक्सीको स्वाद कस्तो लाग्छ ?
सुरुमा त एकदम नमिठो लाग्यो । गन्ध पनि नराम्रो, प्रभाव पनि खराब । यस्तो पनि के खानुजस्तो लाग्यो । अहिले मेरो मान्यता छ– रक्सी भनेको निल्ने होइन, जिब्रो भिजाउने मात्र हो । निल्दा टर्रो हुन्छ, घाँटी पोल्छ । जिब्रो मात्र भिजाउँदा आनन्द लाग्छ ।
रक्सीले फाइदा गर्दैन भनेर जान्दाजान्दै किन खान्छन् मान्छे ?
रक्सीले बेफाइदा गर्दैन । हामीले प्रयोग गर्ने अधिकांश औषधिमा रक्सीको मात्रा हुन्छ । सुर्तिजन्य पदार्थको बेफाइदा मात्र छ । आफ्नो शरीरको क्षमताभित्र बसेर मदिरा सेवन गर्ने हो भने हानि गर्दैन । मलाई डक्टरले भनेका छन्, साठी एमएल सधैँ खाँदा हुन्छ, नब्बे एमएल कटाउनु हुँदैन । यो यस्तो हरिप हो, यसले छाड्दै छोड्दैन भनेर डाक्टरले सीमामा बाँधेका होलान् । शरीर र खल्तीले थेग्ने गरी खानुपर्छ ।
अहिलेसम्म रक्सी छोड्ने प्रयास गर्नुभएको छ कि छैन ?
म रक्सी छोड्ने संकल्पै गर्दिनँ । अहिलेसम्म छोड्छु भनेको छैन । आफ्नै सुरमा कहिलेकाहीँ एक–दुई हप्तासम्म खान्नँ ।
तपार्इंले चिनेका सबैभन्दा जँड्याहा मानिस को–को हुन् ?
धेरै छन् तर नाम भन्न मिल्दैन । सार्वजनिक व्यक्तित्व हुन् । मेरा धेरै साथी छन्, जो अत्यधिक मदिरापान गर्छन् । अरूलाई अभद्र व्यवहार गर्छन्, एक्लै बोल्छन्, बर्बराउँछन् ।
तपाईं जँड्याहा हो कि होइन ?
म होइन ।
परिवारले के भन्छन् ?
छोराछोरी–श्रीमतीले रक्सी छोडे, स्वस्थ भइदिए अनि अझै राम्रो लेखिदिए हुन्थ्यो भन्छन् । यो स्वाभाविक पनि हो । तर उनीहरूले मलाई जँड्याहा नै चाहिँ भनेका छैनन् ।
रक्सी पिएर श्रीमतीसँग झगडा परेको छ कि छैन ?
मेरी श्रीमती गुरुङ्नी भएकाले उनका अगाडि रक्सी खानु सामान्य हो । उनीसँग झगडा परेको त छैन तर चिडचिडाहट भने खेपेको छु ।
आफन्तहरूले केही भनेका छैनन् ?
आजसम्म मलाई श्रीमतीबाहेक कसैले पनि तँलाई रक्सी बढी भयो भनेको छैन । रक्सी खाएर सार्वजनिक परिदृश्यमा देखा पर्दिनँ ।
कस्तो अवस्था आए रक्सी छोड्नुहोला ?
कुनै दिन डाक्टरले तेरो शरीरमा गम्भीर रोग लाग्यो, तैँले रक्सी खाने दिन गयो, अब रक्सीले तँलाई खाने दिन सुरु भयो भन्यो भने छोड्छु होला ।
– एउटा सामान्य नागरिक, सामान्य मान्छेभन्दा बढी नामअगाडि लेखक जोडिएको छ, त्यति मात्र हुँ ।
साहित्य तपाईंको पेसा कि आत्मसन्तुष्टिको माध्यम ?
–साहित्य मेरो निष्ठा हो । जिवन र जगत्सँग मेरो सम्पर्क जोड्ने सूत्र हो । अहिले साहित्य मेरो नसा र अभिन्न अंग भएको छ ।
तपाईंलाई कलम र कम्प्युटरबाट अलग गरिदिए जीवन कस्तो होला ?
–कलम र कम्प्युटरबिनाको मेरो जीवन मरेतुल्य हुन्छ ।
आफूसँगको बहुमूल्य चिज के हो जस्तो लाग्छ ?
–किताब हुन् । मेरा निम्ति किताब प्रेरणा र जीवनको स्रोत हो, साथी हो, सबै कुरा हो ।
तपार्इंका लेख पढेर मान्छेले गाली गर्दा कस्तो लाग्छ ?
–सुरुसुरुमा पाठकहरुको गाली सुन्दा असजिलो लाग्थ्यो । अब बानी परिसक्यो । मलाई कसैको आलोचना गरेर लेख्ने अधिकार छ भने पाठकलाई मेरो लेख मन नपरेर आलोचना गर्ने अधिकार पनि छ । त्यसैले सामान्य लाग्छ । नेपाली समाज विभाजित छ । कसैले कसैका बारेका लेख्यो वा बोल्यो कि पोल्यो हुन्छ । मेरो लेख कसैको घाउमा मलम लगाएजस्तो हुन्छ त कसैमाथि आक्रमण गरेजस्तो पनि हुन सक्छ । मेरो लागि प्रशंसकभन्दा आलोचक ठूलो शक्ति हो ।
सिर्जना गर्न तपार्इंलाई केले घचघच्याउँछ ?
–सिर्जना भनेको लेख्ने अभ्याससँगै निष्ठा, लत र आर्जनको स्रोत पनि हो । लेख्नुबाहेक म सँग अरू केही काम छैन । अरू जान्दिनँ पनि ।
कस्तो वातावरणमा सिर्जना गर्न मन पर्छ, घरभित्र वा बाहिर ?
मेरो आफ्नो कोठा, कम्प्युटर र एकान्त । यी तिन कुरा नभए लेख्नै सक्दिनँ । मेरो घरको वातावरण पनि त्यस्तै छ । लेख्नकै लागि भनेर घर छोड्दिनँ । मान्छेसँगको भेटघाट वा फोन आएकै कारणलाई अवरोध मान्दिनँ । संकटकालमा एक महिना धुलीखेलको होटलमा बसेर ‘आमा र यमदूत’ लेखेँ । अरू सबै घरमै लेखेको हुँ ।
तपाईंसँग सिर्जनाको विशेष पक्ष के छ, जो अरूसँग छैन ?
त्यस्तो होइन । हरेक जिउँदो मान्छे संघर्षमा हुन्छ । अनुभव र अनुभूति सबैसँग हुन्छ । अभिव्यक्त गर्ने भाषा र शैली कहाँ कसरी फरक हुने भन्ने मात्र हो । अरूसँग नभएको विशिष्ट कुरा मसँग छैन । लामो समयको अभ्यास र साधनाले आफ्नो कुरा म राम्ररी अभिव्यक्त गर्छु होला, त्यति मात्र हो ।
साहित्य सिर्जनाका क्रममा चुरोट आवश्यक पर्छ भन्छन्, तपाईंको हकमा पनि यो लागू हुन्छ ?
–देवकोटा चुरोट खान्थे तर सम र लेखनाथ खाँदैनथे । सिर्जनालाई लतसँग जोडिन्छ, लेखक चुरोट खान्छ, कविले जाँड खान्छ, अरू कसैले गाँजा खान्छ भनेर । सबैलाई सामान्यीकरण गरेर एउटै डालोमा राख्न मिल्दैन । कसैको लत हुन्छ कसैको हुँदैन । लामो समयदेखि चुरोट खाँदै आएकाहरुलाई त्यो लेखनको अंगजस्तो लाग्छ । अहिले मैले चुरोट खान छोडेको छु, चुरोट छोडेको यो चौथो पटक हो । अमेरिकामा एक नामुद चुरोटेले साथीसँग सोधेछ– जीवनमा छोड्न सजिलो लत के हो ? साथीले जवाफ दिन सकेन । सँगैका अमेरिकी व्यंग्यकार माकटोनीले भनेछन्– ‘चुरोट †’ चुरोटेले दंग पर्दै सोध्यो ‘कसरी ?’ उनले भने– ‘मैले त चार पटक छोडिसकें †’ चुरोटको लत भएको मान्छेलाई कहिलेकाहीँ लेख्दै जाँदा मनमा बाँझो पल्टन्छ । केही पनि नआएर छिद्रहरु सबै बन्द भएजस्तो लाग्छ । अनुभूति हुँदैन, भाषाहरू मिल्दैन । त्यतिबेला एक सर्को लगाएपछि कताकताबाट फुरे जस्तो लाग्छ ।
तपाईंका कुलत के–के हुन् ?
पहिले दिनमा पच्चीस–छब्बिस खिलीसम्म चुरोट खाएँ,
अहिले छोडें । चिया धेरै खान्थेँ, कम गर्दै छु । मदिरापान गर्छु, त्यो पनि कुलत हो ।
चुरोट खान कसरी सिक्नुभयो ?
मेरो बुबा तमाखु खानुहुन्थ्यो । उहाँको तमाखु मैले भरिदिनुपर्ने । तमाखु मगमग बास्ना आउने, तान्दा सुनिने आवाज पनि राम्रो लाग्थ्यो । बुवा मकैको खोस्टामा सुर्ती बेरेर पनि खानुहुन्थ्यो । परिवारको मुलीले मात्र त्यो खान पाउने, महिला–केटाकेटीले नपाउने । गाउँमा त्यसरी खानेलाई ठूलोबडो मान्छे भन्थे । मलाई पनि बालेजस्तै तमाखु खाने र ठुलो हुने भूत चड्यो । बिस्तारै सिके ।
पहिलो पटक रक्सी कहिले खानुभयो ?
एघार–बाह्र वर्षको थिएँ । मेरा मितबुबा लिम्बु थिए, बाले मितबाकोमा एउटा काम अह्राएर पठाउनुभयो । जाडो महिना थियो । मितबा घाममा बसेर कचौरामा केही खाँदै थिए । उनको आँखा, कान र मुख रातो थियो । म जाडोले सुकसुक गर्दै थिएँ । उनले भने– ‘हाउ काइँला, कान रातो पारौं हाउ ।’ मैले बुझिनँ । मितआमाले एउटा कचौराका के हो ल्याइदिनुभयो । बाफ आउँदै थियो, अलिअलि गन्ध पनि । खाँदा टर्रो लाग्यो, खाइसकेपछि न्यानो पनि लाग्यो । त्यहीँ सुतेछु । पछि मितबुबाले घर पुर्याउनुभएछ । व्रतबन्ध नगरेकाले बुबाले केहि भन्नुभएन ।
खाऊँ–खाउँ लागेरचाहिँ कहिलेदेखि खानुभयो ?
काठमाडौंमा आएपछि नेवार साथी पनि भए । उनीहरूको भोजमा मुखमा हालियो । शिक्षक भएर लमजुङ गएपछि एक्लो महसुस गर्न थालेँ । गोरखापत्र पनि दुईचार महिनामा पुग्थ्यो । सूचनासम्पर्क, बौद्धिक साथीभाइ थिएनन् । एकान्तको साथीको बहानामा साँझतिर कहिलेकाहीँ पिउन थाले । अहिले हप्तामा दुई तिन पटक खान्छु ।
.jpg)
कस्तो माहोलमा पुग्दा रक्सी खाउँ लाग्छ ?
दिउँसो पिकनिक र साथीसँग घुम्न गएको बेलाबाहेक खान्नँ । साँझपछिचाहिँ एकान्तमा, मन मिल्ने र रक्सी खाएर ट्राफिक जाम नगर्ने, महिलाको अपमान नगर्ने साथीहरूसँग हुँदा खान मन लाग्छ ।
कुन ब्रान्ड खानुहुन्छ ?
