२ हजार वर्ष अगाडि नै बुद्ध नेपालमा जन्मिएको टुंगो लागिसकेको हो– भारतिय दुतावास
३१ भद्र, काठमाडौं ।
भारतीय सञ्चारमाध्यमले गौतमबुद्ध भारतमा जन्मेको भ्रामात्मक प्रचार गरिरहेका बेला भारतीय दूतावासले भगवान गौतम बुद्ध नेपालमै जन्मेको जनाएको छ । दूतावासले आइतबार सामाजिक सञ्जाल फेसबुक, ट्विटर मार्फत अनौपचारिक प्रतिक्रिया दिँदै बुद्ध कहाँ जन्मेको भन्ने विषयको टुंगो २ हजार वर्षअघि नै लागिसकेको जनाएको छ ।

भारतीय विदेशसचिव सुजथा सिंहले पनि दुई दिने नेपाल भ्रमणबाट फर्कने क्रममा आइतबार बुद्ध नेपालमै जन्मिएको अभिव्यक्ति दिइन् । भनिन्, ‘बुद्धको जन्मस्थल लुम्बिनी हो । लुम्बिनी नेपालमा पर्छ ।’ (बिसी)
0 comments
Write Down Your Responses