–विशाल राई
तुलसि घिमिरे :– छोरीभन्दा सानो उमेरका साथीहरले ‘यार, तिमी’ भनेर सम्बोधन गरिरहेका हुन्छन् ।
झरना थापा :– फेसबुक फ्यानमध्ये श्रीमान् बूढो भइसक्यो, मसँग विवाह गरौँ भन्ने थुप्रै हुन्छन् । आई लभ युको पर्पोज त भाइरस जसरी आउन थालिसक्यो ।
बिनिता बराल :– विवाह र सेक्ससम्बन्धी म्यासेज बढी आउँछन्, त्यस्ता म्यासेजलाई धन्यवाद लेखिँदिँदा फ्यानहरुले झन् कामुकता देखाउछन् । र कहिलेकाहि सेक्स प्रस्ताव राख्नपनि बेर लगाउदैनन् ।
सामाजिक सञ्जाल फेसबुकले छपक्कै छोपेको छ अहिलेको पुस्तालाई । २००३ अक्टोबर २८ मा जन्मिएसँगै यसले करोडौँलाई आफ्नो मोहजालमा कैद गरिसक्यो । नेपाली समाज पनि यसबाट अछूतो छैन अनि फेसबुकबाट बाहिर छैनन् नेपाली कलाकार पनि । नेपाली कलाकारको फेसबुक अपडेट कस्तो होला ? के छ उनीहरको फेसबुकभित्रको अन्तर्कथा ? जिज्ञासाको विषय बन्न सक्छ ।
कलाकारहरुलाई फ्यानहरुको जिज्ञासा मेटाउने सजिलो माध्यम पनि बनेको पाइन्छ यो । तर, फेसबुककै कारण अनेकौँ कठिनाइ पनि झेल्नुपरेको सुनाउँछन् कलाकारहरु । अन्य मानिसले कलाकारको फोटो र नाम राखेर आफूखुसी फेसबुक एकाउन्ट खोलिदिँदा हैरानी खेप्नुपरिरहेको पनि कलाकारहरु बताउछन् । अनि कतिपय अवस्थामा ºयानले पठाउने अश्लील फोटो, भिडियो तथा विभिन्न म्यासेजले समस्या परेको सुनाउँछन् नेपाली कलाकार ।
निर्देशक तुलसी घिमिरेले दुई वर्षअगाडि आफ्नै नामबाट फेसबुक खोलेका रहेछन् । भन्छन्, ‘श्रीमती र म बसेर फेसबुक खोल्यौँ, खोल्न नजानिएला कि जस्तो लागेको थियो तर भएछ । फेसबुक खोलिसकेपछि अपलोड गर्नचाहिँ जानिएन, छोरीहरुले गरिदिन्थे । त्यो एकाउन्ट मैलेभन्दा पनि छोरीहरले नै बढी चलाए । आफ्ना तिन सय भन्दा बढि फेसबुक फ्रेन्ड रहेको र तिनमा समकालीनभन्दा पनि युवा पुस्ता र केटीसाथी बढी रहेको घिमिरेले बताए । उनका अनुसार फेसबुकमा उनलाई छोरीभन्दा सानो उमेरका साथीहरले ‘यार, तिमी’ भनेर सम्बोधन गरिरहेका हुन्छन् रे ?
नायिका सुमीना घिमिरेले भने दुई वर्षअघि आफैँले फेसबुक खोले पनि त्यति नचलाएको र पछि बन्द भएको सुनाइन् । तैपनि उनका नाम र फोटो राखेर अरुले मनलाग्दी फेसबुक खोलेका छन् रे ? भन्छिन्, मेरै नाम र फोटोमा धेरै केटीको फेसबुक छ । कति साथीले म नै हुँ भनेर च्याट गर्दा अनेकौँ छाडा शब्द प्रयोग भएको सुनाउँछन् ।’ यसले गर्दा आफूलाई नकारात्मक असर परिरहेको उनले सुनाइन् ।
नायिका झरना थापाले पनि करिब तीन वर्षअघि फेसबुक खोलेकी रहिछन्, आफ्नो वास्तविक नामबाटै । यसमा उनलाई भाइले सघाएका रहेछन् । अहिले उनको एकाउन्टमा तीन हजारभन्दा बढी साथी छन्, तीमध्ये केटा बढी । जानिसकेपछि त के थियो र ? आफ्नै नामबाट तीनवटा एकाउन्ट पुर्याइसकिछन् । भन्छिन् – फेसबुक फ्यानमध्ये श्रीमान् बूढो भइसक्यो, मसँग विवाह गरौँ भन्ने थुप्रै हुन्छन् । आई लभ युको पर्पोज त भाइरस जसरी आउन थालिसक्यो । त्यसो त अरु मानिसले आफ्नो नामबाट फेसबुक खोलेर जथाभाबी चलाइदिँदाको सास्ती उनले पनि नभोगेकी होइनन् । तर, अति भएकाले अब यसलाई सामान्य रुपमा लिन थालेकी छन् रे ?
नायक राजवल्लभ कोइरालाले चार वर्षअगाडि खोलेको फेसबुक बन्द गरेर फेरि अर्को एकाउन्ट खोल्न भ्याइसकेछन् । कम्प्युटर सम्बन्धमा अध्ययन गरेकाले सुरुमा आफैँले खोलेको र कुनै अप्ठेरो नलागेको सुनाए । तर, फोटो अपलोड गर्ने मामिलामा चाहिँ थोरबहुत अलमलिएकै रहेछन् । फेसबुकमा उनका करिब सात हजार पाँच सय साथीमध्ये केटी बढी छन् रे ? भन्छन्, म्यासेजमा केटी फ्यानमध्ये एक–दुई जनाले विवाह गरौँ भनेर दिक्कै लगाए, अति भएपछि फ्रेन्ड लिस्टबाटै हटाउन बाध्य भएँ ।’ उनका नामबाट पनि अन्य मानिसले फेसबुक नखोलेका होइनन् तर उनलाई चाहिँ खासै असर परेको रहेनछ ।
नायिका नन्दिता केसीले चाहिँ फेसबुकमा आफ्नो नाम केसी नन्दिता’ राखेर फेसबुक खोले रहेछिन् । उनले दुई वर्षअघि एकाउन्ट खोल्दा भाइ र बहिनीले सहयोग गरेकाले खासै अप्ठ्यारो बेहोर्नु परेनछ । अहिले उनको फेसबुकका करिब ४ हजार फ्रेन्डमा केटी बढी रहेको बताइन् । दिनमा १०–१५ जनाको फ्रेन्ड रिक्वेस्ट आइरहेको हुन्छ तर सबैलाई कन्फर्म गदिनँ, उनले बताईन् ।
गायिका इन्दिरा जोशी सेलेक्ट गरेर मात्र फ्रेण्ड रिक्वेस्ट कन्फर्म गछिनर्् रे ? त्यसैले उनका साथीहरु धेरै नभएको बताउछिन् । अहिले जोशिको करिव ४ हजार भन्दा बढि फ्यानहरु रहेको बताईन । एक वर्षअघि बहिनीको सहयोगमा फेसबुक खोलेको उनले सुनाइन् । च्याटमा खासै नबस्ने हुनाले प्रेमप्रस्तावको लफडा भने उनले झेल्नुपरेको छैन रे ? तर अन्य मानिसले खोलिदिएका फेसबुकका कारणले चाहिँ साह्रै झमेला बेहोर्नुपर्छ, भन्छिन्, धेरैले मै हुँ भनेर च्याट गर्दा रहेछन्, तर वास्तवमा त्यो म हुन्न ।’
निर्देशक दिनेश डिसीले फेसबुक खोलेको ६ वर्षको अवधिमा ५ हजार साथी बनाएछन्, तर केटी बढी । सुरुमा खोल्दा समस्या नपरे पनि पछि ह्याङ भएर तनाब दिएको उनले सुनाए । बिहान ६ बजे र बेलुका ९ बजेपछि च्याटमा बस्ने गरेको बताउँछन् । त्यसो त उनको नामबाट पनि अन्य मानिसले फर्जी एकाउन्ट चलाएका रहेछन् । यसले चाहिँ साह्रै समस्या पारेको छ, उनले भने ।
चार वर्षअघि फेसबुक एकाउन्ट खोलेकी नायिका बिनिता बरालका साथी फेसबुकमा ५ हजार भन्दा बढि फ्यानहरु नअटेपछि अर्को अकाउन्टपनि खोलेको बताईन् । दैनिक एक–दुई घन्टा चलाउँदा नयाँ अपडेट गरिहाल्दी रहिछन् यी चपली हाइट गर्ल । उनलाई विवाह र सेक्ससम्बन्धी म्यासेज बढी आउँछन् रे । त्यस्ता म्यासेजलाई धन्यवाद लेखिँदिँदा फ्यानहरले झन् कामुकता देखाउने गरेको सुनाउँछिन् ।
गायक प्रमोद खरेलले पनि आफ्नो फेसबुक आफैँ खोलेका रहेछन् तर दुई दिनको अवधिमा १० पटक प्रयास गर्नुपरेछ । अहिले पाँच हजारभन्दा बढी साथी बनाएका उनको फ्रेन्ड लिस्टमा केटी नै बढी रहेछन् । राम्ररी बुझेर मात्र फ्रेण्ड रिक्वेस्ट कन्फर्म गर्ने सुनाए यी गायकले । ‘तर मेरो नाममा अरले एकाउन्ट खोलिदिँदा समस्या भोग्नुपरेको छ, उनले सुनाए ।
चार वर्षअघि आफ्नै प्रयासले फेसबुक खोलेकी नायिका नम्रता श्रेष्ठचाहिँ च्याटमा फ्यानसँग कुरा गदिर्नन् रे ? म्यासेजमा खासै नराम्रा पोस्ट पनि आएका छैनन् रे ? तर अन्य मानिसले उनको फोटो र नाम राखेर मनलागी चलाइदिने फेसबुकले भने हैरानै पारेको रहेछ । भन्छिन्, यिनै कारणले मलाई फेसबुक नै नचलाऊँ जस्तो लाग्छ ।
लवस्टोरी
–विकास आचार्य, चलचित्र लेखक र निर्देशक
प्रस्तुति : विशाल राई
बाल्यकालमा म अलि चन्चले थिएँ । अर साथीभन्दा भिन्न स्वभावको मानिन्थेँ । हिँड्न, बोल्न र केही बुझ्न सक्ने उमेरमा पुगेपछि समवयीहरको लहरमा मिसिएर म पनि स्कुल पुगेँ । उति बेला स्कुलमा कमै केटीहर पढ्थे । किशोरावस्थाअघिका ती दिनमा विपरीतलिंगीय आकर्षण र प्रेमका कुरा सोचाइमै आउँदैनथे । कक्षा उक्लने क्रमसँगै किशोरावस्था पनि आयो । स्कुलमा केटीसाथीहर केही मात्रै थिए । तर, त्यो बेलाको सामाजिक मान्यता अहिलेभन्दा निकै कडा थियो । कसैलाई आँखा लगाउने वा प्रेमका नजरले हेर्ने साहस गरिएन । अथवा भनौँ, सोच्दा पनि सोचिएन । कुनै केटीसँग हिँड्नु त के, बोल्दा पनि समाज छड्के नजर लगाइहाल्थ्यो ।
