• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नक्कली हिसिला यमी सौन्दर्य प्रतियोगितामा भिड्दै

    विशाल चौतारी समाचार
    काठमाडौ, १६ पुस । सुन्दरता अनुहारमा मात्र होईन, प्रतिभापनि लुकेको हुन्छ भन्ने कुरालाई सावित गर्दै पछिल्लो समयमा सुन्दरी प्रतियोगिताहरु किश्वरावस्थाका युवतिहरुमा मात्र नगराएर त्यो भन्दा माथि उमेर भएकाहरुका लागिपनि गरिदै आएको छ । यस्तै क्रममा ई प्लानेटले आयोजना गर्न लागेको ‘मिसेस नेपाल’मा सहभागी हुन २८ बर्ष देखि ५५ बर्षसम्मका विवाहित महिलाहरु प्रतियोगितामा उत्रदैछन् । 
    यस प्रतियोगितामा खास कुरा हास्य टेलिसिरीयल मेरी बास्सैमा नक्कली हिसिला यमी बनेर चर्चा कमाएकी विपना बस्नेतलेपनि प्रतियोगितामा सहभागि जनाउदैछिन् । उनी २० गते हुन लागेको अडिशनका लागि विभिन्न किसिमका तयारी गरिरहेकोपनि बताएकि छिन् । सहभागिताको लागि नामपनि उनले लेखाइसकेकी छिन् । उनी ५० बर्ष पुग्न अब जम्मा १ बर्ष मात्र बाँकी छ । तर पनि उनमा जोश र जागर भने उत्तिकै रहेको छ । यसैले उनी ५० बर्षको उमेरमा पनि अझै सुन्दरी नै छु भन्ने लागेको बताउँदै आफू भित्र रहेको प्रतिभा प्रष्फुटन गर्न प्रतियोगितामा सहभागी हुन लागेको बताएकि छिन् । उनले केही चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.