• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • तोरी लाहुरेको आइतम गीत सार्वजनिक

    विशाल चौतारी समाचार
    काठमाडौं, १३ फागुन ।
    आगमी फागुन २३ मा रिलिजमा आउान लागको चलचित्र तोरी लाहुरेको आइटर गीत सार्वजनिक गरिएको छ । रिदम एण्ड दिलिप फिल्म प्रा.लि.को व्यानरमा निर्माण भएको सो सिनेमाको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी ‘कोहि छन् मस्तीमा कोहि छन् सास्तीमा’ बोलको आइटम गीत सार्वजनिक गरिएको हो ।
     आइटम गीतको सार्वजनिक पछि फिल्ममा समावेश अधा दर्जन कमेडि क्लीपहरु पनि सार्वजनिक गरिएको थियो । दिलकुमार तामाङ ‘आले’ले निर्माण गरेको तोरी लाहुारेमा नेपालका युवाहरुले विदेशीने बहानामा भोग्नु परेको शास्तीलाई कथामा उतारीएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
    कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्रलाई शुभकामना दिएका थिए । कार्यक्रममा चलचित्र तोरी लाहुरेका निर्देशक एनबी महर्जनले फिल्मबारे प्रकाश पार्दै तोरी लाहुरे शुद्ध नेपाली सामाजिक कथाहरु बनेको जानकारी दिए । चलचित्रमा कृष्ण आचार्यको कथा र शंकर महर्जनको द्वन्द्व रहेको छ । चलचित्र तोरी लाहुरेमा रोहित रुम्बा, गजिट विष्ट, आशिष्मा नकर्मी, शुशिल पोखरेल, सुवास थापा, समुना केसी, दिनेश डिसी लगाएत कलाकारको अभिनय देखिनेछ । कार्यक्रम दिनेश डिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.