• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • भारतलाई २–० ले पराजित गर्दै अफगानिस्तान साफ च्याम्पियन

    २६ भदौ, काठमाडौं । भारतलाई पराजित गर्दै अफगानिस्तान साफ च्याम्पियनसिप फुटबलको नयाँ च्याम्पियन बनेको छ । बुधबार साँझ भएको फाइनल भिडन्तमा अफगानिस्तानले २–० को जित निकाल्दै उपाधि मात्र जितेन, सातौं संकरणमा उपाधि भिडन्तमा ५ पटकको विजेता भारतसँग व्यहोरेको हारको बदला समेत लिएको छ । सन् २००२ पछि फुटबलमा फकिर्एको अफगानिस्तानले फुटबलमा हात पारेको यो ठूलो सफलतापनि हो ।
    त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको खेलमा अफगानिस्तानले नवौं मिनेटमा मुस्तफाको गोलबाट सुरुवाति अग्रता लिएको थियो । सुरुवाति गोल आएपछि आक्रमक खेल प्रस्तुत गरेको भारतले केही सुन्दर मौका गुमाएको थियो । १७ औं मिनेटमा भारतका रोविन सिंहको प्रहार अफगान गोलरक्षक मन्सुरले उत्कृष्ट बचाउ गरे । लगतै काउन्टर आक्रमणमा अफगानका संजरले हानेको बल भारतीय गोलरक्षकले रोकेका थिए ।
    २३ औं मिनेटमा भारतका जेजेले बराबरी गोल गर्ने मौका गुमाए भने ३५ औं मिनेटमा अफगानिस्तानले अर्को खड्को टार्‍यो । अराताको प्रहार मन्सुरले बचाए पनि पूर्ण क्लिलयर नहुँदा जेजेले प्रहार गरे, जसलाई अफगान खेलाडीले गोललाइनबाट बताएका थिए । दोस्रो हापमा जेजेको स्थानमा भारतीय कप्तान सुनिल क्षेत्री मैदान प्रवेश गरे । मैदान प्रवेश गरे लगतै उनले केही मौका पाएपनि सदुपयोग गर्न सकेनन् । ६२ औं मिनेटमा अफगानिस्तान काउन्टरमा गोल गर्न सफल भयो । अफगान खेलाडीको प्रहार भारतीय गोलरक्षकले पूर्ण क्लियर गर्न नसक्दा पाएको मौकामा सन्जेर महमदीले गोल गरेका हुन् । ८९ औं मिनेटमा सुनिलको प्रहार बारमा लागेर फकिँर्दा भारतीय समर्थक चुकचुकाएको थियो ।
    अफगानिस्तानको जितमा गोलरक्षक मन्सुरको उत्कृष्ट प्रदर्शनको महत्वपूर्ण रहर्‍यो । जर्मनबाट व्यवसायिक फुटबल खेल्ने उनले भारतका थुप्रै प्रहार बताएका थिए । सेमिफाइनलमा नेपाललाई हराउने क्रममा उनले रोहित चन्दको दुई पेनाल्टी रोकेका थिए ।
    साफको उपाधि जितेपछि अफगानिस्तान सरकारले सबै खेलाडीलाई अपार्टमेन्ट दिने घोषणा गरेको छ भने अजीज बैंकले फुटबल टोलीलाई २० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ ।
    नेपाल फेयर प्ले टिम, रविन मोस्ट भ्यालुएवल प्लेयर

    प्रतियोगितामा नेपाल फेयर प्ले टिम घोषित भएको छ । यस्तै नेपाली टोलीका रविन श्रेष्ठ मोस्ट भ्यालुएवल प्लेयर घोषित भएका छन् । उनले मोटरसाइकल पाएका छन् । सेमिफाइनलमा पुगेको नेपाल र माल्दिभ्सले समान १०–१० हजार अमेरिकी डलर पाएका छन् ।
    यस्तै माल्दिभ्सका अली अस्फाक सर्वाधिक गोल कर्ता घोषित भए । उनले दोहोरो ह्याट्रिकसहित १० गोल गरेका थिए । यस्तै मोस्ट भ्यालुएवल प्लेयर अफ दि इयर अफगान गोलरक्षक मन्सुर घोषित भए ।साभार : अनलाईन खबर

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.