• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पार्वति भन्छिन् :–विवाहपछिपनि संगितमा घरपरिवारको सपोर्ट छ

    पार्वति राई, गायिका 
    विशालसंग संगित संवाद्ध 
    पछिल्लो समयमा के मा व्यास्त हुनुहुन्छ ? 
    अहिले विशेष गरेर म संगितमै व्यास्त रहेको छु । युकेमा रहनु भएका लाल सुन्दर राई ज्युको एकल शब्दमा मैले गितहरु रेकर्डिङ गराईरहेको छु । एल्वम केहि समयपछि निकाल्ने प्रयासमापनि जुटेको छु । यससंगै त्यहि साङ्गितिक कन्र्सटहरुमा व्यास्त छु ।
    साङ्गितिक क्षेत्रमा कसरी लाग्नुभयो ?
    सबैभन्दा मुख्य कुरा म साङ्गितिक क्षेत्रलाई सानैदेखि रुचाउथे । विधिन्न कलाकारहरुको गितहरु गुनगुनाउने गर्थे । त्यहि कारणलेपनि होला मलाई मेरो स्वर सुन्ने घरपरिवार तथा छिमेकिहरुले राम्रो गायिका बन्नुपर्छ भन्ने सल्लाह दिन्थे । त्यहि कारणलेपनि मलाई राम्रो गायिका बन्छु भन्ने सानै उमेरदेखिको चाहना थियो । म काठमाडौ आएपछि त्यहि चाहना संगितमा लगनशिलतामा परिणत भयो । खासै यहि कारण भन्ने त छैन । 
    विवाहपछि साङ्गितिक क्षेत्रमा परिवारको सर्पोट कस्तो छ ? 
    अरु कलाकारको घरपरिवारबाट कस्तो सर्पोट मिल्छ, त्यो मलाई थाहा छैन, तर मलाई चाहि विवाहपछिपनि मेरो माइतिबाट झै संगितमा सर्पोट रहेको छ । त्यहि भएरैपनि म अहिले सम्मपनि साङ्गितिक क्षेत्रमा लगातार रुपमा सकृय भएर लागिरहेको छु । म कहिलेकाहि सोच्ने गर्छु, यदि मेरो परिवारले संगितलाई नजिकबाट नबुझिदिएको भए, म यो स्थानमा हुन्न थिए भनेर !
    नेपालि साङ्गितिक बजारमा गित गाएरै त जिविका चलाउन कलाकारहरुलाई गाह्रो छ भनिन्छ नि ? 
    मैलेपनि समाचारहरु सुन्दा त त्यस्तै सुन्ने गरेकि छु । तर मलाई चाहि नेपालि संगितले नै जिविका चलाईदिरहेको छ । अहिले सम्म मैले कुनै अन्य व्यावसायपनि गरेको छैन । अहिले सम्म म गाएर धेरैभन्दा धेरै सन्तुष्टि छु ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.