रामकृष्णको १४ औ एल्वम ‘बाचुन्जेल’ राष्ट्रपतिद्धरा शितल निवासबाट सार्वजनिक
‘‘विमोचित एल्वमको बारेमा बोल्दै राष्ट्रपति रामवरणले भने रामकृष्णको गित बिहान उठ्ने बित्तिकै नेपाल देख्न पाइयोस् आफूलाई खुब मनपर्ने बताउँदै लताजस्ती चचिर्त गायिकासँग नेपाली गायकले गीत गाउनु राष्ट्रकै लागि गौरवको विषय हो ।’’
२, भाद्र, काठमाडौ । 
गायक रामकृष्ण ढकालले नेपालि साङ्गितिक यात्रा थालनि गरेको साढे दुई दशकअछि चौधौ एल्वम शितल निवासबाट राष्ट्रपति रामवरण यादवको हातबाट हिजो शनिवार भाद्र १ गते विमोचन भएको छ । हाम्रो सुन्दर संसार एल्बमबाट सांगीतिक क्षेत्रमा छिरेका रामकृष्ण ढकालको १४औं एकल एल्बम बाँचुन्जेल सार्वजनिक हुनुअघि नै चर्चामा रहेको थियो । चर्चाको दुई कारण थियो, चचिर्त भारतीय गायिका लता मंगेशकरसँग रामकृष्णको गायन र शितल निवासबाट राष्ट्रपति रामवरण यादवको हातबाट एल्वमको विमोचन । लताको स्वर रहेको एल्बमको शीर्ष गीत बाँचुन्जेलीलाई श्रोताले गुन्गुनाउन थालेको धेरै भयो । आनन्द अधिकारी र शिखर सन्तोषको संगीत रहेको यही गीतसहितको एल्बम विमोचन समारोहमा बोल्दै गायक रामकृष्णले भने–‘लता दिदीसँग गाउन पाउनु र राष्ट्रपतिको हातबाट एल्बम सवार्जनिक गराउन पाउनु मेरो लागि सबैभन्दा महत्त्वपूर्ण क्षण रह्यो ।’


0 comments
Write Down Your Responses