हुन त समाजको त्यो पहरेदारीका केही सकारात्मक पक्ष पनि थिए । उति बेलाको मायाप्रेममा अहिलेजस्तो विकृति थिएन । अनि प्रेम गर्नु आफैँमा ठूलो साहसजस्तो थियो । यसैकारण स्कुले जीवनमा मेरो कसैसँग लभ परेन । फेरि त्यतिबेला व्यक्तिले समाजलाई हेर्ने दृष्टिकोण पनि सम्मानजनक थियो । प्रेमका नाममा अहिलेजस्तो उच्छृंखल गतिविधि थिएन । हुन त मेरा केही साथी समाजको परिधि नाघेर स्वार्थी माया गाँसिरहेका हुन्थे । मैले चाहिँ त्यस्तो चक्करमा फस्ने सोच कहिल्यै बनाइनँ ।
कक्षामा केटा एकातिर हुन्थे, केटीहर अर्कोपट्टि । सीधा नजरले केटीहरतिर हेर्न पनि डर लाग्ने । केटीहर पनि अहिलेजस्तो उच्छृंखल कहाँ थिए र ? त्यस बेलाको टोल आफैँमा परिवारजस्तो हुन्थ्यो । गाउँभरिका मान्छे बडाबाउ, काकाकाकी, नानादाजै भनेर पुकारिन्थे । उनीहरको मानमनितो राखिन्थ्यो । अहिलेजस्तो कसैको वास्तै नगरी दिउँसै हात बाँधेर केटाकेटी किस गर्दै हिँड्ने चलन थिएन । पूरै गाउँ घरजस्तो हुन्थ्यो, अनि गाउँका मानिस परिवारका सदस्य । गाउँभित्र कसैको प्रेमप्रसंग सुनिनुले राम्रो अर्थ राख्दैनथ्यो ।
यसो भन्दैमा प्रेमभावना नै उत्पन्न नहुने त कहाँ हो र ? यत्ति हो ती भावनाहरलाई समाजको मर्यादा उल्लंघन हुने गरी कार्यान्वयनचाहिँ गरिएन । मेरा प्रेमभावहर सरल किसिमका छन् । म आफ्ना चलचित्रहरमा पनि त्यस्तै भावना व्यक्त गराइरहेको हुन्छु । जस्तै– प्रेममा पवित्रता जरुरी छ । आटिफिसिर्यल प्रेममा प्रेमीप्रेमिकाले जुनको ज्योति टिपेर ल्याइदिन्छु भन्छन् रे ? तर त्यसलाई प्रेम नभएर घृणाका रपमा विश्लेषण गर्छु म । म त प्रेममा सरलता, सौम्यता र यथार्थ मन पराउँछु । जस्तो मेरै चलचित्रको गीत–
जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिनँ म,
सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिनँ म,
म त सक्ने कुरा गर्छु, भन तिम्रै लागि मर्छु,।’
वास्तविक जोडीहरको प्रेम यस्तै साँचो अनि सत्य हुन्छ । जहाँ प्रेमीप्रेमिकाले एकअर्कोलाई मात्र देख्छन् । एकअर्कोमा आत्मादेखि समपिर्त हुन्छन्, आपसी अस्तित्वमा विलय हुन्छन् । मेरो यही भावना चलचित्रमा गीत बनेर पोखिएको छ–
तिमीलाई मात्र देख्छ मेरो दृष्टि,
तिमी छयौ र छ नि आकाश धर्ती…।
यसखाले भावना अन्तरंगबाट उत्पन्न भएकाहर साँच्चै वास्तविक प्रेममा डुबेका हुन्छन् । त्यहाँ कुनै व्यक्तिगत स्वार्थ रहँदैन । त्यो समर्पण आत्मीयताको चरमविन्दुमा पुग्दा उनीहरका भावना मैले चलचित्र ‘रिदममा’ राखेको यो गीतका शब्दजस्तै हुन्छन् :
पागल म बन्न सक्छु, सक्दिनँ तिमीलाई भुल्न
म मृत्यु रोज्न सक्छु, सक्दिनँ अर रोज्न ।
म आफ्ना चलचित्रमा प्रेमका नाममा कुनै पनि खाले उच्छृंखलता पस्किन्नँ । तर, अहिले माया सस्तो विषयवस्तु बन्न थालेको छ । दुई रातको प्रेमलाई वास्तविक प्रेमको परिभाषाभित्र जबर्जस्ती लाद्न खोजिएको पाइन्छ । म आफ्ना चलचित्रलाई चाहिँ सकेसम्म यस्ता विकृतिबाट जोगाउँछु । त्यसैले म गीतमा पनि अश्लीलता होइन, शालीन सौन्दर्य र शृंगारिकतालाई प्रश्रय दिन्छु । माथिका गीतहर मेरै भावनामा लेखाइएका हुन् ।
०००
अहिलेको जमानाको माया यति कमजारे हुँदो रहेछ कि ओइलाउन एकक्षण पनि नलाग्ने । जबकि कोमलभन्दा कोमल फूल ओइलाउन पनि २४ घन्टा त कम्तीमा लाग्छ । फूलभन्दा चाँडो ओइलाउने सम्बन्ध पनि कतै माया हुन्छ ? त्यो त स्वार्थ नै हो पक्कै । नत्र त आथिर्क, सामाजिक परिवर्तन हुन सक्ला, रपमा माया पनि केही परिवतिर्त देखिएला । तर, त्यसको सारगत पवित्रता कहिल्यै बदलिन सक्दैन ।
यस्तै शालीन भावनाहर बढी भएकाले हो कि के हो, मचाहिँ बिहेका मामिलामा अलि ढिलै भएछु । आजभन्दा ७ वर्षअघि ४३–४४ वर्षको उमेरमा मेरो बिहे भयो । परिवारले मागिदिएकी केटी । नाम कविता । सामाजिक रीतिअनुरप नै उनको सिउँदोमा सिन्दूर हालेँ । दुवैतिरका परिवारको उमंग र उत्साहबीच हामी वैदिक रपमा एक भयौँ । तर, यो सम्बन्ध लामो समय रहन पाएन, करिब ६ महिनामै हाम्रो डिभोर्स भइहाल्यो । डिभोर्सको मुख्य कारण विचार नमिल्नु रहेछ । वैवाहिक सम्बन्धको रथले लामो यात्रा कायम गर्न नसक्नुको मुख्य कारणै वैचारिक बेमेल रहेको मैले बुझेँ । सम्बन्धित व्यक्तिका विचार अनि स्वभावहर आफ्ना लागि जीवनपर्यन्त हुने खालका छन्रछैनन् भन्ने नबुझी गरिएको बिहे त केवल परिबन्ध मात्रै रहेछ । त्यसैले म मेरो जिन्दगीको दोष अर कसैमाथि थोपर्न चाहन्नँ ।
वास्तवमै उखान सही रहेछ– भावीले छैटीमा लेखिदिएको भन्दा बढी पाइँदैन । मेरो हकमा चाहिँ ‘तेरो बिहे हुँदैहुँदैन, भए पनि सफल हुँदैन’ भनेर लेखिदिएको रहेछ क्यारे । सायद म भावीको लेखाविपरीत गएँ, त्यसैले उनीसँगको सम्बन्ध सोचेजस्तो भएन । देख्न सकिने स्पष्ट कारण खासै केही थिएन । सायद हामी दुवैलाई थुप्रै कुराको आ–आफ्नै खाले अभाव थियो । कसैको १४–१५ वर्षको उमेरमै विवाह हुन्छ, कसैको ३०–३५ वर्षमा । म अलि लेट नै भएको थिएँ । यसको कारण पनि म लेखान्तलाई नै मान्छु । त्यसैले त कसैलाई दोष दिन चाहन्नँ । अहिले लाग्छ– मेरो वास्तविक प्रेमिका कुनै मानवशरीर होइन, चलचित्र क्षेत्र रहेछ । छैटीले नै ‘तैँले चलचित्रक्षेत्रलाई नै आफ्नी प्रेमिका मान्नु, उसैलाई माया गर्नु भनेर लेखिदिएको रहेछ । विवाह टुटेपछि यो कुरा झन् राम्ररी बुझेको छु । अब यही प्रेमिकासँग रमाउँदै म जीवन बिताउन चाहन्छु । र, यो प्रेमिकाको मायामा चुर्लुम्म डुबिसकेको पनि छु । यसैले मलाई बचाएको छ । यही मायामा हराइरहेको छु ।
डिभोर्सपछि मैले बनाएका ‘नाइँ नभन्नु ल,’ ‘म तिम्रो भइसकेँ’ र ‘रिदम’ सम्म आइपुग्दा म व्यक्तिप्रेमबाट धेरैमाथि राष्ट्रप्रेमसम्म आइपुगेको छु । मायाको दायरा फराकिलो हुँदै गएको छ । म चलचित्रक्षेत्रको मायामा यसरी डुबेको छु कि अर कुनै परीको आवश्यकताबोध भएको छैन । विगतका पल त अब अतीत भइसके । विगतकी प्रेमिका सम्झिए अहिलेकी मेरी चलचित्र–प्रेमिका रिसाउलिन् । फेरि उनीप्रतिको माया कम होला कि भनेर डर पनि लाग्छ । विगतको माया सम्झिएर बिलौना गरे वर्तमानको मायालाई अन्याय गरेको ठहरिन्छ । यो मायामा यसरी फसेको छु, पागल प्रेमी नै भइसकेँ । यो सम्बन्ध कसैले टुटाउन सक्दैन ।
आफ्नो अनुभव मात्र नभएर आक्रोश, मायाप्रेम, दया, सद्भाव, राष्ट्िरयता, समाजिकता सबै कुरा चलचित्रमै पोख्छु । उसैसँग सेयर गर्छु । किनकि उसँग मेरो भावना मिल्छ । जोसँग मन मिल्छ, उसैसँग जीवन बिताइन्छ । नकारात्मक पक्षलाई पनि सकारात्मक किसिमले हेर्नुपर्छ । बितेका हरेक पलबाट सकारात्मक कुरा टिपेर राखिरहेको हुन्छु म । छोटो वैवाहिक जीवनले पनि मलाई थुप्रै सकारात्मक अनुभूतिहर दिएको छु । कवितासँग बिताएका सबै पल मेरा लागि ज्ञानको ज्योति हुन् । मलाई आजको सफलता देखाउन ती पलहरले महत्त्वपूर्ण योगदान गरेका छन् ।

–जीपी तिमल्सिना , भिजे लवस्टोरी
०५४ सालतिरको कुरा हो, नेपाल टेलिभिजनबाट म्युजिक प्लस कार्यक्रम आउथ्यो । म त्यो कार्यक्रमको प्रोड्युसर, डाइरेक्टर तथा भीजे थिए । दुई भीजेमध्ये एक केटी राखिन्थ्यो । करिब ५० एपिसोडपछाडि मलाई भीजेको अभाव भयो । त्यस बेलासम्म काम गरिरहेका बहिनीहरु अध्ययनका सिलसिलामा बाहिर जाने भए । मित्र आलोक नेम्वाङलाई भने–‘मलाई म्युजिक प्लसका लागि एउटी भीजे चाहियो, के गर्ने होला । आलोकले भनेका थिए –‘मिस पोखरामा सहभागी भएकी एउटी केटी छन्, उनले काम गछिनर्् कि ! एकचोटि भेट न त ?
