• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पूर्वका डट एण्ड सेक्सि मोडलहरु भन्छन् –‘कथाले मागे अनुसार दिन तयार छौ’

    EXCLUSIVE
    सचिन वरिष्ठ तस्विर सहित  
    नेपालमा मोडलिङको विकाससँगै पूर्वमा त्यसको प्रभाब बढि रहेको पाईन्छ । राजधानी केन्द्रित मोडलिङ पेशा अहिले पूर्वको धरान, दमक, उर्लाबारी, बिराटनगर, बिर्तामोड लगायत शहरहरुमा पनि फस्टाइरहेकै छ । पूर्वको मोडलिङले राजधानीलाई एक किसिमले चुनौती नै दिएको छ भन्दा फरक नर्पला । चलचित्र देखि मोडलिङ पेशामा स्थापित नायिका तथा मोडलहरुलाई छोड्ने हो भने पनि पूर्वमा नयाँ मोडलहरु उदाउने क्रम बढ्दो छ । छोटो समयममा लोकप्रिय हुने भएका कारण पनि मोडलिङमा बिशेष गरी युवतीहरुको आकर्षण बढेको देखिन्छ ।केही नयाँ मोडलहरुले कथाले मागे अनुसार खुल्ने बताउछन् भने कति समाजले पचाउनेसम्म मात्र दृश्य दिने बताउनेहरुकोपनि जमात अहिले बढ्न थालेको छ । पूर्वमा सामान्य बजेटका फिल्मसागै म्युजिक भिडियोहरु बन्न थालेपछि त मोडलहरुको संख्या बृद्धी भईरहेको छ । पूर्वको मोडलिङ क्षेत्र पनि ग्ल्यामरस तथा हट बन्दै गएको छ ।

    आधा दर्जन बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी इटहरीकी जेनि क्षेत्री ग्ल्यामर दुनियाामा स्थापित हुने योजना रहेको बताइन् । जेनीले समन्ता, मिसन ब्याक लगायत टेलिश्रृखलामा पनि अभिनय समेत गरिसकेकी छिन् भने एक दर्जन पूर्बेली फिल्म र भोजपुरीमा पनि अभिनय गरिसकेकी छिन् । ग्ल्यामर रुपमा प्रस्तुत हुन रुचाउने जेनीले भनिन्–’कथाले मागे अनुसार खुल्ने सोच छ । समयको माग अनुसार टङकिस, बेडसिन दिन कुनै आपत्ती नभएको उनले बताईन् ।
    मिस लिम्बुमा मिस फोटोजेनिक भएकी मोरङ उर्लाबारीकी अनिता लिम्बु समाजले पचाउने सम्म खुल्ने सोचाईमा रहेकी छिन् । ‘मोडलिङ ब्यक्तित्व बिकासको ऐना हो’ उनले भनिन् । उर्लाबारीकी नायिका तथा चर्चित मोडल हरिशा बाानियाले मोडलिङ क्षेत्रमै लागेर बाँच्ने आधार तयार हुदैं गएको बताइन् । मोडलिङ क्षेत्रमा लाग्न थुप्रै सम्झौता गर्नु पर्छ भनिन्छ नि भन्ने प्रश्नमा उनले भनिन्– ‘प्रतिभा छ भने कुनै पनि सम्झौता गर्नुपर्छ जस्तो मलाई लाग्दैन । ’झापा भद्रपुरकी जस्मीन श्रेष्ठले कथाले माग्यो भन्दैमा समाजलाई नपच्ने खालको दृष्य दिन नसकिने बताइन् । समाजले अझैसम्म पनि मोडलिङलाई नकारात्मक रुपमा लिने गरेको उनको भनाई छ । पथरीकी ईशा गुरुङ पनि चचिर्त मोडल बढ्ने योजनामा छिन् । कथा अनुसार ग्ल्यामर रुपमा प्रस्तुत हुने उनको सोचाई छ । धरानकी खुसी राईले पनि ग्ल्यामर रुपमा प्रस्तुत हुने धारणा राख्छिन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.