केशव सिलवाल एकल कविता वाचनमा
विशाल चौतारी समाचार
चितवन, ४ माघ ।
म चेपाङ हुँ
च्यापिँदा–च्यापिँदा चेप्टिएको
ओडारमा लुकी राखेको
चे–ग्वेभारा बन्न नसकेको चे
तर पनि मसाग छ मेरो आत्मीय पाङ
अर्थात् वाण
जुन तिमीतिर सोझिन सक्छ....................jpg)
प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कवि केशव सिलवालको एकल कविता वाचन कार्यक्रममा चेपाङको दुखलाई कवितामा सुनाइरहँदा दर्शकहरु निकै भावुक भएका थिए । हिजो, शनिवारको चिसो मध्यान्ह र बाहिर बर्सिरहेको सिमसिमे पानीलाई पर्वाह नगरि दर्शकहरु ठुलो उत्साहसाथ सिलवाललाई सुन्न भेला भएका थिए ।
चितवन, ४ माघ ।
म चेपाङ हुँ
च्यापिँदा–च्यापिँदा चेप्टिएको
ओडारमा लुकी राखेको
चे–ग्वेभारा बन्न नसकेको चे
तर पनि मसाग छ मेरो आत्मीय पाङ
अर्थात् वाण
जुन तिमीतिर सोझिन सक्छ...................
.jpg)
प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कवि केशव सिलवालको एकल कविता वाचन कार्यक्रममा चेपाङको दुखलाई कवितामा सुनाइरहँदा दर्शकहरु निकै भावुक भएका थिए । हिजो, शनिवारको चिसो मध्यान्ह र बाहिर बर्सिरहेको सिमसिमे पानीलाई पर्वाह नगरि दर्शकहरु ठुलो उत्साहसाथ सिलवाललाई सुन्न भेला भएका थिए ।
.jpg)
‘दुईथरि अतिवाद, एउटा नारावाद र अर्को कलावादबाट गु्रजिएर अहिले कविता लेखिइरहेको छ,’ कवि तथा निबन्धकार भूपिनले कवि केशवको लेखन प्रवृत्ति र वाचन भएका कविताहरुमाथि सटिक टिप्पणी गर्दै भने, ‘तर केशव सिलवालको कविता ती अतिहरुको बिचबाट सिर्जना भइरहेको छ, जसले सिलवालको फरक अस्तित्व स्थापना गरिरहेको छ ।’ कार्यक्रममा कवि दीपक सापकोटा, चन्द्रवीर तुम्बापो, आर.के अदिप्त गिरी, पोषराज पौडेल, सरिता तिवारीले सिलवालका कवितामाथि टिप्पणी गरे । ३९ वर्षे कवि सिलवालका ‘वर्जित अवशेष’ र ‘धारिला मानिसहरु’ गरि दुई कवितासंग्रह प्रकाशित छन् ।
0 comments
Write Down Your Responses