• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपालमा फ्रि वाइफाइ जोन बनाउन कार्यदल गठन

    विशाल चौतारी समाचार
    काठमाडौं, १७ पुस ।
    सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई नि:शुल्क इन्टरनेट सेवा (फ्री वाइफाइ जोन) युक्त मुलुक बनाउन आवश्यक सम्भाव्यता अध्ययनका लागि एक कार्यदल गठन गरेको छ ।
    नेपाललाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्ने सूचना तथा सन्चारमन्त्री माधव पौडेलको घोषणाअनुरुप मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विषयका विज्ञ रहेका छन् । मन्त्रालयका अनुसार कार्यदलको सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललाई नियुक्त गरिएको छ । कार्यदलले काम शुरु गरेको ३० दिनभित्र नेपाललाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्ने सम्बन्धमा आफ्नो राय र सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ । कार्यदललाई मुलुकलाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी त्यसका लागि आवश्यक पर्ने आथिर्क तथा प्राविधिक स्रोत साधनको विश्लेषणसमेत गरी आवश्यक सुझाव पेस गर्ने अधिकार दिइएको छ । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.