सन् २००० जनवरी १९ का दिन म ती केटीलाई भेट्न इमेज टेलिभिजन गए । आलोक त्यही काम गर्थे । भित्र छिर्नासाथ एउटी स्मार्ट केटी देखे, राम्रि पनि त्यत्तिकै । एकअर्काका अगाडि पर्नासाथ हाम्रो आखा जुध्न पुग्यो । केही समयपछि आलोक त्यही आइपुगे । तिनै रहिछन् उनले भनेकी भीजे । परिचय गराइदिए– ‘यिनी हुन् उशा खड्गी ? उनैलाई म्युजिक प्लसमा लिए । कार्यक्रम म्युजिकसम्बन्धी भए पनि उनलाई सांगीतिक क्षेत्रबारे उति थाहा रहेनछ । सुरुको प्रस्तुति देख्दा उनमा कार्यक्रम संचालन गर्नसक्ने खुबी थिएन । तर, सिकाउदै जाादा विस्तारै राम्रो गर्न थालिन् । कार्यक्रमका एपिसोडसगै हाम्रो सम्बन्ध पनि साथसाथ बढिरहेको थियो । नजिकका साथीजस्ता बनिसकेका थियौा । मलाई उनीसागको सान्निध्य अनि व्यवहार फूलजस्ता लाग्न थालेको थियो । सायद म उनलाई साथीबाट बढेरै मन पराउन थालिसकेको थिए । आपसी व्यवहारहरुमा आत्मीयताको स्तर केलाउन थालेको थिएा । प्रस्टै थियो –म ती व्यवहारहरुमा प्रेमको सुगन्ध अनुभूत गर्न चाहिरहेको हुन्थो । म उनका शब्दहरु कानले होइन, हृदयले सुन्न थालेको थिएा ।
त्यही १४ फेव्रुअरिको भ्यालेन्टाइन डेलाई फोकस गरेर मैले एउटा नाटक तयार गरेको थिएा । त्यसको एउटा पात्र उनलाई पनि बनाएा । मैले उनलाई प्रेमप्रस्ताव गर्दै गुलाफ दिनुपर्ने सिन थियो, एउटा । उनका हातमा गुलाफ दिादै गर्दा म थकथकाइरहेको थिएा– ‘कास यो नाटकमा नभएर वास्तविक जीवनमै हुन्थ्यो ?’ म नियालिरहेको थिएा, उनको हातको त्यो गुलाफ अनि अनुहारको भंगिमा । छायांकन सकिएपछि पनि त्यो गुलाफ उनले हातमै लिइरहिन्, अनि हेरिरहिन् निरन्तर । मेरो मनै उज्यालो भयो । जिस्क्याएजस्तो गरेर दाउ छोपो –भ्यालेन्टाइन डेका दिन पनि तिमीलाई यसैगरी रोज दिनुपर्छ के हो, हाम्रो त लभ पर्लाजस्तो लाग्यो मलाई ? प्रतिकृया सुनेर उनको मनमा मप्रतिको धारणाा जााच्न चाहन्थो म । तर, उनी सिरियस मात्रै भइन् ।
०००
३८ वर्ष अघि रौतहटको चन्द्ररनिगाहपुरमा जन्मिएको म । साधारणा परिवारको सदस्य, मेरो बाल्यकाल पनि सामान्य तरिकाले नै बित्यो । स्कुले जीवनमा सधौ अध्ययनकै पछाडि लागियो, लभ गर्ने चलनै थिएन । गर्लफ्रेण्ड त के, बेस्टफ्रेण्ड समेत बनाइएन उस बेला । कलेज लाइफको पनि कुरो उस्तै, कुनै केटीसाग मन बसेन । म बच्चै छादा बुबा र उहााका साथीले मतिर हेरेर ठट्टा गरेको सुन्थो – तिम्रो छोरा र मेरो छोरीको बिहे गरिदिनुपर्छ कि कसो रु लजाउथो । तर त्यो उमेरमा म प्रेम, विवाह र विपरीत लिंगीय सम्बन्धबारेको कुनै भेउ पाउादैनथो । कुनै केटीसाग नजिकिऊा, प्रेम गरु भन्ने चाहनै पनि थिएन । बरु साथीहरु तालाई फलानी केटीले मन पराउाछे रे भनेर सुनाउाथे । म सुनेको नसुन्यै गरिदिन्थो । तर, समय र संयोगले विस्तारै मान्छेको मनमा प्रेमको टुसो पलाउन थाल्दो रहेछ । दृष्टिमा ठोक्किन आइपुग्ने अनेकौं दृष्टिहरुका बीच कुनै दृष्टि यस्तो पनि हुादो रहेछ, जसले सीधै हृदयमा प्रेमबाणा हान्दो रहेछ । अनि मनले आफौलाई आदेश दिादो रहेछ –‘आई लभ यू भन् ।’ उशासागको भेटपछि मेरो पनि अवस्था यस्तै थियो ।
०००
धापासीस्थीत सहन्सा होटेलमा भ्यालेन्टाइन डेका अवसरमा विशेष कार्यक्रम थियो । त्यसको निम्तो मलाई पनि थियो । उषालाई पनि साथै लैजाने बहाना खोजिरहेको थिएा । फोन गरे –तिम्रो ब्वाइफ्रेण्ड छ कि छैन ? उनले छैन भनिन् । मेरो पनि गर्लफ्रेण्ड छैन, भ्यालेन्टाइन डेको एउटा कार्यक्रमबाट निम्तो आएको छ, जाने हो त ? जाने भए मलाई बेलुकी फोन गर न । उनी मसाग जान तयार भइन् ।
कार्यक्रममा हामी फस्र्ट कपलका रुपमा पुगेछौा । त्यो प्रेममय माहोलमा पस्नेबित्तिकै हामीलाई गुलाफको फूलले स्वागत गरियो । यद्यपि हामी घोषित प्रेमीप्रेमिका बनिसकेका थिएनौ । त्यो माहोलले मलाई झन् उनीप्रति तानिरहेको थियो । कार्यक्रमको बीचतिर आाट गरो । अब सीधै भन्नुपर्छ, नो लेफ्ट नो राइट, नत्र पछि परिन्छ भन्ने लाग्यो । भूमिका बााधेर सोधिहाले – हेर, यो माहोलले त मलाई भन्न जरुरी नै बनायो, म सही छु या गलत, थाहा छैन तर तिमी मलाई असाध्यै मन पछर्यौ । मेरो लाइफ पार्टनर बन्छयौ ? उनी केही नबोली लजाउन थालिन् । शुभ संकेत देखेपछि मेरो फुर्ती झन् बढ्यो – तिमीले जवाफ नदिएसम्म म पनि तिमीलाई आज घरै लैजान्ना के ? म उनको साथलाई सकेजति प्रेमिल बनाउने कोसिस गरिरहेको थिएा । कार्यक्रममा उनलाई मन पर्ने गीतहरु अफर गरेर गाउन लगाएा । अब विस्तारै उनी पनि मप्रति मायालु व्यवहारहरु दर्साउन थालिन् । केही समयपछि भनिन् – म पनि माया गर्छु । मेरो खुसीको सीमा रहेन । के गर्नु गर्नु भयो ? उनलाई घर लगेर छोडिदिएा । फर्केर कोठामा आएपछि त्यो रात म त निदाउनै सकिना ।
त्यही वर्ष मिस नेपाल प्रतियोगिता हुनेवाला थियो । उनले पनि सहभागिता जनाउने इच्छा देखाएकी थिइन् । सुरुमा त मैले उनलाई भाग नलिन आग्रह गरेको थिएा । उनको मायामा म स्वार्थी भएको थिएा । आशंका थियो –‘त्यसपछि कतै मलाई छोडेर टाढा जाने पो हुन् कि ?’ हुन त यो प्रेमप्रस्ताव गर्नुभन्दा अघिको कुरा थियो । प्रस्ताव स्वीकारिसकेपछि भने ढुक्क हुन पाएको थिएा , उनलाई भाग लिन आग्रह गरो । त्यसका लागि आवश्यक सपोर्ट गरिरहो । आफूले जानेका कुराहरु सिकाएा । अघिल्ला चरणाहरुमा राम्रै सम्भावना देखाएपछि उनैले जित्ने आशा प्रबल हुादै गएको थियो मभित्र । फाइनल राउन्ड हेर्नचाहिा म पनि पुगो । कार्यक्रममा हामीले सागै नृत्य पनि गरेका थियौा । लामो पर्खाइपछि विजेता घोषित गरियो– यस वर्षकी मिस नेपाल उषा खड्गी भनेर । मेरो हर्षको सीमा थिएन । तर, तत्काल एउटा समस्या पनि थियो । उनको गाडी थिएन, मसाग एउटा मोटरसाइकल मात्र थियो । उनका बाबाममीहरु पनि त्यहाा आउनुभएको थियो । हिजोसम्म नीलो टेम्पु चढेर हिाड्ने उनी अब सेलेब्रिटी हुादै थिइन् । म सोचिरहेको थिएा – यो अवस्थालाई अब कसरी व्यवस्थापन गर्ने होला ? प्रतियोगिता सकिएपछि उनी दौडादै आएर मलाई हग गरिन् । उनलाई बाइकमा राखेर घर पुर्याइदिएा ।
मिस नेपाल भइसकेपछि हाम्रौ सम्बन्ध झनै नजिकियो । म उनलाई गार्जेन जसरी आवश्यक गाइड पनि गर्थें । म्युजिक प्लस कार्यक्रम २०५८ सालमा बन्द भएपछि म म्युजिकभिडियो निर्देशनतिर लागो । उनीचाहिा च्यानल नेपालमा काम गर्न थालिन् । समय बितिरहेको थियो । दुवैको परिवारबाट प्रेसर आउन थालेपछि हामीले बिहे गर्ने निधो गर्यौा । २०५९ वैशाख २६ गतेका दिन हाम्रो लगन जुर्यो । दुवै परिवारका माझ दक्षिणाकाली मन्दिरमा विवाह भयो । म बाहुनको छोरो, उनी नेवार भएकाले दुवैलाई मिल्ने विधिअनुसार हाम्रो बिहे भयो ।
