• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपालि साङ्गितिक क्षेत्रमा एउटा लाहुरे सर्जक


    नेपालि साङ्गितिक क्षेत्रमा एउटा लाहुरे सर्जक 

    विशाल राई 
    काठमाडौ, २९ बैशाख । गितकार ईश्वर चाम्लिङ नेपालि सागितिक क्षेत्रका उदाउँदा किरण हुन् । २०३३ साल भाद्र १६ गतेका दिन विजयखर्क खोटाङमा जन्मिएका चाम्लिङ पेषाले विगत १८ वर्षदेखि गार्खा सैनिकमा कार्यरत छन् । बच्चैदेखि उनि गित तथा साहित्य रचना गर्न रुचाउने बताउछन् । उनले अहिले सम्म तिनवटा कृतिहरु नेपालि साङ्गितिक तथा साहित्य क्षेत्रलाई छाडिसकेका छन् । करिव सात वर्ष पहिला इश्वर चाम्लिङले स्पन्दन नामक गिति एल्वम ल्याएका थिए । सो एल्वमका गितहरुले गोर्खा सैनिकमा रहेका नेपालि दाजुभाईहरु माझ धेरै लोकप्रिय भएको कवि श्रवण मुकारुङले गितकार राईको पछिल्लो एल्वम विरताका गितहरुको विमोचन समारोहमा भनेका थिए । उनको पहिलो एल्वममा गायक राजेशपायल राई, भिषण मुकारुङ, कन्कायस्ट राई, सुक्मित गुरुङ लगायतले गाएका थिए ।
    त्यसपछि दास्रो गिति संग्रहको रुपमा ‘स्पान्दित प्रवास’ नामक पुस्तक ल्याएका थिए । सो गिति संग्रहमा ८० भन्दाबढि गितहरु समावेश गरिएको थियो । सो पुस्तकपनि गोर्खा सैनिकमा कार्यरत रहेर बसिरहेका नेपालिहरुमाझ लोकप्रिय भएको गितकार चाम्लिङले बताए । उनि गोर्खा सैनिकमा जानभन्दा अगाडिपनि उनका धेरै पत्रपत्रिकाहरुमा गितहरु छापिएको बताउछन् । गार्खा सैनिकमा कार्यरत रहदा गितकार चाम्लिङले प्रवासि बेदनाका आवाजहरु नक पत्रिकाको सम्पादक भएरपनि काम गरेका थिए । सो पत्रिका गार्खालिहरुका लागि निकै सहत्वपुर्ण पत्रिकाको रुपमा मानिन्छ । गिति लेखनको उर्जाचाहि आफ्नो देशबाट बाहिर गएपछि देशको माया प्रगट भएर आएका भावनाहरुलाई गितको रुपमा उतार्ने गरेको चाम्लिङ बताउछन् । उनि यति मात्र नभएर साहित्यकार पारिजात, पछिल्लो पुस्ताका कवि श्रवण मुकारुङ र भुपाल राई लगायतको साहित्यले प्रभाव परेर गित लेखनमा टेवा पुगेको चाम्लिङले बताए ।
    गितकार इश्वर चाम्लिङले पौष २० गतेको दिन काठमाडौमा एक समारोहका विच आफ्नो पछिल्लो एल्वम विरताका गितहरु नामक एल्वम विमोचन गराए । कार्यक्रमका प्रमुख अतिथि गायक, गित तथा संगितकार गणेश रसिक, कवि श्रवण मुकारुङ, कवि कृष्ण जोशि, गितकार विरेन्द्र राई, संगितकार शान्तिराम राई, भैरव बहादुर थापा लगायतले सामुहिक रुपमा एल्वमको विमोचन गरेका थिए । बिर्सने छैनौ कहिले तिमिलाई बोलको गित लडाई लडिरहदा आफ्ना साथिहरु गुमाउनु पर्दाको क्षणमा रचना गरिएको गित भएको चाम्लिङले कुराकानिमा बताए । त्यस्तै जन्मदै विरताको रगत बोकेर हामि जन्म्यौ बोलको गित गार्खा सैनिकहरुलाई लक्षित गरेर लखिएको गितकार चाम्लिङले बताए । एल्वममा हामि विर गार्खालि विरताको सानले नै विश्व थर्कने लगायतका गितहरु समावेश गरिएको थियो । प्राय सबै गितहरु गोर्खालिहरुको विरताको गाथा भएको गितकार चाम्लिङले बताए ।
    उनि गार्खा सैनिकमा गितकारको रुपमा मात्र परिचित छैनन् । उनि गार्खा सैजिनकमा एउटा सफल फोटोग्राफरको रुपमापनि परिचित छन् । आफुले करिव ९ वर्ष पहिलादेखि क्यामेरा चलाउदै आएको बताउछन् । कोसोभो देशमा शान्तिका लागि लडाइ लड्नका लागि जादा फोटो ग्राफर प्लस फोटो एडिटर भएर जादा सो टाईममा धेरै उत्कृष्ठ फोटोहरु खिचेर सम्मान पाएकाले व्यावसायिक फोटोग्राफिमा पनि लागेको बताए । सन् २०१० मा ब्रिटिस आर्मिहरुको फोटोग्राफि कम्पिटिसन हुदा गितकार राईले फोटोग्राफिमा उपाधि जितेका थिए । मिडिया एण्ड अफ्स नामक क्टागोरिमा ‘अल राउण्ड डिफेन्स’ शिर्षकको फोटो उत्कृष्ठ भएको राईले बताए । र गार्खा रेस्लिङ नामक फोटोलेपनि टाईटल जितेको राईले बताए । प्रतियोगितामा ५० हजार भन्दाबढिको सहभागिताबाट छनौट गरिएको थियो, राईले बताए । उक्त फोटोको पुरस्कार स्वरुप नेपालि रु १ लाख पाएको राइले बताए । नेपालका प्रधान सेनापति जस्तो ब्रिटिसका जेनेरल पिटर वल्डले फोटोग्राफिको पुरस्कार हस्तानतरण गरेको गितकार चाम्लिङ सम्झन्छन् ।
    फोटोहरु अफगानिस्थान अडाइमा जादा आफ्नो केहि साथिहरु गुमाएपछि गितहरुको सृजनामा अझ बढि कलम चलेको गितकार चाम्लिङ बताउछन् । गितकार चाम्लिङ एक समाजसेवि कलाकारपनि हुन् । खोटाङ सेवा समाज बेलायतमा तदर्थ समितिको पुर्व संस्थापक महासचिव भएर नेपालि कला, साहित्य र संगितलाई योगदान गरिहेका छन् । पैष २० गतेको दिन ब्रिटिस गएका उनि १९ दिनको छुट्टि लिएर खोटाङ प्रतिभा पुरस्कार वितरण गर्न आएका थिए ।
    बेलायतमै उनिहरुले ग्लोवल आई फोटोग्राफि क्लवको प्रेसिडेन्ट भएर फोटोग्राफिलाईपनि अगाडि बढाइरहेका बताए । खोटाङ प्रतिभा पुरस्कारको अक्षयकोष चाहि ब्रिटिस आर्मिमा कार्यरत आर्मि, गैर सैनिक बेलायतबासि खोटाङ्गेहरुबाट दुखगरी कमाएको रकमबाट छुट्याएर स्थापना गरेको चाम्लिङले बताए । पुरस्कार वितरणको मुख्य उद्देश्यचाहि खोटाङ् प्रतिभाहरुलाई  प्रोत्साहन र सम्मान गर्नका लागि निर्माण गरिएको गितकार इश्वर चाम्लिङले बताए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.