• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपालि कक्षा नेपालबाहिर सकृय बन्दै

    भगीरथ योगी
    पश्चिम लण्डनको वाटलिङ कम्युनिटी सेन्टरमा गएको केही सातादेखि नेपाली बालबालिकाहरुले नेपाली भाषा सिकीरहेका छन् । स्थानीय बन्र्टओक नेपाली समाजको सकृयतामा शुरु गरिएको उक्त कक्षा गर्मी बिदाभर हरेक मंगलबार दिउंसो दुई घन्टा सन्चालन भैरहेको छ । तीनजना नेपाली युवाले झण्डै पच्चीसजना बालबालिकालाई स्वयमसेवीरुपमा पढाइरहेका थिए ।

    आफ्ना छोराछोरीले नेपाली सिक्ने अवसर पाएकोमा एकजना अभिभावक इन्दिरा खनियांले खुसी व्यक्त गरिन् । नेपालीहरुको बाक्लो बसोबास रहेका बेलायतका विभिन्न इलाकाहरुमा पनि नेपाली बालबालिकाहरुका लागि कक्षा सन्चालन भैरहेका छन् । दक्षिणपूर्वी लण्डनमा सन्चालन भैरहेको नेपाली भाषा कक्षाका एकजना संयोजक फत्त थापाले चाल्र्टन नेपाली समाजको सकृयतामा ती कक्षाहरु सन्चालन भैरहेको बताए । उनले झण्डै साठी जना बालबालिकाले शनिबार बिहान नौ बजेदेखि १२ बजेसम्म नेपाली भाषा तथा सांगीतिक कक्षामा भाग लिइरहेको बताए । हामीले विद्यार्थीहरुसंग निकै न्यून शुल्क लिन्छौं । कक्षा सन्चालनकालागि झण्डै चार हजार पौण्डको एउटा कोष पनि खडा गरेका छौं, थापाले भने । विदेशमै जन्मएिका वा सानै उमेरमा आफ्ना अभिभावकसंग विदेश आएका बालबालिकाले विद्यालयमा अंग्रेजी वा अन्य भाषा सिके पनि नेपाली लेख्न वा पढ्न नसक्दा परिवार तथा समुदायमा घुलमिल हुन नसकेका थुप्रै उदाहरणहरु छन् ।
    पश्चिम लण्डनको किङसबेरी हाइस्कुलबाट भर्खरै कक्षा नौ पुरा गरेकी दिक्षा गुरुङले नेपालीमा सोधिएका प्रश्नहरुको जवाफ अंग्रेजीमै दिइन् । उनले आफ्ना बाबाआमासंग पनि अंग्रेजीमै कुरा गर्न आफुलाई सजीलो हुनेगरेको बताइन् । दिक्षा गुरुङजस्ता किशोर, किशोरीले नेपाली बोल्न, लेख्न तथा पढ्न नसक्दा भविष्यमा थुप्रै समस्याहरु बेहोर्नुपर्ने हुनसक्छ ।
    स्थानीय प्रयास
    यसैकुरालाई मनन गरेर नेपालीहरुको बसोबास रहेका संयुक्त राज्य अमेरिका, क्यानडा, फिनल्याण्ड, बेल्जीयम लगायतका मुलुकहरुमा स्थानीय समुदायको प्रयासमा बालबालिकाहरुकालागि नेपाली कक्षाहरु शुरु गरिएका छन् । अमेरिकामा भुटानी भाषी नेपालीहरुको पुनर्वाससंगै भुटानी समुदायले पनि नेपाली भाषा कक्षा सन्चालन गरिरहेको न्यू ह्याम्पशायर राज्यबाट प्रकाशित हुने अक्षरिका न्युजलेटरका सम्पादक राजेश कोइरालाले बताए । अमेरिकी सरकारको सहयोग भएकाले भुटानीहरुले आफ्ना बालबालिकाकालागि सन्चालन गरेका नेपाली कक्षाहरु बढी दीगो देखिएका छन् तर नेपालीहरुले शुरु गरेका कक्षाहरुचाहिं धेरै ठाउमा बन्द भएका छन्, कोइरालाले भने । स्थानीय मन्दिर तथा सांस्कृतिक केन्द्रहरुमा बालबालिकाहरुकालागि नेपाली कक्षाहरु शुरु गर्ने प्रचलन बढ्दै गएको पनि उनले बताए। त्यसो त स्वयमसेवीरुपमा शुरु गरिएका यस्ता प्रयासहरुलाई संस्थागत रुप दिन नसक्दा बीचैमा बन्द भएका थुप्रै उदाहरणहरु पनि छन् । नेपाली नारी निकुन्जको सकृयतामा मस्कोस्थित नेपाली दूतावासको भुईंतलामा झण्डै आठ बर्ष चलेको नेपाली कक्षा पोहोर सालदेखि बन्द भएको छ । 
    धेरैजसो अभिभावकहरुले आफ्ना छोराछोरी पढाउन भारत पठाएकाले विद्यार्थीको अभावमा नेपाली कक्षा बन्द गर्नुपरेको लामो समयदेखि रुसमा बसोबास गरी नेपाली भाषा, साहित्य र संस्कृतिको प्रबद्र्धनमा खटिरहेका कृष्णप्रकाश श्रेष्ठले बताए । विदेशमा नेपाली कक्षाहरुलाई निरन्तरता दिन स्थानीय समुदायको सकृयताका साथै त्यस्ता कक्षाहरुलाई संगीत, नृत्य लगायतका विधाहरुसंग जोडनु पर्ने कतिपयको सुझाव छ ।
    अवसर 
    हाल बेलायतमा बसोबास गरिरहेका युवा गायक बिबेक श्रेष्ठले त्यसबाट बालबालिकालाई नेपाली भाषाका साथै गीत, संगीत सिक्ने अवसर पनि मिल्ने बताए । विशेष गरेर विदेशमा नेपाली भाषालाई मात्रै फोकस गर्दा बच्चाहरुमा रुची कम हुंदै गएको पाइयो। त्यसैले भाषासंगै संगीत र कलालाई पनि जोडेर पढाउंदा ती कक्षाहरु दीगो भएको मैले पाएको छु,श्रेष्ठले भने । नेपाल बाहिर हुकंर्दै गरेको नयां पुस्तालाई नेपालसंग जोडन पनि बालबालिकालाई नेपाली लेख्न र पढन सिकाउन आवश्यक हुंदै गएको छ । तर त्यसकालागि उपयुक्त शैक्षिक सामग्री, तालीमप्राप्त शिक्षक र सबैभन्दा बढी अभिभावकहरुकै रुची महत्वपूर्ण हुने भएको विज्ञहरु बताउंछन् ।बीबीसी नेपालि सेवा 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.