उनी मिस नेपाल भएपछि हाम्रो सम्बन्ध अप्ठेरो मोडमा पुग्ने हो कि भन्ने लागिरहन्थ्यो मलाई । तर, उषा मैले सोचेभन्दा पनि धेरै माथि रहिछन् । विवाहपछि त हाम्रो सम्बन्ध थप सुमधुर हुादै गयो । शब्दमा उतार्नै सक्दिना यी अनुभूतिहरु । मभन्दा पााच वर्ष कान्छी उनी, केही कुरा मैले बढी जानेको हुाला । तर, मलाई बुझ्न सक्ने संसारमा उनै मात्र हुन् । लोग्नेस्वास्नीबीच अलिअलि ठाकठुक त परी नै हाल्छ । बच्चाको हेरविचार गर्ने कुरालाई लिएर कहिलेकाहीा सानोतिनो भनाभन चल्थ्यो । तर, एकअर्कालाई सम्झाउने तरिकाले । धेरथोर ठाकठुक अहिले पनि नचल्ने होइन । तर, कहिलेकाहीाको यस्तो ठाकठुकले सम्बन्ध झन् सुमधुर बनाउादो रहेछ, हामी दुवैले बुझेका छौा । विवाहको डेढ वर्षपछि छोरी उगेस्ना जन्मिइन् ।
मलाई हाम्रंो सम्बन्ध प्रकृतिले नै दिएको वरदानजस्तो लाग्छ । ब्यालेन्स मिलेको रथजस्तो । भ्यालेन्टाइन डेबाटै हाम्रो प्रेमजीवनको सुरुआत भएकाले हरेक भ्यालेन्टाइन विशेष किसिमले मनाउाछाै हामी ।
प्रस्तुति :– विशाल राई
काठमाडौ । स्वर्गिय वरिष्ठ सृष्ठा गायक, गितकार तथा संगितकार गोपाल योञ्जनको १६ औ स्मृति सभामा शनिवार सुम्निमा कल्चर एकेडेमि ललितपुरमा बालकृष्ण सुब्बा र सागर राई संसारको मनको आशा नामक आधुनिक गिति संग्रह विमोचित भएको छ । कार्यक्रमका प्रमुख अतिथि दिप श्रेष्ठ र विशिष्ठ अतिथि संगितकार शान्तिराम राईले सामुहिक रुपमा एल्वमको विमोचन गरेका थिए ।
सुम्निमा कल्चर एकेडेमिको आयोजनामा आयोजिक स्मृति सभा कार्यक्रममा बोल्दै संगितकार शान्तिराम राईले एल्वम मनको आशाको बारेमा समिक्षात्मक टिप्पणि राखेका थिए । एल्वमको बारेमा बोल्दै संगितकार शान्तिराम राईले भने :– ‘एल्वमका गितहरु सुन्दा कुनै नव कलाकारको स्वर सुने जस्तो लाग्दैन । गितमा रहेको नोटहरु सुन्दा लाग्छ परिपक्क स्वर भएको स्थापित कलाकारले गायको गित जस्तो लाग्छ ।’ संगितकार राईले दुई गायकदयहरु बालकृष्ण र सागरलाई सुभकामणा प्रदान गर्दै, सुम्निमा कल्चर एकेडेमिको सम्पुर्ण संगितका विद्यार्थिहरुकै सफल्ता भएको बताए । भने :– मनको आसा एल्वम व्यावसायिक संगै नया किसिमको बनेकाले दर्शक श्रोताहरुमा लोकप्रिय हुनेमा कुनै शंका छैन । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि दिप श्रेष्ठले दुबै गायकहरुलाई सुभकामना प्रदान गरे । पछिल्लो पुस्ताका सम्भावना बोकेका कलाकारको रुपमा लिएको छु श्रेष्ठले टिप्पणि गरे । एल्वमका दुबै कलाकारहरु बालकृष्ण सुब्बा र सागर राई संसार सुम्निामा कल्चर एकेडेमिका विद्यार्थिहरु हुन् ।
एल्वम विमोचन कार्यक्रममा बोल्दै गायक सागर राई संसारले म्युजिकमा नया किसिमले दर्शक श्रोताहरुलाई मनोरञ्जन दिने उद्धेश्यले एल्वम मनको आसा ल्याएको बताए । गायक सागरकै भनाईमा अर्का गायक बालकृष्णले सहमति जनाउदै संगित भनेको फलामको चिउरा चपानु सरह भएको बताए । भने :–साङ्गितिक क्षेत्रमा लागेको करिव ९ वर्षपछि मात्र एल्वम ल्याउनको पाएकोमा खुसि छु । क्लासिक रुपमा धेरै अध्ययनपछि मात्र एल्वम ल्याउन सकेको सुब्बाले अतितलाई ब्युझ्याए । गायक सुब्बा २०६९ को सुम्निमा आईडलको फस्ट रनरअपपनि हुन् । दुबै गायकहरुले मण्डल साङपाङ र कैलास साङ्पाङसंग म्युकिको विद्यार्थि हुन् ।
ओपेरा म्युजिकको प्रस्तुतिमा बजारमा आएको एल्वममा पाच गित समावेश गरिएको छ । धेरै बाच्नु छैन मलाई बोलको गितलाई गायक बालकृष्ण सुब्बाले गायका छन् भने मण्डल साङ्पाङको संगित तथा राम बस्नेतको शब्द रहेको छ । त्यस्तै कता कता देखे जस्तो बोलको गितलाई गायक सागर राई संसारले गायका छन् भने विजय अश्मिन राईको संगित तथा गोपालचन्द्र राईको शब्द रहेको छ । त्यस्तै तर्कितर्कि बोलको गितलाई बालकृष्णले गायका छन् भने मण्डलकै शब्द संगित रहेको छ । मनको कुरालाई सागरले गायका छन् भने राजन लिम्वुको शब्द तथा संगित रहेको छ। हिङलेमाल्ले बोलको गितलाई बालकृष्णले गायका छन्, भने बालकृष्णकै संगित रहेको छ भने यादन शेर्माको शब्द रहेको छ ।
कलाकारको अध्ययन रहस्य
नायिका जिया केसी पनि साहित्यिक पुस्तकहर पढिरहने सुनाउँछिन् । उनलाई सबैभन्दा मन परेको पुस्तकचाहिँ कुन होला त ? अनकनाउँदै भनिन्– कामना । उनलाई कामना साहित्यिक पुस्तक नभएर सिनेमासिक भएको बुझाइयो । केही कुरो बिग्रिएजसरी झटपट उनले उत्तर फेरिन्– ‘होइन–होइन, मुनामदन ।’
–विशाल राई
काठमाडौँ, ७ साउन । फुर्सदको समय कसरी बिताउनुहुन्छ ? यो प्रश्न कुनै नेपाली कलाकारलाई सोधे प्राय :ले भन्छन्– पत्रपत्रिका वा पुस्तक पढेर । तर, पनि नेपाली कलाकारहरलाई आरोप लाग्छ– उनीहरु अध्ययन गर्दैनन्, त्यसैले बौद्धिक पनि हुँदैनन् । भन्नचाहिँ उनीहर कथा वा उपन्यास विधाका पुस्तकहर पढिरहन्छु भन्छन् । तर, ती पुस्तकको विषयवस्तु वा अन्य डिटेल सोधियो भने या त टाउकोमा हात राखेर अनकनाउन थाल्छन्, या त अहिले बिजी छु भन्दै फोन काट्छन् । यद्यपि पछिल्लोचोटि विभिन्न विधाका पुस्तक अध्ययन गर्ने कलाकार नबढेका भने होइनन् ।
नवनायिका जिया केसी पनि साहित्यिक पुस्तकहर पढिरहने सुनाउँछिन् । उनलाई सबैभन्दा मन परेको पुस्तकचाहिँ कुन होला त ? अनकनाउँदै भनिन्– कामना । उनलाई कामना साहित्यिक पुस्तक नभएर सिनेमासिक भएको बुझाइयो । केही कुरो बिग्रिएजसरी झटपट उनले उत्तर फेरिन्– ‘होइन–होइन, मुनामदन ।’ उनले आफ्नो भनाइलाई सत्यता दिलाउने प्रयास गरिन्– ‘मुनामदन पढ्दा मलाई अदृश्य रपमा यौनअनुभूति प्रकट भएको थियो ।’
नायिका रेखा थापाले अहिलेसम्म लगभग सातवटा पुस्तक अध्ययन गरेको सुनाइन् । तीमध्ये विचारका स्वरहर उनलाई अधिक मन परेको रहेछ । त्यसका लेखकको नामचाहिँ उनलाई थाहा रहेनछ । ‘यो पुस्तकले मान्छेको विचार र लक्ष्य नकारात्मक हुने कुरालाई जोड दिएको छ, मान्छेले मान्छेलाई नचिन्ने अवस्था बढ्दै गइरहँदा मान्छेसँग मान्छेको जस्तो व्यवहार गर्न सन्देश दिएको छ’, उनले प्रस्ट्याइन् । ती सातै पुस्तकको नाम बताउन भन्दा उनले व्यस्तता देखाएर टार्न खोजिन् । भनिन्– ‘सबै नाम भन्न जरुरी पनि त छैन नि ? ’
