• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बझाङका पत्रकाले चर्पी नभएका होटलमा चिया–नास्ता नखाने

    दीपक ओली
    धनगढी, ३१ भदौ । बझाङका पत्रकाले चर्पी नभएका होटलमा चियानास्ता नखाने बताएका छन् । जिल्लालाई २०७० सालभित्र खुला दिसामुक्त घोषणा गर्ने अभियान सफल पार्न चर्पी नभएका जिल्लास्थित होटलमा उनीहरुले चियानास्ता नखाने निर्णय गरेका हुन् । उनीहरले आइतबार सदरमुकाम चैनपुरमा भेला भई यस्तो निर्णय गरेका हुन् ।सदरमुकाम चैनपुरलगायतका अन्य स्थानीय बजारमा चर्पी नभएका होटलको संख्या धेरै भएको तथ्यांक आएपछि यस्ता होटल व्यवसायीलाई चर्पी बनाउन नैतिक दबाब दिने उद्देश्यले चियानास्ता नखाने निर्णय गरेको एक पत्रकारले बताए । ‘जिल्लाले थालनी गरेको अभियान सफल पार्नु पत्रकारको पनि दायित्व भएकाले यस्तो अभियान चलाएका हौँ,’ एक पत्रकारले भने, ‘अबदेखि जो– जहाँ चियानास्ता र खाना खाए पनि होटलवालालाई चर्पी भएरनभएको सोध्ने र चर्पी नभएको होटलमा केही खाने छैनौँ ।’ यसै सन्दर्भमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले युनिसेफको सहयोगमा आइतबार जिल्लास्थित पत्रकारसँग सरसफाइसम्बन्धी अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा ५ बुँदे सरसफाइसम्बन्धी प्रतिबद्धता पत्र जारीसमेत गरेको जोशीले जानकारी दिए । प्रतिबद्धता पत्रमा सरसफाइ अभियानलाई सफल पार्न पत्रकारले समाचारमा सरसफाइलाई उच्च प्राथमिकता दिने, समाचार संकलन गर्ने क्रममा सम्पर्कमा आएका व्याक्तिसँग समाचारको विषय जुनसुकै भए पनि तपाईंको घरमा चर्पी छ कि छैन भनेर सोध्ने, स्थानीय एफएमले चलाउने फोन इन कार्यक्रममा प्रत्येक टेलिफोन सम्पर्कमा आएका व्यक्तिसँग चर्पी भए नभएको बारे सोध्ने, सार्वजनिक पद धारण गरेका व्यक्तिले कातिक १ गतेसम्म पनि चर्पी नबनाएको भेटिएमा सञ्चारमाध्ययममा नाम प्रकाशनरप्रसारण गर्ने  छन् ।
    पत्रकारको यस्तो निर्णयले जिल्लालाई निर्धारित समयमा खुला दिसामुक्त गर्न ठूलो सहयोग पुग्ने जिल्ला सरसफाइ समन्वय समितिका संयोजक तथा बझाङका स्थानीय विकास अधिकारी र युवराज कटेलले बताए । सौर्य साभार

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.