shankar-ghimire-and-richa-ghimire-movie-tulasi
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ १४, बुधबार । निर्देशक शंकर घिमिरे र अभिनेत्री ऋचा घिमिरे दोस्रो सन्तानलाई जन्म दिने तयारीमा छिन् । यसैले पनि उनले आफुहरुको अमेरिका बसाई केही समय लम्बिने शंकरले बताएका छन् । उनका अनुसार नेपाल र्फकन अझै ४ महिनाको समय लाग्नेछ ।.jpg)
.jpg)
नेपाल फर्कने बित्तिकै आफ्नो पछिल्लो चलचित्र ‘तुलसी’लाई भव्य पब्लिसिटिका साथमा प्रर्दशन गर्ने निर्देशक घिमिरेले बताए । उनले विशाल चौतारीसंग कुराकानी गर्दै अमेरीकाबाट नेपाल आउन भन्दा अगाडी नै नेपाल प्रर्दशनको बारमा रिलिज मिति तोक्नेपनि बताए । अमेरिकाका विभिन्न शहरमा अझै पनि प्रदर्शन गर्न बाँकी रहेको कारणपनि बसाई केही लम्बिने बताए । विदेश प्रर्दशनमा राम्रो प्रतिकृया पाएको बताउदै निर्देशक शंकरले नेपालमा पनि आफ्नो चलचित्र ‘तुलसी’लाई दर्शकहरुले मनपराइदिने बताए । चलचित्र ७० लाख बजेटमा तयार भएको सिनेमालाई नेपाल आएर पनि प्रदर्शन गर्ने निर्देशक शंकरले बताए ।
ujan-nembang-new-albam-tasbir
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ, १३ मंगलबार । हरेक दिन मायाको परिभाषा आ–आफ्नै किसिमले हुने गरेको छ । तर अभिनेता सुमन सिँह भने एउटी मोडल निशा लामाको खुसिका लागी आफुलाई जलाइदिने भएका छन् । यति मात्र काहा हो र, सुमनले त त्यही निशाकै खुसिका लागी हरेक साझ बिहान नामै लिन छाडिदिने भएका छन् ।.jpg)
.jpg)
तर अच्चम नमान्नुस्, किनभने यो प्रसंग हो नेपाली साङ्गीतिक क्षेत्रमा निकै लामो समयदेखी योगदान दिदै आएका गायक उजन नेम्वाङ र गायिका रजिना रिमालले गाएको एक गीतको । गायक उजनको पछिल्लो एल्बम ‘तस्बिर’को चार औ म्युजिक भिडियोको । चपली हाइटमा भएको म्युजिक भिडियो सुटिङमा अभिनेता सुमन र निशा निकै मस्तिमा रहेका थिए ।

यस म्युजिक भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् भने रामेश्वर कार्कीले खिचेका हुन् । यस गीतलाई रोशन लामाले लेखेका हुन् । गायक उजनको पहिलो एल्बम सन् २००७ मा ‘फ्रेण्डसिप’ रिलिज भएको थियो भने क्रमश: सन् २०१२ मा दास्रो एल्बम ‘अन्तराल’, तेस्रो एल्बम ‘तनाब’ र अहिले चौथो एल्बम २०१४ मा ‘तस्बिर’ भिडियोहरु सहित निकाल्ने तयारीमा रहेको विशाल चौतारीलाई बताए ।
rajesh-payal-rai-and-rajesh-hamal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ १२, सोमबार । गायक राजेशपायल राईलाई अहिले एक्लिएको आरोप नै लाग्न थालेको छ । प्रसंग हो महाअभिनेता राजेश हमालको बिबाह । मितज्यू हमालले बिबाह गरेपछी एक्लिएका नेपाली आधुनिक तथा पाश्र्वगायनका नम्बर एक गायक राजेशपायल राई आफ्नो एक्लोपन मेटाउन वल्डटुरका लागी निस्कदैछन् ।.jpg)
.jpg)
.jpg)
अहिलेसम्म गर्लफ्रेण्ड नभएको बताउदै आएका गायक राई बिबाहको प्रेसरका कारणले अबको २ वर्ष भित्रमा आफुलेपनि बिबाह गर्ने कुरा विशाल चौतारीलाई बताए ।
जेठ १६ गतेदेखि गायक राजेशपायल र हमाल कार्यक्रमको सिलसिलामा अष्ट्रेलियाको टुरमापनि सँगै हुनेछन् । अष्ट्रेलियाको कार्यक्रमपछि अभिनेता हमाल नेपाल फकिर्नेछन्, भने गायक राजेशपायल फिनल्याण्ड, क्यानडा, मलेसिया, साउथ कोरिया लगायतका देशहरुमा करिब १ महिना १५ दिनजति बिताएर मात्रै नेपाल फकिर्नेछन् । नेपाल फर्कने बित्तिकै गायक राजेशपायलको अहिलेसम्मकै महत्वकाक्षि राई भाषाको एल्बम ‘स्यामुना’ बजारमा ल्याउने बताएका छन् ।
Salman Khan In Oath Ceremony Of Narendra Modi
एजेन्सी
मुम्बई, भारतको नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ राष्ट्रपति भवनमा सपथ लिँदैछन् । चुनावमै देखिएको बलिउड–राजनीति सम्बन्ध आजको सपथ ग्रहणमा पनि झल्किने भएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार सपथग्रहण समारोहमा बिभिन्न देशमा भीभीआईपी अतिथिहरुसँगै बलिउृडका केही खास कलारहरुलाई पनि बोलाइएको छ । जसमा मोदीका फ्यान सलमान खानपनि उपस्थित रहेका छन् । आमन्त्रित कलाको पहिलो सूचीमा अभिनेता सलमान खानसंगै गायिका लता मंगेश्करपनि पहिलो लिस्टमा रहेका छन् । जसले गत जनवरीमा मोदीको सफलताका लागि आशिर्बाद दिएकी थिइन् । कार्यक्रममा स्मृति इरानी, हेमा मालिनी, धर्मेन्द्र, परेश रावल, सत्रुघन सिन्हा, बिनोद खन्ना र रेखा लगायतका कलाकारलाई पनि उपस्थित भएका छन् । त्यस्तै बलिउडका सुपरस्टार अभिनेता अमिताभ बच्चन र दक्षिण भारतीय स्टार रजनीकान्तलाई पनि भीभीआईपीकै हैसियतमा सपथग्रहण कार्यक्रममा बोलाइएको छ ।
