• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पर्साबाट चुनाव लड्ने अभिनेत्री रेखा थापाको पक्कापक्कि जस्तै

    १५ भाद्र, काठमाडौ । अभिनेत्री रेखा थापालाई एकीकृत माओवादीले पर्साबाट संविधान सभा निर्वाचनमा चुनाव लड्न प्रस्ताव आएको छ । भोजपुरा राज्य समितिको बैठकमा अभिनेत्री थापालाई पर्साको कुनै पनि क्षेत्रबाट निर्वाचनमा उम्मेद्वार बनाउनुपर्ने माग अधिकांश सदस्यले गरेको भोजपुरा राज्य समिति संयोजक प्रभु साहले बताए ।

    फाईल तस्विर
    बैठकमा थापालाई पर्सा क्षेत्र नं १ बाट उम्मेद्वार बनाउन माग गरिएको बताइएको छ । बैठकमा थापालाई उम्मेद्वार बनाउन माग गरेपछि बैठकबाटै थापासँग एमाओवादी नेताहरुले फोन सम्पर्क गरेका थिए। अभिनेत्री थापाले प्रस्ताव आफूलाई स्विकार भएको बताएकी थिइन् । थापाले स्विकार गरेपछि, आन्तरिकरुपमा टिकट दिने सहमति भयो,’बैठकमा सहभागी एमाओवादीका एक नेताले नागरिकन्युजलाई बताएका छन् ।
    यता अभिनेत्री थापाले आफूलाई मोरङ १ र पर्सा, वीरगञ्ज क्षेत्रबाट चुनाव लड्ने प्रस्ताव आएको बताएकि छिन् । रेखाले भनेकि छन् –‘पार्टीका साथीहरुले प्रस्ताव गर्नुभएको छ, पार्टीकै निर्देशनअनुसार निर्वाचनमा उम्मेद्वार बन्छु ।’ उनले आफूले टिकट पाएमा अत्याधिक बहुमतले जित्नेअसमेत दाबी गरिन्। उनले पार्टीको सिफारिस अनुसार मोरङ वा पर्सा को कुनै क्षेत्रबाट निर्वाचनमा उम्मेद्वारी दिने बताइन् । बैठकले एमालेबाट एमाओवादी प्रवेश गरेकी उमिर्ला अर्याललाई पनि पर्साकै कुनै क्षेत्रबाट संविधान सभाको निर्वाचनमा टिकट दिने सहमति गरेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.