महादेव–ट्याम्पो खलासीदेखि हाास्यकलाकार हुादै जादुगर सम्म
ब्रेकर :–उनले पहिलो पटक काठमाण्डौको शिशु नेपाल संस्थाको अनाथ बालबालिकाहरुसाग देउसी भैलो खेलेर सङ्कतिल रकम उनीहरुलाई नै सहयोग गरे। त्यतिवेला उनले २ लाख रुपैया सहयोग गरेका थिए। दुई दिनसम्म देउसी खली उनीहरुले २ लाख ३० हजार रकम संकलन गरेका थिए। त्यस समय उनलाई टेलि सिरियल मेरै बास्सैमा गरेको जादुगर को अभिनयले चर्चीत वनाएको थियो। त्यसकारण पनि उनहरुलाई रकम संकलन गर्नको लागि सहज भएको थियो।
–कृतिपुरमा एचआइभी संक्रमित बच्चाहरुलाई पनि उनले हृदय खोलेर सहयोग गरेका छन्। त्यतिवेल उनले तृत्य कार्यक्रम गरेर ३२ हजार सहयोग गरेका थिए। अपाङ्ंग र असाहाय बरु अलि दिन वााच्न पाउाछन् तर एचआईभी पीडितहरु त छित्तै मर्नु वाहेको विकल्प छैन । त्यसैले उनीहरु जति बााच्छन खुशिले बााच्न पाउन भनेर ती एचआईभी संक्रमित बालबालिकाहरुलाई सहयोग गर्न तत्परता देखाएका हुन् उनले । उनले नगद रकम सहयोग गरेर एचआई भी संक्रमितको मनमा अलिकति भएपनि खुशि थपीदिए।
काठमाडौं, ६ फागुन । ‘दया’ धरै मान्छेहरुको शव्दकोशबाट हराइसकेको यो समयमा हाास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीले भने बेला–बेलामा यसरीनै सहयोग गरेर असाहाय, अनाथ र अशक्त वालवालिकालाई खुशि पार्छन। अनाथ बालवालिकाहरुलाई देखेपछि उनको मन पग्लीन्छ । त्यसैले त्रिपाठी यसो भन्छन् –‘म बच्चाहरुको लागि ५ दिनसम्म पनि नखाई बस्न सक्छु तर आफ्नो लागि सक्दिन।’ कुनै दिन एक छाक खान र राम्रो ओच्छ्यानमा सुत्नको लागि निकै छट्पटिनु पर्दथ्र्यो महादेवलाई । आज त्यहि दिन सम्झिरहन्छन् त्रिपाठी अनि यसरीनै अनाथ र असाहेलाई सहयोग गर्न अघि सर्छन् ।–कृतिपुरमा एचआइभी संक्रमित बच्चाहरुलाई पनि उनले हृदय खोलेर सहयोग गरेका छन्। त्यतिवेल उनले तृत्य कार्यक्रम गरेर ३२ हजार सहयोग गरेका थिए। अपाङ्ंग र असाहाय बरु अलि दिन वााच्न पाउाछन् तर एचआईभी पीडितहरु त छित्तै मर्नु वाहेको विकल्प छैन । त्यसैले उनीहरु जति बााच्छन खुशिले बााच्न पाउन भनेर ती एचआईभी संक्रमित बालबालिकाहरुलाई सहयोग गर्न तत्परता देखाएका हुन् उनले । उनले नगद रकम सहयोग गरेर एचआई भी संक्रमितको मनमा अलिकति भएपनि खुशि थपीदिए।
अहिले महादेवको ४०/५० हजार मासिक आम्दानी छ्, काठ्माण्डौमै घर वनाएर बस्ने वासको व्यवस्था गरीसकेका छन्। अझ भनौ नाम र दाम दुवै छ । उनले कहिले चलचित्रमा हास्यकलाकारको रुपमा अभिनय देखाइदिएर हासाइदिन्छन् त कतिलाई अचम्मको जादु देखाएर आश्चार्यचकित पारीदिन्छन् । तर महादेवलाई आज पनि त्यो पलले झस्काई रहन्छ जुन दिन भोको पेट हुादा पेट भर्नको लागि कसैले एक रुपैया सहयोग गर्देनथे ।