ficson-award-2071
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ १२, सोमबार । नेपाली चलचित्र क्षेत्रमा फेरी एउटा अर्को अवार्डपनि थपिने भएको छ । नेपाल चलचित्र समीक्षक समाजले ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’ आयोजना गर्ने भएको छ । २०७० सालमा रिलिज भएका नेपाली फिल्महरुलाई मूल्यांकन गरी सात विधामा अवार्ड दिइनेछ ।

काठमाडौंमा अध्यक्ष यज्ञशको नेतृत्वमा सोमबार बसेको समीक्षक समाजको बैठकले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन र उत्कृष्ट सम्पादन विधाहरुमा अवार्ड दिने निर्णय गरेको छ ।
२०७० सालमा रिलिज भएका फिल्ममध्येबाट ‘सर्ट लिस्ट’ छानिइने छ । ‘सर्ट लिस्ट’ तयार पार्नका लागि दीपेन्द्र लामाको संयोजन, पुनम महर्जन र विष्णु शर्मा सदस्य रहेको छनोट समिति गठन गरिएको छ । ‘सर्ट लिस्ट’मा परेका फिल्महरु समीक्षक समाजका सबै सदस्यले अवलोकन गर्नेछन् । फिल्म हेरेका सदस्यहरुको मतदानका आधारमा विजेता छानिनेछन् । समाजले विजेताको सूची आगामी असार १ का दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ । विजेतालाई ट्रफी तथा प्रमाणपत्र चाहि सूची सार्वजनिक भएको केही दिनपछि हस्तान्तरण गर्ने योजना समाजले लिएको छ । फिल्म मूल्यांकनका मापदण्डहरु जुरी संयोजक अनुप सुवेदीले तयार पार्नेछन् । समाजले हरेक वर्ष अवार्डलाई निरन्तरता दिनेछ ।
punte parade nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ ११, आइतवार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पुन्टे अभिनेताहरुको वर्चश्व कायम रहेझै भएको छ । यस्तै क्रममा पहिलो चलचित्र ‘सायद’बाटै सफल्ता पाएका अभिनेता संयम पुरीको मुख्य भूमिका रहेको पछिल्लो चलचित्र ‘पुन्टे परेड’को फस्टलुक सार्वजनिक गरिएको छ । गत शनिवार राजधानीमा एक औपचारीक कार्यक्रमको बिच सार्वजनिक गरिएको फस्टलुक पोष्टरमा अभिनेता संयमको चुलबुले पात्रको रुपलाई देखाइएको छ ।.jpg)
.jpg)
चलचित्रमा भर्खरै एसएलसी पास गरे क्याम्पस पढ्न गएका टिन एजर्स को कथा रमाइलो किसिमले कथामा प्रस्तुत गरेको निर्देशक सुवास कोइरालाले बताए । यस अघि ‘अपवाद’ र ‘आवरण’ चलचित्र निर्देशन गरिसकेका कोइरालाले यस चलचित्रमा भने बिशुद्ध मनोरंजन पस्किएको बताए । यसै गरी यस अघि ‘आई एम सरी’ चलचित्र निर्माण गरेका निर्माता हरि महतले पनि सिनेमाले दर्शकको मन जित्ने विस्वास व्याक्त बताए । चलचित्रमा हरि संगै सुरज कोइरालाको पनि लगानी रहेको छ ।.jpg)
.jpg)
चलचित्रमा संयम संगै एन्जिला दाहाल , निलु डोमा शेर्पा , रबिन्द्र खड्का , गीता अधिकारि, स्वेता थापाको अभिनय रहेको छ भने बिशेष भूमिकामा अभिनेत्री प्रियंका कार्की पनि देखिदै छिन । कार्यक्रममा बोल्दै संयमले चलचित्र ‘सायद’ पश्चात निकै अफर आएपनि आफू सुहाउदो न भएकोले चलचित्र नगरेको बताए ।
यो चलचित्र हेर्दा सबैले आफ्नो कलेजको दिनहरु सम्झनु हुनेछन्’ संयमले बताए । यस चलचित्रमा कथा निलु डोमा शेर्पाको रहेको छ भने पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ । चलचित्र श्रावण २ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
यो चलचित्र हेर्दा सबैले आफ्नो कलेजको दिनहरु सम्झनु हुनेछन्’ संयमले बताए । यस चलचित्रमा कथा निलु डोमा शेर्पाको रहेको छ भने पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ । चलचित्र श्रावण २ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
Spark-New-Nepali-Movie
काठमाडौं, २०७१, जेठ, १०, शनिवार ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सिनेमा बन्ने र सुभमुर्हत हुने हरेक दिनजसो हुने गरेको छ । यस्तै क्रममा चलचित्र ‘स्पार्क’ बन्ने भएको छ । यसलाई जनक पाण्डे ले निर्देशन गर्दै छन् भने यसमा शान्ति पोखरेलको लगानी रहने छ ।

