• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • खुकुरीको भरमा तालिवानीलाई जित्ने गोर्खा सैनिकले पाए बेलायतको उच्च सैनिक सम्मान

    १८ असोज, काठमाडौं । अफगानिस्तानमा तालिवानी विद्रोहीसँग वीरतापूर्वक लडेर चर्चा कमाएका बेलायती गोर्खा सैनिक तुलजंग गुरुङले बेलायतको उच्च सैनिक सम्मान प्राप्त गरेका छन् । अफगानिस्तानको हेलमन्द प्रान्तस्थित बेलायती सैनिक बेसमा आक्रमण गर्न आएका एके–४७ हतियारधारी तालिबान विद्रोहीसँग खुकुरीको भरमा लडेर विद्रोहीलाई मारेका तुलजंगलाई बेलायत सरकारले बेलायतको तेस्रो ठूलो सैनिक सम्मान ‘मिलिटरी क्रस’ प्राप्त गरेका हुन् ।
    २८ वर्षे गुरुङले अफगानिस्तानमा देखाएको साहस र वीरताको सम्मान गर्दै बेलायत सरकारले उनलाई उच्च सैनिक सम्मान प्रदान गरेको हो । बेलायती सेनाको लेन्स कर्पोरल पदमा कार्यरत गुरुङको वीरताको सम्मान गर्दै बेलायती सेनाको उच्च सैनिक अधिकारीले उनको निस्वार्थी साहसले ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताएका छन् । बेलायत सरकारले गुरुङसँगै अन्य ११७ जना सैनिकलाई उक्त सम्मानबाट सम्मानित गर्ने भएको छ ।अनलाईन खबर साभार 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.