• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • लोक संगीत फिल्म महोत्सवमा ‘राहदानी’को मारुनी

    विशाल चौतारी समाचार
    शुक्रबारबाट काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा जारी ‘तेस्रो अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव’ आईतबार सकिएको छ । महोत्सबका लगि चयन भएको नेपाल सहित विभिन्न देशका लोकसागीत समेटिएका ३२ चलचित्र, बृत्तचित्र एवंम् गीतिदृष्य (म्युजिक भिडियो) प्रदर्शन गरियो ।
    सो महोत्सबका लागि सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित चलचित्र ‘राहदानी’को मारुनी गीत पनि चयन भएको थियो । महोत्सको तेस्रो दिन आईतबारको दोस्रो शोमा सो मारुनी प्रदर्शन गरियो । ‘नेपाली चलचित्रमा मौलिक लोकसंगीत एवम् नृत्यले स्थान पाउन छाडेको बेला चलचित्र राहदानीमा मारुनी पूर्वेली मौलिक लोक नृत्य तथा भाकाहश्र समेटिएको रहेछ । सोही कारण यो गीति दृष्यलाई महोत्सबमा चयनसागै प्रदर्शन गरिएको हो ।’ महोत्सबका अध्यक्ष रामप्रसाद काडेलले कार्यक्रममा प्रकाश पारे ।लक्ष्मीप्रसाद ढकालको प्रस्तुति रहेको चलचित्र राहदानीको यो गीतको रिलिज गत १४ कात्तिकमा गरिएको थियो । डा. गोबिन्द कुसुमले लेखेको साउनको ठुलो झरी...बोलको यो मारुनी गितमा बसन्त सापकोटाको संगीत रहेको छ । निशा देशारको स्वरमा रहेको यो मारुनीको नृत्य निर्देशन राजु शाहले गरेका थिए । जसमा राहदानीका प्रमुख कलाकारले नृत्य गरेका छन् । चलचित्र राहदानीको रिलिज आउदो २८ चैतमा गरिने निर्माण पक्षको बताएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.