अध्ययनमा बढी लगाब राख्ने कलाकारका रपमा चिनिएका नायक राजवल्लभ कोइराला आफूले पढेका थुप्रै पुस्तकमध्ये ब्राजिलियन राइटर पावलो कोहेलोको द अल केमिस्ट मन परेको बताउँछन् । यो पुस्तकले सपनालाई पन्छाएर परिवर्तनका लागि ऊर्जा प्रदान गर्ने उनले बुझेका रहेछन् । अहिले चाहिँ कोहेलोको उपन्यास ब्रिडा अध्ययन गरिरहेको सुनाए । पढेका मध्ये सात पुस्तकको नाम लिनुपर्दा उनी यसो भन्छन्– ‘डा. योगानन्दको आत्मकथा, खलिल जिब्रानका द ब्रोकन विङस, द प्रोफेट, अ डियर स्माइल, रोबिन शर्माको द मंक हु सोल्ड हिज फेरारी, कोहेलोको इलेभन मिनट्स, रोन्दा ब्राइनको द सिक्रेट र जगदीश घिमिरेको अन्तर्मनको यात्रा ।’ उनी विदेशी लेखकका पुस्तक बढी पढ्दा रहेछन् ।
नायिका सुमीना घिमिरे भने मेक्सिम गोर्कीको आमा मात्र पढेको सुनाउँछिन् । तर, लेखकको नाम उनी ‘गोर्खे’ बताइरहेकी थिइन्, पात्र पनि थाहा रहेनछन् । ‘यसका डाइलगहर सेन्टिमेन्टल किसिमका भएकाले मन पर्यो’, उनले भनिन् । पाठ्यपुस्तकमै बढी खट्नुपरेकाले बाहिरी पुस्तक अध्ययन गर्न नपाएको उनी सुनाउँदै थिइन् ।
चपली गर्ल विनीता बरालले अहिलेसम्म १ सयभन्दा बढी पुस्तक पढिसकेकी छन् रे ? महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन सबैभन्दा मन पर्ने बताइन् । ‘यो पुस्तकले मानवीय धर्म अनि दायित्वलाई प्रबल रपमा प्रस्तुत गरेको छ’ भनिन् । मन परेका अन्य पुस्तकको सूची यसरी सुनाइन्– ‘तसलिमा नसरिनको मेरो संघर्ष, पावलो कोहेलोको द अल केमिस्ट, किशोर नेपालको शहरको कथा, नारायण वाग्लेकोपल्पसा क्याफे, कुसुम शर्माको आगोको यात्रा, चेतन भगतको द थ्री मिस्टेक्स अफ माइ लाइफ र सरुभक्तको पागल बस्ती ।’ तर यी सबै पुस्तकका लेखकको नाम र थिम बताउन भने उनलाई पनि अप्ठ्यारो पर्यो । भनिन्– ‘बिसिर्एछु ।’
नायिका नन्दिता केसीले अहिलेसम्म ५ पुस्तक अध्ययन गरेको बताइन् । ‘यीमध्ये झमक घिमरेको जीवन काँडा कि फूल साह्रै मन पर्यो’, उनले भनिन्– ‘यसबाट जस्तोसुकै अवस्थामा पनि जीवन बचाउन सकिने सन्देश लिएकी छु ।’ तर, अन्य चार पुस्तकको नाम भने उनले छेउछाउसम्म पनि पुर्याउन सकिनन् ।
रेवत राई – गायक
विशाल राई
काठमाडौ । साङ्गितिक क्षेत्रलाई पछिल्लो समयमा रियालिटिसोका उत्पादनहरुले निक्कै मद्धत पुर्याएको छ । र साङ्गितिक क्षेत्रलाई रियालिटिसोका कलाकाहरुले व्यावसायसायिकता धानेकापनि छन् । त्यस्तै पछिल्लो समय रियालिटिसो बाटै चर्चामा रहेका गायक रेवत राई साङ्गितिक कार्यक्रहरुमै व्यास्त रहेका छन् ।
एउटा तितो यथार्त, नेपालि रियालिटिसोमा सहभागि भएका कलाकारहरु प्रथम हुनेहरुको संख्यामा टप ५ भित्रका कलाकाहरु अगाडि देखिन्छन् । गायक रेवत राईपनि रियालिटिसो खोजिप्रतिभाको फाइनल चरणका उत्पादन हुन् । उनि खोजिप्रतिभाको सिजन २ मा चौथो स्थान हासिल गरेका थिए । त्यस्तै उनले पहिलो खोटाङ तारा प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका थिए । यस संगै गायक राईले नेपालि तारा, साउथ एसियन स्टार, सिङ्गिङ स्टार, म्युजिक आईकन, इमेज च्यानलद्धरा प्रसारित युगल गायन प्रतियोगितामा टप ४ र खोटाङ जागरण साङगितिक प्रतियोगिताहरुमा सहभागि गरेका थिए ।
साङ्गितिक क्षेत्रमा २०६१ सालदेखि हात हालेका गायक राईले गायन सुरुवाति गर्दाताकाको क्षण निकै कस्टकर रहेको बताए । तरपनि पछिल्लो समयमा दुखसंगै व्यावसायिकता तिर संगित ढल्कदै गएकाले राम्रै भईरहेको बताए । गायक राई यस संगै इलाहाबाद सास्त्रिय संगितको पाचौ वर्षमा अध्ययनरत तथा नेपाल ललितकला क्याम्पसमा व्याचलर अध्ययनरत रहेका छन् ।
गायक राइको बाल्यकाल चाहि खोटाङ जिल्लाको दोर्पा गाविसमा भएको हो । सानैदेखि गितहरु गाउन खोज्ने किसिमको स्वभाव रहेका राई साना–साना रुखमाथि बसेर गाउने गरेको बताए । रुखमाथि बसेर गित गाउनको कारण चाहि स्टेजबाट गित गाएजस्तै लाग्ने भएकाले रुखमाथि बसेर गितहरु गाउने गरेको गायक राईले बताए । कक्षा ६ मा अध्ययन गर्दागर्दै उनले स्कुलको गायक प्रतियोगितामा प्रथम भएका थिए । त्यहि प्रतियोगिता नै गायक राईको पहिलो प्रतियोगिता रहेको बताए । भने –‘सोहि प्रतियोगितालाई सम्वोधन गर्दा आफुले शिक्षकलाईपनि शिक्षक साथिहरु भनेर सम्वोधन गरेको थिए ।’
खोटाङ जिल्लामा हुने साङ्गितिक कार्यक्रमहरुमा उनि सधै पहिलो हुने गरेको सुनाउछन् । उनले जिल्लामै हुदा राष्ट्रिय लेभलका कलाकाहरुसंग गित गाएका थिए । एक किसिमले भन्ने हो भने गायक राई मोफसलमै बसेरपनि रुचाइएका कलाकार थिए । जिल्लामा हुने प्राय साङ्गितिक कार्यक्राहरुमा स्थानिय कलाकारको रुपमा आफुलाई स्थान दिने गरेको राईले बताए ।
पछिल्लो समयमा मोफसलमा बसेर औपचारीक संगितको शिक्षा नलिइ अगाडि बढन् नसक्ने ठानेर २०६१ सालमा इन्टर पास गरेर काठमाडौ भित्रिएको गायक रेवत राईले बताए । काठमाडौमा आएर सुम्निमा कल्चरमा म्युजिकको औपचारिक शिक्षा गुरु मण्डल साङपाङबाट लिन थालेको बताए । त्यस बेलाको तितो अनुवभ गायक राईले यसरी सुनाए । ‘विहानको म्युजिक क्लास भएकाले खान केहि पाईदैन थियो । त्यहि बेला मलाई जण्डिसपनि भएको थियो । म धेरै समयसम्म विमारि परेपनि मैले सकि नसकि म्युजिक क्लास लिईरहे ।’
उनि रियालिटि सोबाट साङ्गितिक क्षेत्रमा आएका हुन् । रियालिटि सो गराउनेहरुलाई आरो लाग्ने गरेको छ, कि आयोजकले पैसा खाएर रियालिटि सोमा सहभागि गराउछ भनेर । तर गायक राईको यो भनाईप्रति सहमत छैनन् ।आयोजकले पैसा खाएपनि भोटिङ सिस्टमबाट खाने गरेको बताए । भने –‘रियालिटि सोहरुमा आयोजकले प्रायोजक नपाएर भोटिङको नाममा पैसा खोन काम गर्छन् ।’
साङ्गितिक क्षेत्रमा जनजाति कलाकाहरुलाई मिडियामा गाह्रो रहेको बताए । उचित स्थान नदिएको बताउदै राईले भने पछिल्लो समयमा आएका पत्रकारहरुका कारणलेपनि हामि जस्ता जनजाति कलाकारहरुका लागि सजिलो भएको छ । उनको विचारमा पछिल्लो समयमा जनजाति कलाकाहरुकै बाहुल्य रहेकालेपनि समाचारकै लागि भएपनि जनजाति कलाकाहरुको पछाडि लाग्न परेको बताए ।
गायक राईले आफ्नो पहिलो एल्वम निकाल्नमा लागि परिरहेको छन् । उनले करिव एक जर्दन भन्दा बढि कलेक्सन एल्वमहरुमा स्वर दिएका छन् भने विभिन्न नेपालका कान्र्सटहरुमापनि व्यास्त रहेका छन् । भन्छन्– केहि समयपछि हङकङ र कोरियाको कार्यक्रमका लागि निस्कदै छु । उनको आउन लागेको एल्वमको नाम भने जुरीसकेको छैन ।
हिमगाथा साप्ताहिकमा प्रकाशित समाचार
‘रियालिटि सोहरुमा आयोजकले प्रायोजक नपाएर भोटिङको नाममा पैसा खोन काम गर्छन् ।’