यस चलचित्रमा अधिकांस नयाँ कलाकारहरुको अभिनय रहने छ । चलचित्रमा एनी कुँवर, आर्यन श्रेष्ठ, रवि चौरेल, एलेक्स पाण्डे, सिम्पल खनाल, विपाशा श्रेष्ठ लगायतको अभिनय रहनेछ । स्पार्कलाई आगोको झिल्को भनेर बुझिन्छ । यस चलचित्रमा जेनेरेशन ग्यापको कारण आउने समस्यालाई देखाइने निर्माण पक्षले जनाएको छ ।
rajesh hamal and madhu bhattarai marriage
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ, १०, आइतवार । महाअभिनेता राजेश हमालको आज आइतवार बिबाह सम्पन्न भएको छ । नेपाली चलचित्रका सुपरस्टार अभिनेता हमालले धरान सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् । होटल अन्नपूर्णमा साढे ११ बजेको साइत पारेर उनीहरुको विवाह भएको हो ।.jpg)
.jpg)
गर्लफ्रेण्ड भट्टराईसँगको धेरै बर्षदेखिको अफेयर आजबाट औपचारिक सम्बन्धमा परिणत भएको हो । बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक गरेका हमालको विवाह स्थलमा सञ्चारकर्मीलाई छिर्न दिइएको थिएन । सीमित आफन्तहरुको सहभागीतामा विवाह भएको थियो । परिवार भित्रकै सदस्यहरुले हमालको विवाह तस्बिरहरुलाई सोसल साईटमा शेयर गरेका छन् ।







Selena Gomez in Nepal-sari
विशाल चौतारी समाचार
काठामाडौ., २०७१ जेठ, ९ शुक्रवार ।
पछिल्लो समय हलिउड चलचित्र तथा गायन उद्योगमा धेरै चर्चा हुने सेलिब्रेटिहरु मध्ये हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेजपनि पर्छिन् । धेरै जसो चर्चा हुने एउटै पक्ष चर्चित गायक जस्टिन बिबरसंगको प्रेम सम्बन्ध रहेको थियो । यस्तै क्रममा सेलेना सुटुक्क नेपाल आइन्, नाचिन्, घुमिन् तर मिडियाबाट लुक्दै छिप्दै फकिईन् ।
युनिसेफको सदभावना दूतका रुपमा नेपाल आएकी सेलेना बसाईका क्रममा नेपालगञ्ज र दाङका बिद्यालयको भ्रमण गर्दै स्थानीय लोकभाकामा नाच्दै रमाएकी थिइन् । नेपाल आएर बसेपनि सेलेनाले आफ्नो सामाजिक सञ्जालमा समेत नेपाल भ्रमणमा आएको बताएकी थिइनन् ।
तर उनले नेपाल भ्रमणमा आएको भनेर नलेखेपनि नेपाली पहिरण सारी र पोतेमा भने सजिएको तस्बिर आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन् । तस्बिरमा नेपाल भ्रमणको बारेमा केही नखुलाइएपनि उनले भनेर लेखेकी छिन् ।
युनिसेफको सदभावना दूतका रुपमा नेपाल आएकी सेलेना बसाईका क्रममा नेपालगञ्ज र दाङका बिद्यालयको भ्रमण गर्दै स्थानीय लोकभाकामा नाच्दै रमाएकी थिइन् । नेपाल आएर बसेपनि सेलेनाले आफ्नो सामाजिक सञ्जालमा समेत नेपाल भ्रमणमा आएको बताएकी थिइनन् ।
तर उनले नेपाल भ्रमणमा आएको भनेर नलेखेपनि नेपाली पहिरण सारी र पोतेमा भने सजिएको तस्बिर आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन् । तस्बिरमा नेपाल भ्रमणको बारेमा केही नखुलाइएपनि उनले भनेर लेखेकी छिन् ।
selenagomez
10 hours ago
Sari, not sari. 🙏जुन तस्बिरलाई उनका धेरै फ्यान फलोअरले सुन्दरताको तारिफमात्रै गरेका छैनन, आई लव यु लगायतका धेरै प्रस्तावहरु आएको छ ।
rajesh-payal-rai-Hasiya
काठामाडौ., २०७१ जेठ, ९ शुक्रवार । नेपाली आधुनिकतथा पाश्र्व गायनका नम्बर एक गायक ‘राई इज किंग’ अर्थात गायक राजेशपायल राई भर्सस्टाइल गायनमा अगाडी छन् । राजेशपायलले अहिले सम्म नेपाली भाषाको मात्र गीतहरु गाएका छैनन्, लिम्बु भाषाको ८ ओटा गीतपनि एकै दिनमा रेकर्डिङ गराएका थिए । त्यस्तै उनले भोजपुरी, राई भाषा, जापानिज भाषा लगायतमा स्वर दिइसकेका छन् ।.jpg)
.jpg)
तर, अब गायनका नम्बर एक राजेशपायल हाँस्यब्यंग्यमापनि उत्तिकै राम्रा रहेछन् । अहिले हास्यब्याङ्ग्य क्षेत्रको बजारमा गायक राई थपिनेहुन् की भन्ने अडकालबाजी सबैले काट्न थालिसकेका छन् ।
.jpg)
उनले क्यारिकेचर गरेको प्रोमाशनल भिडियो युट्युबमा अपलोड गरिएको छ । राईले क्यारिकेचर गरेर चलचित्र ‘हँसिया’को प्रोमोसन गरिरहेका छन् ।
.jpg)
उनले क्यारिकेचर गरेको प्रोमाशनल भिडियो युट्युबमा अपलोड गरिएको छ । राईले क्यारिकेचर गरेर चलचित्र ‘हँसिया’को प्रोमोसन गरिरहेका छन् ।
