• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • समाबेशी सञ्चारनीति लागु गर्न फोनिजको माग

    विशाल चौतारी समाचार
    काठमाडौं, ११ फागुन ।
    एक जाति, एक भाषा, एक संस्कृति भएका कारण आदिवासी जनजाति पत्रकारहरु विस्थापित हुंदैं गएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले क्षेत्रीय भेला अन्तर्गत पाल्पाको तानसेनमा सम्पन्न भेलामा फोनिज केन्द्रीय अध्यक्ष गुरुङले सय भन्दा बढी जातजाति रहेको देशमा समावेशी पत्रकारिता भएमात्र नेपालको पत्रकारीता व्यावसायिकतातर्फ उन्मुख हुने उल्लेख गरे ।
    शनिबार सम्पन्न पश्चिमाञ्चल स्तरीय एक दिने  क्षेत्रीय भेलामा फोनिज केन्द्रका महासचिव गजुरधन राईले अवधारणापत्र प्रस्तुत गरेका थिए । भेलामा नेपाल पत्रकार महासंघको आउँदै गरेको अधिवेशन, समावेशी सञ्चारनीति, आम सञ्चारमाध्यममा आदिवासी जनजातिको प्रतिनिधित्व लगायतका विषयमा छलफल भएको थियो । शनिबार सम्पन्न भेला १५ बुँदे पाल्पा घोषणापत्र जारि गर्दै सम्पन्न भएको हो । घोषणापत्रमा जातीय पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्धारित समयमै निर्माण गर्न राजनीतिक दलहरुलाई फोनिजले आग्रह गरेको छ । सञ्चार माध्यमलाई समावेशी बनाउन गठित उच्चस्तरीय आयोगले प्रस्तुत गरेको प्रतिवेदन सार्बजनिक भइसकेकाले यसलाई तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेको छ । भेलामा फोनिजका पूर्व अध्यक्ष मोहनसिं लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु खिम घले र दिलिप थापामगर, सल्लाहकार तिलक पुनमगर, थारु पत्रकार संघका अध्यक्ष लक्की चौधरी, फोजिका संगठन सचिब मनोज घर्तीमगर लगाएतको उपस्थिती रहेको थियो । भेलामा पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्ला शाखा अध्यक्ष, सचिव र एकजना  महिला प्रतिनिधी लगायत सहभागी भएका थिए । यसैबीच मध्यमाञ्चल स्तरीय क्षेत्रीय भेला सोमबार मकवानपुरको हेटौं्रडामा हुँदैछ । पायक पर्ने फोनिज जिल्ला शाखाका प्रतिनिधिहरुलाई हेटौंडामा हुने भेलामा उपस्थितीका लागि मध्यमाञ्चल संयोजक कुमार नेगीले अनुरोध समेत गरेका छन् ।
    साथमा घोषणापत्र पनि छ ।   
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २०७० फागुन १० गते मगराँत भूमी पाल्पाको तानसेनमा सम्पन्न पश्चिमाञ्चल स्तरीय क्षेत्रीय भेलाबाट प्रस्तुत
    ‘पाल्पा घोषणापत्र–२०७०’
    १.नेपालीे सञ्चार जगतलाई पूर्ण समावेशी बनाउनका निम्ति सधैं कृयाशिल रहन यो भेला प्रतिवद्घता जाहेर गर्दछ ।
    २. जातीय पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्धारित समयमै निर्माण गर्न राजनीतिक दलहरुलाई आग्रह गर्दै सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई दवावमूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गर्दछ ।
    ३. संविधानको प्रस्तावना मै पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गर्दछ ।
    ४ सञ्चार माध्यमलाई समावेशी वनाउन गठित उच्च स्तरिय आयोगले प्रस्तुत गरेको प्रतिवेदन सार्वजनिक भईसकेको अवश्थामा यसलाई तत्काल कार्यान्वयन गर्न यो भेला जोडदार माग गर्दछ ।
    ५नेपाल पत्रकार महासंघको गतवर्ष पोखरामा सम्पन्न राष्ट्रिय भेलामा प्रस्तुत समावेशी विधान पारित गरी तत्काल कार्यन्वयन गर्न जोडदार माग गर्दछ ।
    ६. नेपाल पत्रकार महासंघको केन्द्रिय प्रतिनीधि, जिल्ला कार्यसमिति चयनमा  पूर्ण समावेशी हुनुपर्ने माग गर्दछ ।
    ७. राज्यको सञ्चार नीति निर्माणमा, सञ्चार माध्यमहरु, संघ–संथा, संघ संगठनहरु पूर्ण समावेशी गर्न र गराउन माग गर्दछ ।
    ८. श्रमजिवी पत्रकार ऐन तत्काल लागु गर्न र सञ्चारकर्मीहरुकोपेशागत तथा भौतिकसुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछ ।
    ९. आदिवासी जनजातिको मातृभाषामा प्रकाशित पत्रपत्रिका, प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन गर्ने र त्यसको प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी संचार विकास प्रतिष्ठान गठन गर्न यो भेला माग गर्दछ ।
    १०. सरकारी तथा निजी सञ्चार माध्यमहरुमा बहुलता र समावेशी समाचार कक्ष स्थापना गर्न माग गर्दै सञ्चार माध्यमहरुमा आदिवासी जनजातिको भाषा, संस्कृति–परम्परा र राजनीतिक मुद्दाहरुलाई प्राथमिकता दिई निष्पक्ष रुपमा प्रसारण र प्रकाशनको निम्ति उचित वजेट व्यवस्था गर्न सरकारसंग माग गर्दछ ।
    ११. विभिन्न मातृभाषामा प्रकाशित पत्रपत्रिका तथा रेडियो, टेलिभिजन कार्यक्रमलाई निरन्तरता तथा दिगोपनका लागि स्थानीय निकायबाट छुट्टयाइएको बजेट, विज्ञापन तथा अनुदानलाई समावेशी सिद्धान्तमा आधारित रहेर समानुपातिक र समानताका आधारमा वितरण गर्न भेला माग गर्दछ ।
    १२. आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न नेपाल सरकारसंग यो भेला माग गर्दछ ।
    १३. आदिवासी जनजाति पत्रकार चुन वहादुर गुरुङ्ग दुवै मृगौला पिडित भई उपचारत रहनुभएकाले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल सरकार र अन्य सवै निकायलाई सहयोगको लागि अपिल गर्दछ ।
    १४. नेपालका प्रथम सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न तत्काल सरकारसंग माग गर्दछ ।
    १५. मगरांत भूमिको पाल्पाको तानसेन वजारमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को पश्चिमञ्चल भेला सम्पन्न गर्न सयहोग गर्नुहुने विभिन्न संघ संस्था तथा महानुभावहरुलाई यो भेला हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.