पुजाको जन्मदिन मनाउदै ‘अझै पनि’को निर्माण घोषणा
Sudarshan Thapa, Pooja Sharma, alok nembang, Bijay Lama nepali movie ajhai pani
काठमाडौं, १८ बैशाख । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकाहरुको भित्रिने क्रम जारी रहेको छ । त्यो भन्दा दोब्बर एक–दुई चलचित्रमा काम गरेका कलाकारहरुलाई आफ्नो चलचित्रमा लिनेहरुको होटबाजी नै चल्ने गरेको छ ।.jpg)
.jpg)
यस्तै क्रममा केही समय अगाडी रिलिजमा आएको चलचित्र ‘मधुमास’की हिरोइन पुजा शर्माको जन्मदिन परेको अवसर पारेर चलचित्र ‘अझै पनि’को घोषणा गरिएको छ । बुधबार राजधानिमा एक पत्रकार सम्मेलनको आयोजना गरी निर्देशक सुदर्शन थापा र पुनम गौतमले निर्माण गर्न लागेको जानकारी दिइएको थियो । साथै चलचित्रलाई आलोक नेम्बाङले निर्देशन गर्न लागेका छन् । प्रेम कथाको स्क्रिप्ट बोकेर निर्देशक आलोक ४ बर्षपछि निर्देशनमा फकिर्न लागेका हुन् ।.jpg)
.jpg)
पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै अभिनेत्री पुजाले निर्देशक आलोक नेम्वाङसंग काम गर्ने सबै कलाकारहरुको चाहना हुने गरेको बताउदै, आफु सो रोजाईमा पर्दा खुसी लागेको बताइन् । त्यस्तै चलचित्रका निर्देशक नेम्वाङले कार्यक्रममा बोल्दै भने–‘निर्देशन विधामा राम्रा मानिएका सुदर्शन थापा तथा अन्य केही सिनियर कलाकाहरुलाई अभिनयमा आफुले उतार्न पाउदा खुसी छु’, नेम्वाङले बताए । चलचित्रले प्रेमको भाषा बोल्ने निर्देशक नेम्बाङले जनाए । यसअघि सुदर्शन र आफूले बनाएका चलचित्रमा नेपाली स्वादसँगै विदेशी गन्ध पनि आएको बताउँदै आलोकले यसपटक टिपिकल नेपाली सिनेमा बनाउन लागेको बताए ।.jpg)
.jpg)
चलचित्रमा अभिनेत्री पुजाका अलवा सुदर्शन थापा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, विजय लामा र रामशरण पाठकको अभिनय हुनेछ । चलचित्रको छायांकन शुक्रबारट काभ्रेस्थली, चरिकोट र मुडे क्षेत्रमा गरिने निर्माणपक्षले जनाएको छ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, अष्ट महर्जनको दन्द्ध निर्देशक रहने भएको छ । चलचित्रका ५ गीतमा ४ संगीतकारको संगीत छ । हरि लम्साल, राजनराज सिवाकोटी, सचिन सिंह र महेश खड्काले चलचित्रमा संगीत भरेका छन् ।.jpg)
.jpg)
.jpg)
.jpg)
0 comments
Write Down Your Responses