अभिनेता राजेश हमालले आफ्नी गर्लफ्रेण्डलाई सार्वजनिक गरेपछी, हमालको कमाल बिकाउन गायक राजेशपायलले क्यारिकेचर गरिदिएकोपनि चर्चा हुन थालेको छ । चलचित्र प्रचारको नयाँ नयाँ शैली अपनाई रहेको चलचित्र ‘हँसिया’ले पुन राजेशलाई लिएर अर्को फण्डा गरेको छ ।
.jpg)
यो फण्डा हेर्दा निकै गज्जबको लाग्छ, किनभने राईले गरेको क्यारिकेचर रमाईलो देखिन्छ । उनले चलचित्रको प्रोमोसन गर्नको लागि नै भनेर कमेडी गरेको सम्भवत यो पहिलो पटक हो ।
.jpg)
यो फण्डा हेर्दा निकै गज्जबको लाग्छ, किनभने राईले गरेको क्यारिकेचर रमाईलो देखिन्छ । उनले चलचित्रको प्रोमोसन गर्नको लागि नै भनेर कमेडी गरेको सम्भवत यो पहिलो पटक हो ।
गायक राईले नेपालका विभिन्न नेताहरु देखी लिएर महानायक राजेश हमाल तथा निर शाहसम्मको आवाजको नक्कल गरेका छन् ।
स्वं. नेता गिरिजाप्रसाद कोईराला देखि लिएर शेरबहादुर देउवासम्मको आवाजको नक्कल गर्दै चलचित्र हेरिदिन अनुरोध गरेका छन् । केही दिन अघिदेखि काठमाण्डौका सडकहरुमा सिंगारिएको टाटा सुमोमा ‘हँसिया’को गीत र ट्रेलर चोक चोकमा देखाईदैछ भने युट्युबाट ‘हँसिया’ प्रोमोसनको लागि गायक राईको क्यारिकेचर पनि रिलिज गरिएको छ । त्यस्तै निर्देशक मिलन चाम्सले महानायकको विहेको मिति गेस गर्नेमध्येबाट सही जवाफ पठाउने एक जनालाई चादीको हँसिया र महानायकसँग डिनर गर्ने अवसर प्रदान गर्ने पनि बताएका छन् । यसको लागि हँसियाको फेसबुक पेजमा गएर कमेन्ट बक्समा हमालको विहे मिति लेख्नुपर्नेहुन्छ । दुर्गा घलेले निर्माण गरेको चलचित्र ‘हँसिया’मा अभिनेत्री हेमा श्रेष्ठको एक्सनको सबैले प्रशंसा गरेका छन् । आज शुक्रबारबाट अलनेपाल प्रर्दशनमा आउन लागेको चलचित्र ‘हँसिया’मा महानायक राजेश हमाल, हेमा श्रेष्ठ र अनुपबिक्रम शाहीको मुख्य भुमिका रहेको छ ।
स्वं. नेता गिरिजाप्रसाद कोईराला देखि लिएर शेरबहादुर देउवासम्मको आवाजको नक्कल गर्दै चलचित्र हेरिदिन अनुरोध गरेका छन् । केही दिन अघिदेखि काठमाण्डौका सडकहरुमा सिंगारिएको टाटा सुमोमा ‘हँसिया’को गीत र ट्रेलर चोक चोकमा देखाईदैछ भने युट्युबाट ‘हँसिया’ प्रोमोसनको लागि गायक राईको क्यारिकेचर पनि रिलिज गरिएको छ । त्यस्तै निर्देशक मिलन चाम्सले महानायकको विहेको मिति गेस गर्नेमध्येबाट सही जवाफ पठाउने एक जनालाई चादीको हँसिया र महानायकसँग डिनर गर्ने अवसर प्रदान गर्ने पनि बताएका छन् । यसको लागि हँसियाको फेसबुक पेजमा गएर कमेन्ट बक्समा हमालको विहे मिति लेख्नुपर्नेहुन्छ । दुर्गा घलेले निर्माण गरेको चलचित्र ‘हँसिया’मा अभिनेत्री हेमा श्रेष्ठको एक्सनको सबैले प्रशंसा गरेका छन् । आज शुक्रबारबाट अलनेपाल प्रर्दशनमा आउन लागेको चलचित्र ‘हँसिया’मा महानायक राजेश हमाल, हेमा श्रेष्ठ र अनुपबिक्रम शाहीको मुख्य भुमिका रहेको छ ।
चलचित्रले अलनेपाल ६० वटा पर्दा पाएको छ । नयाँ र फरक शैलीको प्रचारमा उत्रिएको हँसियाले कस्तो ब्यापार गर्ने हो त्यो भने चलचित्र प्रर्दशनमा आएपछि नै हेर्न बाकी छ । तर चलचित्रले जस्तोसुकै व्यापार गरोस्, गायक राजेशपालयको क्यारिकेचर भने दर्शकहरुले अहिले रुचाएकै छन् है । राई इज किङ ज्युलाई नयाँ सुरुवातको लागी बधाई छ ।
राजेश पायल राईले गरेको क्यारिकेचर हेर्न यहाँ क्लिक गर्नुहोला ।
Shahrukh-Khan-tops-Tom-Cruise-and-Johnny-Depps-earnings
एजेन्सी
मुम्बई, २०७१, जेठ ८ विहिवार । पछिल्लो समयमा हलिउड चलचित्रलाई समेत टक्कर दिने बलिउड चलचित्र उद्योगकका कलाकारहरु धनको मामिलामापनि हलिउड कलाकारहरु भन्दा कम छैनन् । बलिउडका चलचित्र उद्योगमा बादशाह, किङखान तथा अन्य धेरै उपनामले चिनिने अभिनेता शाहरुख खान विश्वकै दोस्रो धनी कलाकार बनेका छन् । अभिनेता खान करिब ६०० मिलियन डलर बराबर सम्पत्तिको मालिक बन्दै दोस्रो धनी कलाकार बनेका हुन् ।

वेल्थ एक्स पत्रिकाले बलिउड, हलिउड तथा संस्सारभरका कलाकारहरु मिलाएर प्रकाशित गरेको सूचीमा अभिनेता शाहरुख खान दोस्रो नम्बरमा पर्न सफल भएका हुन् । विश्वकै सबैभन्दा धनी कलाकारको सूचीमा नम्बर एकमा भने हलिउडका कमेडियन जेरी सेनफिल्ड रहेका छन् । ६० वर्षीय कलाकारसँग कूल ८२० मिलियन डलर बराबरको सम्पत्ति रहेको बताइएको छ ।