लामो समयसम्म रोयल स्ट्याग खाएँ । अहिले सिग्नेचर खान्छु । नेपाली ह्विस्की राम्रो र सस्तो लाग्छ ।
एक बसाइमा कति पेगसम्म खानुहुन्छ ?
अनुशासित र संयमित रूपमा खान्छु । अहिलेसम्म रक्सी खाएर लट्ठिएको छैन । तीन पेगसम्म खान्छु, साहै्र रमाइलो भए चार पेगसम्म पुग्ला ।
मातेर जथाभाबी बोल्ने, साथीभाइसँग झगडा गर्ने कत्तिको भएको छ ?
छैन । सँगै बसेर मदिरा पिउने मेरा केही मित्र मात्र छन् । मेरो उपस्थितिले उनीहरूलाई अभिभावकत्व महसुस गराउँछ रे । यो बूढो आफू पनि गति छाड्दैन, हामीलाई पनि नियन्त्रण गर्छ भन्छन् । म आफूचाहिँ झगडा गर्दिनँ । बरु अरूको झगडा हेरेको छु । कतिपय बेला झगडा मिलाउन सफल भएको छु, कहिले असफल पनि ।
मदिरा पिउने बेलाका साथी को–को हुन् ?
झलक सुवेदी, युग पाठक, विमल अर्याल । यिनीहरूसँगै खान्छु प्राय ।
रक्सीले साहित्य सिर्जनालाई उत्प्रेरित गर्छ कि अवरोध ?
रक्सीले साहित्य सिर्जना गर्ने कुरा बेकार हो । रक्सीले सिर्जना फुर्ने भए रक्सी नखानेले लेख्नै सक्थेनन् । धेरै ठूला लेखक पनि छन्, जो रक्सी खाँदैनथे । लत र सिर्जनाको सम्बन्ध हुँदैन । लतमा अभ्यस्त नै भइसकेपछि थोरै सम्बन्ध भएजस्तो लाग्ला कसैलाई । तर, आम रूपमा यी दुईको सम्बन्ध छैन ।
तपाईंचाहिँ लेख्ने बेलामा कत्तिको पिउनुहुन्छ ?
अहिलेसम्म पाँच–छ पटक त्यस्तो भएको होला । कहिलेकाहीँ पत्रिकाका लागि लेख दिनुपर्छ । विषय हुँदैन, जाँगर हुदैन । भाषा, ताल, सुर केही पनि मिल्दैन । त्यस्तो बेलामा एक पेग खाँदा कताकता फुरेजस्तो लाग्छ ।
रक्सीको स्वाद कस्तो लाग्छ ?
सुरुमा त एकदम नमिठो लाग्यो । गन्ध पनि नराम्रो, प्रभाव पनि खराब । यस्तो पनि के खानुजस्तो लाग्यो । अहिले मेरो मान्यता छ– रक्सी भनेको निल्ने होइन, जिब्रो भिजाउने मात्र हो । निल्दा टर्रो हुन्छ, घाँटी पोल्छ । जिब्रो मात्र भिजाउँदा आनन्द लाग्छ ।
रक्सीले फाइदा गर्दैन भनेर जान्दाजान्दै किन खान्छन् मान्छे ? रक्सीले बेफाइदा गर्दैन । हामीले प्रयोग गर्ने अधिकांश औषधिमा रक्सीको मात्रा हुन्छ । सुर्तिजन्य पदार्थको बेफाइदा मात्र छ । आफ्नो शरीरको क्षमताभित्र बसेर मदिरा सेवन गर्ने हो भने हानि गर्दैन । मलाई डक्टरले भनेका छन्, साठी एमएल सधैँ खाँदा हुन्छ, नब्बे एमएल कटाउनु हुँदैन । यो यस्तो हरिप हो, यसले छाड्दै छोड्दैन भनेर डाक्टरले सीमामा बाँधेका होलान् । शरीर र खल्तीले थेग्ने गरी खानुपर्छ ।
अहिलेसम्म रक्सी छोड्ने प्रयास गर्नुभएको छ कि छैन ?
म रक्सी छोड्ने संकल्पै गर्दिनँ । अहिलेसम्म छोड्छु भनेको छैन । आफ्नै सुरमा कहिलेकाहीँ एक–दुई हप्तासम्म खान्नँ ।
तपार्इंले चिनेका सबैभन्दा जँड्याहा मानिस को–को हुन् ?
धेरै छन् तर नाम भन्न मिल्दैन । सार्वजनिक व्यक्तित्व हुन् । मेरा धेरै साथी छन्, जो अत्यधिक मदिरापान गर्छन् । अरूलाई अभद्र व्यवहार गर्छन्, एक्लै बोल्छन्, बर्बराउँछन् ।
तपाईं जँड्याहा हो कि होइन ?
म होइन ।
परिवारले के भन्छन् ?
छोराछोरी–श्रीमतीले रक्सी छोडे, स्वस्थ भइदिए अनि अझै राम्रो लेखिदिए हुन्थ्यो भन्छन् । यो स्वाभाविक पनि हो । तर उनीहरूले मलाई जँड्याहा नै चाहिँ भनेका छैनन् ।
रक्सी पिएर श्रीमतीसँग झगडा परेको छ कि छैन ?
मेरी श्रीमती गुरुङ्नी भएकाले उनका अगाडि रक्सी खानु सामान्य हो । उनीसँग झगडा परेको त छैन तर चिडचिडाहट भने खेपेको छु ।
आफन्तहरूले केही भनेका छैनन् ?
आजसम्म मलाई श्रीमतीबाहेक कसैले पनि तँलाई रक्सी बढी भयो भनेको छैन । रक्सी खाएर सार्वजनिक परिदृश्यमा देखा पर्दिनँ ।
कस्तो अवस्था आए रक्सी छोड्नुहोला ?
कुनै दिन डाक्टरले तेरो शरीरमा गम्भीर रोग लाग्यो, तैँले रक्सी खाने दिन गयो, अब रक्सीले तँलाई खाने दिन सुरु भयो भन्यो भने छोड्छु होला ।
–चमिना भट्टराई (सौर्य साभार)
ब्रेकर : ‘कतिबेला कसैको हराएको चाहानामा बााच्ने कुरा गर्दथे त कतिबेला मायाको झरीमा लुछुप्पै रुझाउथे । उनले प्रेममै बााच्ने र मर्नेको कुरा पनि गरे । एउटा कविता हाजिर भइहाल्यो..............
प्रेम नहुादा हो
यस दुनियामा त
न तिमी हुन्थ्यौ न म
न तिमी रुन्थ्यौ न म
न तिमी हाास्थ्यौ न म
न तिमी बााच्थ्यौ न म ।।’
प्रेम नहुादा हो
यस दुनियामा त
न तिमी हुन्थ्यौ न म
न तिमी रुन्थ्यौ न म
न तिमी हाास्थ्यौ न म
न तिमी बााच्थ्यौ न म ।।’
विश्वास खड्काथोकी
काठमाडौं, २७ माघ ।
मेरो हत्केलामा छाडेका
तिम्रा ओठको न्यानोपना
अझै कैद छ यहाा
म त्यही हत्केला चुमेर
तिम्रा सारा अङ्गहरुलाई स्पर्श गर्छु
तिमीलाई आफ्नो आत्मामा भर्छु ।
बसन्त चौधरी भन्ने वित्तिकै धेरैको मनमा अकास्मात चौधरी ग्रुप भन्ने संस्था हाजिर भईहाल्छ । अर्था एक सफल उद्योगपतिको रुपमा । तर उनको पछाडि अर्को महत्वपुर्ण पाटो साहित्यपनि उत्तिकै शसक्त रहेको छ । उद्योगपति तथा साहित्यकार चौधरी साहित्य लेखनमा पछिल्लो समयमा निकै समय खर्चिने गरेका छन् । उनका लागी मनपर्ने विधा साहित्य भएकालेपनि उनी साहित्यसंगका कुराकानिमा निकै रमाउने गरेका रहेछन् । धेरै मानिसहरुलाई थाहा नहुनपनि सक्दछ कि उनी राम्रा साहित्यकार हुन् भनेर । त्यहि पर्दा पछाडिका कुराहरु बसन्तको बसन्तमयी हृदय मण्डला थिएटरको बन्द कोठामा पोखियो । बसन्त चौधरीले एक घण्टा सम्म आफ्नो प्रेमीला कविता साहित्यकार र साहित्यका प्रेमीहरुमाझ बाचन गरेर मात्र सुनाएनन्, प्रशंसा पनि बटुले । माथिको हरफ पनि बसनतद्वारा बाचीत कविता ‘जन्मदिनको शुभकामजना’को एउटा अंश हो ।

चौधरीले शुरु गरेको विश्व काव्य यात्रा अन्तरगत नेपाल संस्करणको कविता वाचनमा चौधरीले अधिकांश प्रेमिला कविता सुनाएका हुन् । चौधरी आफ्ना बसन्तमयी कविता वाचनमा घरी प्रेमको थोपा थोपामा भुल्दै थिए त घरी ब्रहमाण्डलाई नै आफ्नो प्रेमको गीत सुनाउाथे । कतिबेला कसैको हराएको चाहानामा बााच्ने कुरा गर्दथे त कतिबेला मायाको झरीमा लुछुप्पै रुझाउथे । उनले प्रेममै बााच्ने र मर्नेको कुरा पनि गरे । एउटा कविता हाजिर भइहाल्यो..............प्रेम नहुादा हो
यस दुनियामा त
न तिमी हुन्थ्यौ न म
न तिमी रुन्थ्यौ न म
न तिमी हाास्थ्यौ न म
न तिमी बााच्थ्यौ न म ।।
उनले कविता वाचनको बीच–बीचमा आफ्नो अग्रज साहित्यकारहरुलाई सम्झदै उनीहरु प्रति नतमस्तक बन्दथे । कविता बाचनकै क्रममा नेपाली साहित्यलाई विश्वसामु पुर्याउान र विदेशमा भएका नेपालीलाई आफ्नो भाषाप्रति सचेत बनाउान पनि विश्व काव्य यात्रा शुरु गरेको उनले बताए । कवि चौधरीले न्युयोर्कबाट विश्व काव्य यात्रा शुरु गरेर लडन, दुवई, सिक्कीम, अमेरीकाको वाल्टीमोर, ट्याक्ससमा कविता बाचन गरिसकेका छन् । काव्य यात्राको सातौ संस्करण अन्तरगत आइतवार नेपालमा बाचन गरिएको हो । उनले कविता वाचनको अन्तमा विश्वको सम्पूर्ण आमाहरुलाई समर्पीत गर्दै ‘आमाको सम्झना’ शिर्षकमा कविता बाचन गरेर आमाको बर्णण गरे ।
जीवनको रुदनमा
एक स्वप्निल आश हो आमा
फुकेर सेलाईदिने
एक तातो गाास हो आमा ।।
उनको कविता सुन्नको लागि करिव २ सय साहित्यप्रेमीको मण्डला थिएटरमा उपस्थिति थिए । संस्कृतिविद डा. सत्यमोहन जोसी, साहित्यकार कमलमण्ी दिक्षित, नारानाथ शर्मा, गीतकार तथा फिल्म निर्देशक यादव खरेल लगाएतको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको शूरुमा कवि चौधरीको सम्पूर्ण विवरण समेटिएको १० मिनेटको डकुमेन्ट्री देखाईएको थियो । बसन्त चौधरीले मेघा नामक कविता संग्रह प्रकाशन गरेका छन् भने राष्ट्रियता नदुखोस, संम्वाद गरी दुई लेख संग्रह प्रकाशनमा ल्याएका छन् । माया बल्झेछ, रिफ्लेक्सन आफ लभ, लभ फर एभर लगाएत ५ वटा एल्वम वजारमा ल्याएका छन् । यस पश्चात चौधरीले मार्च ८ मा अमेरीकाको कोलोराडो र १६ मा अमेरीकाकै अठलान्टामा कविता वाचन गर्ने छन् । उनको २०१४ मा २० वटा देशमा कविता वाचन सम्पन्न गर्ने योजना रहेको बताएका छन् ।
add
गजल
अटल क्रान्तिकारी
दोस्रो चोटी भयो अव, जनताको हार नहोस्
एक बर्ष भन्नुभा‘छ, मिति सारासार नहोस्
गरिबी, भोकमरी, बेरोजगारी सवको आशा बन्नुभा‘छ
आफु–आफु भित्रभित्रै फेरि मारामार नहोस्
कुर्सी, पद, भन्दा पनि जनता प्यारा भन्ने भाषण गर्नुभा‘छ
अव पनि केन्द्रविन्दू त्यही वालुवाटार नहोस्
कति पटक फलाक्ने र अझै संविधानकै नाम
एक दुई भइसक्यो, अव तीन चार नहोस्
गाउँ आउँदा संविधानको ठेली बोकी आउँनुहोला
यसपाली नि जनतालाई, ६०१ भार नहोस्
म देख्दछु कि मान्छेहरू होचिइरहेका
दिनदिनै, छिनछिनै खिइरहेका
के भइरहेछ दुनियाँमा ?
