राजेश पायलले ककनीमा १० गीत गाउदा..........
rajesh payal rai kakani
ककनी (नुवाकोट), २ बैशाख । आधुनिक तथा पाश्र्व गायनका नम्वर वान गायक राजेश पायल राई स्टेजमा पुग्न भन्दा अगाडी दुइ वटा गीत गाउने सोच बनाएर जान्छन्, तर दर्शकहरुको आग्रह र वान्समोरका कारण सधै ७ देखी १० वटा गीतहरु गाइरहेका हुन्छन् । यस्तै स्टेज कार्यक्रम गर्ने क्रममा २०७१ साललाई स्वागत गर्न बैशाख १ गते ककनीमा गरिएको ‘जंगल ट्राउट फल्स रिसोर्ट म्युजिकल फ्रष्ट २०७१’ नामक साङ्गीतिक कन्र्सटमा गायक राजेश पायलले आफ्ना नयाँ–पुराना गीतहरु गाए । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgonTWvoBSFtRl01szw5e-VEWIXhbJEQ9sSBN0mLV835jDVqr_xESLB7XUAN5yb5ho9zOUFduGzy9DmSR8hlr_u_3W-kluXbIh_zMtXChEHplJbWK_jlwyCqC8VS1mWqhLFYwdaLS3wAYc5/s1600/rajesh+payal+rai+(1).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgonTWvoBSFtRl01szw5e-VEWIXhbJEQ9sSBN0mLV835jDVqr_xESLB7XUAN5yb5ho9zOUFduGzy9DmSR8hlr_u_3W-kluXbIh_zMtXChEHplJbWK_jlwyCqC8VS1mWqhLFYwdaLS3wAYc5/s1600/rajesh+payal+rai+(1).jpg)
जंगल ट्राउट फल्स रिसोर्टको औपचारिक उद्घाटनमा गरिएको कार्यक्रममा गायक राजेश पायल राईले अहिले राम्रो व्यावसाय गरिरहेको चलचित्र ‘नाइ नभन्नु ल २’को टाइटल गीत फेरी फेरी नाइ नभन्नु ल बोलको गीतबाट गाउन सुरु गरेका थिए । कार्यक्रम दिउसै सुरु भएपनि गायक राई कार्यक्रमको अन्तमा पुगेर दर्शकहरुलाई नचाएका थिए । २०७१ सालको शुभकामना प्रदान गर्दै गायक राईले दोस्रो प्रस्तुतीको क्रममा ‘सागर सरी चोखो माया’ बोलको गीत गायका थिए । सो गीत गाउन नव गायिका बिनु राईले सहयोग गरेकी थिइन् । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj4Fpmhb_5IPeZbArsWe4iK_Hon07Hw_BieN9Ugcq5mPk5_jIVbgRPMIS1vFBeRfseiMO2QwXJbY1t1yxhXe_qtpTp97C593sLEcgcEgLCN58j8XLTGQZb-cAcst9vCS-C_ppiKEXWqsmro/s1600/rajesh+payal+rai+%25281%2529.gif)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj4Fpmhb_5IPeZbArsWe4iK_Hon07Hw_BieN9Ugcq5mPk5_jIVbgRPMIS1vFBeRfseiMO2QwXJbY1t1yxhXe_qtpTp97C593sLEcgcEgLCN58j8XLTGQZb-cAcst9vCS-C_ppiKEXWqsmro/s1600/rajesh+payal+rai+%25281%2529.gif)
सोही दुइ गाउन भनेर स्टेजमा पुगेका गायक राजेश पायल राईलाई दर्शकहरुको हुटिङ र वान्समोरका कारण थप गीत गाउन बाध्य बनाएको थियो । गायक राईले दर्शकहरुको चाहनालाई बुझ्दै फरी ‘दिक्तेल बजार’ बोलको गीत गाए । जोडी जोडी उपस्थित भएको कार्यक्रममा राईलाई साथ दिन केही दर्शकहरु स्टेजमै पुगेका थिए । जव गायक राईले ‘ओखरे साइला, ओखरे साइली’ बोलको गीत गाउन सुरु गरे सबै दर्शकहरु उठेर नाच्न सुरु गरेका थिए । गायक राईले क्रमश : दर्शन नमस्ते, धरान धनकुटा, मोहनी लाग्ला है, आखा झ्याम झ्याम, दर्शन नमस्ते २, ओके बोलको १० गतिहरु गाएका थिए । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgoDR8-59mSxDLRWOzjHR3gEN0WkoxzGHOOPaf0cadvrrbkuM8wT5YEuKeabP-kc7UaDttlJdfJ2D1URDSI2xixMhun7BoEWLn-TZ8DgyzlTtAxqsVdUy_5DTD79AaZd8CaHeTuh__ui5f_/s1600/rajesh+payal+rai+%25282%2529.gif)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgoDR8-59mSxDLRWOzjHR3gEN0WkoxzGHOOPaf0cadvrrbkuM8wT5YEuKeabP-kc7UaDttlJdfJ2D1URDSI2xixMhun7BoEWLn-TZ8DgyzlTtAxqsVdUy_5DTD79AaZd8CaHeTuh__ui5f_/s1600/rajesh+payal+rai+%25282%2529.gif)
सो दश गति गाउने क्रममा केही पत्रकारहरु समेत स्टेजमै गएर गायक राईको संगीतको तालमा उफ्रिदै नाचेका थिए । कोही फ्यानहरु भने स्टेजमै आएर किस खान खोज्दा उनले नकारेका थिए । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEicRzQNbF3qrxwf2emLFh8GEKBBSd8MX6pIy1dSdxTZavFe6WTs6qmrLEvN7aNNIhkM0syFM1iXbnBc1RAo2hzdctkErU1AUvKZ54kGrhuiJx1IYZYxUkeei0oER-dd6ZN9_S9o0EcMkqwA/s1600/rajesh+payal+rai+(3).gif)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEicRzQNbF3qrxwf2emLFh8GEKBBSd8MX6pIy1dSdxTZavFe6WTs6qmrLEvN7aNNIhkM0syFM1iXbnBc1RAo2hzdctkErU1AUvKZ54kGrhuiJx1IYZYxUkeei0oER-dd6ZN9_S9o0EcMkqwA/s1600/rajesh+payal+rai+(3).gif)
त्यस्तै कार्यक्रममा गायीका शशि रावललेपनि आफ्ना चर्चित गीतहरु गाएकी थिइन् । त्यस्तै अर्का गायक उजन नेम्वाङलेपनि कार्यक्रममा दर्शकहरुलाई स्टेजमा उफार्न सफल भएका थिए । कार्यक्रममा क्रमश: संजल चौधरी, सागर राज, डन शाही, आवर्तन लगायतले गाएका थिए ।
0 comments
Write Down Your Responses