बलिउड अभिनेता शाहरुख खानको यो सम्पतिको कारण हलिउड अभिनेताहरु टम क्रुज, जोनी डेप, टम ह्यांकस्, क्लिन्ट इस्टवुड र एडम स्यान्डलरजस्ता हलिउडका चचिर्त अभिनेताहरु पछि पारेका छन् ।
धनी कलाकारको तेस्रो स्थानमा ४८० मिलियन डलर बराबरको सम्पत्ति सहित अभिनेता टम क्रुज रहेका छन् भने ४५० मिलियन डलर सम्पत्तिसहित जोनी डेप र टाइलर पेरी चौथों स्थानमा रहेका छन् । दुई पटक ओस्कर जितेका टम ह्यांकस् आठौं स्थानमा रहेका छन् । उनीसँग ३९० मिलियन डलर सम्पत्ति रहेको सो पत्रिकाले जनाएको छ । ८४ वर्षीय क्लिन्ट इस्टवुड यस सूचीमा सबैभन्दा बढी उमेर भएका कलाकार हुन् । नवौं स्थानमा रहेका उनीसँग ३७० मिलियन डलर सम्पत्ति रहेको छ । दशौं स्थानमा एडम स्यान्डलर रहेका छन् । उनीसँग ३४० मिलियन डलर सम्पत्ति रहेको छ ।
त्यस्तै सबैभन्दा बढि सम्पत्ति हुने टप १० कलाकारको लिस्टमा भारतबाट एकमात्र नाम अभिनेता शाहरुख खानको हो ।
King Khan has made it to the list of the top ten wealthiest Hollywood and Bollywood personalities Shahrukh Khan, who enjoys a humungous fan following from all over the world has now made it to the list of the top ten wealthiest Hollywood and Bollywood personalities, thereby being the only Indian celebrity in the list.
selena-gomez-in-nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ ८ बिहिवार । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज नेपाल आएकी छन् । युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको तस्बिर फ्यानहरुले ट्विटरमा सार्वजनिक गरेपछि उनी आएको समाचार खुलेको थियो । युनिसेफको नेपालस्थित कार्यालय स्रोतका अनुसार नेपालगञ्जमा भएको कार्यक्रममा भाग लिन सेलेना नेपाल आएकी हुन् ।
![]() |
| तस्विरः ट्वीटरबाट |
हलिउडकी चचिर्त अभिनेत्री तथा गायिका सेलेनाले मंगलबार दाङको सतबरिया स्थित राप्ती माविको बालमैंत्री कक्षाको अवलोकन गरेपछि थारु नृत्यमा रमाएकी थिइन् । नेपालगञ्जमा भएको कार्यक्रमबाट बुद्ध एयरमा फकिर्एकी अभिनेत्री तथा गायिका सेलेना बुधबार अन्नपूर्ण बेस क्याम्प गएकी थिइन् ।
बुद्ध एयरका कर्मचारी र एयरहोस्टेजले पनि सेलेनासँगको तस्बिर पोस्ट् गरेका छन् । मंगलबार नै भक्तपुर पुगेकी उनीसँग केही फ्यानले तस्बिर खिच्न भ्याएका थिए । तर सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो समाजिक सञ्जाल फेसबुक पेज र ट्विटर अनी इन्सटलग्राममा नेपाल आएको केही उल्लेख गरेकी छैनन् । सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा रहिरहन्छन्छिन् । तस्बिर सौजन्य यादव योगी र विकिरण गौतम ।.jpg)
बुद्ध एयरका कर्मचारी र एयरहोस्टेजले पनि सेलेनासँगको तस्बिर पोस्ट् गरेका छन् । मंगलबार नै भक्तपुर पुगेकी उनीसँग केही फ्यानले तस्बिर खिच्न भ्याएका थिए । तर सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो समाजिक सञ्जाल फेसबुक पेज र ट्विटर अनी इन्सटलग्राममा नेपाल आएको केही उल्लेख गरेकी छैनन् । सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा रहिरहन्छन्छिन् । तस्बिर सौजन्य यादव योगी र विकिरण गौतम ।.jpg)
Nepali-Film-Journalist-bidur-giri-krishna-bhattarai-and-raj-shrestha
काठमाडौं, २०७१, जेठ ८ विहिवार । चलचित्र पत्रकार संघले हिजो बुधवारको दिन काठमाण्डौमा एक भव्य कार्यक्रमको आयोजना गर्दै ‘१५ औं चलचित्र पत्रकारिता दिवस’ मनाएको छ । संघ दर्ता भएको दिन जेठ ७ लाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आइएको छ ।.jpg)
.jpg)
यहि चलचित्र पत्रकारिता दिवसको अवसरमा ‘चलचित्र पत्रकारिता पुरस्कार र सम्मान’ पनि वितरण गरिएको छ । जसअन्र्तगत ‘चलचित्र पत्रकारिता सम्मान’बाट वरिष्ठ रंग पत्रकार विदुर गिरी सम्मानित भए भन ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट दुई वरिष्ठ रंग पत्रकारद्धय कृष्ण भट्टराई र राज श्रेष्ठलाई पुरस्कृत गरियो । .jpg)