के खाइरहेछन् मान्छेहरू यसरी ?
बिनाकारण होचिनु त नपर्ने हो
बिनाकारण खिइनु त नपर्ने हो
होचिएर सकिनुको महामारी चल्नेछ एकदिन
खिइएर धुलो पनि नरहनुको महामारी चल्नेछ एकदिन
यसरी नै हो भने त म पनि नासिन्छु होला
मेरो अस्तित्व पनि माटोमा मिल्छ होला
किन मसँग मिल्न नसकेका यी मान्छेहरू ?
कसले जन्म दियो यस्ता मान्छेहरूलाई ?
बुद्धिको बिर्को खोल्न भुलेर गुम्सिएका सायद
दिनदिनै, छिनछिनै कुरुप देख्दछु
जति सद्दे बन्न खोज्छन् उति ‘अर्ध’ पाउँदछु
यो आँखा उस्तो हो कि मान्छेहरु बेइमान
भ्रम होइन रहेछ भने बेइमानीको पहाड बन्दै छ
बेइमानीको पहाडबाट इमानको चोमोलुङमा तल कतै देखिएला
यस्तै हो भने नदेखिएला पनि भन्छु म त
यी सब भ्रान्ति बनून्
एउटा नराम्रो सपना

पुस्तक अंश
–रामकुमार एलन
रात झमक्कै पर्यो । सारौँका हुल कराउँदै नजिकैको नर्कटघारीमा बास बस्न गए । कर्किनी बज्यै खाना पकाउन थालिन् । धुवाँ निस्कन थाल्यो घरबाट । गाउँका घर । भित्र आगो फुकेपछि जताततैबाट धुवाँ निस्कन थाल्छ । सहकारी नानी पनि हातमुख धोएर फ्रेस हुन बाहिर निस्की । कस्तो छ त गाउँ ? साथीहरूलाई सोधिन् । कर्किनी बज्यैले स्टिलका ठूला गिलासमा दूध ल्याइन् ।
‘नानीबाबुलाई भोक लाग्यो होला । हतारले चिया पनि पकाइन,’ उनी बोलिन्, ‘लौ तातो दूध खानुहोस् ।’ पिँढीका खाटमा बसेर सबै दूध घुट्क्याउन लागे । कर्किनी भात र दाल छड्काउँदै बाख्रा खोरमा हुल्न थालिन् । गाईवस्तुलाई घाँसपराल हाल्न लागिन् । टुकी बल्यो । लालटिन पनि बल्यो । बत्तीको उज्यालोमा घर चहकिलो भयो ।
‘लौ खाना पाक्यो । आउनुस् बाबुनानी ।’
तामाका घल्चामा पानी दिँदै कर्किनी बोलिन् । सहकारीका नानीबाबु रेडियो नेपाल सुन्दै थिए । साँझ ७ बजेको समाचार र त्यसपछिको घटना र विचार सुनेपछि देश–विदेशको खबर थाहा हुन्थ्यो । हात धोएर खाना खान भित्र छिरे । साँझ रातमा बदलियो । ८ बजेको अङ्ग्रेजी समाचार रेडियोमा आइसकेको थियो । गुन्द्री ओच्छ्याएर पाहुनाको स्वागत थियो । चरेसका थालमा भात । चार–पाँचवटा कचौरा । दुइटा गिलास । तरकारी, दाल, दही कचौरामा । गिलासमा दूध र पानी । कर्किनी बोलिन्, ‘अरू अचार भएन । घ्यू खानुहुन्छ कि ?’ सहकारीका नानीबाबु अचम्मैका मेजमानीमा परे ।
‘गुन्द्रुकको अचार त दिइन । सहरका मान्छेहरू नखानु होला भनेर,’ बज्यैले भनिन् ।
‘खान्छौँ नि किन नखानु,’ उनीहरूले थपे, ‘हामी पनि गाउँकै हौँ नि !’ दुई–चार दिन सहरमा डेरा जमाएका त हौँ । उनीहरू पनि बोले, ‘थाहा छैन, भोलि कहाँ पुगिन्छ ?’
कर्किनीले सोधिन्, ‘मैले घर पनि सोधिन । बिहाबारी के भयो ? बाबुहरूले पनि अचम्म मान्नुभयो कि ?’
खानासँगै गफ सुरू भयो ।
‘हाम्रो विवाह भा’छैन आमा । दुवैको घर चितवन हो । उहाँ दिदी चैँ मकवानपुरकै हाँडिखोलाको,’ उनीरुले जवाफ फर्काए ।
कर्किनीलै एक पन्यु भात थपिदिइन्, अनि उनीहरूले कुरामा कुरा थपे, ‘अहिले सबै हेटौँडामै बस्छौँ । अफिसले क्वार्टर दिएको छ ।’
उनीहरू सुस्ताए, ‘अब जागिर पनि सकिन लाग्यो । कहाँ पुगिन्छ ?’
‘आज आमाले नै भात खुवाएकोजस्तो लाग्यो । दशैँँमा घर जाँदा सबै जम्मा भएर पलेँटी मारेर, भुँडी फर्काएर खाइन्थ्यो,’ पेट भरिएपछि गफिने पालो उनीहरूको थियो ।
‘आज तपाईंले आमा बिर्साउनु भो ।’
कर्किनी हाँसिन्, ‘आमालाई कहाँ बिर्सनुहुन्छ ? आमा भगवान् हुन् । लौ आज पनि बुबा नआउने हुनुभयो । यतिखेरसम्म आउनुभएन । गाउँतिरै बस्नुभयो क्यारे ।’ उनीले फेरि सोधिन्, ‘बाबुनानीलाई भात थपौँ ? मागेर खानुस् है लाज नमानी ।’ उनी पनि गफिइन्, ‘आफ्नै घर ठाने हुन्छ ।’
खाना खाएर सहकारीका नानीबाबु रेडियो सुन्न थाले । बाहिर पिँढीमा खाटमा बसेर रेडियो नेपाल सुन्दै थिए । साढे आठ बजेतिर रेडियो नेपालले लोकभाकाका कार्यक्रमहरू दिन्छ । कहिले सामुदायिक कुराहरूको कार्यक्रम दिन्छ । कर्किनी बज्यै भान्छामा एक्लै भइन् । स्टिलका थालमा अलिकता भात हालेर दाल थप्दै मुछ्न थालिन् । एक गाँस भात चपाउनै लाग्दा बुढाको याद आयो, ‘कहाँ बस्नुभयो ? खानुभयो कि भएन ? सुताइ कस्तो छ ?‘ मनमनै सोचिन् । अनि सम्झिइन्, दुई महिनादेखि हराइरहेकी छोरी कहाँ छे । कहाँ पुगी होली ? कस्तो छ ? सन्चै त होलिस् ? बिर्सिस् क्यारे आमालाई । आमाको कोमल मन । छाती चर्चरायो । थपक्क थालमै चुठेर कर्किनी भाँडा बाहिर निकाल्न थालिन् ।
गोबर लिएर मझेरी छिर्नै लाग्दा कर्किनीले भनिन्, ‘निद्रा लागे सुत्नुभए हुन्छ । म त लोटाएर भाँडा माझ्छु, अनि सुतौँला । धन्दा भ्याउनैप¥यो । पिँढीका डिलमा बसेर कर्किनी खरानीले भाँडा मस्काउन थालिन् । सहकारीकी नानी म पनि सघाउँ आमा भन्दै छेउमा आइन् ।
‘पर्दैन, पर्दैन । नङमा कालो पस्छ । हात फुट्छ । त्यस्ता नरम हातमा गोबर र अँगार सुहाउन्न ।’
‘म पानी हालिदिन्छु नि त,’ सहकारी नानीले अम्खोराले पानी हालिदिइन् । भाँडा चाँडै माझेर सकियो । कर्किनी बज्यैले फेरि बूढालाई सम्झिइन्, ‘लौ अब ढोका लगाउनुप¥यो । यतिखेरसम्म नआएपछि पक्कै आउनुहुन्न ।’
खासमा कार्की गाउँघरका सामान्य व्यापारी हुन् । कार्की भीमे भनेपछि गाउँमा सबैले चिन्छन् । छलछाम जान्दैनन् । सोझा छन् कार्की । गाउँमा कुखुराबाख्राको व्यापार गर्छन् । गाउँगाउँमा पुग्छन् । कुखुराबाख्रा बटुल्छन् र मनहरी लगेर बेच्छन् । यसरी नै उनको परिवारको रोजीरोटी चलेको छ । गाउँमा टाढाटाढा पुग्ने हुँदा कहिलेकाहीँ दुई–तीन दिनसम्म हराउँछन् उनी । आउँदा बाख्राको हुल धपाउँदै आउँछन् । एउटी छोरी छे परिवारमा । १४ पुगेर १५ लागिन् । गाउँकै स्कुलमा पढ्दै छे । गीत पनि गाउँछे, नाच्छे । भाषण पनि दिन्छे अलिअलि । नाचगानमा उत्ताउली छैन, अक्सर रीता कार्कीले गाउने गीत हुन्छ– ‘कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर हाम्रो नेपालमा ।’
यही रफ्तारमा दौडिएको थियो कार्की परिवार । कर्किनी घर धान्थी । व्यापार ठीकै थियो । घरमा दुई–चार पैसाको मुख हेर्न पाइएकै थियो । छोरा नहुनेलाई धन प्यारो । गाउँघरमा सबैले भन्थे । तर, कार्की भीमेमा यो लागू हुन्थेन । उनी गाउँमा दुःख परेकालाई दुई–चार पैसा दिन्थे । माग्थेनन् । छट्टुहरूले पनि केही पैसा छड्काएका थिए । तर, कार्की भीमे वास्ता गर्दैनथे । मोराहरूलाई मागेर पुग्दैन, म दिएर गरिब हुन्न भन्थे । घिचुन् नकच्चराहरू । कार्की भीमेले नै हरेक वर्ष धारा, मन्दिर बनाउन पैसा सहयोग गर्थे । बाटोको गौँडाको भ¥याङ, धाराको नयाँ टुटी, मन्दिरको नयाँ घन्टासँग कार्कीको नाम जोडिन्थ्यो । अरूको पाप नचिताउने कार्की छोरी रीता हराएपछि अलि विचलित भए । अँगालो हालेर स्वास्नीले डाँको छोड्दा त विक्षिप्त नै हुन्छन् । छोरीको खोजीमा भौँतारिएका छन् । काम पनि छाडेका चैँ छैनन् ।
दैलो लगाएर सुत्ने तरखर भयो । दुई ठिटाहरू बाहिर सुते । रेडियो सुन्दै उनीहरू बसे ।
‘रेडियो चैँ राति बन्द गर्नुहोला,’ कर्किनीले भनिन्, ‘बिहान चैँ चाँडै खोल्नुहोला ।’ बिहानको शङ्खध्वनि सुन्नुपर्छ भनिन् । कर्किनी र सहकारी नानी दैलोमा ठूलो आग्लो हालेर चोटातिर लागे । चोटामा लालटिन बालेर सहकारी नानीकै खाटमा बसिन् कर्किनी र भन्न लागिन्, ‘नानीको पनि घरबार भा’छैन ?’
