हेल्थ क्याम्पलाई सघाउदै ‘प्रोडुसर’ सामाजिक काममा
विशाल चौतारी समाचार
काठमाडौँ, १४ पुष । आउदो माघ १७ गतेबाट देशब्यापी रुपमा प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘प्रोडुसर’ले सरकारी स्कुलमा पढ्ने बालबालिकको स्वास्थ्य जाँचमा सहयोगी काम गरेको छ । नेपाल कम्युनिटी हेल्थ एन्ड सोसियल सभिर्स सेन्टर (एनसिएचसी)को संयोजकत्वमा चलचित्र ‘प्रोडुसर’ र दावली मिलन केन्द्रले उक्त हेल्थ क्याम्पमा सहकार्य गरेका हुन् ।.jpg)
.jpg)
आइतवार काठमाडौंको ज्ञानेश्वरमा रहेको ज्ञानविकास निम्न माध्यामिक विद्यालयमा एनएचसी स्कुल हेल्थ प्रोगामसँग सहकार्य गर्दै सामाजिक कार्यमापनि चलचित्र ‘प्रोड्युसर’ अघि बढेको हो । ज्योतिराज राईको पछिल्लो चलचित्र ‘प्रोड्युसर’ले पछिल्लो समयमा सामाजिक काममापनि अग्रसर भएको पाउँदा कार्यक्रमका प्रमुख अतिथी तथा उद्योगपती नुर प्रताप शाहले खुसि व्याक्त गरे । .jpg)
.jpg)
चलचित्र ‘प्रोड्युसर’का निर्माता तथा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्र र स्वास्थ्यको अन्र्तसम्बन्ध रहेको बताए । राईले भने,–‘चलचित्रले पनि रमाइलो प्रदान गरेर स्वस्थ राख्न सहयोग गर्दछ । त्यसैले स्वास्थ्य र चलचित्रको अन्र्तसम्बन्ध रहेको छ ।’ सरकारी विद्यालयका विद्यार्थीहरुको चेकजाँचमा सहयोग पुर्याउन पाएको खुशी प्रकट गरे । चलचित्रको विदेश प्रदर्शनबाट प्राप्त हुने कुल रकमको खर्चहरु कटाएर १० प्रतिशत पैसा वालवालिकाहरुको हेल्थ कार्यमा लगानी गर्ने राईले बताए । अध्यक्ष राईले कार्यक्रममा बोल्ने क्रममा नेपाली र हिन्दी सिनेमालाई नदाँज्न आग्रह गर्दै करोडौ बजेटमा बनेका सिनेमासँग नेपाली सिनेमा दाँजेर हेर्न नमिल्ने बताए ।
जनकदिप पराजुलीले निर्देशन गरेको यस चलचित्रमा अभिनेता विल्सन विक्रम राई, बाबु बोगटी, श्याम राई , श्याम अर्याल, पायल रायमाझी, स्वेता भट्टराइको मुख्य भूमिका छ । चलचित्रले नेपाली सिनेमा भित्रकै कथालाई उठान गरेको बताइएको छ ।
watch this video
0 comments
Write Down Your Responses