• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बुद्ध जन्मस्थल चिनाउन तोक्मे बुढा र विश्वकै होचा डागिले नृत्य गर्ने

    काडमाडौ । अहिलेका चर्चित अभिनेता विल्सन विक्रम राई (तोक्मे बुढा) र विश्वकै होचा चन्द्र बहादुर डागिले संगै नृत्य प्रस्तुत गर्ने भएका छन् । मलेसियाका विभिन्न शहरमा ४ दिनसम्म आयोजना हुन लागेको ‘एभरेष्ट कन्र्सट’मा उनिहरुले नृत्य गर्ने भएका हुन् ।


    कार्यक्रमको बिषयमा जानकारी दिन आज आयोजित एक पत्रकार सम्मेलनमा तोक्मे बुढाले डागीसग नृत्य गर्ने जानकारी दिएका हुन् । विश्व आदिवासी दिवस तथा मलेसियाको ठूलो चाड हरि रायाको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । कार्यक्रमको आयोजना १९ औ विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले एभरेष्ट कन्र्सट नाम दिएर ४ दिनसम्म गर्न लागेको हो ।
    कार्यक्रमका लागि अभिनेता राई ‘तक्मे बुढा र डागि सहित नायिका नीता ढुंगाना, गायक रोज मोक्तान, लोक गायक मिलन लामा, गायिका तथा नायिका विष्णुा चेम्जोङ, मोडल भावना गुरुङ तथा विभिन्न ७ विधामा ‘गीनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल थानेश्वर गुरागाई सहभागी हुने सम्मेलनमा बताइएको थियो ।

    विदेशमा नेपाली कलासंकृतिको जगेर्ना गर्ने र कार्यक्रमबाट बचेको आर्थिकले मलेसियामा रहेका श्रमिकहरुलाई आपतविपतमा परेको बेला सहयोग गर्ने, गौतम बुद्धको जन्मस्थल नेपाललाई चिनाउने, विश्वको अग्लो चुचुरोलाई विश्वव्यापीकरणा गर्ने, लगायतका उद्धेश्य राख्दै यो कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजकले बताएको छ ।


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.