• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • हेर्दाहेर्द चारलाख नगद लुटपाट

    काठमाडौं, ११ असार । आज  विहान ११ बजे अज्ञात व्यक्तिले काठमाडौंको सिनामंगल विकास लामिछानेको चारलाख नगद लुटेर भागेको छ । फ्युचर ईन्टरनेशनल प्रालिका मेनेजर धर्मस्थली–५ घर भएका ३५ बर्षीय लामिछानेको ४ लाख नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लामिछानेसँग रहेका राहदानी ३ थान र बैदेशिक रोजगार सम्बन्धी डकुमेन्टको झोला समेत लुटपाट भएको प्रहरीले बताएको छ ।
    like this page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
    सिनामंगल एयरपोर्ट गोल्डेनगेट नजिकै रहेको मिथिला स्विट एण्ड चाट हाउसको अगाडिबाट उक्त व्यक्तिले रकम रहेको झोल खोसेर लगेको प्रहरीको भनाई छ ।
    बैदेशिक रोजगारका लागि बिदेश पठाउन लामिछानले १५र२० जनासँग रकम लिएर झोलामा राखेका थिए । लामिछानेले प्रहरीलाई बयान दिदै झोला आफ्नै छेउमा राखेर गफ गरी रहेका बेला हेर्दाहेदै अपरिचित व्यक्तिले पछाडिबाट रकमसहितको झोला लिएर भागेको थियो । यसैबीच, प्रहरीले रकम रहेको सो झोला नारायणटारमा फेला पारेको छ । रत्नपार्कबाट एयरपोर्ट हुँदै जोरपाटी चल्ने बा।१ ख ६३८१ नम्वरको बस चालक कृष्णबहादुर माझीले नारायणटारबाट फोन गरेर झोला फेला परेको जानकारी गराएका हुन् ।
    चालक माझीले बस भित्र रहेको बेवारिसे झोलादेखे पछि खोलेर हेर्दा लामिछानेको भिजिटिङ कार्ड फेला परेका थिए । उनले नै लामिछानेलाई खबर गरेको प्रहरीले जनाएको छ । झालाबाट प्रहरीले बैदेशि रोजगारी सम्बन्धि डकुमेन्ट र राहदानी मात्र फेला परेको थियो । पैसा लुटेर भाग्ने लुटेराको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.