सहकारी नानी मुसुक्क हाँसिन् र भनिन्, ‘घरबार गरेर पनि के गर्ने आमा ?’ तपाईंको जस्तै दुःख । कुखुरा–बाख्रा । घरधन्दा । बूढाको याद । एकैपटक थला पार्ने गरी नानीले जवाफ दिइन् ।
‘के गर्ने त आइमाईको जात’ भन्दै कर्किनी घोरिन थालिन् । आइमाईका जात सानोमा बाबुआमाको काख, उमेर हुँदा बूढाको काख, बूढेसकालमा बच्चा खेलाएर नै जाने रहेछ । हुँदा पनि सास्ती, नहुँदा पनि सास्ती ।
‘बिहा गरेको चार वर्षसम्म कोख बसेन भन्दै घरकाले अर्को बिहा गर भनेर बूढालाई उचाले । घरमा मलाई हेप्थे । अरू बुहारीलाई भान्छा र मलाई भकारोमा पठाउँथे । सासू, आमाजू, नन्द त शत्रु भए नै । जेठानी र देउरानी पनि उस्तै थिए नानी,’ कर्किनीका कुरा सकिएकै थिएन, ‘तीर्थ घुम्यौँ । ब्रत बस्यौँ । तीन महिना सँगै बस्यौँ । बूढाले घर छोड्छु, अर्को बिहा गर्दिन भनेर अड्डी कसे । त्यही वर्ष छोरी जन्मिइन्,’ कर्किनीले लामो सास फेरिन् ।
‘फेरि पनि हेला रोकिएन,’ उनले थपिन्, ‘अरूका छोरा भए घुतुमुने । मेरी छोरी ।’ निमोनियाले झन्डै मरिन । दुःख गरेर हुर्काएँ । छोरीलाई पढाएकोमा रिस गरे । धन्न बूढा देउताजस्ता । समय बुझेका । कर्किनीले बूढाको बखान लामै गरिन् । छोरीलाई पढाए । दुःखका दिन सकियो भनेको । फेरि छोरी हराई ।
‘राँडीले पनि दुःख दिई,’ कर्किनीका गला अवरूद्व भए । तेस्रोपटक उनी दुखित भइसकेकी थिइन् । सहकारी नानी पनि थचक्कै भुइँमा बसिन् । फतक्कै गलिन् र सुँक्क गर्दै भनिन्, ‘आमा रूनु हुन्न ।’
यसपटक सहकारी नानीका नाके र रून्चे स्वरले कर्किनीका शिर ठाडा भए ।
ब्यागबाट सहकारी नानीले कपी र कलम निकालिन् अनि एउटा फोटो पनि निकाली लालटिननजिक तानेर कर्किनीलाई सोधिन्, ‘यो तस्बिर राम्ररी देख्नु भा’छ ?’
कर्किनीले आँखा नजिक लगेर फोटो हेरिन्, ‘म त चिन्दिन ।’ सहकारी नानीले रिसको पारामा भनिन्, ‘यही मुर्दार हो, मेरो जीवन खरानी बनाउने ।’
‘पातकी, अपराधी हो यो र लोग्ने पनि ।’
कर्किनीले प्रश्न गरिन्, ‘के भनेको नानी त्यस्तो । लोग्नेको नाम काट्न त हुन्न भनेका बेला, अपराधी भन्ने ?’
‘के गरे र यिनले तिम्लाई ?’ अबोध भएर कर्किनीले प्रश्न तेस्र्याइन् ।
सहकारी नानी फेरि रून थालिन् । रात छिप्पिँदै जाँदा सन्नाटा पनि छायो । सुँक्कसुँक्क गर्दै सहकारी नानीले आँसु पुछिन् । तस्बिरमा हेरेर एकपटक थुइक्क मुर्दार भनिन् र झोलामा हालिन् । कर्किनी हेरेको हेरेकै भइन् ।
नजिकैको बाँसघारीमा चराहरू कराए । डाँडाका रूखहरू हल्लिए । ठूलै स्वरमा हुरी चल्यो । स्याँठ आएर हुइँय गर्दै माख्लो कान्लातिर लाग्यो । बार्दलीका कपडाहरू हल्लिए । रात ढल्दै गएपछिको स्याँठले गुँडका चराहरू बिथोलिन्छन् । तल्लो गाउँमा एकनास कुकुर भुकिरहेको छ । नजिकै बगर पनि चकमन्न छ । हुटिट्याउँ कराउँदै गाउँतिर छिरे । कर्किनी कराउन थालिन्, ‘मर्न नसकेका डाम्ना ।’
गाउँमा हुटिट्याउँ कराएको राम्रो मानिँदैन । कुकुर एकोहोरो रोयो भने र हुटिट्याउँ कराउँदै घरमाथिबाट बगरतिर उडे गाउँमा मान्छे मर्छ भन्छन् । भोलिपल्टै या केही दिनमै गाउँका कोही कुनै कारण मर्छन् । त्यसैले पनि हुटिट्याउँका स्वर मन पराउँदैनन् गाउँमा । तर, हुुटिट्याउँका फुल बगरमा फेला परे घुँडामा फुटाउँछन् र भन्छन् मान्छेहरू, ‘१२ वर्षलाई ओखती भयो ।’
थाहा छैन किन स्वर सुन्दा डराउनेहरू फुल फुटाएर ओखती भन्छन् ? सायद बचेरा जन्मिँदैन र कराउँदै घरमाथि उड्दैन भनेर पो हो कि ?
‘तपाईंकै छोरीजस्ती चुलबुले थिएँ म पनि आमा,’ सहकारी नानी बोल्न लागिन्, ‘चढ्दो उमेर । रहरको खहरे । आमाबाबुले सुखमा पालेका थिए ।’
‘एक दिन डिल्लीपुरमा लिङ्गे पिङमा मच्चिँदै गर्दा आयो यो मान्छे,’ उनीले थपिन्, ‘मेरा पनि आँखा जुधे ।’
‘उसले पनि पिछा ग¥यो ।’
‘नौनीजस्तो मेरो मन उसको नजरको तापले पगाल्यो ।‘
उनी एक्लै फतफताउन थालिन्, ‘लुकिछिपी भेटँे । ऊ गाउँमा करिब १५ दिन बस्यो ।’
कर्किनी सहकारी नानीका कुरा सुनिरहिन् । त्यतिखेरसम्ममा उसले मलाई बाहुपासमा पारिसकेको थियो । म ऊविना बाँच्न नसक्ने भइसकेकी थिएँ ।
‘हेर्दा राम्रो, नरम बोल्ने, खाइलाग्दो । देखावटी माया’नि ग¥यो । साँच्चै कुरकुरे बैँसमा म पागल भएँ र अहिले होस आएपछि रोएकी छु आमा ।’
सहकारी नानी फेरि रून थालिन् ।
हाँडीखोलामा ऊ काठको काममा आएको थियो । उसले मलाई हेटौँडा लग्यो । आफ्नो कोठा देखायो । फिल्म देखायो । घुमायो । उसले घर चैँ धादिङतिर भन्यो । बिहे गरेपछि घरमा लैजान्छु । जता मन लाग्छ, उतै बस रानी भन्यो ।
उनी आफ्नो अतीत एकनिमेषमै निफन्न लागिन् । कर्किनी सुनेको सुन्यै भइन् ।
‘मलाई लटिपटी बनायो आमा ।’
उनले भनिन्, ‘म ऊविना बाँच्न नसक्ने भएँ ।’
आमाबाबुको लाडे प्यारमा हुर्किएकीलाई उसले फस्लाङफुस्लुङ पा¥यो । मेरो जीवनका खुसीहरूमा उसले नुहायो । मैले पनि झरना बनेर उसलाई शीतल दिएँ । के थाहा यसरी जीवनभर भत्भति पोल्छ भनेर ? उनले सुस्केरा हालिन् र निधारमा हात राखेर घोरिन थालिन् ।
१६ वर्षको मेरो फूलजस्तो जीवन र जवानी उसैको भयो । एक महिना हेटौँडामा बस्यौँ । आमाबुबा पनि ज्वाइँ राम्रै परे भनेर खुसी थिए । खासमा कमाइ भएको ज्वाइँलाई बढ्ता मान्ने चलन छ । उसले मलाई चुरियामाई लगेर सिउँदोमा सिन्दुर हाल्यो ।
भुटनदेवीमा पनि ल्यायो र एकजोर परेवा उडायो । काठमाडौं घुमायो । भनेजस्तो लोग्ने पाएँ भनेर मेरो खुसी छचल्किएका थिए । मेरा खुसीका बाछिटाले सखीहरू मुर्मुरिन्थे ।
‘राँडीलाई भनेजस्तो पोइ प¥यो भन्थे ।’
‘हाम्लाई कस्तो मुर्कुट्टो पर्ने हो’ भन्थे ।
मलाई दार्जिलिङ घुमाउने सुनायो । उनले सुनाइन्, ‘खुसीले गद्गद् भएँ । उसले कपडा किन्न रक्सौल जाने सुनायो ।’
‘नयाँ कपडा किनेर दार्जिलिङ घुम्न जाने लालसामा उसले मलाई अचम्मकै माया ग¥यो । ‘बिहेको एक महिना स्वर्णिम र यादगार रहे आमा ।’
सहकारी नानी एकोहोरो स्वस्थानीका अध्याय वाचेझैँ आफ्ना कथा भन्न थालिन् । बत्तीनजिकै बसेर कर्किनी बज्यै सुनिरहिन् ।
‘भर्भराउँदो जवानीमा खुसीका डुङ्गा तर्न पाउँदा को खुसी हुन्न र ?’ उनीले थपिन्, ‘आमाको दूध चुसेर आँगनमा उफ्रिएका पाठाजस्तै खुसी हुँदै जीवन बिताउन पाउने सपनामा थिएँ ।’
कपडा सस्तो र रोजिछाडी पाइन्थे रक्सौलमा । देश भारत भए पनि नजिकको बजार । हेटौँडा जाँदा गल्ली र भित्तामा सस्तो साडीका बजार भनेर इनामेल पोतिएका हुन्थे । कहाँ होला त्यो भनेर सोच्थँे । लोग्नेले लैजान्छु भन्दा के चाहियो र ? बस चढेर रक्सौल जान वीरगन्ज पुग्यौँ । बाटोमा चुरियामाईलाई पैसा हु¥याएँ, जहाँ आफ्नो सिउँदो रङ्गिएको थियो । वीरगन्जबाट रिक्सा चढेर हामी रक्सौल गयौँ ।
कुनै तोतामैनाका प्यारका कथाजस्तै सहकारी नानी मध्यराति आफ्नो फरिया पछार्दै थिइन् र कर्किनी बूढी उत्सुक भएर सुन्दै थिइन् ।
‘गर्मी लागेर चिसो खायौँ । त्यसपछि म एकैपटक वेश्यालयमा थिएँ आमा ।’
कर्किनी झस्याङ्ग भइन् ।
‘के भनेको ?’ उनले प्रश्न गरिन् ।
सहकारी नानीले सुस्केरा हाल्दै भनिन्, ‘के गर्ने त ? भाग्य बलियो रहेछ । फर्केर आउँछु जस्तो लागेकै थिएन ।’
रात ढल्दै गइरहेको थियो । दुःखका भारी झन् गहु्रँगो भएर आएका थिए दुवैका । सहकारी नानीले लालटिन निभाउनुस् भनिन् । कर्किनीले आ आज बलिरहोस् भनिन् ।
‘अनि त्यो असती कहाँ म¥यो त ?’ आवेशले कर्किनी पनि झर्किइन् । सहकारी नानी फिस्स हाँसिन् ।
‘अघि मलाई गाली गर्नुहुन्थ्यो । अब त तपाईं झोक्किनुभयो नि ?’
