• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • जोन अब्राहमले के बिबाह गरेका हुन् ? ट्विटरमा मिल्यो संकेत

    मुम्बई : के बलिउडका चचिर्त अभिनेता जोन अब्राहमले इन्भेष्टमेन्ट बैकर तथा प्रेमीका प्रिया रुचालसंग साच्चिकै बिबाह गरेका हुन् ? अभिनेता अब्राहमले बिबाह गरेको चौतर्फि समाचार बनिरहेपनि औपाचारिक घोषणा भने भएको छैन ।
    अभिनेता जोनले प्रेमिका प्रियासँग बिबाह गरेको ट्विटर मार्फत जानकारी दिएका छन् । उनले ट्विटरमा नयाँ बर्ष २०१४ को शुभकामना दिदै भनेका छन्, ‘यो बर्ष तपाइहरुको जीवनमा प्रेम, गुडलक, आनन्द आओस्, सबैलाई जोन र प्रिया अब्राहमको तर्फबाट शुभकामना । अभिनेता जोन अब्राहमले ट्विटरमा यति मात्र होइन प्रियाको नाम पछाडि ‘प्रिया अब्राहम’पनि लेखेका छन् । खासमा प्रियाको पुरा नाम रुचाल हो ।
    सन् २०१३ मा जोन र प्रियाले अमेरिकाको लस एन्जेलिसमा विवाह गरेको बताइएको थियो । तर उत्त समयमा जोनले यो कुरा अस्विकार गरेका थिए । अभिनेता जोनको पुर्व गर्लफ्रेन्ड अभिनेत्री विपशा बासुलाई छोडेपछि जोन र प्रिया नजिकिएका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.