• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • शिल्पाको अभिनय समुनाको स्वर

    विशाल चौतारी समाचार
    काठमाडौं, १४ फागुन ।
    छविराज ओझाको पछिल्लो चलचित्र ‘लज्जा’को निर्माण सुरु भएयता देखी नै चर्चामा रहेकी अभिनेत्री तथा मोडल शिल्पा पोखरेलको पहिलो चलचित्रमा नै उनको स्वर दर्शकहरुले सुन्न नपाउने भएका छन् ।
    अभिनत्री शिल्पा पोखरेलले सिनेमा ‘लज्जा’मा अभिनयको समयमा जती चर्चा पाइन्, तर डबिङको समयमा भने यो कामका कारणले उनको सिनेमा करियरमा वाधा पुग्ने चलचित्र समिक्षकहरुको भनाइ रहेको छ । आफैले अभिनय गरेको चलचित्रमा आफ्नै आवाज नहुनु, कलाकारका लागि ठूलो घाटाको बिषयपनि हो । अभिनेत्री पोखरेललाई डविङको बिषयले अर्को चलचित्रमा पनि अवसर पाउन निक्कै गाह्रो हुनेछ । अहिले डविङ भइरहेको शिल्पाको भूमिकामा अभिनेत्री समुना केसीले डबिङ गरिरहेकी छिन् । निर्देशक नवल नेपालले अभिनेत्री शिल्पाको आवाज पात्र अनुसार नमिलेपछि सहमतीमै समुनालाई डबिङमा ल्याएको बताए । उनले चलचित्रमा अभिनेत्रीको निक्कै दमदार भूमिका र डाइलगहरु भएको तर शिल्पाको आवाज मसिनो भएकाले नयाँ आवाज खोज्नु परेको बताइएको छ । चलचित्रमा अभिनेता आर्यन सिग्देलको समेत अभिनय रहेको यो चलचित्रले महिलाको लाजको विषयमा कथा बोकेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.