• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपाली राई हङकङको वकिल

    १०, भाद्र, काठमाडौँ। धरानकी रिगम राईले हङकङको उच्च न्यायालयबाट सोलिसिटर (अधिवक्ता) को उपाधि लिएकी छन् । हङकङस्थित सिटी युनिभसिर्टीबाट ‘पोष्ट सटिफिर्केट इन ल’ पीसीएल गरेकी राई हङकङमा पहिलो नेपाली महिला सोलिसिटर हुन् । राईले शनिबार उच्च न्यायालयमा सोलिसिटरको सपथ लिँदा बधाई दिन एक हुल नेपाली पुगेका थिए । 

    सिटी युनिभसिटिबाट २०११ मा पीसीएल पुरा गरी ‘यियोङ एण्ड कम्पनी’ ल फर्ममा दुई वर्ष प्रशिक्षार्थीको रुपमा काम गरेपछि ३४ वर्षीय राईलाई न्यायालयले ‘रजिस्टर्ड सोलिसिटर’ को मान्यता दिएको हो । थप दुई वर्ष अरुको फर्ममा काम गरेपछि उनले हङकङमा आफ्नै फर्म खोल्न सक्नेछिन् । धरान र काठमाडौँबाट प्लस टु सकेर १९९७ मा हङकङ आएकी राईले अरु नेपाली महिलाजस्तै शुरुमा रेष्टुरन्टमै काम गरेको सेतोपाटिलाई बताएकि छिन् ।
    सिटीमा पीसीएल गर्नुअघि उनले हङकङ युनिभर्सिटिबाट डिप्लोमा र एलएलबी सकिन । अध्ययन गरेर आफै केही गर्छु भन्ने लागेपछि हङकङ युनिभर्सिटिमा भर्ना भएको बताउदै, राइले भनिन्, ‘काम गर्दै पढ्दै गर्दा समय लाग्यो तर सफल भएँ।’

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.