• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रेजिनाले आफ्नो प्रेम सम्वन्धलाई बिवाहमा परिणत गर्दै

    विशाल चौतारी समाचार
    काठमाडौं, ७ फागुन ।
    नेपाली चलचित्र क्षेत्रमा कुनै जमानाकी व्यास्त अभिनेत्री  रेजिना उप्रेती बिबाह बन्धनमा बाँधीने भएकी छिन् । उनले बिगत केही बर्षदेखिको अफेयरलाई फागुन १० गते बिबाहमा परिणत गर्न लागेकी हुन् ।
    अभिनेत्री रेजीनाले लण्डन निवासी सुरज पोखरेलसँग परिवारको सहमतिमा बिवाह गर्न लागेको बताइएको छ । केही समय प्रेमी सुरजसँग लण्डनमै बसेर हालै काठमाडौं फर्कीएकी अभिनेत्री रेजीनाले आफनो प्रेमलाई बिबाहको बन्धनमा बाँध्न लागेको बताइन् । रेजीनाले फागुन १० गते बिहान काठमाडौको एक मन्दिरमा बिहे गर्नेछिन् । अनी दिउँसो मेघा ब्याङकेट, लामपाटी, कलंकीमा बिहे भोज दिदैछिन् ।
    बिहेमा आफ्नो परिवारका सदस्य मात्र सामेल गराए पनि अभिनेत्री रेजीनाले बिहे भोज भने भब्य रुपमा दिदैछिन् । जसका लागि उनको बिहे भोजको निम्तो कार्ड अहिले चलचित्रकर्मी तथा केही पत्रकाहरुलाई बाडिरहेकी छिन् । अभिनेत्री रेजीनाले रोजेकी जीवनसाथी सुरज लण्डनस्थित एक ट्राभल एजेन्सीमा काम गर्छन् । बिहेपछि पनि आफू चलचित्र अभिनय र निर्माणमै निरन्तरता दिने उप्रेतीले बताएकी छिन् ।
    add

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.