नेपालि साङ्गितिक क्षेत्रमा एउटा लाहुरे सर्जक
विशाल राईकाठमाडौ, २९ बैशाख । गितकार ईश्वर चाम्लिङ नेपालि सागितिक क्षेत्रका उदाउँदा किरण हुन् । २०३३ साल भाद्र १६ गतेका दिन विजयखर्क खोटाङमा जन्मिएका चाम्लिङ पेषाले विगत १८ वर्षदेखि गार्खा सैनिकमा कार्यरत छन् । बच्चैदेखि उनि गित तथा साहित्य रचना गर्न रुचाउने बताउछन् । उनले अहिले सम्म तिनवटा कृतिहरु नेपालि साङ्गितिक तथा साहित्य क्षेत्रलाई छाडिसकेका छन् । करिव सात वर्ष पहिला इश्वर चाम्लिङले स्पन्दन नामक गिति एल्वम ल्याएका थिए । सो एल्वमका गितहरुले गोर्खा सैनिकमा रहेका नेपालि दाजुभाईहरु माझ धेरै लोकप्रिय भएको कवि श्रवण मुकारुङले गितकार राईको पछिल्लो एल्वम विरताका गितहरुको विमोचन समारोहमा भनेका थिए । उनको पहिलो एल्वममा गायक राजेशपायल राई, भिषण मुकारुङ, कन्कायस्ट राई, सुक्मित गुरुङ लगायतले गाएका थिए ।
त्यसपछि दास्रो गिति संग्रहको रुपमा ‘स्पान्दित प्रवास’ नामक पुस्तक ल्याएका थिए । सो गिति संग्रहमा ८० भन्दाबढि गितहरु समावेश गरिएको थियो । सो पुस्तकपनि गोर्खा सैनिकमा कार्यरत रहेर बसिरहेका नेपालिहरुमाझ लोकप्रिय भएको गितकार चाम्लिङले बताए । उनि गोर्खा सैनिकमा जानभन्दा अगाडिपनि उनका धेरै पत्रपत्रिकाहरुमा गितहरु छापिएको बताउछन् । गार्खा सैनिकमा कार्यरत रहदा गितकार चाम्लिङले प्रवासि बेदनाका आवाजहरु नक पत्रिकाको सम्पादक भएरपनि काम गरेका थिए । सो पत्रिका गार्खालिहरुका लागि निकै सहत्वपुर्ण पत्रिकाको रुपमा मानिन्छ । गिति लेखनको उर्जाचाहि आफ्नो देशबाट बाहिर गएपछि देशको माया प्रगट भएर आएका भावनाहरुलाई गितको रुपमा उतार्ने गरेको चाम्लिङ बताउछन् । उनि यति मात्र नभएर साहित्यकार पारिजात, पछिल्लो पुस्ताका कवि श्रवण मुकारुङ र भुपाल राई लगायतको साहित्यले प्रभाव परेर गित लेखनमा टेवा पुगेको चाम्लिङले बताए ।
गितकार इश्वर चाम्लिङले पौष २० गतेको दिन काठमाडौमा एक समारोहका विच आफ्नो पछिल्लो एल्वम विरताका गितहरु नामक एल्वम विमोचन गराए । कार्यक्रमका प्रमुख अतिथि गायक, गित तथा संगितकार गणेश रसिक, कवि श्रवण मुकारुङ, कवि कृष्ण जोशि, गितकार विरेन्द्र राई, संगितकार शान्तिराम राई, भैरव बहादुर थापा लगायतले सामुहिक रुपमा एल्वमको विमोचन गरेका थिए । बिर्सने छैनौ कहिले तिमिलाई बोलको गित लडाई लडिरहदा आफ्ना साथिहरु गुमाउनु पर्दाको क्षणमा रचना गरिएको गित भएको चाम्लिङले कुराकानिमा बताए । त्यस्तै जन्मदै विरताको रगत बोकेर हामि जन्म्यौ बोलको गित गार्खा सैनिकहरुलाई लक्षित गरेर लखिएको गितकार चाम्लिङले बताए । एल्वममा हामि विर गार्खालि विरताको सानले नै विश्व थर्कने लगायतका गितहरु समावेश गरिएको थियो । प्राय सबै गितहरु गोर्खालिहरुको विरताको गाथा भएको गितकार चाम्लिङले बताए ।
उनि गार्खा सैनिकमा गितकारको रुपमा मात्र परिचित छैनन् । उनि गार्खा सैजिनकमा एउटा सफल फोटोग्राफरको रुपमापनि परिचित छन् । आफुले करिव ९ वर्ष पहिलादेखि क्यामेरा चलाउदै आएको बताउछन् । कोसोभो देशमा शान्तिका लागि लडाइ लड्नका लागि जादा फोटो ग्राफर प्लस फोटो एडिटर भएर जादा सो टाईममा धेरै उत्कृष्ठ फोटोहरु खिचेर सम्मान पाएकाले व्यावसायिक फोटोग्राफिमा पनि लागेको बताए । सन् २०१० मा ब्रिटिस आर्मिहरुको फोटोग्राफि कम्पिटिसन हुदा गितकार राईले फोटोग्राफिमा उपाधि जितेका थिए । मिडिया एण्ड अफ्स नामक क्टागोरिमा ‘अल राउण्ड डिफेन्स’ शिर्षकको फोटो उत्कृष्ठ भएको राईले बताए । र गार्खा रेस्लिङ नामक फोटोलेपनि टाईटल जितेको राईले बताए । प्रतियोगितामा ५० हजार भन्दाबढिको सहभागिताबाट छनौट गरिएको थियो, राईले बताए । उक्त फोटोको पुरस्कार स्वरुप नेपालि रु १ लाख पाएको राइले बताए । नेपालका प्रधान सेनापति जस्तो ब्रिटिसका जेनेरल पिटर वल्डले फोटोग्राफिको पुरस्कार हस्तानतरण गरेको गितकार चाम्लिङ सम्झन्छन् ।
फोटोहरु अफगानिस्थान अडाइमा जादा आफ्नो केहि साथिहरु गुमाएपछि गितहरुको सृजनामा अझ बढि कलम चलेको गितकार चाम्लिङ बताउछन् । गितकार चाम्लिङ एक समाजसेवि कलाकारपनि हुन् । खोटाङ सेवा समाज बेलायतमा तदर्थ समितिको पुर्व संस्थापक महासचिव भएर नेपालि कला, साहित्य र संगितलाई योगदान गरिहेका छन् । पैष २० गतेको दिन ब्रिटिस गएका उनि १९ दिनको छुट्टि लिएर खोटाङ प्रतिभा पुरस्कार वितरण गर्न आएका थिए ।
बेलायतमै उनिहरुले ग्लोवल आई फोटोग्राफि क्लवको प्रेसिडेन्ट भएर फोटोग्राफिलाईपनि अगाडि बढाइरहेका बताए । खोटाङ प्रतिभा पुरस्कारको अक्षयकोष चाहि ब्रिटिस आर्मिमा कार्यरत आर्मि, गैर सैनिक बेलायतबासि खोटाङ्गेहरुबाट दुखगरी कमाएको रकमबाट छुट्याएर स्थापना गरेको चाम्लिङले बताए । पुरस्कार वितरणको मुख्य उद्देश्यचाहि खोटाङ् प्रतिभाहरुलाई प्रोत्साहन र सम्मान गर्नका लागि निर्माण गरिएको गितकार इश्वर चाम्लिङले बताए ।
तीन महिनापछि बल्ल सुहागरात
–बिबी अनुरागी, संगीतकार प्रस्तुति : विशाल राई
मैले मागी बिहे गरेको हुँ । बिहेअघिको प्रेम कस्तो हुन्छ,
त्यसको अनुभव छैन । तर, लभ गरेर बिहे गर्नेहरूको भन्दा निकै मजबुत लाग्छ मलाई आफ्नो वैवाहिक सम्बन्ध । प्रेमविवाह र मागी जे भए नि आखिर दुवै बिहेका प्रकार नै हुन् । मेरो विचारमा विवाह भनेको एउटा चिठ्ठा हो । कसको भागमा कस्तो फल आइपर्छ, त्यो केही वर्षको अन्तरालमा मात्रै थाहा हुन्छ । तर, यो चिठ्ठा टिपाइमा म भने भाग्यमानी साबित भएको छु । आफूलाई एकदमै सफल ठान्छु ।
बिहेअघि कुनै केटीसँगको प्रेमचक्करमा परिनँ म । मेरो बाल्यकाल बाग्लुङको भकुन्डे गाविसस्थित इन्द्रेणी गाउँमा बितेको हो । सानोमा म एकदम चन्चले । स्कुल भर्ना हुनै मानिनछु । कारण– मलाई मादल चाहिएको रहेछ । बुबाआमाले मादल किनिदिएपछि मात्रै म स्कुल जान माने रे † बुबाआमा अहिले सुनाउनुहुन्छ । बाल्यकालदेखि नै म बाँसुरीलगायत वाद्यवादन बजाउन निकै जान्ने भइसकेको थिएँ । आठ कक्षामा पढ्दा त आफैँले सारंगी बनाउन सकेँ । सानै उमेरदेखि मेरो यिनै बाजागाजा अनि संगीतप्रति प्रेम बस्यो । तिनैप्रति आकर्षण बढ्यो । सायद यसैकारण विपरीतलिंगीय प्रेमतिर मलाई सोचै आएन त्यस बखत ।
टोलमा मात्र होइन, स्कुलमा हुने कार्यक्रममा पनि बाँसुरी बजाउन परे मेरै खोजी हुन्थ्यो । म सरकारी स्कुलमा पढ्थेँ, बोर्डिङ स्कुलहरू पनि आफ्ना सांगीतिक कार्यक्रममा बाँसुरी बजाउन मैलाई बोलाउँथे । म सानै उमेरमा आफ्नो गाउँठाउँका लागि व्यावसायिक बाँसुरीवादक भइसकेको थिएँ । सुरुमा त्यत्तिकै बजाउँथेँ, पछि पारिश्रमिकको डिमान्ड गर्न थालेँ ।
