• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सुन्दरि भएर के गरियो ?

    सुन्दरि भएर के गरियो ?

    विशाल राई
    काठमाडौं ।  
         पछिल्लो समय सौन्दर्य प्रतियोगिता गर्ने र हुनेको लहर नै चलेको छ । विभिन्न जातजातिका सौन्दर्य प्रतियोगिताहरू दिन बिराएर हुने गरेका छन् ।
    विभिन्न जातजातिका नाममा गरिएका सौन्दर्य प्रतियोगिताले आफ्नो संस्कृति र समुदायको उत्थानमा मद्दत पुर्‍याउँछ । तर पछिल्लो समयमा आएर सुन्दरी घोषित भएपछि अगाडि बढ्न नसकेको, निश्चित स्वार्थका लागि मात्र आयोजकले प्रतियोगिता आयोजना गरेकोलगायतका आरोप लाग्ने गरेको छ ।
    अर्कोतिर सुन्दरी बनाउने नाममा आयोजकले उनीहरूलाई सेक्सुअल कुरामा पीडित बनाइरहेको पनि सुन्न पाइन्छ । सुन्दरी प्रतियोगिता आयोजना गर्ने संघसंस्थाहरूलाई टाइटल जित्न चाहनेबाट पैसा खाएर जिताउने गरेको आरोप लाग्ने गरेको छ । सुन्दरी भएपछि समुदायका लागि गर्नुपर्ने कर्तव्यमा नलागेर व्यक्तिगत हिसाबबाट चलेको पनि आरोप लाग्ने गरेको छ ।
    उता आयोजक टिमलाई चाहिँ प्रतियोगिता गर्ने बेला निश्चित कामहरू गर्न दिने भनेर तोकिएको हुन्छ । सुन्दरी भइसकेपछि आयोजकले खुला रूपमा छाडिदिने र कुनै प्लेटफर्म नदिने पनि सुन्दरीहरू भन्न हिच्किचाउँदैनन् । के भन्छन् त जनजाति सुन्दरीहरू रु
    राई जातिको पहिलो मिस राई २०१२ युमा राई मिस राई भएपछि राई समुदायभित्रको सांस्कृतिक कुराहरूदेखि लिएर अन्य धेरै कुराहरू थाहा पाएको बताइन् । मिस राई भएपछिको मुख्य उपलब्धि यही रहेको उनको अनुभव छ । मिस राई हुनुभन्दा पहिला आफूलाई राई समुदाय एउटा जाति मात्र भन्ने उनलाई लागेको थियो । पहिला आफ्नो लागि केही गरौँ भन्ने भावना रहेकोमा मिस राई भएपछि समुदायका लागि उल्लेख्य काम गरौँ भन्ने सोचाइ बनेको उनी सुनाउँछिन् ।
    युमाले भनिन्, ‘मलाई मिस राई हुनभन्दा पहिला फलानाको छोरी भनेर सीमित व्यक्तिहरूले चिन्थे । तर म मिस राई भएपछि सबैजनाले राई समुदायकै छोरीको रूपमा चिन्छन् ।’ तर पनि अध्ययनका कारण सामाजिक काममा अगाडि बढ्न नसकिरहेको प्रस्ट्याइन् । अध्ययन सकाएपछि बिस्तारै राई समुदाय भाषाकै गीतहरू गाएर भाषा उत्थानमा पनि लाग्ने सोच रहेको उनले सुनाइन् । ‘अवसरहरू मिले समुदायका लागि धेरै कामहरू गर्ने सोच छ,’ युमाले भनिन् ।
    सौन्दर्य प्रतियोगितामा विजेता भएपछि अगाडि बढ्न नसकेको आरोपप्रति उनी सहमत छैनन् । आफ्नो पहिलो प्राथमिकता अध्ययन भएको अरूतिर ध्यान दिन नपएको उनको दाबी छ । भनिन्, ‘पहिलो मिस राई भएको नाताले आउँदा दिनहरूमा जे सिक्दै जान्छु ती कुराहरू समुदायलाई पनि सिकाउँदै जानेछु ।’
    त्यस्तै २०१२ मा मिस शेर्पा बनेकी छिमी शेर्पा पनि अध्ययनको क्रममा रहेका कारण खासै समुदायको काममा ध्यान दिन नसकेको बताउँछिन् । विशेषगरेर सुन्दरी घोषित भएपछि सामाजिक कार्यक्रममा सहभागी हुने अवसर पनि नपाएको उनले गुनासो पोखिन् । ‘अगाडि जे सोचिएको हुन्छ त्योअनुरूप काम गर्ने मौका नपाएकै कारण केही ब्याक भएजस्तो लाग्छ,’ उनले भनिन् । शेर्पा संस्कृतिको बारेमा अध्ययन गरेर शेर्पा समुदायका मानिसहरूलाई जानकारी गराउने सोच छ छिमीको । मिस शेर्पा भएपछि दायित्व बढेको बताउँदै उनले विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनु नै मुख्य उपलब्धि रहेको उल्लेख गरिन् । छिमीले भनिन्, ‘म हाम्रो समुदायका लागि धेरै काम गर्न चाहन्छु । त्यसमध्ये पनि चाइल्ड वर्किङसम्बन्धी विशेष सामाजिक काम गर्न इच्छा छ ।’
    यसैगरी मिस मंगोल नेपाल २०१२ बनेकी सपना रोका मगर आफ्नो मुख्य उपलब्धि भनेकै नामको अगाडि मिस मंगोल २०१२ थपिनु रहेको बताउँछिन् । समुदायका लागि गरिने विभिन्न सामाजिक कार्यक्रमहरूमा उनले स्वम्सेवा गरिकी छन् । पोखरामा मगर समुदायका लागि केही सहयोग गरेको उनले जानकारी दिइन् ।
    ‘बाहिर समाचार नआए पनि मैले सामाजिक काम थुप्रै गरेकी छु,’ उनले भनिन् । सुन्दरीहरूले टाइटल जितेपछि अगाडि बढ्न नसकेको आरोपका बारेमा सपनाको यस्तो तर्क छ, ‘सुन्दरी यदि गरिव परिवारको भए एउटा टाइटल जित्दैमा के गर्न सकिन्छ रु उनीहरूले समाज सेवा गर्नमा कि त पारिवारको हात हुनुपर्छ कि त विभिन्न संघसंस्थाहरूले सहयोग गरेकै हुनपर्छ ।’ सबैभन्दा ठूलो कुरा अवसरहरू नभए खुला चउरमा हराएको गोरु भइने सपनाले बताइन् । विभिन्न माध्यमबाट बालबालिकाको सेवा आफूले गरिरहेको उल्लेख गर्दै सपनाले भनिन्, ‘सकेजति समुदायका लागि गरेकी छु, आफ्नो परिवार र आफ्नो व्यक्तिगत काममा पनि समय त दिन पर्‍यो नि ।’

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.