आज जदु देखाउाने हातले रत्नपार्क, लगनखेलका ट्याम्पोको भित्ता ठोक्थे कुनैवेला उनी । माहदेव ९ महिना भन्दा वढि विक्रम ट्याम्पोमा खलासी बसे । त्यतिवेला उनको उमेर १३ वर्षको थियो । महादेव त्यतिवेलाको पीडा पोख्छन् –‘बेलुकी ट्याम्पोमा सुट्नुपर्ने, खुला ट्याम्पोको चारै तिरवाट हावा आउाथ्यो, जादो मौसममा सीत चुहियर बाहिर वस्नु पथ्र्यो, गर्मी महिनामा मच्छेट धपाउानै ठिक्क हुने, जब दिनमा ट्याम्पो चल्ने समय हुन्थ्यो अनि वल्ल मलाई निन्द्रले च्याप्थ्यो, ट्याम्पोमा झुण्डीयर कराउादा खसुलाजस्तो हुन्थयो, ट्याम्पोमै झुल्थे।’ यो क्षण उनको जीवनकै बसैभन्दा पीडादायक थियो । त्यतिमा मात्र उनको संघर्ष सिमीत रहेन । उनी ९ महिना पछि फेरी माइक्रो बसमा काम गर्न थाले तर त्यहा काम गर्न नसकेपछि रत्नपार्कको सानदार मम होटेलमा भााडा माझ्ने काम थाले । त्यस होटेलमा ८ महिना काम गरेपछि फेरी पुरानो वसपार्कमा रहेको भात होटेलमा दुई वर्षसम्म भााडा माझे । भााडा माझ्ने हातले त्यतिवेला पनि माइक्रो फोन समातेर हास्य प्रस्तुति दिने केहि मौका भने पाएका थिए त्रिपाठीले ।
सिन्धुपाल्चोक घर भएका त्रिपाठीका बुवा प्रहरीको जागिरे थिए । जब माओवादीले उनको बुवाको गोलि हानी हत्या गरिदियो अनि उनको परिवार तितर वितर बन्यो । उनी पनि काठ्माण्डौसम्म हानिए र एक बाल आश्रममा ५ वर्षसम्म बिताए । उनले जब बाल आश्रम छोडेर सडकमा निस्कीए, अनि शुरु भयो उनको कठोर संघर्षका दिन् ।
०६२/६३ सालमा टुडिखेलको खुल्ला मञ्चमा चेतना मञ्चको कार्यक्रम भईरहेको रहेछ । जुन कार्यक्रममा हास्य व्यंग्य जान्नेहरुलाई प्रस्तुतिको लागि नाम दर्ता गर्न भनिएको रहेछ । यो थाहा पाएपछि उनले पनि नाम लेखाएछन् । फलस्वरुप ७ दिनसम्म सञ्चालित कार्यक्रममा महादेवले ६ दिनसम्म आफ्नो प्रस्तुति दिने मौका पाएछन् । यस भन्दा पहिलो कहिल्यै पनि स्टेज फेस गरेका थिएनन् रे । त्यस पछि उलने दिनेश डिजीको टेलि ऋंखलामा यसो मुख देखााउने अवसर पाएछन् । उनले भन्छन् –‘निकै छोटो काम पाएको थिए, ल मेरो सिरियल आयो भन्दा गैसकेको हुन्थ्यो ।’ त्यसपछि उनले दिपकराज गिरीको टेलिभिजन कार्यक्रम काउाकुतिमा रोल पाएका रहेछन् । ‘रोल निकै छोटो थियो’, त्रिपाठीले त्यति वेलाको रिस पनि पोखे –‘त्यतिबेला मैले भााडा माझ्ने काम गर्थे, सिरियलको लागि पााच दिनसम्म विहान उठेर जाने अनि बेलुकी फर्कने काम गरे, पााच दिनको दिन मात्र रोल पाए, त्यति वेला मलाई दिपकराज गिरीले एक गास भात खान पनि दिएन, आज मलाई छोरीको बर्थडेमा जादु देखाउान आइजा भन्छ तर म जान्न।’ त्यतिवेला उनी १५ वर्षको मात्र थिए।
