प्रचण्ड पुत्र कमाउ खेलमा, कताउ कति ?

काठमाडौं – ‘कुस्त आर्थिक लाभ लिन सकिनेु नेपाल ओलम्पिक कमिटी छिर्ने बाटो खन्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाश दाहालले मिलेमतोमा नयाँ खेल संघ गठन गरेका छन्।
नेकपा एमाले नेता केपी शर्मा ओलीका विश्वासपात्र तिम्सिनाको अध्यक्षतामा गठित नेपाल मोडर्न पेन्ट्राथोलन संघमा साकार दाहाल उपाध्यक्ष छन्। माओवादी अध्यक्ष दाहालपुत्र प्रकाशको वास्तविक नाम साकार हो।
नेपाल ओलम्पिक कमिटी छिर्ने ढोकाका रूपमा यसरी संघ गठन गर्ने चलन छ। ओलम्पिक कमिटी छिरेपछि विदेश शयरदेखि अमेरिकी डलरमा कुस्त भत्ता खाने सुविधा पाइन्छ। संघमार्फत देशव्यापी प्रभाव जमाउन सकिने हुँदा राजनीतिक लाभ पनि मिल्छ।
परिषदको १ सय ३५ औं संघका रूपमा असार १९ गते ुनेपाल मोडर्न पेन्ट्राथोलन संघु गठन भए पनि सार्वजनिक गरिएको छैन । माओवादी सिफारिसमा परिषद सदस्य–सचिव नियुक्त युवराज लामाले उपाध्यक्ष तिम्सिनाको अध्यक्षतामा मोडर्न पेन्ट्राथोलन संघ दर्ता भएको स्विकारे पनि दाहालको संलग्नताबारे अनभिज्ञता देखाए। परिषदमा दर्ता भएको मोडर्न पेन्ट्राथोलन पछिल्लो संघ हो। त्यसयता कुनै संघ दर्ता भएका छैनन्। त्यहाँ दाहाल थरका एक उपाध्यक्ष भएजस्तो लागेको छ। सबैको नाम थाहा छैन। उहाँ प्रचण्डपुत्र हो कि होइन, मलाई जानकारी छैन । लामाले सोमबार नागरिकसँग भने, हुन सक्छ, कसैको छोरा कुनै संघमा हुन नपाउने भन्ने छैन नि त।

परिषद्का सदस्य–सचिव लामाले पनि आफैं अध्यक्ष भएर ओलम्पिकसँग आबद्ध नेपाल घोडचडी संघ खोलेर परिषदमा दर्ता गराएका थिए। त्यसअघि नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले परिषदमा सदस्य–सचिव हुँदा आफ्नै अध्यक्षतामा नेपालमा कतै नखेलिने स्की संघ गठन गरेर ओलम्पिक छिरेका थिए।
संघका अर्का उपाध्यक्षमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलबी सावाँ लिम्बु छन् भने टाइम्स कलेजका प्रधानाध्यापक रामहरि सिलवाल महासचिव छन्।
यसैगरी, परिषदकै सदस्य नारायण पौडेल सचिव, व्यवसायी मोहन डाँगी कोषाध्यक्ष तथा सदस्यमा केशव भट्टराई, निशेष चापागाईं र बुद्धिबहादुर कटुवाल रहेको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट एकरएक प्रतिनिधिलाई उपाध्यक्षमा तथा विभिन्न क्षेत्रका अन्य पाँचलाई सदस्यमा मनोनयन गर्न तिम्सिना र दाहाल लागिपरेका छन्। फ्रान्सको मोनाकोमा रहेको अन्तर्राष्ट्रिय मोडर्न पेन्ट्राथोलन महासंघबाट सम्बन्धनका लागि पत्राचार सुरु भइसकेको स्रोतको दाबी छ। नागरिक दैनिकसाभार
0 comments
Write Down Your Responses