• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चेन्नाई एक्सप्रेसले तोड्यो थ्रि इडियट्सको रेकर्ड

    मुम्बई –बलिउडमा विभिन्न कीतिर्मान भंग गर्दै अगाडि बढिरहेको चलचित्र ‘चेन्नई एक्सप्रेसले भारतमा सबैभन्दा बढी कमाउने हिन्दी फिल्मको कीतिर्मान पनि राखेको छ । अभिनेता शाहरुख खान अभिनित यस फिल्मले आमिर खानको ‘थ्रि इडियट्स’को घरेलु आम्दानीलाई पनि उछिनेको छ ।
    ‘थ्रि इडियट्स’ले भारतभर २०२.४७ करोड भारु कमाएको थियो भने ‘चेन्नई एक्सप्रेस’ले २०२.६७ करोड कमाइसकेको छ । रोहित शेट्टि निर्देशित ‘चेन्नई एक्सप्रेस’ राजु हिरानी निर्देशित ‘थ्रि इडियट्स’ पछि २०० करोड कमाउने दोस्रो हिन्दी चलचित्र भएको छ । चलचित्र ‘चेन्नईले दुई हप्तामा २०० करोड उठाएको हो । यसको विश्वव्यापी आम्दानी भने ३१४ करोड पुगेको छ । विश्वभरको कमाइमा भने अहिलेसम्म सन् २००९ को ‘थ्रि  इडियट्स’ नै अगाडि छ । यसले ३९२ करोड भारु कमाएको थियो । चलचित्र चेन्नईले सबैभन्दा छिटो (चार दिन) सय करोड कमाउने फिल्मको रुपमा पनि कीतिर्मान राखिसकेको छ । यसअघि निर्देशक रोहितका ‘सिंघम’, ‘गोलमाल ३’ र ‘बोलबच्चन’ फिल्मले सय करोडको रेखा नाघेका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.