• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सल्यान श्रीनगरदेखि रुकुम सदरमुकाम पुग्न हिँडे डेढ दिन, गाडीमा अढाई दिन

    हाम्रो समाज 

    कृष्णप्रसाद गौतम
    ८ भाद्र, रुकुम । राप्ती राजमार्गको सल्यान श्रीनगरदेखि रुकुम सदरमुकामसम्मको दूरी ८६ किलोमिटर छ । हिँडेर जाँदा डेढ दिनमै पुगिन्छ, गाडीबाट जाने हो भने अढाई दिनभन्दा बढी लाग्छ । सडक हिलाम्मे र ठाउँ–ठाउँमा पहिरो खसेपछि कष्टपूर्ण यात्रा गर्न बाध्य छन् यात्रुहरु । सडकमा दैनिकजसो पहिरो खस्ने र हिलाम्मे हुने भएकाले पैदलै यात्रा गर्ने बढेका छन् । दुर्घटनाको जोखिमसमेत बढ्न थालेपछि अधिकांश यात्रु पैदलै आउजाउ गर्छन् ।
    ८६ किलोमिटर पार गर्न अढाई दिन लाग्ने सिस्ने हिमाल बस व्यवसायी समिति अध्यक्ष महेन्द्र बुढाले बताए । सडकको अवस्था ज्यादै नाजुक भएको बताउदै समितिका अध्यषले भने, ‘दुई दिनभन्दा बढी लाग्छ ।’ खलंगा–५ का धनेन्द्र केसीले श्रीनगरबाट मुसीकोट आउन दुई दिन लागेको बताए ।
    करिब ५० ठाउँमा गाडी धकेलियो होला, उनले भने, ‘पानी पर्‍यो भने बसले सामान्य लोड पनि तान्न सक्दैन ।’ खलंगाका कुमार केसीले सडकको अवस्थाका कारण दुर्घटनाको त्रासैत्रासमा यात्रा गर्नुपर्ने बाध्यता रहेको जनाए । यातायात व्यवसायीहर पनि सडकका कारण गाडीको टायर पड्किने, पट्टा भाँचिने, बेरकले काम नगर्नेलगायत समस्या हुने गरेको बताउँछन् ।
    ठाउँ–ठाउँमा डोरी लगाएर बस तान्नुपर्ने र बसलाई धकेल्दै यात्रा गर्नुपर्ने भएकाले सास्ती हुने गरेको यात्रुहर बताउँछन् । दाङ तुलसीपुरदेखि सदरमुकाम मुसीकोटसम्म पर्ने लोकमार्गको १ सय ६२ किलोमिटरको सडक समयमै कालोपत्रे नहुँदा यात्रा जोखिमपूर्ण भएको हो । लोकमार्गको तुलसीपुर–श्रीनगर खण्डको ६२ किलोमिटर मात्र कालोपत्रे भएको छ । बिग्रेको सडक निर्माण गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने जिविस इन्जिनियर पहल पुनले बताए । एडीबीको सहयोगमा सडक कालोपत्रे गर्न डेढ वर्षअघि काम थालिए पनि ठेकेदारको लापरबाहीले ढिलाइ भइरहेको छ । साभार : कान्तिपुर दैनिक

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.