मेरो बाँसुरीको धुनमा लट्ठिनेहरूको भीडमा केही केटी यस्ता पनि रहेछन्, जो मप्रति आकर्षित भएछन् । मेरो शारीरिक बनावटको आकर्षण पनि हो कि † मलाई केही प्रेमप्रस्ताव आएका थिए, पत्रको माध्यमबाट । तर, मैले आजसम्म पनि त्यस्ता कुनै चिठीको उत्तर फर्काएको छैन । कतिपय केटीसाथी जानीजानी नजिकिन खोज्थे तर म तिनीहरूलाई वास्तै गर्दैनथेँ । मलाई प्रेमको चाहनै हुन्नथ्यो, अझ भनौँ वास्तै थिएन । फेरि डर पनि थियो । ध्यान एउटा कुरामा केन्द्रित हुन्थ्यो– केटीसँग हिमचिम बढाए समाजमा बसिसाध्य हुँदैन, ध्यान पुर्याउनुपर्छ बेलैमा ।
म किशोरावस्थामै छँदा बुबा बित्नुभयो, जतिबेला मैले भर्खरै एसएलसी पास गरेको थिएँ । त्यसपछि मेरो पारिवारिक जिम्मेवारी अझ बढ्यो । बैँसमा उत्ताउलिएर हिँड्ने मौकै पाइएन, वास्ता पनि थिएन । कलेज अध्ययन गर्दाको हालत पनि त्यस्तै । नयाँनयाँ ठाउँबाट आएका नयाँनयाँ अनुहारका केटी देखिन्थे । तर, खोइ आफूलाई इन्ट्रेस्ट नै जागेन । बिहेभन्दा अगाडि कुनै पनि खाले प्रेमप्रसंगमा रमाउने फुर्सद पाइएन ।
०००
जब मलाई अब बिहे गर्छु भन्ने लाग्यो, त्यसपछि सुरु भयो मेरो लवस्टोरी पनि । उनलाई पहिलोचोटि हेर्न जाँदैदेखि मनमा काउकुती लाग्न थालेको थियो । जिज्ञासा र उत्सुकता जागिरहेका थिए । ०६३ सालताका हाम्रो बिहे भएको हो, बुटवलको अमुवागाउँस्थित साथी अविरामको मध्यस्थतामा । ऊ मलाई सधैँ भन्थ्यो– ‘बिहे गर्ने भए भन्नु, म मेरै गाउँकी चेली मिलाइदिउँला ।’ उसैले मिलाइदिएकी केटी । नाम– सुनिता सुनार रहेछ । म उनलाई भेट्न काठमाडौँबाट बुटवलतिर लागेँ । त्यो पहिलो भेटमा अविराम पनि सँगै थियो । उनीहरू मलाई बुटवलको पत्थरडाँडास्थित रेस्टुरेन्टमा कुरेर बसिरहेका रहेछन् । म जामका कारण तय गरिएको समयभन्दा ढिलो पुगेँ ।
उनलाई पहिलोचोटि देख्नेबित्तिकै म भित्रभित्रै आत्तिएँ । म ३० वर्ष पुगिसकेको मान्छे, उनी जम्मा २२–२३ वर्षकी । अझ म त उनलाई १७–१८ की पो देखिरहेको थिएँ । उमेरको यही बेमेलका कारणले उनले नकार्ने हुन् कि भन्ने लागिरहेको थियो । तर, हेराइ आकर्षणमा अनि आकर्षण प्रेममा बदलिन कति नै समय लाग्दो रहेछ र रु माया यति बलियो हुँदो रहछ कि न जातले रोक्न सक्ने न उमेरले । पहिलो भेटमै उनले मलाई मन पराइन्, मैले पनि ।
त्यो भेटमा अलिअलि परिवारका कुरा भए । आआफ्ना सकारात्मक अनि नकारात्मक पक्षहरूबारे गफ भए । हाम्रो विचार मिल्दो रहेछ, त्यसैले त्यो भेट लाभदायक ठहरियो । केही समय कुरा गरेपछि छुट्टियौँ । त्यसअघि फोन नम्बर साटासाट गर्यौँ । अब फोनमा कुराकानी हुन थाल्यो । मन मिलेपछि आआफ्ना परिवारमा कुरा चलायौँ । दुवैतिर राजी भएकाले लगन हेरियो । पहिलो भेट भएको पाँचौँ दिनमा त हामी पतिपत्नी बनिहाल्यौँ ।
बुटवलको सिद्धबाबा मन्दिरमा हाम्रो बिहे भएको । मेरो परिवारबाट आमा र भाइ गएका थिए । साथमा नारायण रायमाझी दाइ पनि हुनुहुन्थ्यो । मेरो विवाहको जन्ती भनेकै उहाँ एक जना मात्र । उनलाई सिन्दूर हाल्ने बेला आयो, उनी मलाई झन्झन् आफ्नी लागिरहेकी थिइन् । सँगसँगै अब घरजम कसरी अगाडि बढाउने भन्ने जिम्मेवारीबोध पनि हुँदै थियो ।
मलाई लाग्छ– विवाहपछि जस्तै मान्छे पनि परिपक्व हुने रहेछ । सानै उमेरमा विवाह गरेका केटाहरू किन परिपक्व हुन्छन् भन्थेँ पहिले । त्यसपछि बोध हुने कर्तव्यले पो त्यस्तो बनाउँदो रहेछ । उमेरले तीन दशक छोए पनि बिहेअघि म खासै परिपक्व थिइनँ । मनलागी हिँड्थेँ, पैसा फुर्मास गर्थेँ । विवाहपछि यी सबै बानीमा आफसेआफ परिवर्तन आएको छ । पत्नीका लागि भए पनि आफू परिपक्व बन्नुपर्छ भन्ने हुँदो रहेछ । परिपक्व व्यवहार नदेखाए पत्नीका अघि नामर्द ठहरिइने हो कि भन्ने पो लाग्दो रहेछ त †
विवाहपछि उनलाई सिधै काठमाडौं ल्याएँ । दुवैतिरका परिवारका सदस्य यहाँ पनि थिए । यहाँ आएपछि मेरोमा दुलही हेर्न आफन्तको भीड लागेको थियो । आफन्तहरू आउने क्रम दुई–तीन दिनसम्मै चल्यो । कोठा छुट्टै थिएन । सबै जना लहरै मिलेर सुत्नुपर्ने भएकाले सुहागरातको आनन्द तत्काल लिन पाइएन । तीन दिनपछि दुलन फर्काउन गइयो । त्यति बेला पनि उनको एक्जाम थियो । डिस्टर्व होला भनेर त्यत्तिकै बसेँ । त्यहाँ पनि सुहागरात मनाउन पाइएन ।
प्रसंगहरू यति जटिल बन्दै गए कि म त्यहाँबाट सीधै काठमाडौं आउनुपर्ने भयो । एक्जामका कारण उनी उतै बसिन् । बिहेको करिब तीन महिनासम्म बेग्लाबेग्लै भयौँ । उनको एक्जाम सकिएपछि पोखरा गएर सुहागरात मनाउने योजना थियो । त्यही समयमा ससुराबुबा सिकिस्तै बिरामी पर्नुभयो । म बुटवल पुगेर ससुराबुबासहित उनलाई काठमाडौं लिएर आएँ । बुबाको उपचार गराउँदैमा व्यस्त भइयो । तर, उहाँलाई बचाउन सकिएन । हाम्रो सुहागरात अझै भएको थिएन । यस्तै उपक्रमहरूले गर्दा हामीले बिहेको पहिलो रातलाई सुहागरातका रूपमा मनाउन पाएनौँ । करिब तीन महिनापछि बल्ल हामीले त्यो मौका पायौँ ।
०००
एक वर्षपछि ०६४ साल चैत १९ गते छोरी शिक्षा रसाइली जन्मिइन् । डाक्टरले तोकिदिएको मितिभिन्दा तीन महिनाअगाडि नै उनले धर्ती टेकेकी हुन् । दाम्पत्य सम्बन्धका हिसाबले म आफ्नो भाग्यमा खोट लगाउनुपर्ने ठाउँ कुनै देख्दिनँ । उनको साथले नै मलाई यो स्थानमा ल्याइपुर्याएको हो । मेरो पेसालाई सम्मान गर्छिन् ।
कहिलेकाहीँ सानोतिनो कुरामा ठाक्कठुक्क त चली नै हाल्छ, पतिपत्नीबीच । सानातिना ठाकठुक नपरे मायाको ख्याल पनि त हुँदैन रे नि † यस्तो हुँदा एकअर्कालाई फकाउने बहाना पाइन्छ । माया झन् बढ्छ । बिहेपछि त अजम्बरी माया बसेको छ हामीबीच । अनि यसलाई आजीवन बनाउने प्रयत्न हामी दुवैबाट भइरहन्छ । प्रेमीप्रेमिकाको हकमा बिहेअघि मायाप्रेम बस्ला । तर हाम्रो माया त बिहेपछि बसेको हो । गहिरो माया, म आफैँलाई अकल्पनीय लाग्छ ।
बिहे पनि एकदमै सस्तो गरेँ मैले । खर्च पटक्कै गरिनँ । सायद संसारकै सबैभन्दा सस्तो बिहे मेरै होला । न समय धेर खर्च गर्नुपर्यो न पैसा । गरगहनामा एक पैसा पनि खर्च गरिएन । जन्ती जम्मा नारायण दाइ मात्रै हुनुहुन्थ्यो । गाडी पनि उहाँकै पो चढियो । भाडा दिन खोज्दा झन्डै रिसाउनुभएको । उहाँको त्यो आत्मीयता कहिल्यै भुल्न सक्दिनँ । संसारमा सबैभन्दा सस्तो बिहे गरेका सबैभन्दा सफल दम्पती हामी नै हौँ, पक्कै !