कर्किनी कराइन्, ‘त्यस्तो असती रहेछ त, के थाहा मलाई ।’
‘च्वाट्टै मार हान्नुपर्ने माफिका रहेछन्,’ कर्किनीले थपिन्, ‘अर्काकी छोरीलाई त्यस्तो गर्नेलाई कसरी राम्रो भन्ने ?’
कर्किनी पनि संवेदित भइन् ।
‘जीवनका यस्ता स्वर्णिम पल कोठीमा ब्युँझँदा चकनाचुर भइसकेको थियो ।’
सहकारी नानीले आफ्नो कुरा सुनाइरहिन् । फेरि एक झमट स्याँठ हुइयँ गर्दै छानामुनि हुँदै मास्तिर हुँइकियो । बाँसघारीमा चराहरू कल्याङकुलुङ कराए ।
सहकारी नानीका आँखा रसाएकै थिए । स्वर नाके भएको थियो । छेउमा रहेको अम्खोराको पानी घुट्क्याउँदै एकतारो क्यासेट बजेझैँ उनी कराइरहिन्, ‘मलाई थाहै थिएन, त्यो वेश्यालय पो रहेछ ।’
‘एउटा कोठाको ओच्छ्यानमा लडिरहेकी थिएँ । फलामे रडका बार भएका झ्याल थिए । ढोका बन्द थियो । कोठामा चुरोटको गन्ध, रक्सीको गन्ध, फोहोर, पसिनाको गन्ध । तातो हावा । ओच्छ्यानका तन्ना पनि चिलाउने खालका, उपियाँ, उडुस मरेका छन्, मान्छेका रगतका टाटा । घिनलाग्दो कोठामा थोत्रा सोफा । भित्तामा झुन्डिरहेको एउटा ऐना । थोत्रो पङ्खा । म दङ्ग परेँ । होटल पनि होइन । म कहाँ छु ?’
सहकारी नानीले लामो सासमा भनिन्, ‘हो, आमा । मलाई थाहै थिएन । चिसो खुवाएर बेहोस बनाइएछ ।’
उनीले भनिन्, ‘त्यसपछि रेल हुँदै मलाई मुम्बई पु¥याइएछ । कोठीमा बेचिएछ । म होसमा आउँदा लुटिइसकेछु । खाटबाट उठ्दा मेरा केश फस्ल्याङफुस्लुङ थिए । स्तन दुखिरहेका थिए । मेरा कपडाहरू ठाउँमा थिएनन् । पापीहरूले मलाई बेहोसमै पनि बाँकी राखेनछन् ।’
‘लोग्ने भनौँदो आउँछ कि भनेर धेरैबेर म घोप्टो परेर रोइरहँे ।‘
‘यस्तो विलखबन्दमा परिएला भनेर मैले सोचेकै थिइन ।’
‘जिन्दगी झ¥याम्म फुटेको ऐना होला भनेर कल्पना कहाँ थियो र ?’
‘त्यो नरकबाट फर्केर आएकी हुँ आमा,’ सहकारी नानीका गला अवरूद्व भए । ‘तपाईंलाई निद्रा लाग्यो कि आमा ?’ सहकारी नानी बोलिन् ।
‘असतीहरूले त्यस्तो गर्छन् । कोठीमा थुप्रै छोरी बेचिएका छन् भन्ने सुनेकी थिएँ । आज तिमीले सुनायौ ।’ कर्किनी बोलिन्, ‘आँत हरहर भयो नानी । तिम्रो दुःखले मेरो त मन छियाछिया भयो । तिमीले कसरी मन थाम्यौ ? म भए त्यहीँ झुन्डेर कि फाल हालेर मर्थें होला ।’
‘गाउँका सोझा मुनाहरूको जीवन भाँच्ने त्यो कोठीमा आगो लगाउँदैनन् कोही ?’ कर्किनी बोलिन्, ‘कसले चलाए त्यस्ता कोठी ? तिनका आमा, दिदीबहिनी छैनन् कि ?’ कर्किनीका आवेग शान्त भएनन् । मध्यरातका स्याँठझैँ मच्चिएर आए ।
रातसँगै सहकारी नानीका दुःख पनि छिप्पिरहेका छन् । सुरू नगरौँ, गरिहालियो । सकाऊँ कुरा सुरू मात्र भएको छ । स्वर सुक्न लागिसक्यो । गला अवरूद्व भएका छन् । थकाइले ज्यान फतक्क गले पनि आँखामा निद्र्रा आएको छैन । त्यसमाथि धेरै दिनपछि मनका दुःखका भारी बेसाउन पाउँदा मन हलुको पनि भएर आएको छ । आखिर दोस्रो जुनीका कुरा अघि पहिलो जुनीका कुरा सकाउनु नै छ । सहकारी नानीले दुःखका भारी बिसाउँदै गइन् । घरि टाउका कन्याउँदै, घरि गुन्द्रीका त्यान्द्रा तानेर दाँत कोट्याउँदै कर्किनी आमा सुनिरहिन् ।
‘नानीलाई पिसाब लाग्यो कि,’ सोधिन् आमाले ।
‘जाऊँ न त एकपटक बाहिर,’ नानीले भनिन् ।
‘यहीँ गर्ने कि ? कोपारा छ,’ आमाले भनिन् ।
‘भो आमा बाहिरै जाऊँ,’ सहकारी नानीले भनिन् । दैलो उघारेर दुवै घरपछाडि गएर फर्के । फेरि दैलो बन्द गरेर चोटामा गएपछि नसुतेर गन्थन सुरू भयो । भर्खर बिहे गरेर रातभरि गफमा लठ्ठिएका दुलाहादुलहीझैँ ।
सिरानी भित्तामा अडेस लगाएर नानी आड लागिन् । खाँबोमा सिरानी ठड्याएर कर्किनी आड लागिन् । फेरि चिसो पानी घुट्क्याइन् नानीले अम्खोराबाट । कर्किनी बोलिन्, ‘धेरै चिसोपानी भो ।’
‘बेसार, अदुवा, मरिच हालेको पानी तताइदिऊँ,’ कर्किनी बोलिन् ।
‘पर्दैन,’ नानी बोलिन् ।
रात छिप्पिसकेको थियो । तर, दुवैका दुःखसुखका गफ सकिएको थिएन । फेरि सुरू भयो दुःखको भारी बिसाउन । कोठीमा मालिक्नीले ४० हजार भारूमा किनेको सुनाइन् । म त छाँगोबाट खसेर बेहोस नभएको अवस्थाको पीडामा परँे । लोग्ने भनौँदो पैसा लिएर नेपाल फर्के रे ।
‘यसअघि ५–६ जना मजस्तै ल्याएर बेचेको रे ।’
अब तीन महिनामा अर्की लिएर आउँछु भन्दै १० हजार भारू पेस्की लिएको रे ।’ ‘लौ सुन्नुहोस्, लोग्नेको करामत । कस्तोे भूमरीमा फसँे म ।’
कर्किनी हेरेको हे¥यै भइन् । नानीका कुराले आँखा राता भए पनि मध्यराति के गर्नु ? भोलि उज्यालोमा पनि के गर्नु ? कहाँको हो त्यो असती ? जिउँदै छ कि म¥यो । नानीका गन्थन छँदै छ । घाँटी बस्न लागेका छन् । आँखा सुन्निएका छन् । ‘मैले तिम्रो ४० हजार भारू फर्काउँछु । एउटा मान्छे पठाऊ । मलाई घर फर्काऊ भनँे ।’
‘मालिक्नी मानिन । उसले धन्दामा जान बाध्य पारी । म फेरि दास भएर नारकीय जीवनमा फसँे ।’
सहकारी नानी अवरूद्व गलामा बोलिन्, ‘चिन्दै नचिनेका, देख्दै घिन लाग्नेहरूले आएर मलाई सेलरोटी पकाउन मुछेको पीठोझैँ मुछे । रगतमासु लुछे ।’
‘पाकेका कटहरका केस्रा लुछेझैँ लुछे । कोहीले काँचो आँप टोकेझैँ टोके । कोहीले मह चाटेझैँ चाटे । म लाचार भएँ । मर्न पनि सकिन ।’
सबै कुरा भनिन् नानीले ।
(बिएन पुस्तक संसारबाट माघको तेस्रो साता बजारमा आउन लागेको उपन्यास ‘स्याउली सिम्फोनी’ को अंश ।)

काठमाडौं, ७ माघ । ‘आधिखोलाको सुस्केरा’ नामक पुस्तक हिजो (सोमवार ६ गते) एक समारोहका विच विमोचित भएको छ । स्याङ्जा विद्यार्थि समाज त्रि.वि. किर्तिपुर, काठमाडौले प्रकाशन गरेको यस पुस्तक तेश्रो अंक विमोचित भएको हो ।.jpg)
कार्यक्रमका प्रमुख अतिथी तथा प्राध्यापक डा. गणेशमान गुरुङ (संविधान सभा सदश्य तथा विश्वविद्यालय अनुगमन आयोगका निवर्तमान अध्यक्ष), विशिष्ठ अतिथीहरु प्रा.डा. धन बहादुर कुँवर, गितकार तथा संगीतकार जानकी पन्थ लगायतले पुस्तकको विमोचन गरेका थिए । स्याङ्जामा घर भई काठमाडौंमा बसोबास गर्नेहरु बिचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यका साथ पुस्तक प्रकाशन गरिएको कार्यक्रमका सभापति सुरज न्यौपानेले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गणेशमानले पुस्तक ल्याएको प्रति बधाई दिदै, स्याङजा र काठमाडौंमा बस्नेहरु बिचको सम्वन्ध जोड्ने पुलको काम प्रसंसनिय रहेको बताए । त्यस्तै पछिल्लो समयमा उपन्यास निकाल्नमा निकै व्यास्त रहेका महिला गीतकार तथा संगीतकार जानकी पन्थलेपनि पुस्तक ल्याएको प्रति बधाई दिदै पुस्तकमा सबै किसिमका साहित्यीक विधाहरुलाई समेटिएको निकै मनपरेको बताइन् ।.jpg)
कार्यक्रममा प्रकाशन टिमका प्रमुख सल्लाहकार एवंम अधिवत्ता हरि पंगेनीले यस्ता कार्यक्रमले युवाहरुको श्रजनशिलतामा बृद्धि हुने मन्तव्यको क्रममा बताए ।
काठमाडौं, ७ माघ । ‘आधिखोलाको सुस्केरा’ नामक पुस्तक हिजो (सोमवार ६ गते) एक समारोहका विच विमोचित भएको छ । स्याङ्जा विद्यार्थि समाज त्रि.वि. किर्तिपुर, काठमाडौले प्रकाशन गरेको यस पुस्तक तेश्रो अंक विमोचित भएको हो ।
