मिस नेपाल २०१४ को आवेदन खुल्ला, यस वर्षको मिस नेपाललाई इशानिको स्थान उछिन्न चुनौती
विशाल चौतारी समाचार
काठमाडौं, २९ माघ । गत वर्षको मिस नेपाल इशानी श्रेष्ठले मिस नेपालको उपाधि जितेर आफ्नो नाम देशलाई मात्र चिनाएनन्, उनले सारा संसारलाई नेपाल देश र नेपालको कला–संस्कृतीलाईपनि मिस नेपालको टप १० मा पुगेर चिनाईन् । यहि आसालाई अझ माथि पुर्याउन नेपालको १९औँ संस्करण, द हिडेन ट्रेजर मिस नेपाल २०१४ को आवेदन मिस नेपाल आयोजक ‘द हिडेन ट्रेजर’ले खुल्ला गरेको छ । बुधबार राजधानिमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस वर्षको मिस नेपाल आउँदो मे ३, २०१४ मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न हुने बारेमा जानकारी गराएको थियो ।
युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नका लागि आयोजना गरिएको मिस नेपालमा यस वर्षदेखि मिस चितवन, मिस पोखरा र मिस पूर्वाञ्चलको पनि सहकार्य रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । मिस नेपाल प्रतियोगीताका सबै नियमहरु पूरा भएमा मिस चितवन, मिस पोखरा र मिस पूर्वाञ्चलका विजेताहरुलाई मिस नेपालमा सिधै भग लिन दिइने पनि आयोजक द हिडेन ट्रेजरले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । लामो समयदेखी आयोजना गर्दै आएको ‘द हिडन ट्रेजर, मिस नेपाल २०१४को सह–प्रायोजक रहेको छन् । यसै पटक देखि मिस नेपाल २०१४ का विजेतालाई कार्यक्रमहरुमा जानका लागि औपचारिक कार उपलब्ध गराइदिनेपनि भएको छ ।
यस वर्षको मिस नेपाल २०१४ का विजेतालाई नगद उपहार मिस नेपाल (वल्र्ड)लाई रु १ लाख, मिस नेपाल (अर्थ)लाई रु ६० हजार र मिस नेपाल (इन्टरनेसनल) लाई रु ४० हजार प्रदान गरीने आयोजकले जानकारी गराएको थियो । साथै अन्य श्रेणीका विजेताहरुले रु १५,००० प्राप्तगर्नेपनि आयोजकले बताएको छ । यस वर्ष मिस ट्यालेन्ट, मिस पर्सानीलिटी, मिस फोटोजेनीक, मिस बेष्ट स्माइल, मिस फ्रेण्डशिप, मिस स्टाइलिस्, सामाजिक सञ्जाल फेसबुक भोटिङबाट पपुलर च्वाइज एसएमएस मार्फत उपाधी प्रदान गरिने भएको छ ।

आयोजक ‘द हिडन ट्रेजर’ले एउटा व्यवसायिक प्रशिक्षक र पूर्व मिस नेपाल स्वेता सिंह सिइओ नियुक्त गरेकोपनि बताएको छ ।
0 comments
Write Down Your Responses