गायक दिपक लिम्वुको लवस्टोरी :– उनको लुगा पनि धोइदिन्छु
उनको लुगा पनि धोइदिन्छु
दिपक लिम्वु (गायक) प्रस्तुति : विशाल राई
जसलाई पहिलोचोटि माया गरेँ, जीवनसंगिनी पनि उनैलाई बनाएँ । प्रेमिका वा पत्नी जे भने पनि मेरी प्राणप्यारी हुन्, लक्ष्मी लिम्बू । उनीसँगको प्रेमप्रसंग सम्झिँदा १४ वर्षअघिको जमाना कोट्याउनुपर्छ, ०५४ सालतिर होला । हामी एउटै स्कुलमा पढ्थ्यौँ । गाविस एउटै भए पनि गाउँचाहिँ २०र२५ मिनेटको अन्तरमा छ ।
कक्षा ७ मा पढ्दा उनीसँग सामान्य परिचय भयो । १७ वर्षको हुँदो हुँ । मलाई उनी मन पर्न थालिन् । क्लासमेटहरलाई यो कुरा थाहा भयो । अनि मैले उनलाई पर्पोज गर्ने निधो गरेँ । सबैभन्दा मिल्ने साथी टीकालाई मेरो भावना उनीसम्म पुर्याइदिन आग्रह गरेँ । सुरुमा उनले मानेकी थिइनन् रे ? एक महिनापछि मात्र मेरो प्रस्ताव स्वीकारिन् । अहिले पनि कहिलेकाहीँ सुनाउँछिन्– ‘पछि माया लाग्दै आयो, त्यसैले स्वीकारेँ ।’
टीकाले उनले मेरो प्रस्ताव स्विकारेको खबर ल्याएपछि म निकै उत्साहित भएँ । सायद त्यो मेरो जीवनको पहिलो महत्त्वपूर्ण खुसि थियो । तर, माया भनेको के हो, हामीलाई राम्ररी थाहा थिएन । सम्वन्ध अगाडि बढ्दै गयो । उनलाई थुप्रै चिठी लेखेँ । ती चिठीमा प्िरय मयालु, प्यारी यस्तैयस्तै शब्दले सम्बोधन गर्थें ।
उनी धेरै नबोल्ने नेचरकी थिइन् । मैले १०–१२ वटा कुरा भन्दा उनी बल्लतल्ल एउटा कुरा बोल्थिन् । प्रस्ताव स्वीकारेपछिको पहिलो भेट स्कुलनजिकैको चौतारीमा भएको थियो । उनी खासै बोलिनन् । मैले खाना खायौ भनेर सोधेँ । उही एकछिन हेराहेर भयो, केही बेर सँगै बस्यौँ । सायद, त्यो दिन उनीसँग साधारण टच पनि भएको थियो । हाम्रो चिठी आदानप्रदान गर्ने काम उनै साथी टीकाले गथिनर्् । हाम्रो सम्बन्ध यहाँसम्म आइपुग्नमा उनको पनि हात छ । अहिले पनि सम्झिरहन्छु– लक्ष्मीले पहिलोचोटिको चिठीमा ‘म पनि तपाईंलाई एकदमै माया गर्छु’ भनेर लेखेकी थिइन् । ती चिठी धेरै पछि सम्म पनि जोगाएर राखेको थिएँ । पछि उनकै सल्लाहमा तिनलाई जलाइदिएँ ।
सात कक्षा पास गरेपछि मैले थप अध्ययनका लागि धरान जानुपर्ने भयो । हाम्रो पुख्र्यौली घर ताप्लेजुङमा भए पनि जन्मचाहिँ सुनसरी प्रकाशपुर–८ मा भएको हो । उनीसँग छुट्टिनुपर्दा नरमाइलो लागिरहेको थियो । छुट्टिने समयमा उनलाई भेट्न गएको थिएँ । धरानबाट १५–३० दिनमा घर गइरहन्थेँ । पहिला–पहिला त उनलाई भेट्न नपाउँदा एकदमै छट्पटी भयो । घर आएका बेला भेट हुन्थ्यो । पछि त्यही बानी पर्यो । फेरि, केही अन्तरालको भेट मीठो पनि लाग्थ्यो ।