प्रस्तुति : विशाल राई
http://www.souryadaily.com/2013/04/68608.html
अहिले टाढा रहने गरेकी छु
– साहिमा श्रेष्ठ, गायिका प्रस्तुति :– विशाल राईकाठमाडौं स् ०६६ को खोजी प्रतिभा रियालिटी सोमार्फत म नेपाली सांगीतिक क्षेत्रमा भित्रिएकी हँ । नेपाल टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रममा सहभागीका क्रममा मैले फ्यानहरूको आभाष गर्न पाएँ । त्यतिबेलादेखि नै फ्यानको महत्त्व मैले बुझिसकेकी थिएँ । सांगीतिक यात्रा सुरुका समयदेखि आजसम्म आउँदा मैले पाएका फ्यानभने सबै एकै किसिमका छैनन् । कतिपय फ्यान मलाई सम्मान गर्दै मेरो सकारात्मक काममा समेत सहयोग गर्छन् भने कोही चाहिँ दिन–रात विभिन्न किसिमले सताउँछन् । समग्रमा भन्नुपर्दा मेरा धेरै फ्यान सकारात्मक सोच भएकाहरू नै छन् ।
म केटी भएकीले होला सायद, महिला फ्यानका तुलनामा पुरुष फ्यान नै बढी छन् । फ्यानसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर महोत्वस र विभिन्न स्टेज कार्यक्रम नै हो । करिब ३ दर्जन बढी कार्यक्रममा मैले सांगीतिक प्रस्तुति प्रस्तुत गरेकी छु । यी सबैमा फ्यानले मलाई उत्तिकै माया दिएका छन् । हौसला प्रदान गरेका छन् । यसकारण पनि मेरो सांगीतिक क्षेत्रमा निरन्तरता छ । अझ भन्नुपर्दा मलाई सांगीतिक क्षेत्रमा डोर्याउने काम मेरा फ्यानले गरेका छन् ।
खोजी प्रतिभाकै क्रममा जन्मस्थान बुटवलमा आयोजना भएको बुटवल महोत्सवमा गरेको स्टेजमा पर्फमेन्स मेरो पहिलो हो । यसअघिसम्म म आफूलाई साधारण ठान्थे । त्यो कार्यक्रम पछि मात्र थाहा भयो– म त पब्लिक फिगर पनि भएकी रहेछु भन्ने । करिब ५र६ हजार दर्शकमाझ गीत प्रस्तुत गर्न पाउँदाको त्यो क्षण जीवनमा कहिल्यै बिर्सिन्न होला । त्यो महोत्सवमा दर्शकले दिएका वान्स मोर–वान्स मोरका हुटिङ अहिले पनि ताजा रूपमा कानमा गुन्जिने गर्छ । कोही–कोहीले त भेटेपछि किस गर्नेलगायत नकारात्मक क्रियाकलाप देखाउने गर्छन् भन्ने सुनेकाले उनीहरूसँग प्रत्यक्ष भेट्ने गरेकी छैन । क्रेजी भएर फ्यान अगाडि नै गरेका कारण त्यस्ता फ्यानदेखि टाढै बस्ने गरेकी छु ।
बाग्लुङ महोत्सवमा मेरो पर्फमेन्समा त त्यहाँका डिएसपी कृष्ण सर खुलेरै नाच्नुभयो । कार्यक्रमको अन्तिमतिर मेरो प्रस्तुति भएकाले दर्शक नहोलान् भन्ने सोचेकी थिएँ तर डिएसपी कृष्ण सर र उद्योग वाणिज्य महासंघ बाग्लुङ शाखाका अध्यक्ष वसन्त श्रेष्ठ स्टेजमै उक्लिएर गीतको तालमा नाच्न थालेपछि कार्यक्रम अवधि एक घन्टा थपिएको पत्तै भएन ।
फ्यानसँग नजिक हुने मेरो अर्को माध्यम हो फेसबुक । म अनलाइन हुनेबित्तिकै फ्यानका म्यासेज यति ओइरिन्छन् कि फेसबुक ह्याङ होला जस्तो लाग्छ । तीमध्ये एकको रिप्लाई पठाउनतिर लाग्यो भने त अन्यसँग च्याट गर्न भ्याइँदैन । फ्यानसँग कुरा गर्ने समय अहिले रातको ९ बजेदेखि १० बजेसम्म छुट्याएकी छु । फ्यानका फ्रेन्ड रिक्वेस्ट मेरो प्रोफाइलमा अटाउन सकिरहेका छैनन् । फ्यानका लागि फ्यान पेज पनि तयार पारेकी छु । यसबाट पनि मलाई नजिकबाट नियाल्न सकिन्छ । फ्यानका फेसबुक म्यासेज विभिन्न प्रकारका हुन्छन् । कतिपय प्रेम प्रस्ताव राख्दै संसारका सबै खुसी दिलाउने कुरा लेख्छन् त कतिपय सेक्स गर्नेजस्ता घृणित प्रस्ताव राख्छन् । त्यस्ता फ्यानलाई म सिधै फ्रेन्डलिस्टबाटै हटाइदिन्छु । सम्मान गरेर मेरो गीतका कमेन्ट गर्ने फ्यानलाई म सधैँ सम्मान गर्छु ।
मेरा अनगिन्ती फ्यानमध्ये पाल्पाका कृष्ण भट्टराई नजिकका फ्यान हुन् । उनले मेरो न्युज, मेरो गीत आफ्नो फेसबुकमा सेयर गर्ने गरेका छन् । उनलाई अचेल म आफ्नो केही समय दिन्छु । उनी र म निकै नजिकिएका पनि छाँ । अहिले उनी मेरो बेस्ट फ्रन्ड नै भएका छन् । उनी मात्र होइन, मलाई सकारात्मक ‘भ्यु’बाट हेर्ने जो–कोही मेरा बेस्टफ्रेन्ड हुन् ।
प्रस्तुति :– विशाल राई
http://www.souryadaily.com/2013/05/69454.html
सुन्दरि भएर के गरियो ?
पछिल्लो समय सौन्दर्य प्रतियोगिता गर्ने र हुनेको लहर नै चलेको छ । विभिन्न जातजातिका सौन्दर्य प्रतियोगिताहरू दिन बिराएर हुने गरेका छन् ।
विभिन्न जातजातिका नाममा गरिएका सौन्दर्य प्रतियोगिताले आफ्नो संस्कृति र समुदायको उत्थानमा मद्दत पुर्याउँछ । तर पछिल्लो समयमा आएर सुन्दरी घोषित भएपछि अगाडि बढ्न नसकेको, निश्चित स्वार्थका लागि मात्र आयोजकले प्रतियोगिता आयोजना गरेकोलगायतका आरोप लाग्ने गरेको छ ।
अर्कोतिर सुन्दरी बनाउने नाममा आयोजकले उनीहरूलाई सेक्सुअल कुरामा पीडित बनाइरहेको पनि सुन्न पाइन्छ । सुन्दरी प्रतियोगिता आयोजना गर्ने संघसंस्थाहरूलाई टाइटल जित्न चाहनेबाट पैसा खाएर जिताउने गरेको आरोप लाग्ने गरेको छ । सुन्दरी भएपछि समुदायका लागि गर्नुपर्ने कर्तव्यमा नलागेर व्यक्तिगत हिसाबबाट चलेको पनि आरोप लाग्ने गरेको छ ।
उता आयोजक टिमलाई चाहिँ प्रतियोगिता गर्ने बेला निश्चित कामहरू गर्न दिने भनेर तोकिएको हुन्छ । सुन्दरी भइसकेपछि आयोजकले खुला रूपमा छाडिदिने र कुनै प्लेटफर्म नदिने पनि सुन्दरीहरू भन्न हिच्किचाउँदैनन् । के भन्छन् त जनजाति सुन्दरीहरू रु
राई जातिको पहिलो मिस राई २०१२ युमा राई मिस राई भएपछि राई समुदायभित्रको सांस्कृतिक कुराहरूदेखि लिएर अन्य धेरै कुराहरू थाहा पाएको बताइन् । मिस राई भएपछिको मुख्य उपलब्धि यही रहेको उनको अनुभव छ । मिस राई हुनुभन्दा पहिला आफूलाई राई समुदाय एउटा जाति मात्र भन्ने उनलाई लागेको थियो । पहिला आफ्नो लागि केही गरौँ भन्ने भावना रहेकोमा मिस राई भएपछि समुदायका लागि उल्लेख्य काम गरौँ भन्ने सोचाइ बनेको उनी सुनाउँछिन् ।
युमाले भनिन्, ‘मलाई मिस राई हुनभन्दा पहिला फलानाको छोरी भनेर सीमित व्यक्तिहरूले चिन्थे । तर म मिस राई भएपछि सबैजनाले राई समुदायकै छोरीको रूपमा चिन्छन् ।’ तर पनि अध्ययनका कारण सामाजिक काममा अगाडि बढ्न नसकिरहेको प्रस्ट्याइन् । अध्ययन सकाएपछि बिस्तारै राई समुदाय भाषाकै गीतहरू गाएर भाषा उत्थानमा पनि लाग्ने सोच रहेको उनले सुनाइन् । ‘अवसरहरू मिले समुदायका लागि धेरै कामहरू गर्ने सोच छ,’ युमाले भनिन् ।
सौन्दर्य प्रतियोगितामा विजेता भएपछि अगाडि बढ्न नसकेको आरोपप्रति उनी सहमत छैनन् । आफ्नो पहिलो प्राथमिकता अध्ययन भएको अरूतिर ध्यान दिन नपएको उनको दाबी छ । भनिन्, ‘पहिलो मिस राई भएको नाताले आउँदा दिनहरूमा जे सिक्दै जान्छु ती कुराहरू समुदायलाई पनि सिकाउँदै जानेछु ।’
त्यस्तै २०१२ मा मिस शेर्पा बनेकी छिमी शेर्पा पनि अध्ययनको क्रममा रहेका कारण खासै समुदायको काममा ध्यान दिन नसकेको बताउँछिन् । विशेषगरेर सुन्दरी घोषित भएपछि सामाजिक कार्यक्रममा सहभागी हुने अवसर पनि नपाएको उनले गुनासो पोखिन् । ‘अगाडि जे सोचिएको हुन्छ त्योअनुरूप काम गर्ने मौका नपाएकै कारण केही ब्याक भएजस्तो लाग्छ,’ उनले भनिन् । शेर्पा संस्कृतिको बारेमा अध्ययन गरेर शेर्पा समुदायका मानिसहरूलाई जानकारी गराउने सोच छ छिमीको । मिस शेर्पा भएपछि दायित्व बढेको बताउँदै उनले विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनु नै मुख्य उपलब्धि रहेको उल्लेख गरिन् । छिमीले भनिन्, ‘म हाम्रो समुदायका लागि धेरै काम गर्न चाहन्छु । त्यसमध्ये पनि चाइल्ड वर्किङसम्बन्धी विशेष सामाजिक काम गर्न इच्छा छ ।’
यसैगरी मिस मंगोल नेपाल २०१२ बनेकी सपना रोका मगर आफ्नो मुख्य उपलब्धि भनेकै नामको अगाडि मिस मंगोल २०१२ थपिनु रहेको बताउँछिन् । समुदायका लागि गरिने विभिन्न सामाजिक कार्यक्रमहरूमा उनले स्वम्सेवा गरिकी छन् । पोखरामा मगर समुदायका लागि केही सहयोग गरेको उनले जानकारी दिइन् ।
‘बाहिर समाचार नआए पनि मैले सामाजिक काम थुप्रै गरेकी छु,’ उनले भनिन् । सुन्दरीहरूले टाइटल जितेपछि अगाडि बढ्न नसकेको आरोपका बारेमा सपनाको यस्तो तर्क छ, ‘सुन्दरी यदि गरिव परिवारको भए एउटा टाइटल जित्दैमा के गर्न सकिन्छ रु उनीहरूले समाज सेवा गर्नमा कि त पारिवारको हात हुनुपर्छ कि त विभिन्न संघसंस्थाहरूले सहयोग गरेकै हुनपर्छ ।’ सबैभन्दा ठूलो कुरा अवसरहरू नभए खुला चउरमा हराएको गोरु भइने सपनाले बताइन् । विभिन्न माध्यमबाट बालबालिकाको सेवा आफूले गरिरहेको उल्लेख गर्दै सपनाले भनिन्, ‘सकेजति समुदायका लागि गरेकी छु, आफ्नो परिवार र आफ्नो व्यक्तिगत काममा पनि समय त दिन पर्यो नि ।’