• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बजुरामा पियनले चलाउछन् जिल्ला अस्पतालको एक्सरे मेसिन

    अनिल शाही
    २९ भदौ, बाजुरा । जिल्ला अस्पताल बाजुराका  पियन हिक्मतबहादुर रावलले विगत १ वर्षदेखि एक्सरे मेसिन चलाउँछन् र एक्सरे पनि निकाल्दै आएका छन् । उनले एक्सरे मेसिन लिने र निकाल्ने काम गर्दै आएका छन् । उक्त अस्पतालमा रेडियो ग्राफ पदमा रहेका सोवित अर्यालको गएको वर्ष जिल्लाबाट सरुवा भएदेखि  हालसम्म त्यहाँ अरु कुनै रेडियो ग्राफर आएका छैनन् । पियन रावलले नै उक्त कामकको जिम्मा लिँदै आएका छन् । अस्पतालमा दैनिक दशदेखि १५ जना एक्सरे जाँचका लागि बिरामी आउने गरेका छन् । उनले बिरामीको एक्सरे लिनुकका साथै निकाल्ने पनि गरेको रावलले बताए ।‘अस्पतालमा एक्सरे प्राविधिकको दरबन्दी रिक्त भएपछि उक्त जिम्मेवारी पियन रावललाई दिइएको हो ।’ डाक्टर जयप्रकाश झाले भने, ‘अस्पतालमा आउने बिरामीको एक्सरे रावलले निकाल्दै आउनुभएको छ । उहाँले एक्सरे मेसिन चलाउन थालेको दुई वर्ष भयो, अहिले पोख्त भइसक्नुभएको छ ।’ पियन रावलले एक्सरे मेसिन अनुभवका आधारमा चलाउने गरेका छन् । एक्सरेका लागि अन्यकर्मचारीभन्दा पियन रावलले राम्रो चलाइरहेको डाक्टर झाको दाबी छ । सदरमुकाम मार्तडी निवासी रावलले दश पाससम्मको अध्ययन गरेका छन् । एक वर्षदेखि जिल्ला अस्पतालमा एक्सरे प्राविधिकको दरबन्दी रिक्त हुँदा आफूले नै उक्त जिम्मेवारी वहन गर्दै आएको उनले बताए । रावलले दैनिकजसो १० दखि १५ जना बिरामीको एक्सरे निकाल्ने गरेका छन्  ।
    उनले आफ्नो कामको उचित मूल्यांकन होस् भनेर रिक्त रहेको एक्सरे प्राविधिकको पदमा आफूलाई नियुक्त गरियोस् भन्ने अपेक्षा राखेका छन् । यसका लागि अस्पताललाई पहल गरिदिन आग्रहसमेत गरेका छन् । अस्पतालले भने सो पदमा नियुक्ति गर्न नमिल्ने बताएको छ । यता सरकार बाजुरेली जनताको स्वास्थ्यमा खेलाड गरिरहेको स्थानीय वकिल शाहीले आरोप लगाए । मासिक ३५ सय तलबमा पियनको जागिरमा दरबन्दी पाएका रावलले बिना पारिश्रमिक रेडियो ग्राफरको पनि काम गर्ने गरेका छन् । यति तलबले उनको दैनिक गुजारासमेत कष्टकर हुने गरेको बताउँछन् ।  यति थोरै तलबमा दुवै काम गर्नुपर्छ, आफू एकछिन् कार्यालयमा नआए एक्सरे गरिदिने कोही पनि छैन उनले गुनासो गरे । बाजुरा अस्पतालमा प्राय : काही कर्मचारी नआउने र आए पनि अनेक बहानामा कार्यालयमा नबस्ने गरेको त्यहीँका एक कर्मचारीले बताए । एउटा हात मात्र भाँचिए सदरमुकाम मार्तडी आउनुपर्ने र आए पनि गुणस्तरीय सेवा नपाउने गरेको स्थानीय जुकोटका चरित्र शाहीको गुनासो छ । गुणस्तरीय सेवाका लाागि धनगढी नै धाउनुपर्ने बाध्यता अहिलेसम्म त्यहाँका जनतामा छ । साभार : सौर्य दैनिक

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.