• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • श्रदाको लागि आमा ‘बेस्टफ्रेन्ड’


    मुम्बई । चर्चित चलचित्र आशिकी २ कि बलिउड अभिनेत्री तथा शक्ति कपुरको छोरी श्रद्धा कपुरले जस्तोसुकै भूमिका पनि गर्न चाहेको बताएकी छन् । ‘म हरेक किसिमका भूमिका गर्न तयार छु,’ श्रद्धाले भनेकी छन्, ‘आफ्नो भूमिका यस्तै हुनुपर्छ भन्ने छैन ।’
    सन् २०१० मा प्रदर्शित फिल्म ‘तीन पत्नी’ बाट बलिउडमा करिअर सुरु गरेकी श्रद्धा अभिनीत पछिल्लो चलचित्र ‘आशिकी–२’ हालै प्रदर्शन भएको छ । जुन फिल्म यस वर्षको सुपरहिट मानिएको छ । श्रद्धा भन्छिन्, ‘म फिल्ममा हरेक किसिमका भूमिका गर्न चाहन्छु र गर्न सक्छु पनि ।’
    श्रद्धा बलिउड फिल्म उद्योगमा अभिनेत्रीको प्रतिस्पर्धामा सामेल हुन चाहन्नन् । उनी भन्छिन्, ‘मलाई बचपनदेखि नै अभिनेत्री बन्ने सपना देख्ने गर्थें । यस इन्डस्ट्रीमा मेरो कोहीसाग तुलना हुदैन, सिर्फ म आफ्नो काममा ध्यान दिन चाहन्छु ।’ उनले कसैसाग प्रतिस्पर्धा गर्न फिल्मी क्षेत्रमा नआएको बताइन् । श्रद्धाले भनिन्, ‘परिवारमा पनि मलाई राम्रो सपोर्ट छ । मेरी आमा मेरो बेस्ट फ्रेन्डजस्तै हुनुहन्छ । उहाले सबै कुरा मसाग सेयर गर्नुहुन्छ ।’ फिल्म ‘आशिकी–२’ को सफलतादेखि एकदमै खुसी रहेको बताउदै श्रद्धाले भनिन्, ‘म आफ्नो आगामी फिल्म ‘गोरी तेरे प्यार में’ र ‘उंगली’ बाट पनि आशावादी छु ।’(

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.