• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • समयको सन्देश



    गजल

    अटल क्रान्तिकारी






    दोस्रो चोटी भयो अव, जनताको हार नहोस्
    एक बर्ष भन्नुभा‘छ, मिति सारासार नहोस्

    गरिबी, भोकमरी, बेरोजगारी सवको आशा बन्नुभा‘छ
    आफु–आफु भित्रभित्रै फेरि मारामार नहोस्

    कुर्सी, पद, भन्दा पनि जनता प्यारा भन्ने भाषण गर्नुभा‘छ
    अव पनि केन्द्रविन्दू   त्यही   वालुवाटार    नहोस्

    कति पटक फलाक्ने र अझै संविधानकै नाम
    एक दुई भइसक्यो, अव तीन चार नहोस्

    गाउँ आउँदा संविधानको ठेली बोकी आउँनुहोला
    यसपाली नि जनतालाई, ६०१ भार नहोस्

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.