.jpg)
सम्मानित गिरीलाई दोसल्ला, सम्मानपत्र र विभिन्न गिफ्ट ह्याम्परबाट सम्मानित गरिएको थियो, भने उता पुरस्कृत हुने भट्टराई र श्रेष्ठलाई १५ हजार ५ सय ५५ रुपैयाँ, पुरस्कार पत्रका साथमा थुप्रै गिफ्ट ह्याम्पर मार्फत पुरस्कृत गरिएको थियो । नेपाली सिनेमाकै पहिलो अभिनेत्री भूवन चन्द, अभिनेत्रीद्धय बसुन्धरा भुषाल र चैत्यदेवी कार्यक्रममा प्रमुख र विशेष अतिथीको रुपमा उपस्थित थिए । यस्तै कार्यक्रममा नेपाली सिनेमा सम्बन्धी विभिन्न संघसंस्थाका प्रतिनिधी, चलचित्र क्षेत्रका चचिर्त अभिनेत्रीहरु सहभागी थिए । केही वर्ष अगाडीका चर्चित अभिनेता निखिल उप्रेतीपनि कार्यक्रममा उपस्थित थिए ।.jpg)
.jpg)
कार्यक्रममा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर केक पनि काटिएको थियो । यस्तै, चलचित्र पत्रकार संघको नयाँ वेभसाइट पनि सुरुवात गरिएको घोषणा गरियो । यस्तै यो बर्षको क्यालेन्डर पनि चलचित्र पत्रकार संघले सार्वजनिक गरेको थियो । नयाँ वेभसाइट केही समयपछि औपचारीक रुपमा सुचारु हुने बताइएको छ ।
selena-gomez-ni-nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ ७ बुधवार । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज नेपाल आएकी छन् । युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको तस्बिर फ्यानहरुले ट्विटरमा सार्वजनिक गरेपछि उनी आएको समाचार खुलेको थियो । युनिसेफको नेपालस्थित कार्यालय स्रोतका अनुसार नेपालगञ्जमा भएको कार्यक्रममा भाग लिन सेलेना नेपाल आएकी हुन् ।

नेपालगञ्जमा भएको कार्यक्रमबाट बुद्ध एयरमा फकिर्एकी अभिनेत्री तथा गायिका सेलेना बुधबार अन्नपूर्ण बेस क्याम्प गएकी थिइन् । बुद्ध एयरका कर्मचारी र एयरहोस्टेजले पनि सेलेनासँगको तस्बिर पोस्ट् गरेका छन् । मंगलबार नै भक्तपुर पुगेकी उनीसँग केही फ्यानले तस्बिर खिच्न भ्याएका थिए । तर सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो समाजिक सञ्जाल फेसबुक पेज र ट्विटर अनी इन्सटलग्राममा नेपाल आएको केही उल्लेख गरेकी छैनन् । सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा रहिरहन्छन्छिन् ।
suman-shrestha-sangam
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ ७, बुधवार ।
गायक सुमन श्रेष्ठ ‘संगम’ ले आफ्नो नयाा गीत ‘पानी मीठो’ को म्युजिक भिडियो रिलिज गरेका छन् । उक्त भिडियोको छायांकन तमोर नदी र त्यस आसपासमा गरिएको छ । केही समयअघि मात्र गायक सुमनको ‘एक नजर तिमीले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो ।
सुमनको ‘पानी मीठो’ गीतको म्युजिक भिडियाको निर्देशन केदार धितालले गरेका छन् । यसअघि पनि समुनको भिडियो धितालले नै निर्देशन गरेका थिए । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा आफूलाई जमाउादै आएका धितालले ‘पानी मीठो’ गीतको भावनाअनुसार तमोर नदी र त्यस वरपर छायांकन गरिएको बताए ।
वृष म्युजिक प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका धितालले भने, ‘म्युजिक भिडियो गीतको भावनाअनुसार हुन जरुरी छ, भिडियोमा भाव समेट्न सकिएन भने खल्लो हुन्छ त्यो गीत ।’ सुमनको एल्बम ‘सुमन’ वृष म्युजिकले नै श्रोतासमक्ष ल्याएको हो । छायांकन गरिएका दुवै गीत एल्बम ‘सुमन’ कै हो । मोफसल धरानमा बसेर सांगीतिक करिअर सुरुआत गरेका सुमन पछिल्लो समय उदाउादो गायकका रूपमा चिनिन्छन् ।
nepal-Africa-film-festival-2014
काठमाडौं, २०७१, जेठ ७, बुधवार । विभिन्न ९ देशको सिनेमा समेटिएको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१४’ राजधानीको कमल पोखरी स्थित रसियन कल्चरल सेन्टरमा मागलबारबाट सुरु भएको छ ।
सेनेगलका फिल्म ‘टुकीबुकी’को प्रदर्शनसागै सो फिल्म महोत्सब सुरु भएको हो । महोत्सबको उद्घाटन नेपाल विधार्थी संघका अध्यक्ष एवा सभासद राजित कर्ण र नेपालका लागि विभिन्न देशका राजदूतले सायुक्त रुपमा गरेका थिए । युगान्डा स्थित मकारेरे युनिभर्सिटीका डिन प्रा.एरोन मुसाभेनीले यो महोत्सबले नेपाल र अफ्रिकाका सास्कृतिलाई जोड्ने काम गरेको बताए । ‘युगान्डा र नेपाल दुबै लामो जनयुद्धबाट गुज्रिएका मुलुका हुन् । दुबैको भौगोलिक, आर्थिक अबस्था उस्तै भएकाले दुई देशको सास्कृति सिनेमाबाट आदन प्रदान हुनु सराहनीय कार्य हो ।’ प्रा एरोनले भने ।