.jpg)
कार्यक्रमका प्रमुख अतिथी तथा प्राध्यापक डा. गणेशमान गुरुङ (संविधान सभा सदश्य तथा विश्वविद्यालय अनुगमन आयोगका निवर्तमान अध्यक्ष), विशिष्ठ अतिथीहरु प्रा.डा. धन बहादुर कुँवर, गितकार तथा संगीतकार जानकी पन्थ लगायतले पुस्तकको विमोचन गरेका थिए । स्याङ्जामा घर भई काठमाडौंमा बसोबास गर्नेहरु बिचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यका साथ पुस्तक प्रकाशन गरिएको कार्यक्रमका सभापति सुरज न्यौपानेले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गणेशमानले पुस्तक ल्याएको प्रति बधाई दिदै, स्याङजा र काठमाडौंमा बस्नेहरु बिचको सम्वन्ध जोड्ने पुलको काम प्रसंसनिय रहेको बताए । त्यस्तै पछिल्लो समयमा उपन्यास निकाल्नमा निकै व्यास्त रहेका महिला गीतकार तथा संगीतकार जानकी पन्थलेपनि पुस्तक ल्याएको प्रति बधाई दिदै पुस्तकमा सबै किसिमका साहित्यीक विधाहरुलाई समेटिएको निकै मनपरेको बताइन् ।
.jpg)
कार्यक्रममा प्रकाशन टिमका प्रमुख सल्लाहकार एवंम अधिवत्ता हरि पंगेनीले यस्ता कार्यक्रमले युवाहरुको श्रजनशिलतामा बृद्धि हुने मन्तव्यको क्रममा बताए ।
–परिबन्ध
ओछ्यानबाटै तारा देख्दा
घरभित्रै अनादी उम्रदा
हुरी र झरी छातीमा अङ्गल्दा
शीतमाथि रगत बगाउँदा
पसिनाले बालुवा भिजाउँदा
म मजस्तै थिएन
ताराजस्तै
अनादीजस्तै
हुरी र झरीजस्तै
शीत
अनि वालुजस्तै थिएँ
र, आाशुले मेरो कथा सुनाए
तिमीले भन्यौ –
आहा ! कस्तो रंगीन जीन्दगी
मुटु रेटिदा
ऊ दुखेको हो
ऊ चिच्याएको हो
चोट सहेर
सारंगी हाँस्दैन ।
ओछ्यानबाटै तारा देख्दाघरभित्रै अनादी उम्रदा
हुरी र झरी छातीमा अङ्गल्दा
शीतमाथि रगत बगाउँदा
पसिनाले बालुवा भिजाउँदा
म मजस्तै थिएन
ताराजस्तै
अनादीजस्तै
हुरी र झरीजस्तै
शीत
अनि वालुजस्तै थिएँ
र, आाशुले मेरो कथा सुनाए
तिमीले भन्यौ –
आहा ! कस्तो रंगीन जीन्दगी
मुटु रेटिदा
ऊ दुखेको हो
ऊ चिच्याएको हो
चोट सहेर
सारंगी हाँस्दैन ।
विशाल चौतारी समाचार
चितवन, ४ माघ ।
म चेपाङ हुँ
च्यापिँदा–च्यापिँदा चेप्टिएको
ओडारमा लुकी राखेको
चे–ग्वेभारा बन्न नसकेको चे
तर पनि मसाग छ मेरो आत्मीय पाङ
अर्थात् वाण
जुन तिमीतिर सोझिन सक्छ....................jpg)
प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कवि केशव सिलवालको एकल कविता वाचन कार्यक्रममा चेपाङको दुखलाई कवितामा सुनाइरहँदा दर्शकहरु निकै भावुक भएका थिए । हिजो, शनिवारको चिसो मध्यान्ह र बाहिर बर्सिरहेको सिमसिमे पानीलाई पर्वाह नगरि दर्शकहरु ठुलो उत्साहसाथ सिलवाललाई सुन्न भेला भएका थिए ।
चितवन, ४ माघ ।
म चेपाङ हुँ
च्यापिँदा–च्यापिँदा चेप्टिएको
ओडारमा लुकी राखेको
चे–ग्वेभारा बन्न नसकेको चे
तर पनि मसाग छ मेरो आत्मीय पाङ
अर्थात् वाण
जुन तिमीतिर सोझिन सक्छ...................
.jpg)
प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कवि केशव सिलवालको एकल कविता वाचन कार्यक्रममा चेपाङको दुखलाई कवितामा सुनाइरहँदा दर्शकहरु निकै भावुक भएका थिए । हिजो, शनिवारको चिसो मध्यान्ह र बाहिर बर्सिरहेको सिमसिमे पानीलाई पर्वाह नगरि दर्शकहरु ठुलो उत्साहसाथ सिलवाललाई सुन्न भेला भएका थिए ।
कार्यक्रममा उनले चेपाङका दुख, पहिचानका मुद्धा, जीवनको यर्थाथ रंग, उत्पीडन र अभाव मिसिएका नेपालीका यर्थाथ चित्र प्रस्तुत गर्ने कविता वाचन गरे । ‘म सधैं सत्य र न्यायको पक्षमा कविता लेख्न मनपराउाछु’ भन्दै आफनो रचनाधर्मिता प्रस्तुत गर्दै वाचन सुरु गरेका उनले ‘तुइनमा उल्टो झुण्डिएर’, ‘रगतको रंग’, ‘सुनको शौचालय’, ‘कागजको घोडा’, ‘चिवेचरा’ लगायतका डेढ दर्जन नयाँ तथा प्रतिनिधि कविता सुनाए । बाक्लो दर्शक समूहबिच प्रस्तुत भएका सिलवालले करिब डेढ घन्टासम्म कविता वाचन गर्दा दर्शकहरु ध्यानमग्न भएर उनका कविता सुनिरहेका थिए ।‘दुईथरि अतिवाद, एउटा नारावाद र अर्को कलावादबाट गु्रजिएर अहिले कविता लेखिइरहेको छ,’ कवि तथा निबन्धकार भूपिनले कवि केशवको लेखन प्रवृत्ति र वाचन भएका कविताहरुमाथि सटिक टिप्पणी गर्दै भने, ‘तर केशव सिलवालको कविता ती अतिहरुको बिचबाट सिर्जना भइरहेको छ, जसले सिलवालको फरक अस्तित्व स्थापना गरिरहेको छ ।’ कार्यक्रममा कवि दीपक सापकोटा, चन्द्रवीर तुम्बापो, आर.के अदिप्त गिरी, पोषराज पौडेल, सरिता तिवारीले सिलवालका कवितामाथि टिप्पणी गरे । ३९ वर्षे कवि सिलवालका ‘वर्जित अवशेष’ र ‘धारिला मानिसहरु’ गरि दुई कवितासंग्रह प्रकाशित छन् ।
EXCLUSIVE Janaki-Panth-Novel-Artical
जानकी पन्थ
.............‘एउटा कुरा सोधौ खुशी ?’ मलाई बिचमै रोक्दै भन्नु भयो दिज्यूले. ‘सोध्नु–सोध्नु मज्जाले सोध्नु ,एउटा मात्र किन र ? दुइ–चार ओटा नै सोध्नु न..हा हा हा ।’ ‘अहिलेलाई एउटा मात्र सोध्छु–बाँकी पछी कुनै दिन...‘ओके के कुरा हो ल छिटो सोध्नु त’ ..‘नढाँटि भन त के तिमी बिशेष लाई अहिले पनि प्रेम गछर्यौ ? के त्यो बाल्यकाल को फिलिंग्स अहिले पनि जीवित नै छ ?’ ‘नो–नो दिज्यू,खास भन्ने हो भने मैले त्यतिबेला पनि उसलाई फ्लर्ट गरिरहेकी थिए सायद ।’ ‘फ्लर्ट गरिरहेकी थिए रे तर कसरी ?’ ‘सबैको अगाडी म बिशेषलाइ ब्वायफ्रेन्ड भनेर उसको हात समाएर हिड्थे तर दीपेन्द्रसंग बिहेको सपना देख्थे ।’ ‘ओह गड † यो दीपेन्द्र चाँही को हो फेरी ?’ ‘अरे तपाइँ दीपेन्द्रलाई चिन्नुहुन्न ? स्वर्गीय राजा दीपेन्द्र, स्वर्गीय राजा बिरेन्द्रको छोरा, अब त चिन्नुभयो ?’ ‘हरे शिब † अनी यो कुरा तिम्रो बाबा–मामुलाई थाहा थियो त ?’ ‘किन नहुनु नी ? उहाँहरु सँगै त म सधैँ जिद्दी गर्थे नी, म ठुली भए पछी दीपेन्द्र संग बिहे गर्ने भनेर । मरी–मरी हाँस्नु हुन्थ्यो उहाहरु त, तर के गर्नु म ठुली हुनै नपाउदै उनि संसार छोडेर गए ।
‘शायद तिमी ९–१० वर्षकी मात्र थियौ होला त्यतिबेला... एम आइ राइट ? कस्तो लागेको थियो त्यतिबेला,जतिबेला तिमीले उनको स्वर्गारोहणको खबर सुनेकी थियौ ? ‘म एकदमै भावुक भएकी थिए , अब मैले को संग बिहे गर्ने भनेर धेरै रोएकी थिए ।’ त्यति मात्र कहाँ हो र .. त्यो घटना घट्नु भन्दा एक वर्ष अगाडी हाम्रो घर नजिकै को अंकल को मृत्यु भएको बेला आँटि ले नुन नखाई किरिया बसेको देखेकी थिए । अनी मैले पनि पुरै ३ दिन सम्म नुन खान मानेकी थिइन । मेरो त्यो अनौठो अनी असाधारण ब्यबहारले बाबा–मामु हैरान हुनुभएको थियो । अहिले सम्झिदा म आफैलाई समेत अजिब लाग्छ । हरेक वर्ष याद आउछ त्यो कुरा अनी आफ्नो त्यो मासुम अनी अनौठो स्वभाब सम्झेर आफै हाँस्छु । एउटा कुरा भन त, यदि तिम्रो दीपेन्द्र संग बिहे गर्ने सपना थियो भने बिशेष संग बिहे गर्न भनेर मन्दिर सम्म किन पुगेकी ?
‘खै थाहा भएन, उसको मन राखिदिन होला सायद.. अहिले सम्झिदा त्यस्तै लाग्छ’............................................. ....................
