केटी बनेर नृत्य गर्दा फ्यानहरुले भने ‘ तेस्रो लिङ्गी’
बिशालसँग फ्यान संवाद
‘चलचित्र मायाजबारको एउटा बडि सो को फोटो फेसबुकमा निकै चर्चामा आएको थियो । त्यहि फोटोलाई लिएर मेरा फ्यानहरुले गरेको कमेन्टहरु मध्ये मनपरेको कमेन्ट यस्तो थियो –‘सो फिट बडि, अव यसलाई घट्नपनि नदिनु र बड्नपनि ।’गजित विष्ट (अभिनेता)
.jpg)
म कलाकारीतामा यो स्थान सम्म आईपुग्न सबैभन्दा ठुलो हात निर्देशक दिनेश डिसी सरको रहेको छ । उहाले मलाई चलचित्र ‘मायाजवार’मा पहिलो पटक डेब्यु गराउनु भएको थियो । र एउटा नयाँ कलाकारलाई विश्वास गरेर चलचित्रमा लिने आदर्णिय दाई सुनिल मानन्धर दाईलाईपनि यो सफल्तामा भुल्न सक्दिन । जव चलचित्र ‘मायाजबार’ हलहरु चल्यो, त्यसपछि मैले पहिलो चलचित्रबाटै फ्यानहरुको माया पाउन थालेको थिए । चलचित्र मायाजबार हेर्ने दर्शकहरु मलाई फ्यान भएको बताउदै अभिनय तथा नृत्यको बढिजसो तारीफ गरेका थिए । मेरा फ्यानहरुले हौसाउदै तारीफहरुमा भन्थे–‘चलचित्र क्षेत्रमा तपाई जस्तो कलाकारहरुको खाचो छ । यस्तै किसिमले चलचित्रहरु खेल्दै जानुहोस्, नेपालि चलचित्र क्षेत्रलाई उल्लेख्य योगदान पुर्याउनुहोस्, लगायतका शब्दहरु फ्यानहरुबाट सुन्न पाएको थिए
फ्यानहरुसंग भेट्न र कुराकानि गर्न चाहि सबैभन्दा सजिलो माध्ययम फेसबुक तथा सामाजिक सञ्जालका माध्ययमहरु रहेछन् । जस्ले गर्दा, नेपालको कुना कन्दरा तथा विदेशमा रहेका नेपालिहरु मेरो अभिनयलाई मनराएर फेसबुकमै मिल्ने गरेको छु । फेसबुकबाटै फ्यानहरुसंग कुराकानि तथा काममा सल्लाहहरु पाउने गरेको छु । मेरो व्याक्तिगत फेसबुक प्रोफाईलमा ५००० हजार फ्रेन्डहरु रहेका छन् । ५ हजार भन्दा बढि फ्रेन्ड अटाउन नसकिने हुनाले धेरै फ्यानहरु अनफ्रेन्ड नै रहेका छन् । फेसबुकमा आएका फ्यानहरु सबै सकारात्मक भन्ने चाहि छैन रहेछ । मेरोपनि १०० प्रतिसतमा ९५ प्रतिसत फ्यान सकारात्मक नै भएपनि ५ प्रतिसत फ्यानहरु केहि नकारात्मक रहेका छन् । उहाहरुले मलाई धेरै कुरामा र्याकिङ गर्ने गरेपनि मलाई खासै वास्ता लाग्दैन ।

म फ्यानहरुसंग टाईम मिल्ने वित्तिकै फेसबुकमा मिल्ने गरेको छु । कलाकार भएपछि फिक्स टाईम नै दिन नपाईने । कहिले चलचित्रको सुटिङ २४ घण्टापनि हुने गर्छ । चलचित्र मायाजबारको एउटा बडि सो को फोटो फेसबुकमा धेरै चर्चित भएको थियो । त्यो फोटो करिव २–३ महिनासम्म फेसबुकमा छाएको थियो । धेरै फ्यानहरुले त्यस फोटोमा कमेन्टहरुपनि गरेका थिए । कसैले सल्मान खानको जस्तो बडि भने त कसैले ब्राड पिटको जस्तो बडि । त्यस फोटोलाई गरिएको कमेन्टहरु मध्ये मलाई मनपरेको कमेन्ट प्रेरणको थियो । कमेन्टमा लेखिएको थियो–‘सो फिट बडि, अव यसलाई घट्नपनि नदिनु र बड्नपनि ।’ उनको पुरा नाम थाहा नभएपनि, कमेन्ट भने उत्कृष्ठ लागको थियो ।
फ्यानहरुसंग भेट्ने अर्को मौका कार्यक्रमहरुपनि हो । चलचित्र विकाश बोर्डले गरेको धरान महोत्सवमा गरेको डान्स पर्फमेन्समा सबैभन्दा यादगार पर्फमेन्स भएको थियो । त्यहापनि मैले धेरै फ्यानहरु बटुल्न सफल भएको थिए । डान्स सकेर फ्रेस हुन बाहिर जादा १५–२० जना स्कुले विद्यार्थिहरु आएर अटोग्राफ माग्दै, फोटो खिचाएर गए । सोचेको थिए, मलाई कलाकारको रुपमा चिन्ने धेरै रहेछन्, तर त्यहि फ्यानहरु पुन: फर्किएर मेरो नाम सोधेका थिए । ति फ्यानहरुले भन्दै थिए, तपाईको डान्स साच्किकै राम्रो थियो, कलाकारीमा लाग्नु होला † त्यस्तै अर्को डान्स मैले कहि दिन अगाडि डि सिने अवार्डमा केटि भएर गरेको थिए । त्यहि डान्स पर्फमेन्सको कारणलेपनि मलाई फेरी चर्चामा ल्याई दिएको छ । केहि फ्यानहरुले सो पर्फमेन्स हेरेर तेस्रो लिङ्गि हो कि भन्ने कमेन्छपनि गरेका छन् । सो डान्स पर्फमेन्सलाई हेर्नुहुने फ्यानहरुले एउटा हिम्मतको काम भएको कमेन्ट गरेका छन् । म हरेक स्टेजहरुमा एउटा न एउटा नयाँ किसिमको काम गर्न खोजिरहेको हुन्छु ।
कलाकारीतमा संर्घस गरेको १० वर्षपछि जिवनमै पहिलो पटक नव नायकको अवार्ड चलचित्र ‘मायाजबार’बाट केहि दिन अगाडि पाएको छु । यो अवार्ड पाउनमा मेरो मेहेनत भन्दाबढि मेरो फ्यानहरुको हात रहेको छ । किन भने मेरो अभिनय, नृत्यलाई मनपराएर यो अवार्ड पाउन सफल भएको छु । अन्तमा मेरा फ्यानहरुलाई भन्न चाहान्छु–‘हाम्रो मान्छेलाई भन्दापनि राम्रो मान्छेलाई माया गर्नुहोला ।’
प्रस्तुति : विशाल राई
0 comments
Write Down Your Responses