निर्माता बनेका आर्यनले गायक धिरजकी श्रीमति र नमृतालाई लिए
२४ भाद्र, काठमाडौ । पछिल्लो समयमा नेपालि अभिनेताहरु क्रमश: रुपमा निर्माताको रुपमा आउन थालेका छन् । यस्तै क्रममा अभिनेता आर्यन सिग्देल औपचारिक रुपमै नेपाली चलचित्रको निर्माता बनेका छन् । आज सोमवार पत्रकार सम्मेलन गरी उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘नोभेम्बर रेन’को बारेमा जानकारी गराइएको थियो ।
नेपाली सांगीतिक क्षेत्रका चचिर्त गायक धिरज राइकी धर्मपत्नी छुल्थिम गुरुङ राईलेपनि यहि चलचित्रबाट डेव्यु गर्दैछिन । कार्यक्रममा बोल्दै निर्माता बनेका अभिनेता आर्यन सिग्देलले ‘नोभेम्बर रेन’लाई आफूले बनाएको चलचित्रमा भनेर गर्व गर्न योग्य बनाउने दाबी गरे । चलचित्रका निर्देशक दिनेश राउतले चलचित्र भनेको वास्तविक जीवन भन्दा परको र नभोगेको बिषयमा बन्ने भन्दै समिक्षकहरुलाई पहिले नै स्पष्टिकरण दिएका थिए । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी लगायतले शुभकामना दिए ।
भद्र ३० गतेबाट छायांकनमा जाने यस चलचित्रमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, केशव भट्टराई, हिउवाला गौतम, अमितेश शाह, शिशिर राना, अल्पना कर्मचार्य, महेश त्रिपाठी, अर्जुन खड्का र राजु लामाको मुख्य भूमिका रहनेछ । आर्यन सिग्देल इन्टरटेन्मेन्टको प्रस्तुतीमा सुवास इन्टरटेन्मेन्टले यो चलचित्रलाई निर्माण गर्न लागेको हो । कमल राई कार्यकारी निर्माता रहेको यो सिनेमामा राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, चेतन गुरुङको लेखन, ताराप्रकाश लिम्बुको संगीत, हिमाल केसीको दन्द्ध, कविराज गहतराजको नृत्य निर्देशन रहने बताइएको छ ।

नेपाली सांगीतिक क्षेत्रका चचिर्त गायक धिरज राइकी धर्मपत्नी छुल्थिम गुरुङ राईलेपनि यहि चलचित्रबाट डेव्यु गर्दैछिन । कार्यक्रममा बोल्दै निर्माता बनेका अभिनेता आर्यन सिग्देलले ‘नोभेम्बर रेन’लाई आफूले बनाएको चलचित्रमा भनेर गर्व गर्न योग्य बनाउने दाबी गरे । चलचित्रका निर्देशक दिनेश राउतले चलचित्र भनेको वास्तविक जीवन भन्दा परको र नभोगेको बिषयमा बन्ने भन्दै समिक्षकहरुलाई पहिले नै स्पष्टिकरण दिएका थिए । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी लगायतले शुभकामना दिए ।भद्र ३० गतेबाट छायांकनमा जाने यस चलचित्रमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, केशव भट्टराई, हिउवाला गौतम, अमितेश शाह, शिशिर राना, अल्पना कर्मचार्य, महेश त्रिपाठी, अर्जुन खड्का र राजु लामाको मुख्य भूमिका रहनेछ । आर्यन सिग्देल इन्टरटेन्मेन्टको प्रस्तुतीमा सुवास इन्टरटेन्मेन्टले यो चलचित्रलाई निर्माण गर्न लागेको हो । कमल राई कार्यकारी निर्माता रहेको यो सिनेमामा राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, चेतन गुरुङको लेखन, ताराप्रकाश लिम्बुको संगीत, हिमाल केसीको दन्द्ध, कविराज गहतराजको नृत्य निर्देशन रहने बताइएको छ ।




0 comments
Write Down Your Responses