मौलिक कला संस्कृतिमा रमाउदै निर्देशक भट्ट

पछिल्लो समयमा लोकदोहोरीको म्यूजिक भिडियोमा आफूलाई व्यस्त बनाइरहेका निर्देशक प्रकाश भट्टले करिब २५ सयभन्दा माथि म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् भने दुई दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा आफैंले अभिनय समेत गरेका छन् । आधा दर्जन वृत्तचित्रको निर्माण एवं निर्देशन पनि गरेका निर्देशक प्रकाश भट्टले मौलिक कला संस्कृतिको जगेर्नाका खातिर धेरै कामहरु गरिसकेका छन् । यसो उनले लोककला संस्कृतिको बारेमा रिसर्चसमेत गरेका छन् । कला संस्कृतिको बारेमा शिक्षा प्रदान गर्न होस् या रिसर्चबाट आफूलाई अझ उच्च कोटीमा राख्न होस् कुनैबेला नेपालका प्राय जिल्लामा उनको उपस्थिति हुने गथ्र्यो । तर आजभोली भने उनी म्यूजिक भिडियोको व्यस्त निर्देशकका रुपमा परिचित भएका छन् । २०६३ सालमा साइ भिजन प्रा.लि. कम्पनी स्थापना गरी म्यूजिक भिडियो, डकुमेन्ट्री, चलचित्र, टेलिभिजन कार्यक्रममा सक्रिय हुन थालेका प्रकाश भट्टले नेपाल टेलिभिजनबाट प्रसारण भएको बिसौनी कार्यक्रमको निर्माण तथा निर्देशन एवं प्रस्तोता भएर कार्यक्रमलाई अगाडि बढाए भने गीत गुन्जन कार्यक्रमको निर्माता निर्देशक भएर कार्यक्रमलाई उचाइमा पुर्याए ।कोरस डान्सर हुादा जति सजिलो हुन्थ्यो त्योभन्दा धेरै गाह्रो निर्देशक बन्दा भएको उनको अनुभव छ । जति जति कलाकारितामा आफूलाई अगाडि बढाउादै लग्यो उति उति जिम्मेवारी थपिएको महसुस हुन्छ, भट्टले भने । कोरस डान्सर हुादा म अरुको पछि हिंड्थे. मलाई सजिलो हुन्थ्यो तर अहिले मेरा पछि धेरै जना हिंड्ेका छन् त्यसैले तिनीहरुको जिम्मेवारी ममाथि थपिएको छ, भट्टले भने – ‘टिम क्याप्टेन भएर काम गर्नु भनेको चुनौतिपूर्ण हुन्छ’ । केही चलचित्रमा कोरियोग्राफर बनिसकेका छन् भने निर्देशनको काममा उनको दक्षतापूर्ण कलाशैली प्रस्तुत भइरहेको छ ।
ड्राइभर दाइ मन पर्यो मलाई, गर्नु गर्यौं बलराम भैंसी पालेर, धर्ती कुनको आकाश जुनकै हो, क्याम्पस पढ्न आउनी जस्ता २५ सयभन्दा माथि चर्चित गीतहरुको भिडियो निर्देशन गरिसकेका प्रकाश भट्टले पूजा लोकदोहोरी अवार्ड २०६८ मा ॐ नम: शिवाय: गीतको म्यूजिक भिडियोबाट उत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड चुम्न सफल भए । त्यस्तै म्यूजिक खबर म्यूजिक अवार्ड २०१३ मा हाम्रो माया झन् झन् गाढा भो गीतको म्यूजिक भिडियोबाट उत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड जित्न सफल भएका थिए । थुप्रै सम्मान एवं पुरस्कारहरु पाइसकेका निर्देशक भट्टले कौरा, सालैजो, सोरठी, पैंसेरी, पश्चिमेली गर्रा, माझीको खााडो नाच, थारुहरुको सख्याा पैंयाा, झुम्रा, डण्डिया आदि लोक संस्कृतिको स्थलगत अध्ययनका साथै नृत्यमा समेत ठूलो अनुभव बटुलेका छन् । मुलुकभित्र हुने विभिन्न मेला, महोत्सव एवं स्टेज कार्यक्रमहरुमा आफ्नो निर्देशकीय क्षमतासहित नृत्यहरु प्रस्तुत गर्दै आएका भट्टले करिब ५० जिल्लामा आफ्नो कलाकारितालाई प्रदर्शन गरेका छन् ।
आजभोली प्रकाश भट्टको कलाशैलीलाई पछ्याउनेहरु धेरै छन् । हुन त उनले पनि धेरै कलाकारहरु जन्माए, हुर्काए र बढाए, जो आफूसागै निर्देशक बनेर हिंड्न सक्ने पनि बनाएका छन् । उनले प्रशिक्षण दिएका थुप्रै निर्देशकहरु अहिले चलचित्रमा व्यस्त कोरियोग्राफरका रुपमा परिचित छन् । त्यो देखेर नै उनी आत्मसन्तुष्टि लिइरहेका छन् । कुनै पनि सीप भनेको आफूले जति बााड्न सक्यो त्यति नै फाइदा हुने उनको भनाइ छ । निर्देशनमै निरन्तर आफूलाई उभ्याइराख्ने उनको लक्ष्य रहेको छ । अझ राम्रा राम्रा सिर्जना गीतसंगीतको क्षेत्रमा दिइरहन चाहन्छु, भट्टले भने – तर म यस क्षेत्रदेखि टाढा हुन भने चाहन्ना ।
0 comments
Write Down Your Responses