• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपालका लागि नवनियुक्त भारतिय राजदूत रन्जितले ओहोदाको प्रमाणपत्र बुझाए

    १९ भदौ, काठमाडौं । 
    नेपालका लागि नवनियुक्त राजदूत रन्जित रे ले राष्ट्रपति डा रामवरण यादवसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत रे सोमबार काठमाडौं आइपुगेका थियो । यस्तै नेपालका लागि स्वीटजरल्यान्ड, डेनमार्क, भारत र कुवेतका नवनियुक्त राजदूतले पनि राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
    राष्ट्रपतिसमक्ष नेपालका लागि स्वीटजरल्यान्डका राजदूत डा. अर्स हेरेन, डेनमार्ककी राजदूत क्रिस्टिन रोजेनभोल्ट गिलान र कुवेतका राजदूत समी मोहमद अल सुलेमानले आ–आफ्नो ओहादाको प्रमाणपत्र प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका लागि स्वीट्जरल्याण्ड, डेनमार्क र भारतका आवासीय राजदूत हुन् भने कुवेतका गैरआवासीय राजदूत नयाँ दिल्लीमा रहेर कार्य गर्नुहुन्छ । कार्यक्रममा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे, प्रधानसेनापति गौरवशम्शेर जबरा, राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रिताल, परराष्ट्र सचिव अर्जुनबहादुर थापालगायतको उपस्थिति थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.