• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मलेसियामा एक नेपालीको मृत्यु


    रामप्रसाद भट्टराई
    उदयपुर । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको सुतेकै ठाँउमा गएराति मृत्यू भएको छ । उदयपुर भुट्टार ५ रानीटारका ४३ बर्षीय बिनोद रास्कोटीको मृत्यू भएको उनीसंगै बस्ने साथी भुट्टार ५ कै बाबुराम खत्रीले जानकारी दिए ।
    रास्कोटी नौ बर्ष अगाडी मलेसिया गएका थिए । बेलुका संगै खाना खाएर सकुशल सुतेका उनी बिहान उठ्दा मृत फेला परेका थिए । ‘साँझ काम सकेर खाना खाएर सुतेका थिए’, उनका साथी खत्रीले भने– ‘विहान अवेर सम्म नउठेपछि उठाउन खोज्दा उनको मृत्यु भईसेको रहेछ ’।
    मृतक रास्कोटीको शव नेपाल ल्याउने तयारी भईरहेकोले त्यसको लागि कागजी प्रकृया मिलाउने काम भैरहेको उनका छिमेकी भाई खविन्द्र रास्कोटीले बताए । मृतक रास्कोटीका १ छोरा २ छोरी र श्रीमती छन् । उनका एक छोरा पनि रोजगारीका लागि विदेशमै रहेको बुझिएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.