• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • कांग्रेसले निहुा खोज्यो भने बामपन्थी सरकार : गौतम

    EXCLUSIVE- BISALCHAUTAARI- NEWS
    विशाल चौतारी समाचार
    काठमाडौं, ९ माघ ।
    नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कांग्रेसले निहुा खोज्यो भने बाम सहकार्यको सरकार गठन हुने बताएका छन् । प्रेस चौतारीले गरेको कार्यक्रममा गौतमले राष्ट्रपति बचाउान खोजेर कांग्रेसले राष्ट्रलाई बन्धक बनाएको भन्दै मुलुकलाई निकास दिन यस्तो विकल्प अपनाउान एमाले तयार रहेको बताए ।
    उनले राष्ट्रपतिलगायतको टुंगो संविधानसभाले लगाउाने भन्दै यसका लागि एमाओवादीसाग सहमति भइसकेको बताए । दुई बर्षका लागि निर्वाचित राष्ट्रपति बर्षाैसम्म रहनु लोकतन्त्रको मान्यता विपरित हुने बताए । राष्ट्राध्यक्ष कि मन्त्रिपरिषद अध्यक्षले बैठक बोलाउाने भन्ने बखेडा पनि कांग्रेसले समय बर्बाद बनाएको उनले बताए ।
    गौतमले संविधान निर्माण नभएसम्म कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने एमालेको आधिकारिक धारणा अहिलेसम्म यथावत रहेपनि एमालेसाग कांग्रेस आफै टाढिन खोजेको बताए । कहिले एमाओवादी र कहिले एमालेसाग बार्ताको नाममा कांग्रेसले आफै बढारिने बाटो रोज्दै गएको बताए ।
    एमालेको नवौं महाधिवेशनलाई एकता र सर्वसहमतिको बनाउाने पहल आफुले थालेको पनि बताए । सर्वसहमतिको प्रयासमा झलनाथ खनाल, माधव नेपाल र केपी ओलीसागै अध्यक्षको प्रत्यासी आफु पनि भएको घोषणा गरे । उनले भने – तीनै जना मभन्दा कान्छा हुन्, म सर्वसहमतबाट अध्यक्ष बन्नु अनौठो होइन । गौतमले संसदीय दलको नेता, पार्टी अध्यक्ष, प्रधानमन्त्रीमा सहमति गरेर सर्वसहमत नेतृत्व चुन्ने बताए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.