खुशीको सिमा नै थिएन आज मेरो सुन्दर भविष्यका अनेकौ सपनाहरु मेरो मनमा तरंगित भैरहेका थिए । ति सपनाहरुलाई साकार पार्न धेरै मिहिनेत गर्नुपर्छ अब मैले । ‘हैन ओ मेम † यो कल्कलाउदो उमेरमै माथि पुग्ने बिचार छ की क्या हो ?’ त्यस्तै नै रहर हो भने अर धेरै तरिका छन् , मेरै गाडीको मुनि आउनु पर्छ र ?’ ‘अचानक झस्किए, ओह गड † कल्पनामा यति हराएछु की रोड क्रस गर्दा दायाँ–बायाँ हेर्न समेत भुलेछु, हर्न बजेको पनि सुनिनछु । म न्यु प्लाजाको बिच सडकमा ठिंग उभिएको उभिएकै भए । मेरो राइट साइडमा अन्दाजी २०–२१ वर्षको ठिटो आफ्नो गाडीको ड्राइभिङ सिटको शिशा खोलेर बडो शानका साथ मलाई हप्काउदै थियो । ‘के हो मेम † यहाँले कान सुन्नुहुन्न भन्ने कुरा त अघि नै चाल पाइसके मैले । आँखा पनि कम्जोर छ र ?’ के हेरेको त्यसरी ट्वाल्ल खाउला झैँ गरी ? बाटो छोड्नु बाटो, पछाडी पुरै जाम भैसक्यो, अहिले ट्राफिक आउला फेरी ।’ त्यसो त गल्ति मेरै थियो, तर आजसम्म मलाई कहिले पनि आफ्नो गल्ति स्विकार्ने बानी नै परेको थिएन । ‘म जे गर्थे त्यहि नै मलाई सहि लाग्थ्यो । त्यसैले एक त एउटा अपरिचित व्यक्तिको अगाडी म झुक्ने कुरै आउदैनथ्यो । अर्को कुरा उसको बोल्ने शैली देखि नै मलाई झनक्क रिस उठिसकेको थियो । किनकि आज सम्म म सँग यो शैलीमा कसैले पनि कुरा गरेको थिएन ।’ उसकै शैलीमा जवाफ दिए मैले पनि–‘ ओह मिस्टर अलि मुख सम्हालेर कुरा गर्नु, हेर्दा त सरिफ खान्दानकै देखिनुहुन्छ, तर लाग्छ हजुरको बाउ–आमाले बोल्ने तरिका र संस्कार सिकाएका छैनन् । गाडी चढेर हिड्दैमा ठुलो मान्छे भइदैन, ठुलो मान्छे बन्न त सबै भन्दा पहिले संस्कार चाहिन्छ । बजारमा दुई रुपैयाँमा पाइन्छ, किनेर ल्याउनु ।’ उसलाई पनि म सँग झगडा गर्ने मुड नै चलेछ क्यारे, गाडी साइड लगाउँदै भन्यो–‘एक्सक्युज मि मिस † संस्कारको आवस्यकता मलाई हैन तपाइलाई नै छ जस्तो लाग्यो । अनी मुख पनि तपाइँ नै सम्हाल्नुस् । यहाँ अचानक बाउ–आमाको कुरा कहाँबाट आयो ? एउटा कुरा थाहा पाई राख्नोस्, मेरो मम–ड्याड संसारकै बेस्ट मम–ड्याड हो । म उहाँहरुको बारेमा नेगेटिभ एक शब्द पनि सुन्न सक्दिन । जो चोर उसकै ठुलो स्वर, केटि भएर मात्र, नत्र मैले जानेको थिएँ । एक त जहाँ पायो त्यहि बाट रोड क्रस गरेर रुल्स तोड्ने अझै उसकै शान ठुलो ? थाहा छैन भने यहाको जानकारीको लागी भन्दी हालौ रोड क्रस गर्ने ऊ त्यो जेब्रा क्रसिंग बाट हो, यहाँ बाट हैन ।’ आगामी दिनमा ख्याल राख्नु, सबै मान्छे म जस्ता हुँदैनन् । सिधै माथि पुर्याई देलान फेरी । ‘यतिन्जेल त म चुपचाप उसको कुरा सुनिरहेकी थिएँ । तर अब भने पारो तात्यो । अझै उसले केटि भएर मात्र भनेको त झनै सहन सकिन । अलि आक्रमक शैलीमा जवाफ दिएँ–‘ओह हेल्लो मिस्टर † यहाँ केटा र केटीको कुरा चाहिँ कहाँ बाट आयो ? के गर्नुहुन्थ्यो हजुरले केटा भएको भए चाहिँ हँ ?’ मलाई अरु आम केटि जस्तो नसम्झिनु, जो केटाहरुको सानो तिनो धम्कीमा डराएर लुसुक्क परेर हिड्छन । म सँग तँ उल्टो केटाहरु नै डराउछन् । अनी अर्को कुरा म कुनै दुध पिउँदै गरेको बच्चा हैन । मलाई राम्रो सँग थाहा छ के गर्न हुन्छ र हुन्न भन्ने । बाइ द वे मिस्टर † यहाँको पनि जानकारीको लागी भन्दी हालौ, की मेरो बिचारमा रुल्स वास्तबमा तोड्नकै लागी बनाइन्छ र मलाई रुल्स यानिकी नियम तोड्न पाउँदा बडो आनन्द आउँछ । हजुर लक्की हुनुहुँदो रहेछ, आज मुड ठिक थियो । त्यसैले सस्तैमा उम्किनुभयो । बाइ द वे यहाँ फुर्सदमा हुनुहुन्छ होला, तर मसँग चाहिँ हजुरसँग बाझेर बस्ने टाइम छैन । अब देखि ड्राइभिङ गर्दा ध्यान दिनु, सबै मान्छे म जस्ता हुँदैनन् । सिधै मामाघर पुर्याई देलान फेरी, गुड बाई । यति भनेर मैले रोड क्रस गरें । रोड क्रस गर्दै गर्दा ऊ भुत्भुतायो–‘अजिब केटि रैछे बा † भलाइको त जमानै छैन, फस्र्ट टाइम भेटे यस्ती केटि त ।’ ‘रोड पारि बाट चिच्याउदै भने मैले पनि– र कहिले भेट्नु पनि हुन्न, किनकि भगवानले एउटै स्पेशल पिस बनाएका थिएँ । जुन म हुँ , बुझ्नुभयो त ?’ रिसले कर्के आँखाले हेर्दै केहि नबोली गाडी हाँक्यो उसले र म पनि आफ्नो बाटो लागे । ..........................................
मलाई बारम्बार हर्ट गर्ने यो असफल प्रयास जुन तिमीले गरिरहेका छौ, त्यो बन्द गर्दा राम्रो । किनकि हर्ट त्यसलाई गरिछ, जसलाई केहि महसुस हुन्छ । मलाई त अब केहि महसुस हुनै छोडिसक्यो । न कुनै पिडा, न कुनै दर्द, न कुनै खुशी न कुनै दु:ख । सायद म सँग अब मुटु नै छैन । अनी एउटा कुरा चाहिँ तिमीले सहि गर्यौ । हाम्रो भौगिलिक दुरी एकदम नजिक छ । हाम्रो बिचमा केवल ६ इन्चको भित्तो मात्र छ । तर सायद यो कुरा तिमीले अझै बुझ्न सकेनौ । जबसम्म कसैलाई माया गरिन्छ, तबसम्म कोशौ टाढा भएर पनि मनभित्र हुन्छ त्यो मान्छे हरेक नसा–नसामा सल्बलाइरहेको हुन्छ । तर ‘जब कसैलाई घृणा गरिन्छ, त्यतिबेला यो ६ इन्चको भित्तो त के १ सेन्टिमिटर दुरी पनि त्यति टाढा हुन्छ । जुन पार गर्न यो जन्म त के सात जन्म पनि कम हुन्छ ।’ कुनै बेला म आफै सोच्थे, की म तिमीलाई जिन्दगीमा घृणा भन्ने कुरा कहिले पनि गर्न सक्दिन होला । तर आज म तिमीलाई यति धेरै घृणा गर्छु की । त्यो भित्तो पछाडी कुनै सजिव जन्तु छ, या कुनै शालिक, केहि फरक पर्दैन । आज यस्तो लाग्छ, सायद अब तिमी जीवन र मृत्युको दोसाधमा छटपटाई रहेको अवस्थामा पनि तिमी प्रति माया माया त के दया सम्म पनि पलाउदैन होला । यति धेरै घृणा गर्छु म तिमीलाई बुझ्यौ ?’ त्यसैले तिम्रा यी निच हर्कतहरु बन्द गर ।
.............‘एउटा कुरा सोधौ खुशी ?’ मलाई बिचमै रोक्दै भन्नु भयो दिज्यूले. ‘सोध्नु–सोध्नु मज्जाले सोध्नु ,एउटा मात्र किन र ? दुइ–चार ओटा नै सोध्नु न..हा हा हा ।’ ‘अहिलेलाई एउटा मात्र सोध्छु–बाँकी पछी कुनै दिन...‘ओके के कुरा हो ल छिटो सोध्नु त’ ..‘नढाँटि भन त के तिमी बिशेष लाई अहिले पनि प्रेम गछर्यौ ? के त्यो बाल्यकाल को फिलिंग्स अहिले पनि जीवित नै छ ?’ ‘नो–नो दिज्यू,खास भन्ने हो भने मैले त्यतिबेला पनि उसलाई फ्लर्ट गरिरहेकी थिए सायद ।’ ‘फ्लर्ट गरिरहेकी थिए रे तर कसरी ?’ ‘सबैको अगाडी म बिशेषलाइ ब्वायफ्रेन्ड भनेर उसको हात समाएर हिड्थे तर दीपेन्द्रसंग बिहेको सपना देख्थे ।’ ‘ओह गड † यो दीपेन्द्र चाँही को हो फेरी ?’ ‘अरे तपाइँ दीपेन्द्रलाई चिन्नुहुन्न ? स्वर्गीय राजा दीपेन्द्र, स्वर्गीय राजा बिरेन्द्रको छोरा, अब त चिन्नुभयो ?’ ‘हरे शिब † अनी यो कुरा तिम्रो बाबा–मामुलाई थाहा थियो त ?’ ‘किन नहुनु नी ? उहाँहरु सँगै त म सधैँ जिद्दी गर्थे नी, म ठुली भए पछी दीपेन्द्र संग बिहे गर्ने भनेर । मरी–मरी हाँस्नु हुन्थ्यो उहाहरु त, तर के गर्नु म ठुली हुनै नपाउदै उनि संसार छोडेर गए ।‘शायद तिमी ९–१० वर्षकी मात्र थियौ होला त्यतिबेला... एम आइ राइट ? कस्तो लागेको थियो त्यतिबेला,जतिबेला तिमीले उनको स्वर्गारोहणको खबर सुनेकी थियौ ? ‘म एकदमै भावुक भएकी थिए , अब मैले को संग बिहे गर्ने भनेर धेरै रोएकी थिए ।’ त्यति मात्र कहाँ हो र .. त्यो घटना घट्नु भन्दा एक वर्ष अगाडी हाम्रो घर नजिकै को अंकल को मृत्यु भएको बेला आँटि ले नुन नखाई किरिया बसेको देखेकी थिए । अनी मैले पनि पुरै ३ दिन सम्म नुन खान मानेकी थिइन । मेरो त्यो अनौठो अनी असाधारण ब्यबहारले बाबा–मामु हैरान हुनुभएको थियो । अहिले सम्झिदा म आफैलाई समेत अजिब लाग्छ । हरेक वर्ष याद आउछ त्यो कुरा अनी आफ्नो त्यो मासुम अनी अनौठो स्वभाब सम्झेर आफै हाँस्छु । एउटा कुरा भन त, यदि तिम्रो दीपेन्द्र संग बिहे गर्ने सपना थियो भने बिशेष संग बिहे गर्न भनेर मन्दिर सम्म किन पुगेकी ?
‘खै थाहा भएन, उसको मन राखिदिन होला सायद.. अहिले सम्झिदा त्यस्तै लाग्छ’............................................. ....................
