• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सेतो र कलेजी रङमा बिन्दी आर्टमा गान्धी फिगर

    काठमाडौ,मंसिर १४ । कला कोर्न क्यानभास र रंग चाहिँदैन । महिलाले प्रयोग गर्ने टीका र ऐना देख्नेबित्तिकै उनी सिर्जना कोर्न थाल्छन् । भारतका तिनै चित्रकार शेषधर पाण्डे त्यस्तै प्रसाधनको प्रमुखता रहेको ‘बिन्दी आर्ट’ प्रदर्शनीका लागि नेपाल आएका छन् ।
    नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा बुधबार थालिएको प्रदर्शनीमा उनको कलाको विषयचाहिँ गान्धी फिगर छ । उनले सेतो र कलेजी रंगका बिन्दीहरु ऐनामा टाँसेर गान्धीको फिगर निकालेका छन्, जुन अत्यन्त मन छुने छ । भारत, भुटान, अमेरिकामा बिन्दी आर्ट प्रदर्शन गरिसकेका शेषधर यही प्रयोजनमा नेपाल पहिलोपटक आएका हुन् । कुनै पनि चित्रकारले रंगमा मात्रै कला कोर्नुपर्छ भन्ने परम्परागत धारणालाई चिर्दै फरक शैलीमा आफ्नो छवि राख्न सक्नुपर्ने उनको मान्यता छ । ‘कलामा व्यक्तिविशेषको फरक पहिचान हुनैपर्छ,’ उनले भने, ‘ऐना र टीकाको कन्सेप्ट म आफंले सिर्जना गरेको हुँ ।’ ऐनामा चम्किलो प्रभाव हुनु र टीकामा रंगको विविधता हुनुले सुन्दर कला सिर्जना गर्न मद्दत पुग्ने उनको अनुभव छ । ‘टीका टाँसेरै फिगर उर्तानुचाहिँ जटिल हुन्छ,’ उनले सुनाए, ‘काम गाह्रो छ, तर मन छुने पनि ।’
    महात्मा गान्धी अहिंसाका प्रतिमूति र्भएकाले शेषधरले आफ्नो कलामा उनलाई उतारेका हुन् । विश्व अझै पनि हिंसाले ग्रस्त छ । महिला हिंसाविरुद्धको प्रसंग जोड्दै उनले गान्धीको मार्ग भुलिँदै गएकाले कलामार्फत पुन: स्मरणको प्रयास गरेको सुनाए । उनको एउटा क्यानभासमा कछाड बेरी लट्ठी टेकेर उभिएका गान्धीले अर्को मान्छेलाई प्रेमपूर्वक काखमा राख्ने प्रयास गरेका छन् । बन्धुत्वको सन्देश सम्प्रेषित गर्ने त्यो कला मनोहर छ । त्यस्तै, बाँदर र घँैटोको चित्रमा गरिएको टीकाको प्रयोग तुलनात्मक रपमा कलात्मक देखिन्छ । भारतको नोएडामा बस्ने र स्टुडियो सञ्चालन गर्ने शेषधरको प्रदर्शनी दस दिन चल्नेछ । त्यहाँ १ लाख २० हजारदेखि ३२ लाख रुपैयाँसम्मका कला छन् । ‘बिन्दी आर्टमा धेरै मिहिनेत र समय लाग्ने गर्छ,’ कला अलि महँगो भयो कि भन्ने प्रश्नमा उनले भने, ‘त्यसैले मेरा सिर्जनाहर अरको तुलनामा महँगै हुने गर्छन् ।’ साभार : कान्तिपुर दैनिक

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.