युगान्डाबाटै आएकी चलचित्र निर्देशक सिस्टर डोमिनिकले पनि यो महोत्सबले नेपाल र अफ्रिकालाई जोड्ने कम गरेको बताईन ।
इजिप्टका राष्ट्रपति बाहेर वेल्मीले आफ्नो मुलुकमा हुने फिल्म महोत्समा बिगतमा नेपाली सिनेमा सहभागी हुने गरेको स्मरण गरे । नेपालमा हुने यो महोत्सबमा आफ्नो मुलुकको सिनेमा सहभागी भएकोमा उनले खुसी व्यक्त गरे ।
नेपालका लागि रशियन राजदूत सर्गेई भेसिल्लेभिचले तेस्रो मुलुकमा पनि राम्रो सिनेमा बन्न थालेको बताए । यस्तो महोत्सबले तेस्रो मुलुकका सिनेमा सास्कृति आदन प्रदान हुने गरेको पनि उनले प्रकाश पारे ।
नेपाल विधार्थी संघका अध्यक्ष एवा सभासद राजित कर्णले अफ्रिका जस्तो अर्को महादिपको चलचित्रको नेपालमा महोत्सब हुनु गर्वको कुरा भएको बताए । यस्तो महोत्सबले चलचित्र सास्कृतिसागै विभिन्न कुरा आदन प्रदान हुने विश्वास उनले व्यक्त गरे ।
दक्षिण अफ्रिकाका कन्सुलेट प्रदीप श्रेष्ठले नेपाल र दक्षिण अफ्रिका पनि धेरैकुरामा समान भएको बताए । नेपालमा बसेर नेपाली दर्शकले बिगत चार वर्षदेखि यो महोत्सब मार्फत अफ्रिकाका सिनेमा मार्फत आफ्रिकालाई बुझने अबसर पाएको उनले स्मरण गराए ।
यस्तै नर्वेजियन दूतावासका हाकोन अराल्ड गुलब्रान्ड्सेनले पनि कलेज आफ जर्नालिजम एन्ड मास कम्युनिकेसनले अफ्रिकाका फिल्मको महोत्सब नेपालमा गर्नु प्रसासनीय कार्य भएको बताए ।
अफ्रिकालाई नेपालको नजरले हेर्न र नेपाली एवा अफ्रिकी फिल्मलाई एकै थलोमा ल्याएर दर्शकलाई पस्कन आफुले चार वर्ष देखि नेपाल अफ्रिका फिल्म फेस्टिलब गर्दै आएको कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन एवा सो महोत्सबकी अध्यक्ष मञ्जु मिश्रले बताईन । नेपाली फिल्मको अब अफ्रिकामा महोत्सब गर्ने पनि उनले जानकारी गराईन ।
काठमाडौंको कमलपोखरी स्थित रशियन कल्चरल सेन्टरमा मागलबारबाट सुरु भएको यो महोत्सब बिहिबारसम्म जारी रहने छ । महोत्सबमा विभिन्न ८ ओटा अफ्रिकी मुलुकका आठ ओटै सिनेमा प्रदर्शन हुादैछ ।
महोत्सबमा मागलबार तीनओटा सिनेमा रिलिज गरियो जसमा सेनेगलको ‘टुकी बुकी’ युगान्डाको ‘द ग्रिन ड्रिम’ र नेपालको राहदानी थियो ।
ashok-kumar-pyasi
विशाल चौतारी समाचार
काठमाडौा । गायक अशोक कुमार प्यासी आफ्नो चौथो एल्बम ‘माफी’ लिएर स्रोतामाझ आएका छन् । उदयपुर कटारीका गायक राईले यसअघि मोफसलमै रहेर आकाशको तारा गनेर, यो जुनीमा तिम्रै हुन पाउा र प्यासी गरी तीन वटा गीति एल्बमहरु स्रोतामाझ पस्किसकेका छन् ।
अघिल्ला एल्बमहरुको सफलतासागै हौसिएका गायक प्यासीले आफ्नो चौथो एल्बमको रुपमा पप–आधुनिक गीतहरुको संगालोको रुपमा स्रोताहरुलाई ‘माफी’ दिएका छन् । माया र पिरतीमा, रातो भाले, आाखामा तस्वीर उसको, छाड्नु रहेछ, तिम्रै निम्ति गरी पााच वटा पप–आधुनिक गीतहरु समावेश गरिएको ‘माफी’ मा स्वीकृति बराल, प्रियजन राई, रबि गोले र अशोक कुमार प्यासीको शब्द रहेको छ भने संगीत भर्ने काम ताराप्रकाश लिम्बू, बिनोद खम्बु, शिव थापा र गायक स्वयम्ले गरेका छन् । ‘माया र पिरतीमा’ र ‘रातो भाले’ बोलका गीतलाई अहिले स्रोताले अत्यधिक मनपराइरहेको र यी दुबै गीतबाट स्रोतामाझ अझै परिचित हुने विश्वास लिएका गायक प्यासी गीत संगीतको क्षेत्रमा नै आफूलाई समर्पित गरिरहने बताउाछन् ।
kiran-lacoul-and-sushma-adhikari
विशाल चौतारी समाचार
काठमाडौ, २०७१ जेठ, ६ मंगलवार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाइरहेकी अभिनेत्री तथा मोडल शुस्मा अधिकारीको चुम्बनले जो सुकै केटाहरुपनि भुतुक्कै हुन्छन् । तर यस्तो चुम्बन पाउने मौका कहा सबैले पाउछन् र ? तर मोडेल किरण लाकौल धेरै पुरुषहरु मध्ये भाग्यमानि रहेछन् । गत शनिबार किरणलाई अभिनेत्री शुष्माले चुम्बन दिएपछि लाजले भुतुक्कै भए अनि खुशीले चिच्याए ।.jpg)
.jpg)