खुशीको सिमा नै थिएन आज मेरो सुन्दर भविष्यका अनेकौ सपनाहरु मेरो मनमा तरंगित भैरहेका थिए । ति सपनाहरुलाई साकार पार्न धेरै मिहिनेत गर्नुपर्छ अब मैले । ‘हैन ओ मेम † यो कल्कलाउदो उमेरमै माथि पुग्ने बिचार छ की क्या हो ?’ त्यस्तै नै रहर हो भने अर धेरै तरिका छन् , मेरै गाडीको मुनि आउनु पर्छ र ?’ ‘अचानक झस्किए, ओह गड † कल्पनामा यति हराएछु की रोड क्रस गर्दा दायाँ–बायाँ हेर्न समेत भुलेछु, हर्न बजेको पनि सुनिनछु । म न्यु प्लाजाको बिच सडकमा ठिंग उभिएको उभिएकै भए । मेरो राइट साइडमा अन्दाजी २०–२१ वर्षको ठिटो आफ्नो गाडीको ड्राइभिङ सिटको शिशा खोलेर बडो शानका साथ मलाई हप्काउदै थियो । ‘के हो मेम † यहाँले कान सुन्नुहुन्न भन्ने कुरा त अघि नै चाल पाइसके मैले । आँखा पनि कम्जोर छ र ?’ के हेरेको त्यसरी ट्वाल्ल खाउला झैँ गरी ? बाटो छोड्नु बाटो, पछाडी पुरै जाम भैसक्यो, अहिले ट्राफिक आउला फेरी ।’ त्यसो त गल्ति मेरै थियो, तर आजसम्म मलाई कहिले पनि आफ्नो गल्ति स्विकार्ने बानी नै परेको थिएन । ‘म जे गर्थे त्यहि नै मलाई सहि लाग्थ्यो । त्यसैले एक त एउटा अपरिचित व्यक्तिको अगाडी म झुक्ने कुरै आउदैनथ्यो । अर्को कुरा उसको बोल्ने शैली देखि नै मलाई झनक्क रिस उठिसकेको थियो । किनकि आज सम्म म सँग यो शैलीमा कसैले पनि कुरा गरेको थिएन ।’ उसकै शैलीमा जवाफ दिए मैले पनि–‘ ओह मिस्टर अलि मुख सम्हालेर कुरा गर्नु, हेर्दा त सरिफ खान्दानकै देखिनुहुन्छ, तर लाग्छ हजुरको बाउ–आमाले बोल्ने तरिका र संस्कार सिकाएका छैनन् । गाडी चढेर हिड्दैमा ठुलो मान्छे भइदैन, ठुलो मान्छे बन्न त सबै भन्दा पहिले संस्कार चाहिन्छ । बजारमा दुई रुपैयाँमा पाइन्छ, किनेर ल्याउनु ।’ उसलाई पनि म सँग झगडा गर्ने मुड नै चलेछ क्यारे, गाडी साइड लगाउँदै भन्यो–‘एक्सक्युज मि मिस † संस्कारको आवस्यकता मलाई हैन तपाइलाई नै छ जस्तो लाग्यो । अनी मुख पनि तपाइँ नै सम्हाल्नुस् । यहाँ अचानक बाउ–आमाको कुरा कहाँबाट आयो ? एउटा कुरा थाहा पाई राख्नोस्, मेरो मम–ड्याड संसारकै बेस्ट मम–ड्याड हो । म उहाँहरुको बारेमा नेगेटिभ एक शब्द पनि सुन्न सक्दिन । जो चोर उसकै ठुलो स्वर, केटि भएर मात्र, नत्र मैले जानेको थिएँ । एक त जहाँ पायो त्यहि बाट रोड क्रस गरेर रुल्स तोड्ने अझै उसकै शान ठुलो ? थाहा छैन भने यहाको जानकारीको लागी भन्दी हालौ रोड क्रस गर्ने ऊ त्यो जेब्रा क्रसिंग बाट हो, यहाँ बाट हैन ।’ आगामी दिनमा ख्याल राख्नु, सबै मान्छे म जस्ता हुँदैनन् । सिधै माथि पुर्याई देलान फेरी । ‘यतिन्जेल त म चुपचाप उसको कुरा सुनिरहेकी थिएँ । तर अब भने पारो तात्यो । अझै उसले केटि भएर मात्र भनेको त झनै सहन सकिन । अलि आक्रमक शैलीमा जवाफ दिएँ–‘ओह हेल्लो मिस्टर † यहाँ केटा र केटीको कुरा चाहिँ कहाँ बाट आयो ? के गर्नुहुन्थ्यो हजुरले केटा भएको भए चाहिँ हँ ?’ मलाई अरु आम केटि जस्तो नसम्झिनु, जो केटाहरुको सानो तिनो धम्कीमा डराएर लुसुक्क परेर हिड्छन । म सँग तँ उल्टो केटाहरु नै डराउछन् । अनी अर्को कुरा म कुनै दुध पिउँदै गरेको बच्चा हैन । मलाई राम्रो सँग थाहा छ के गर्न हुन्छ र हुन्न भन्ने । बाइ द वे मिस्टर † यहाँको पनि जानकारीको लागी भन्दी हालौ, की मेरो बिचारमा रुल्स वास्तबमा तोड्नकै लागी बनाइन्छ र मलाई रुल्स यानिकी नियम तोड्न पाउँदा बडो आनन्द आउँछ । हजुर लक्की हुनुहुँदो रहेछ, आज मुड ठिक थियो । त्यसैले सस्तैमा उम्किनुभयो । बाइ द वे यहाँ फुर्सदमा हुनुहुन्छ होला, तर मसँग चाहिँ हजुरसँग बाझेर बस्ने टाइम छैन । अब देखि ड्राइभिङ गर्दा ध्यान दिनु, सबै मान्छे म जस्ता हुँदैनन् । सिधै मामाघर पुर्याई देलान फेरी, गुड बाई । यति भनेर मैले रोड क्रस गरें । रोड क्रस गर्दै गर्दा ऊ भुत्भुतायो–‘अजिब केटि रैछे बा † भलाइको त जमानै छैन, फस्र्ट टाइम भेटे यस्ती केटि त ।’ ‘रोड पारि बाट चिच्याउदै भने मैले पनि– र कहिले भेट्नु पनि हुन्न, किनकि भगवानले एउटै स्पेशल पिस बनाएका थिएँ । जुन म हुँ , बुझ्नुभयो त ?’ रिसले कर्के आँखाले हेर्दै केहि नबोली गाडी हाँक्यो उसले र म पनि आफ्नो बाटो लागे । ..........................................
मलाई बारम्बार हर्ट गर्ने यो असफल प्रयास जुन तिमीले गरिरहेका छौ, त्यो बन्द गर्दा राम्रो । किनकि हर्ट त्यसलाई गरिछ, जसलाई केहि महसुस हुन्छ । मलाई त अब केहि महसुस हुनै छोडिसक्यो । न कुनै पिडा, न कुनै दर्द, न कुनै खुशी न कुनै दु:ख । सायद म सँग अब मुटु नै छैन । अनी एउटा कुरा चाहिँ तिमीले सहि गर्यौ । हाम्रो भौगिलिक दुरी एकदम नजिक छ । हाम्रो बिचमा केवल ६ इन्चको भित्तो मात्र छ । तर सायद यो कुरा तिमीले अझै बुझ्न सकेनौ । जबसम्म कसैलाई माया गरिन्छ, तबसम्म कोशौ टाढा भएर पनि मनभित्र हुन्छ त्यो मान्छे हरेक नसा–नसामा सल्बलाइरहेको हुन्छ । तर ‘जब कसैलाई घृणा गरिन्छ, त्यतिबेला यो ६ इन्चको भित्तो त के १ सेन्टिमिटर दुरी पनि त्यति टाढा हुन्छ । जुन पार गर्न यो जन्म त के सात जन्म पनि कम हुन्छ ।’ कुनै बेला म आफै सोच्थे, की म तिमीलाई जिन्दगीमा घृणा भन्ने कुरा कहिले पनि गर्न सक्दिन होला । तर आज म तिमीलाई यति धेरै घृणा गर्छु की । त्यो भित्तो पछाडी कुनै सजिव जन्तु छ, या कुनै शालिक, केहि फरक पर्दैन । आज यस्तो लाग्छ, सायद अब तिमी जीवन र मृत्युको दोसाधमा छटपटाई रहेको अवस्थामा पनि तिमी प्रति माया माया त के दया सम्म पनि पलाउदैन होला । यति धेरै घृणा गर्छु म तिमीलाई बुझ्यौ ?’ त्यसैले तिम्रा यी निच हर्कतहरु बन्द गर ।
(नोट : गीतकार तथा संगीतकार जानकी पन्थको प्रकाशोन्मुख उपन्यासबाट साभार गरिएको । अहिले नाम सर्वजनिक नगरिएको उपन्यास यहि नयाँ वर्षमा यम्बुरी बुक्सबाट प्रकाशन हुने भएको छ )
काठमाडौं, २५ पुस । चर्चित गायक राजेश पायल राईले बिबाह गर्ने उमेर नपुगेको बताएपनि उनका साङ्गितक सन्तानहरु दिन प्रतिदिन बढ्दै गईरहेको छ । यस्तै क्रममा गायक पायलले आफ्नो पछिल्लो एल्वम ‘दर्शन नमस्ते २’को दास्रो म्युजिक भिडियो छायाकन गरेका छन् । 

‘एटम बम’ बोलको गीतमा गायक पायलले आफ्नो म्युजिक भिडियोमा पछिल्लो मोडलको रुपमा दिप्ति राज भण्डारीलाई लिएका छन् । नेपाल भन्दा बाहिरै बस्दै आएका मोडल दिब्यालाई आफुले म्युजिक भिडियोमा नजिकका साथि भएकाले लिएको बताए । 

काठमाडौं, २४ पुस । अभिनेता तथा निर्माता नवल खड्काको निकै लामो समयपछि आउन लागेको चलचित्र ‘भिमदत्त’ विभिन्न कारणबाट चर्चा रहेको छ । राणा कालमा कृषि क्रान्ती र प्रजातन्त्रको पक्षमा आवाज उठाएर साहदत प्राप्त गरेका भिमदत्त पन्तको जीवनकथामा आधारित रहेको चलचित्र ‘भिमदत्त’को शो हङकङमा गरिने भएको छ । 

हङकङ शहरमा चलचित्र ‘भिमदत्त’ को शो मार्च २ तारिखमा हुने चलचित्रका अभिनेता नवल खड्काले बताएका छन् । ‘गोर्खा सन एण्ड डटर्स संघ’ले त्यहाँ शो सञ्चालन गर्ने लागेको नवलले बताएका छन् । अभिनेता नवलले नेपाली स्वतन्त्र राजनीतिज्ञको चलचित्रलाई विश्वभर नै प्रदर्शन गर्ने चलचित्र युनिटको रहेकोपनि बताएका छन् । पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र देखाउने बारे अन्य मुलुकमा छलफल भैरहेको निर्माता खड्काले बताएका छन् ।
नेपालमा भने यो चलचित्र आउँदो ०७१ सालमा मात्रै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । हिमग्याप टासीद्धरा निर्देशित चलचित्र ‘भिमदत्त’ मा निर्माता नवल खड्का भिमदत्तको भूमिकामा प्रस्तुत भएका छन्, भने अभिनेत्री सुमीना घिमिरे भिमदत्तको पत्नी र अभिनेत्री निशा अधिकारी अनुसन्धानकर्ताको भूमिकामा प्रस्तुत भएका छन् । भिमदत्तको जन्मथलो डढेलधुरा लगायतका स्थानमा छायाँकन गरिएको चलचित्रमा श्रीराम पुडासैनी, कविता शर्मा लगायतको भूमिका छ ।