काउाकुतिमा काम गर्दै गर्दा उनले गौशालाको एक डान्स वारमा डान्स गर्न थालेछन् । महादेव सम्झन्छन् –‘मैले १७ वर्षबाट डान्स गर्न थाले, त्यहाा नायीका उषा पौडेलले पनि डान्स गर्थिन, त्यस पछि मात्र कलाकारिताको यात्रा अगाडि बढ्यो ।’ त्यतिवेला उनले महिनाको एक हजार रुपैया मात्र तलप पाउादा रहेछन् । त्यति वेलाको दु:ख अझै पनि झल्झली सम्झन्छन् महादेव –‘महिनामा एक हजारले पुर्याउनु पर्दथ्यो । ६ सय त कोठा भाडा नै थियो । एउटा सुकुल र तन्ना किनेको थिए । म सुकुल विच्छाएर तन्ना ओडेर सुत्थे । मलाई सिरक किन्न तीन महिना जति लाग्यो ।’
काउाकुति पछि त्रिपाठी आर्को टिभि सिरियल थोरै भए पुगिसरीमा अभिनय गर्न पुगे । यी तीनओटा टेलिसिरीयलमा काम गरेपछि उनलाई चलचित्रमा काम गर्ने अवसरको ढोका पनि खुल्दै गयो । उनी अभिनित पहिलो चलचित्र हो एउटा मान्छेको माया । प्हिलो चलचित्रमै उनले शुरुदेखि अन्तिम समयसम्मकै रोल पाएछन् । उनी भन्छन् –‘भगवानको कृपाले पहिलो चलचित्रमै फिल्म भरि कम गर्ने अवसर पाए । त्यो चलचित्रमा लफडा पार्ने पनि मै, अन्तिममा कुरा मिलाउाने पनि मेरै रोल थियो । त्यो फिल्ममा नविन श्रेष्ठ नायक थिए । चलचित्रमा एउटा कुरा ससपेन्स थियो, त्यो कुरा मलाई थाहा हुन्थ्यो ।’ पहिलो फिल्मबाट चार हजार पारिश्रामिक पाएको महादेव बताउाछन् । त्यस पछि उनी मनै त होनी चलचित्रमा अभिनय गरे । अहिले सम्म उनले मेरो एउटा साथी छ, आर्शिवाद, एउटा मान्छेको माया, पल, दुई पल, डन, अभिमन्यू, भविश्य, डर लाग्छ, जिन्दगानी दर्पण छाया लगाएत ४२ चलचित्रमा अभिनय गर्न भ्याईसकेका छन् । उनले अहिलेसम्मकै वढि पारिश्रामिक लिएको चलचित्र भने पल रहेछ, जसबाट ९० हजार रुपैया लिएका रहेछन् । उनलाई मन परेको र दर्शकले धेरै मन पराएको चलचित्र पनि पल नै भएको उनी वताउाछन्। ‘मुख बंगाएर मात्र कमेडि हुादैन । त्यहाा मेरो हसाउने र रुवाउाने दुवै अभिनय छ’, –उनले भने ।
आज आएर त्रिपाठीले खुङखार जादुगरको रुपमा पहिचान बनाएका छन् । उनले देशको धेरै ठाउामा जादु देखाएर दर्शकलाई अचम्ममा पारिदिन्छन् । कमेडि क्षेत्रमा काम गर्दा गर्दै उनी जादुगरतिर मोडिए । भन्छन् –‘नेपालमा दर्शकभन्दा बढि हास्यकलाकार भए, अनि म इन्डिया गएर दुई वर्ष जाादु सिके ।’ करिव ८ वर्ष पहिले जादु सिकेर उनी नेपाल फर्किएका हुन् । त्यसपछि उनले रियलमा मात्र नभएर रिल लाईफमा पनि जादु देखाए । ‘नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृंखला मेरी वास्सैमा उनले हन्तरु मन्तरुको भूमिका निभाए । ‘धुर्मुसले ल दुईवटा अंकमा काम गर्ने, त्यसले राम्रो गर्यो भने अगाडि बढाउाने नत्र छोड्ने भने, मेरो रोल धुर्मुसलाई फु मन्तर गरेर गायव पार्ने, धुर्मुसको वालाई बोका गराउाने यस्तै थियो’, मेरी बास्सैले उनलाई गरेको घातको पनि जोस्सीएर खुलाशा गर्छन महादेव –‘तर मेरो अभिनय एउटा अंकमै हिट भयो । भेलिपल्टबाट सवैले हन्तरु मन्तरु भन्न थाले । १० अंक खेलेपछि भने उनीहरुले निकाली दिए । भर्यांङ चढ्न लगाएर बिचबाटै लडाईदिए ।’ त्यसले आफुलाई फाईदा गरेको उनले बताए । उनले फेरी भन्छन् –‘उनीहरुले त्यसो गरेपछि म आफैले जादुगर फिल्म बनाएर देखाइदिए । उनीहरुले ननिकालेको भए फिल्म त बनाउाने थिएनन नी त ।’
जादु देखाउादैमा अहिले उनलाई भ्याई नभ्याई छ । त्यसैले एक वर्षदेखि उनले कुनै चलचित्रमा पनि अभिनय गरेका छैनन् । उनले जादु गर्दा पाएको खुशिको खवर पनि सुनाउाछन् –‘हिजो मैलो जुन घरमा भााडा माझ्थे आज त्यहि साहुनीले भगवान भनेर ढोग्छीन् । मेरो जादुगर हेरेर अस्ती मात्र उहााले मेरो घरमा त भगवानको वास रहेछ मैले मान्छे चिनिनछु भन्नुभयो ।’ आफुलाई ५० लाख दिने मान्छे आएमा १० मिनेट धराहरालाई गायब पार्दीने समेत बताउाछन् महादेव । फिल्ममा अभिनय गर्न नछाड्ने बताउाने महादेवले पहिला जादुगर त्यसपछि मात्र हाास्य कलाकार भन्न रुचाउाछन् ।
उनले जादु देखाउान थालेपछि मात्र अनाथ र असाहाय बालबालिकालाई सहयोग गर्न थालेका हुन् । जम्मा पााच कक्षासम्म पढेका त्रिपाठीको सोच भने महान छ । भन्छन् –‘मेरो उद्देश्य भनेको काठ्माण्डौमा भएको सवै अनाठ, असाहाय बालबालिकालाई रंगशालामा जम्मा गर्ने, ठूलो कार्यक्रम गर्ने, अनि सबै पैसा उनीहरुलाई बाढिदिने हो ।’ उनको सिद्धान्त भने प्रेरणा दायी नै छ –‘बोल्ने ओठ होइन सहयोग गर्ने हात ठूला हुन्छन् ।’ भर्खरै २७ वर्ष पुगेका यी ठिटो जादुमय चलचित्र च–चमत्कार बनाउने तयारीमा पनि छन् ।
आज पनि त्रिपाठीलाइ आफु बच्चा हुादा पाएको दु:खको याद आइरहन्छ –‘त्यतिबेला अरुले खाएको हेर्दा खाउा खाउा लाग्थ्यो । विरामी हुादा पनि सुख हुने थिएन, भाडाा माझ्नै पर्दथ्यो ।’ बुवा आमा नभएको वालवालिकालाई देख्दा महादेवलाई त्यहि क्षणको याद आउाछ र ती बालबालिकाको लागि उनको मुटु भरि माया जम्मा हुन्छ । त्यस्ता वच्चाहरुसंग वस्दा र सहयोग गर्दा निकै आनन्दको महसुस गर्छन उनी ।
add
0 comments
Write Down Your Responses