यही क्रम चलिरहेकै थियो । यत्तिकैमा परिस्थिति बदलिँदा हाम्रो सम्बन्ध नयाँ मोड लिन बाध्य भयो । घरमा उनको विवाहको कुरा चलेछ, कुटुम्ब माग्न आएछन् । हामी दुवै चिन्तित भयौँ । अन्त्यमा भागेर बिहे गर्ने निधो गर्यौँ । ०५६ वैशाख १८ गते हाम्रो बिहे भयो । उमेर उति धेरै भइसकेको थिएन, विवाहबारे बुझिसकेका थिएनौँ । तैपनि, हाम्रो आत्माले भन्थ्यो– हामीबीच अटुट बन्धन छ । उनी १६–१७ वर्षकी थिइन्, म १८–१९ को । उनलाई भगाएर उदयपुर बसाहास्थित दिदीको घर पुर्याएँ । बिहे गर्न ठिक्क पारेकी छोरी भागेको थाहा पाएपछि उनको परिवारमा निकै तनाब भएछ, खुब खोजेछन् । उहाँहरले ४–५ महिनापछि मात्रै हामीलाई बोलाउनुभयो ।
जीवन संगिनी एउटै हुन्छ र सुहागरात पनि उसैसँग मात्र हुन्छ । हाम्रो सुहागरात पनि भागेर बिहे गरेको पहिलो रात दिदीकै घरमा भयो । १५–२० दिनपछि घर फकिर्याँै । उनले स्कुल कन्टिन्यु गरिन्, म पनि धरान फकिर्एर पढ्न थालेँ । उनको परिवारले पनि स्वीकारेपछि १०–११ महिनापछि हामीले फेरि निम्तो बाँडेर बिहे गर्यौँ । उनी खुसी थिइन । उनको सिउँदोमा सिन्दूर भरिदिँदा मलाई पनि खुसी लागिरहेको थियो । सँगसँगै जिम्मेवारी बढेको अनुभूति पनि हुँदै थियो । दुलहा बन्दाखेरि रमाइलो लागेको थियो । मनभित्र कताकता लाज अनि चञ्चलता थियो ।
ज्वाइँ बनेर ससुराली जाँदाको स्थिति पनि रमाइलो थियो । किशोरावस्था भएकाले होला, अलिअलि डर लागिरहेको थियो । त्यसमाथि उनलाई भगाएर लगेको थिएँ । तर, ससुराली गएपछि उनको परिवारसँग भिज्दै गएँ । अब, उनको माइतीघर मलाई आफ्नै घरजस्तो लाग्न थाल्यो । पछिपछि त त्यहाँ खाना पनि आफैँ पस्केर खान थालेँ । आफैँ खाना बनाएर सासूससुरालाई खुवाउँथेँ ।
बिहेपछि पनि धरानमा साहिँली दिदीको घरमा करिब आठ नौ वर्ष बसेर अध्ययन गरेँ । टाइम मिलाएर घर आउजाउ गरिरहन्थेँ । महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दापढ्दै सांगीतिक क्षेत्रतिर लागँे । त्यसपछि अध्ययन रोकियो । धेरै समय छुट्टिएर बसे पनि गहिरो माया भएकाले हामीबीच कुनै समस्या आएन । एकदमै सम्झौतामा चलेको जिन्दगी थियो । हाम्रो खासै झगडा पनि परेको छैन । पछिल्लो समय संगीतमा बढी व्यस्त भएर टाइम दिन नसकेकोमा उनी अलिअलि गुनासो गछिनर्् । परिवारलाई टाइम दिएको देख्नासाथ उनी फेरि खुसी भइहाल्छिन् ।
हाम्रो तेह्र वर्षको एउटा छोरा छ, ६ कक्षामा पढ्छ । बिहेको डेढ वर्षपछि ०५७ सालमा जन्मिएको । म धरानामा संघर्ष गरिरहेको थिएँ । कहिले म घर पुग्थेँ, कहिले उनी छोरा लिएर धरान आउँथिन् । मेरो परिवार सम्पन्न नभएकाले अलिअलि समस्या पनि थियो । जे भए पनि छोरालाई हुर्काउनमा उनको ठूलो हात छ ।