जब अभिनेत्री शुष्मा अधिकारीले उनको गालामै चुम्वन गरिन्, तव उनको खुशी ब्यक्त गर्ने आधार बनाएर उनि मज्जाले चिच्याए । तर उनको खुशी पुरा हुन नपाउंदै पछाडीबाट एकजना व्याक्तिले कट भने ।
प्रसंग हो निर्देशक दिपक बिष्टले निर्देशन गरेको एक म्युजिक भिडियोको सुटिङ । काठमाडौँको भैसेपाटीमा यी दुई मोडेलको रोमान्स लगभग दिनैभरि चलिरह्यो दिपक बिष्टको एक्सन कटमा ।.jpg)
यस म्युजिक भिडियोलाई नबिन गुरुङले छायाँकन गरेका हुन् । चचिर्त गायकरसंगीतकार तथा गीतकार शिवराज गुरुङको स्वर ,शब्द र संगीतमा रहेको यस गीतको अडियो तथा भिडियोलाई एसियन म्युजिकले बजार ब्यबस्थापन गरेका छन् । डीएनएस इन्टरटेन्टमेन्टले म्युजिक भिडियोको निर्माण गरेको हो । डीएनएस इन्टरटेन्टमेन्टबाट निमिर्त विभिन्न म्युजिक भिडियोहरु छिट्टै नै रिलिज हुदै छन् भने एक म्युजिक भिडियो छुर्पी मिठो फुङलिङको रिलिज अगावै एक फिल्म एण्ड म्युजिक अवार्डमा रिलिज अगावै मनोनित भएको थियो ।
ad
.jpg)
यस म्युजिक भिडियोलाई नबिन गुरुङले छायाँकन गरेका हुन् । चचिर्त गायकरसंगीतकार तथा गीतकार शिवराज गुरुङको स्वर ,शब्द र संगीतमा रहेको यस गीतको अडियो तथा भिडियोलाई एसियन म्युजिकले बजार ब्यबस्थापन गरेका छन् । डीएनएस इन्टरटेन्टमेन्टले म्युजिक भिडियोको निर्माण गरेको हो । डीएनएस इन्टरटेन्टमेन्टबाट निमिर्त विभिन्न म्युजिक भिडियोहरु छिट्टै नै रिलिज हुदै छन् भने एक म्युजिक भिडियो छुर्पी मिठो फुङलिङको रिलिज अगावै एक फिल्म एण्ड म्युजिक अवार्डमा रिलिज अगावै मनोनित भएको थियो ।
ad
Basant-Gharti-Magar-song-bahana
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ, ६ मंगलवार । गायन क्षेत्रमा सकृय रहेका बसन्त घर्ती मगर अहिले एउटी रेन थापासंग चाहना र बाहाको कुरा गर्नमा ब्यास्त रहेका छन् ।
प्रसंग हो गायक बसन्तको पछिल्लो म्युजिक भिडियो ‘बाहाना’ बोलको म्युजिक भिडियोको । जहा गायक बसन्तले मोडल रेन थापासंग गीतको तालमा निकै मस्ति गरेका छन् ।
गायक बसन्तको पछिल्लो एल्बम ‘मेरो प्रेम’मा समावेश गरेको म्युजिक भिडियोलाई स्पन्दन स्वरहाङ राईले निर्देशन गरेका छन् । स्पन्दनकै शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोलाई जिवन श्रेष्ठले खिचेका हुन् । विशाल चौतारी डटकमले आधिकारीक रुपमा यस भिडियोलाई Published on May 19, 2014 वल्ड पिंमियर गरेको हो ।





rajesh-payal-rai
काठमाडौं, २०७१, जेठ ५ सोमबार । जब राई इज किङ राजेशपायल राई स्टेजमा उत्रिन्छन्, तब दर्शकहरुपनि उर्लिने गरेका छन् । यस्तै क्रममा गायक राजेशपायल राईले बिर्तामोड झापामा आज सोमबार करिव १० हजार भन्दा बढि दर्शकहरुको माझमा कन्र्सट गरेका छन् ।.jpg)
.jpg)
बिर्तामोड चोकमा करिब ६ बजे तिर झुल्किएका गायक राजेशपायल राईले आफ्नो पछिल्लो पाश्र्व गायनको हिट गीत ‘नाई नभन्नु ल २’बाट गाउन सुरु गरेका थिए । कन्र्सट हेर्न आएका १० हजार भन्दा बढि दर्शकहरुको गीत सकिने बित्तिकै आउँने हुटिङले गायक राजेशपायलले नेपाली आधुनिक तथा पाश्र्व गायन गीतहरु गरी २० देखी २५ वटाको हाराहारीमा गाए ।

१० औ हजार दर्शकहरुमा गायक राजेशपायलको बढि महिला फ्यानहरुलाई भएकाले उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मी कै परिचालपनि गर्नुपरेको थियो । कार्यक्रम प्रसाशनका सुरक्षकर्मिहरुले नसकेपछि स्थानीय प्रहरी समेत भिडलाई सान्त बनाउन आउन परेको थियो । गायक राजेशपालय राईको मितज्यु राजेश हमालले बिबाहको पक्का जस्तै गरेपनि अहिलेसम्म गायक राजेशपालले चाही गर्लफ्रेण्ड नै नबनाएको बताउदै आएका छन् । यहि कारणपनि हुन सक्छ गायक राईको महिल क्रेज दिन प्रतिदिन कार्यक्रमहरुमा बढ्दै गएको देख्न सकिन्छ ।

एक पिडीत अपाङ्ग विकाश केवतको सहयोगार्थ आयोजना गरिएको कन्र्सटलाई टाइगर भाई, विक्सन राई, मिलन काका, कुमार सिलवाल, निर्देशक उदय सुब्बा, कल्याण लिम्बु, रिको घडि विर्तामोड, मन्त्री भुपेन्द्र लिङदेन, सुबास मेचे लगायतले कार्यक्रमलाई आयोजना गरेका हुन् । आर्थिक सहयोर्थ कन्र्सट भएकाले फ्रि अफ कस्ट रहेको थियो । पिडीतलाई सरकारलेपनि नहेरेपछि कन्र्सट आयोजना गरेको आयोजकले बताएको छ ।








.jpg)



