म्युजिक भिडियो हुदै पण्डित ‘उडान’मा
काठमाडौ : कलाकारिता रुताउने युवाहरुको जमात धेरै रहेको छ, आजभोलि । तर थोरै युवाहरुले मात्र आफ्नो चाहना पुरा गर्ने अवसर पाउछन् कलाकारीताको दुनियामा । त्यहि थोरै युवाहरुमा सिरहा मर्चैयाका मनोज पण्डित पनि आधादशक देखि कलाकारिताको क्षेत्रमा संघर्षरत छन् । ज्यान कसम, अन्तिम मिलन बोलको म्युजिक भिडियो चलचित्र मार्फत अभिनय यात्रा शुरुगरेका मनोज पण्डितले बन्धन नामक टेलि चलचित्रको माध्येमबाट दर्शकको नजिक पुग्न सफल भएका हुन ।त्यस पश्चात पण्डितले फर्किआउ वर्षात लगायतका चलचित्रमा काम गर्ने मौका पाए । प्रदिप भारव्दाजको लेखन, रमेश कुमार राईको निर्देशन रहने छायााकनको तयारीमा रहेको चलचित्र उडानमा समेत उनको सशक्त भूमिका रहने बताइएको छ । हाल विएससिमा अध्यायनरत प्रतिभावान कलाकार मनोज पण्डित आफु कला संस्कृतिको पुजारी भएकोले यस क्षेत्रमा निरन्तर लागि पर्ने बताउछन् ।


0 comments
Write Down Your Responses