घरमा भ्याएसम्म किचेनका कामहर म आफैँ गरिरहेको हुन्छु । मेरो मान्यता छ– घरको काम पति पत्नी जसले भ्याउँछ, गरिहाल्नुपर्छ । श्रीमतीले मात्र घरको काम गर्नुपर्छ भन्ने मानसिकताको घोर विरोधी हँु । उनी सुत्केरी हुँदा म उनका लुगा कपडा धोइदिन्थेँ । अहिले पनि धोइदिन्छु । म धरानबाट घर फकंर्दा उनी कामको तनावबाट केही मुक्त हुन्थिन् । घरका सबै काम म आफैँ गरिदिन्थेँ । बच्चालाई खेलाउने, दिसापिसाब धोइदिने काम आफैँ गर्थें । अहिले पनि लुगा धुने, सरसफाई गर्नेजस्ता घरका ९५ प्रतिशत काम म आफैँ गर्छु ।
०५७ सालदेखि नै प्िरयदर्शी विनोद राई, अनुसि बेनजिर्लगायत गुरुहरसँग धरानमा संगीत सिक्न थालेको थिएँ । तिम्रो सुर मेरो गित नामक प्रतियोगितामा धरानमा प्रथम भएँ । ०५८ सालमा पूर्वाञ्चल आधुनिक गित प्रतियोगितामा पनि प्रथम भएँ । नेपाली ताराको सबै अडिसन सकिन लाग्दासम्म पनि गाउँमै थिएँ । सबै जिल्लामा अडिसन सकिइसकको रहेछ । पछि दिदीहरले विज्ञापन देखेर मलाई हतारहतार काठमाडौं पठाउनुभयो । एक दिनको समय बाँकी रहेछ । ०६२ सालमा नेपाली तारा जितेपछि मेरो हाम्रो जीवनले ठूलै फड्को मार्यो । नेपाली ताराको फाइनल हुँदा उनी पनि काठमाडौं आइसकेकी थिइन् । त्यसपछि हामी यतै सेटल भयौँ । कत्तिपय मान्छेले खुसीलाई हाँसेर व्यक्त गर्छन्, कतिले घुमेर गर्छन् । उनले खुसीका आँसु झारिन् । धेरै नबोल्ने स्वभाव भएकाले मेरा लागि त्यति नै काफी भयो ।
लाग्छ– उनको साथ नभएको भए यो स्थानमा हुन्नथेँ । त्यसो त श्रोताहरको माया बिना हामीले केही गर्न सकिरहेका हुदैनथ्यौ । दर्शक श्रोतालाई राम्रो गीतसंगीत दिन गायकलाई सपोर्ट गर्ने अर्को कुनै तत्त्व चाहिन्छ । त्यो कलाकारलाई त्यति राम्रो प्रस्तुति दिने बनाउन कसले सहयोग गरिरहेको हुन्छ भन्ने कसैलाई थाहा हुँदैन । तर, नेपथ्यबाट त्यो सहयोग भइरहेको हुन्छ । मेरो लागि चाहिँ त्यो सबै मेरी उनै हुन् ।
कार्यक्रममा व्यस्त हुनुपर्दा कहिले राति १ बजेतिर पनि घर पुगिरहेको हुन्छु, कहिले त ३ बज्छ । मेरो कर्तव्य र कामलाई बुझेकी छिन्, कुनै विमति राख्दिनन् । अन्यथा, परिवार खुसी नभए जिन्दगीमा केही हासिल गर्न सकिँदैन । परिवारलाई खुसी राख्न धेरै धनदौलत चाहिन्छ भन्ने होइन, धनदौलत चाहिँदै चाहिँदैन भन्ने पनि होइन । अन्त्यमा, प्राणप्यारी लक्ष्मीलाई भन्न चाहन्छु– तिमीबिना केही पनि कल्पना गर्न सक्दिनँ । तिम्रो परिश्रम र मेहनतले म सफल भएको छु । हामी बीचमा सधैँ यस्तै विश्वास कायम भइराखोस् । सुमधुर सम्बन्ध बनिराखोस् ।
प्रस्तुति : विशाल राई

0 comments
Write Down Your Responses