• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ७५ जिल्लामै पुस्ताकलय खोल्न ‘सुनकेशरी’ मण्डला थिएटरमा

    २९ भाद्र, काठमाडौ । एउटि सुन्दर, सुशिल युवतिले आफ्नो सुन्दरताको कारण भोग्नु परेको तितामिठा संघर्ष तथा पिडा काठमाडौमै देख्न पाईयो । सुनकेशरी नामकि युवतिका लागि धेरै पुरुषहरु लडाई लडिरहदा उनले आफ्नो सुन्दरतालाई नास गर्छिन् । प्रसंग हो कर्णलि प्रदेशको प्रचलित लोककथामा आधारित चर्चित नाटककार सत्यमोहन जोशिद्धरा लिखित नाटक –‘सुनकेशरी’को । अनामनगर स्थित मण्डला थिएटरमा भाद्र १४ गतेदेखि भाद्र ३० गतेसम्म चल्ने सुनकेशरी नाटक आज भाद्र २९ गते भने विशेष रुपले देखाईएको थियो । खचाखच दर्शकहरुकमा माझ प्रस्तुत भएको नाटक –‘सुनकेशरी’ नेपाल मदर फाण्डेशन र मण्डला थिएटर मिलेर नेपालका ७५ जिल्लामै पुस्ताकलय खोल्ने उद्देश्यले आज विशेष रुपमा देखाइएको थियो । ७५ जिल्लामा पुस्ताकलय नखोलिएको ठाउमा खोलिदिने र खोलिएको ठाउमा भौतिक पुर्वाधारहरु सहयोग गर्नका लागि नाटक –‘सुनकेशरी’ मञ्चन गरिएको मण्डला थिएटरका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले बताए । भने–यहि नाकट हामिले एक वर्ष पहिला मञ्चन गरेर गोर्खा र दाङको पुस्ताकलयलाई सहयोग गरेका थियौ ।’
    रंगकर्मि राजन खतिवडाद्धरा निर्देशित नाटक–‘सुनकेशरी’ मा सृजना अधिकारी, उमेश तामाङ, सुलक्षण भारति, सोमनाथ खनाल, बुद्धि तामाङ, बिजय बराल, जुनु विष्ट, सरिता गिरी, अनुपम शर्मा लगायतले अभिनय गरेका थिए । ‘सुनकेशरी’ नाटक भोलि सम्म चल्नेछ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.