कवि प्रदीपराजको ‘धमैशेखर’ विमोचित

विशाल चौतारी समाचार
काठमाडौं, २४ चैत । कवि प्रदीपराज श्रेष्ठ ‘धमैशेखर’को कविता संग्रह ‘बाङगिएका शब्दका आवाजहरु’ सार्वजनिक भएको छ । रापति समाज काठमाण्डौको आयोजनामा नेपाली लेखक संघका अध्यक्ष विष्ण्ुा विभु घिमिरेले ‘बाङगिएका शब्दका आवाजहरु’ को केही दिन अगाडी एक औपचारीक कार्यक्रमको बिच विमोचन गरेका छन् ।
‘बाङगिएका शब्दका आवाजहरु’ भित्रका कविता माथि गीतकार तथा साहित्यकार भावेश भूमरिले टिप्पणी गरेका थिए । रापती समाज काठमाण्डौका अध्यक्ष एकराज आचार्यको अध्यक्षतामा भएको विमोचन समारोहमा डा भिमार्जुन आचार्य, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, सङगीतकार सन्तोष, श्रेष्ठ त्रिचन्द्र कलेजका प्राध्यापक डा तेजबहादुर केसी, ‘बाङगिएका शब्दका आवाजहरु’ कविता संग्रहका प्रकाशक प्रतिमा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
0 comments
Write Down Your Responses