• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अमेरिकाबाट आए माया दिन गीतकार ज्ञानेन्द्र

    विशाल चौतारी समाचार
    काठमाडौं, १५ पुस । गीत सरल हुनुपर्छ । यसले मान्छेको मन छुनुपर्छ । गतिशील जीवनको कुनै न कुनै पाटो समेटियोस् गीतमा । दु:खको सुस्केरा वा सुखको झन्कार भेटियोस् गीतमा । यिनै मान्यताहरु मेरा गीत लेख्ने आधारहरु हुन् ।
    यीनै आधारहरुलाई समेटेर साहित्यकार ,गीतकार ज्ञानेन्द्र गदालले सोमबार राजधानीमा आफ्नो कृति झरीपछिको आकाश (गीतसंग्रह) र संम्झनाका छालहरु (गीतको सिडी) एक कार्यक्रमको विच विमोचन गरे । अमेरिकाको कोलोराडो सिटीमा बस्दै आएका गदालले परदेशमा कमाएको आफ्नो सम्पत्ति (गीत) नेपाल आमालाई सुम्पिएको बताए । उनले नेपालमा पाएको सद्भावको अवमूल्यन नगर्ने बताउँदै सद्भाव स्वरुप उक्त दुई उपहार नेपाल आमालाई सुम्पिएको बताए । उनले विदेशमा जति बसे पनि नेपालकै लागी बोल्ने र नेपालकै लागी लेख्ने वाचासमेत गरे । 
    उनैकी आमा सरस्वती गदालद्धारा विमोचन गराईएको उक्त कृतिले फेरी पनि सबैको माया पाउने विश्वास व्यक्त गरे । उनको सम्झनाका छालहरु गीति संग्रहमा रनजित गजमेरले संगीत दिएका छन् भने संग्रहमा आशा भोंसले, दिप श्रेष्ट, प्रशान्त तामाङ, उदय सोताङ, मनिला सोताङ, साधना सरगम, कुवेर राई, अन्जना गुरुङ, राजेश पायल राई र माधवी त्रिपाठीले आफ्नो स्वर दिएका छन् । विमोचित कृतिको बारेमा बोल्दै गीतकार रमण घिमिरेले गदालको कृतिले बालक, युवा देखी वृद्धा सम्मलाई समेटेको बताए । उनले लेखकले कृतिमा  आफ्नो अनुभूतिलाई समेट्न सफल भएको बताउँदै गीतमा नयाँ ढाँचा र अनुहार भएको जिकिर गरे । त्यस्तै प्रतिक ढकालले लेखक अवसरको खोजीले भनौ वा बाध्यताले विदेशीय पनि उनको गीतमा विषय वस्तुले यथेष्ट ठाउँ पाएको बताए । उनले गीतमा मार्मिकताको साथै प्रेमको गीत भएको उल्लेख गरे । चरित्र अभिनेता नीर शाहले आफुमा भएको भावुकता सञ्चार गर्ने साधन लेखन भएको बताउँदै एउटा लेखक आफै लेखक, विश्लेशक र आलोचक हुने बताए । उनले लेखक आफैले आफ्नो कृतिको मूल्याकंन गर्न सके मात्र उत्कृष्ट सिर्जना आउने र त्यही अनुरुप आफ्नो बाँकी जिवनको आधार परिचालन हुने बताए । 
    विमोचन समारोहमा साहित्यकार तारानाथ दाहाल, गायक राजेश पायल राई, नेता राजेश्वर देवकोटाले आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रमको संञ्चालन निर्देशक तुलसी घिमिरेले गरेका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.